Monday, 20 February 2017

चश्मिस केटी ❤️👓

प्रेम, प्रेमलाई म जस्तो सामान्य युवकले परिभाषीत गर्नु अशोभनीय, वाञ्छनीय र बेढङ्गको भैँ जान्छ। प्रेम त आँफैमा एउटा विशाल महासागर हो। प्रेमलाई यकिनन परीभाषीत गर्न विद्वान महोदयहरुलाई पनि हम्मे हम्मे नैँ पर्न जान्छ। प्रेम जीवनको हर एक सूक्ष्म कण कणमा भेटीन्छ। सर्वप्रथम त म लामो समय सम्म बाँचौँ भन्ने सोच्छु। प्रेम त यसमा पनि छ, जिन्दगी प्रतीको। सानोमा मिसले होमवर्क नगर्दा अरु साथीहरुलाई जोडले कान तान्दा मलाई बिस्तारै नदुख्ने गरि कान तान्नु हुन्थ्यो। यो पनि एक प्रकारको प्रेम थियो। स्कुल पढदा ताका मेरो बेन्चकै छेउमा बस्ने केटीले हरेक दिन चकलेट किनेर रुमालमा हालेर फुटाएर आधी मलाई दिएर आधी उसले खान्थि। यो पनि एकप्रकारको प्रेम थियो। आमाले घर खर्च चलाउनलाई छुटयाएको पैसा मैँले टुर जानू पर्यो भनेर माग्दा चुपचाप झिकेर दिने आमाको प्रेमको त कुरै छोडौँ। सबैभन्दा पवित्र प्रेम  आमाले आफ्ना सन्तानलाई गर्ने प्रेम हो। प्रेम एउटी भंगेरीले आफ्नो गुँडमा भएका बचेराहरुलाई चारो खुवाउदै गर्दा देखिने दृश्य! त्यो पनि एउटा प्रेम नै हो। यसरी मेरो दिमागमा प्रेमको आँधीबेरी चलीरहेको थियो। म घरको छठ माथी बसेर ताराहरु तिर नियाल्दै प्रेमको बारेमा सोचीरहेको थिए। छेउमा भएको मोवाईलमा अग्लिज ब्याण्डको "माया बसाएर बसाइन्न, माया निकालेर निकालिन्न। विर्षनु खोज्छु तिमीलाई जती म, याद तिम्रो आउँछ जति। सधै सम्झन्छु तिमीलाई सपनीमा, खोजी हिडने गर्छु बिपनीमा...." भन्ने गित बजीरहेको हुन्छ। यत्तीकैमा कसैले छठ तिर आउने ढोका खोलेको आवाज कानमा पर्छ। म झसंग हुन्छु। मम्मी परैबाट बोल्दै आउनु हुन्छ। "यो केटो त यतीखेर सम्म यहि पो बसीराख्या रैछ। भोलि जन्ती जानुछ। चाँडो उठनु पर्छ। बाह्र कटीसक्यो अब त सुत। कति मोवाईल मैँ झुण्डी रा बाबू तँ? अँ साँच्ची भोलि बिहानै दाजुको कोट पाईन्ट लिन एन्जल टेर्लस जानू छ। मम्मी आवेगमा आउदै, "बेहुलाको कोट पाईन्ट अहिले सम्म रेडी नगर्देर के गर्न खोज्या हो टेलरवालाले? म तिर रिसाएर हेर्दै, अनि तँ गोरु चाहिँ यहि हुलीयामा जाने दाइको जन्त? न कपाल काटया छ, न केही, बेहुलाको भाइ भन्न लाज हुन्छ हैँ। त्यो आँखा, ओठमा छेडेको अनि त्यो कानको मुन्द्रा निकालेर कम से कम भोलि त राम्रो हुलीया बना। म मुसुक्क हाँस्दै, "मम्मी बाल भो! बाल भएन। जस्तो हुलीया बनाए पनि यो केटो तपाईकै छोरो हो।"
०००
भोलीपल्ट बिहानै सात बजे गाडी बेहुली लिनको लागि राजाबास प्रस्थान गर्छ। अगाडि भेनमा राजु विडस रेश्मा लेखिएको पम्पलेट टाँसीएको थियो। भेन पुरै सिँगारीएको थियो। भेनमा बेहुला, दिदिहरु र स साना भान्जा भान्जहरु बस्नु भएको थियो। अरु सबै आफन्तहरु भेनको पछाडी पटटीको बसमा हुनुहुन्थ्यो। म लगायात गाउँको भाइहरु बसको हुट माथी बसेका थियौँ। हुटमा बाजा बजाउने समुहका छ जाना मानीसहरु पनि थिए। उनीहरु टिपीकल नेपाली गानाको धुनहरु बढो मन्त्रमुग्ध पाराले बजाईरहेका थिए। भाइहरु सबै एउटै उमेर समुहका भएकाले होला उनीहरु मस्त हुटमा चुरोट उडाउदै थिए। यत्तीकैमा मेरो छेउमा बसेको गाउँको जिग्री  सौरभ भाइ कानको नजिक आएर, "दाइ दुई स्टिक माल छ हान्नि हो?" मैँले भने, "भाइ यस्तो हावा चलीरहेको छ कसरी हान्नु?" सौरभ भाइले हाँस्दै भन्यो, "ह्या दाइ हातले सेफ गरेर तान्नि हो के बाल हुन्न।" यसपछी भाइहरु सँग बसेर दुई स्टिक माकडा हानीसकेपछी म लठ्ठ भए। भाइहरुको अनुवार पनि उत्तीकै लठ्ठ भएको मलाई भान भै रहेको थियो। बस यत्तीन्जेल सम्म झुम्काको नहरको बाटो हुँदै राजाबास तर्फ अगाडि बढीरहेको थियो। भेन भने बसलाई उछीनेर निकै नै टाढा पुगी सकेको थियो। मंसीरको महिना मधुरो घाम लगेको थियो। गाँजाको नशामा लठ्ठ भएर हुट बाट वरपरको दृश्य नियाल्न बेहत मज्जा आईरहेको थियो। भाइहरु अन्ताकक्षीरी खेलीरहेका थिए। सौरभ भाइ गाउदै थियो, " जेठो छोरो लन्डने, कान्छो छोरो पल्टने। छोरी लग्यो गाँजा तान्नेले नि! शम्भु यो मन मेरो चोरी लगी पारी गाउँकी नक्कलीले..."
०००
एक घण्टा पश्चात भेन र बस सँग सँगै गएर राजाबास स्थित बेहुलीको घर अगाडी रोकीन्छ। प्रवेशद्वारमा नरीवलको पातले बुनेर बनाईएको गेटमा शुभ विवाहको तुल टाँगीएको हुन्छ। पुन बाजा बज्न थाल्छ। भेन बाट पहिला बेहुला र दिदिहरु निक्लिएर बेहुली घरको आँगन तिर जान्छन। त्यसपछी बाँकी जन्ति पनि आँगन तिर छिर्छन। प्राय जसो मनीसहरुले मलाई अनौठो मानेर हेरीरहेका थिए। सायद मेरो भेष युनीक पाराको भएकाले होला। देब्रे पट्टि आँखामा छेडेर सानो कुण्डल, ओठमा कुण्डल, कानको एक साईड पुरै कुण्डलले भरीएको थियो। मसीनो कपाल, ट्रीम गरेको दाह्री रओभरकोट। अरु भन्दा भिन्न थियो मेरो ड्रेस अप। सबैले म तिर हेरे जस्तो फिल भईरहेको थियो। तर, म भने आफ्नै दुँनियामा मस्त थिए। केही छीन पछी बेहुली पक्षका मानीसहरुले जन्तिहरुलाई खाना खानको लागि लिएर गए। मलाई हुलमुलमा बसेर खाना खान साह्रै अप्ठ्यारो लाग्ने। म चुपचाप उभिरहेको थिए। सौरभ भाइ बोल्यो, "दाइ माकडाले ओभर हङ्ग्री चार्ज हान्यो। जाउ न हल्का ह्याप्स हान्दिम। यसपछी सौरभ भाइ र म पनि खान खानको लागि गयौँ। कुर्षीमा बसेर खाना खादा अरु कसैले हेरीरहेको छ कि झैँ भान हुन्थ्यो। त्यसैमाथी मटन चपाउन त साह्रै गाह्रो। सौरभ भाइ भने बे प्रवाह मटन दबाईरेको थियो, चपाईरहेको थियो। म आफ्नै धुनमा पुलउ खाइरहेको बेला अचानक मिठो आवाज आउँछ। "केही थप्नु हुन्छ?" मैँले पुलुक्क हेरे। मेरो अगाडि एक सुन्दर युवती हातमा खानाको आईटमा समातेर उभिरहेकी थिईन। एकदमै सुन्दर!  लाग्थ्यो उप्परवालाले फुर्सदको समयमा उसलाइ बनाएका थिए। उ केही निहुरेकाले होला उसका स्तन अली अली देखिरहेका थिए। मेरो आँखा र उसका स्तनको दुरी खासै टाढाको थिएन। अनि उसले लगाएकी थिई आँखामा पारदर्शी चस्मा। उसले हात मेरो आँखा नीर ल्याएर हल्लाउदै, " ए हल्लो! केही थप्ने कि हेरी मात्र रहने?" उसको छेउमा भएका उसका अरु केटी साथीहरु हाँस्न थाले। म झसंग हुँदै, "नो थ्याङ्क्स!" अर्की युवती बोली, "राजाबासको पुलउ मन परेन जस्तो छ।" उ मेरो सामुन्ने बाट अगाडि बढी उसले लगाएको परफ्युमको खुश्बु छरेर गई। उसका तिलस्मी आँखा, आँखामा लगाएको पारदर्शी चस्मा। मन त्यसै बहलीइएको थियो, थिएन बसमा। उसको त्यो मिलेको जिउडाल, हल्का उठेको नितंब, गमलामा मिलेर फूलेका एक जोडी गुलाफ जस्तै उसका स्तन। उसको फर फराउदो कपाल हैट! क्या बबाल! मैँले पहिलो चोटि चश्मिस केटीलाई देख्दा मनमनै यस्तै सोचेको थिए। सायद यसरी अपरीचीत युवतीको हरेक अंगको बारेमा मनमनै सोच्नु र उ सँग सम्भोगको सपना देख्नु एकदमै गलत थियो होला। तर, म त एउटा युवक सायद यो प्राकृतीक पनि त थियो। त्यसैमाथी चश्मिस केटीको शारीरीक बनावट नै एकदम सेक्स अपलीङ्ग टाईपको थियो। खानाको कार्यक्रम सकिए पछी सौरभ भाइले कानमा आएर कानेखुशी गर्दै, दाइ जाउँ फेरि एकलट शिव प्रसाद हानेर आउ।" बसमा खाएको प्रसादले छोडी सकेको थियो। मैँले नाँई भन्न सकिन। त्यसपछी भाइहरु सँग लागे एउटा सुरक्षीत बुटी खाने ठाउँको खोजीमा। केही पर एउटा एकान्त ठाउँ थियो। सुनसान पर बेहुली घरमा बजेको गितको आवाज मधुरो ध्वनीमा सुनीरहेको थियो। त्यसपछी त्यहि बसेर पाँच स्टिक बुटी तानीयो। सबैजाना फिलीलीली। सौरभ भाइ फेरि एकदम कमेडी टाईपको, भाइ सुरु भै हाल्यो। "गाँजा नहि हवा हे, दवा हे। आँखोका निरन्जन गलोका मन्जन हे। एक नेता मरगया देश कुछ नहि हुवा एक गजेडी मरगया तो देश तबाह हो गया। बनाउ पनाउ बनाउ पनाउ राईट नाउ।" यसरी एकघण्टा जति त्यहि बसेर।रमाईलो गरेर हामी पुन बिहे घर तिर फर्कीयौ।
०००
बिहे घरमा बेहुला बेहुली बिच पूरा जुँवा चली रहेको रैछ। बेहुली पक्षले बेहुलीको समर्थनमा हुटींग गरीरहेका थिए।र, बेहुला पक्षले बेहुलाको समर्थनमा। म भने चुपचाप उभिएर हेरी रहेको थिए। चश्मिस केटी बेहुलीको छेउमा उभिएर घरी घरी म तिर नजर लगाउथी। म भने नदेखे झैँ गर्थे। एक चोटि दुबै जानाको आँखामा आँखा जुध्यो। मैँले पनि नशालु आँखाले उसलाई एकोहोरी हेर्दी रहे। उसले आफ्नो ओठ टोक्दै आँखा झिमक्याई। स्पिकरमा गाना घन्किरहेको थियो, "त्रीशुली बगेर नारायणीमा झरेछ। तिम्रो माया लौँ मलाई रौँसी झैँ चढेछ। ए र्याफ्टीङ्ग बिसाउने, बारुली कम्मर हेरन कसरी हल्लाउने।" एकैछीन अगाडि बेहुलीको छेउमा उभिएकी चश्मिस केटी अचानक अगाडि बाट अलप भई। मेरो कानको छेउमा आएर कोहि बोल्यो, "चटपटे खान जाने हो?" स्वर परीचीत थियो।मैँले पछाडी फर्केर हेरे। पछाडी चश्मिस केटी उभिएकी थिई। मलाई लाग्यो उसले अरु कसैलाई चटपटे खाने प्रस्ताव गरेकी होली। म चुपचाप अगाडि फर्कीए। उसले मेरो कानको नजिक उसको ओठ ल्याएर मसीनो स्वरमा बोली, "मैँले तिमीलाई नै भन्या हो के! हिडन चटपटे खान।" मैँले भने, "ओके! जाउँ।" यसपछी उ सँग बिहे घर देखि केही पर टाँडेघर अगाडी पुग्यौँ। जहाँ एउटा सानो घुम्तीमा चटपटे पाउँदो रहेछ। एक्साईटेड मुद्रामा चश्मिस केटीले बाटै बाट घुम्तीका साहुजी लाई नमस्ते गरि। घुम्तीका साहुजीले नमस्कार फर्काउदै, "कान्छी निकै पछी पो आईस त! तिहार पछी त देखै परेकी थिईनस।" चश्मिस केटी बोल्दै घुम्ती तिर पाईला बढाउन थाली। म पनि बिस्तारै उसको पछी पछी घुम्ति तिर गए। "अंकल तपाईं भन्नू हुन्छ नि! दिदिको बिहे छ भन्दा त छुट्टी देकै थिएन कलेजले, बल्ल बल्ल मिलाएर आए। कोर्श छुटने भो चिन्ता त्यसमै छ।" घुम्तीका साहुजी फिस्स हाँस्दै, "खैँ कान्छी तेरो पढाइ पनि कस्तो हो? बुझ्नै गाह्रो।" चश्मिस केटी हाँस्दै, "मेरो पढाइ मैँले बुझ्न त गाह्रो परीराछ विचरा तपाईं। बरु दुई ठाउँ चटपटे बनाईदिनु न!" घुम्ती साहुजीले ठुला आँखा बनाएर म तिर हेर्दै, वहाँ बाबू चाहिँ? चश्मिस केटी, "उ मेरो साथी।" आँगनमा क्यारमबोर्ड खेलीरहेका लोकल केटाहरुले हामी तिर नजर लगाउदै कुरा गरीरहेका थिए। चश्मिस केटी र म घुम्ती पछाडीको सानो कटेरोमा पस्यौँ। भित्र केटाहरु मस्त चुरोट उडाइरहेका थिए। हामी सिधैँ गएर लास्टको टेबलमा बस्यौँ। ती केटाहरुको नजर हामी तिर थियो। यत्तीकैमा साहुजीले दुइ ठाउँ चटपटे ल्याएर दिए। दुबै चटपटेको सोली चश्मिस केटीले समाती र एउटा मलाई दिदै," गाउँको फेमश चटपटे हो। खाउँ पल्किन्छौ।" मैँले चटपटे समाउदै भने, " एकच्वली, म खासै चटपटे खादिन। तिमीले अफर गरेर मात्र हो।" उसले सिधा मेरो आँखा तिर हेर्दै, "अच्छा!" उसले चटपटे चपाउदै बोली। मैँले पनि एक चमच चटपटे मुखमा हालेर चपाउदै, "म पिरो खान सक्दिन, पिरो ईनकमीङ्ग ठिकै लाग्छ। बिहान आउटगोईङ्गमा प्रब्लम हुन्छ।" मैँले यति भन्ना साथ उ जोडले खित्का छोडेर हाँस्दै, "ओ माई गड! माई गड! हाउ फन्नी! म मुसकुराउदै, "ईटस नट फन्नी डियर! ईटस ट्रु।" उसले एक चमच चटपटे मुखमा हाल्दै, "विचरा!" म केही उ सँग खुल्ने प्रयास गर्दै, " बाई द वे तिम्रो नाम?"चश्मा मिलाउदै उ बोली, "अवन्तिका प्रसाईं।" म बोले, "अवन्तिका साउन्डस लाईक ईण्डीयन नेम। हैन र? उ मुसकुराउदै, "मामु सिरीयल किलर होईसिन्छ। मेरो नाम पनि सिरीयल कैँ कुनै वहाँलाई मनपर्ने क्यारेक्टरको नाम बाट राख्दिस्या। अनि तिम्रो नाम चाहिँ के नि? लामो सास फेर्दै म बोले, "अनुराग पौडेल।" उ हाँस्दै, " अनुराग चाहिँ कुन एंगल बाट टिपीकल नेपाली सुनीन्छ र? अनुराग साउन्ड त झन ज्यादा ईण्डीयन सुनीन्छ नि! म बोले, "तिम्रो मामु जस्तै मेर‍ो मम्मी पनि ईण्डीयन सिरीयलको फ्यान! सिरीयलको हिरोको नाम बाट राख्दिनु भा रे! उ बोली, हि हि हि हामी दुबैको नाम अ बाट आउदो रैछ! म आश्चर्य चकित मुद्रामा, "ओ! मैँले त नोटीसै नगर्या!" म केही उसलाई हेल्थि फल्ट गर्ने तरीकाले, "तिम्लाई ट्रान्सपरेन्ट चश्माले धेरै राम्री देख्या छ। त्यसै माथी सिल्की कपाल, रेड म्यारोन लिपस्टिक, ब्लाक कुर्थामा बिल्यु ज्याकेट वाउ! तिमी त मलाई अती मनपर्यो। कति हो कति मनपर्यो।" अब बोल्ने पालो उसको थियो। उसले दुबै हातले उसको अनुवार छोपेर लजाएझै गरि बिस्तारै अनुवार बाट हात हटाउदै, "कति कम्पलीमेन्ट के! डाईजेस्ट नभएर पेट खराब भयो भने नि कसम तिमले पिटाई खान्छौ।" म हाँस्दै, "तिम्रो हात बाट पिटाई त के गोली खान नि तयार छु। तर, बन्दुकको गोली हैन नि फेरि मैँले डिकोल्डको भन्या!" उ मेरो ह्युमर सुनेर दिल खोलेर हाँस्न थाली। हाँस्दा हाँस्दै उसको आँखा बाट आँसु निस्किएका थिए। हातले आँसु पुछदै, "मलाई तिम्रो सेन्स अफ ह्युमर मनपर्य‍ो यार अनुराग।" म हल्का हाईपर हुँदै, "मात्र सेन्स ह्युमर?" उ बोली, " मलाई नि तिम्रो गोरो अनुवारमा पलाएका ब्लाक बियर्ड धेरै मनपर्यो। तिमी नि मैँले ईमाजीन गर्ने मेरो सपनाको राजकुमार जस्तै ठ्याक्कै! भगवानले मेरो विस पूरा गरीदिए जस्तै लागि रहेछ। धेरै केटाहरुको प्रपोज आए तर मैँले कसैलाई ड्याम दिईन। बट तिमीलाई पहिलो चोटि देख्दै..." उ केही गम्भीर देखिई, " तिमी पनि मलाई अती मनपर्यो। कति हो कती मनपर्यो।" यतीन्जेलसम्ममा चटपटे पनि सकीन लागेको थियो। अगाडि टेबलमा बसेका केटाहरुले जानी जानी भल्गर सङ्ग गुनगुनाई रहेका थिए। त्यो पनि टेबल बजाउदै, "रात मे निक्लि हुई नारी, हुई गाडी पे सवारी। उस दिन उसकी पड गई भारी। पिछे से गया मे उतारी उसकी...." मेरो टेम्पर हाई भएको मेरो अनुवारले जनाईरहेको थियो। अवन्तिकाले मेरो हात माथी उसको हात राख्दै भनी, " यिनीहरु यस्तै हो। ईगनोर देम।" म बोले, तिमी कहाँ पढछौ?" उ बोली, "विराटनगर बसेर साईन्स पढी राछु। हेर न एक्जाम आउन लागीसक्यो। म बोले, "अनि बेहुली सँगको तिम्रो रिलेशन?" उ बोली, "मेरो ठुल ड्याडीको छोरी, मेरो दिदी। अनि तिमी बेहुलाको को पर्ने?" "म बेहुलाको आफ्नै भाइ।" उ अचम्मित हुँदै, "अनुवार त मिल्दैन त?" म हाँस्दै, "ब्लड मिल्छ। जिन मिल्छ। अनुवार त फगत एउटा मुकुट न हो।" उ मुसकुराउदै, "वाउ! कस्तो मीठो सेनटेन्स।" म बोले, "उसो भए हामी त सोल्टा सोल्टिनी पो परेछौ त! तिमीलाई म सोल्टीनी भनेर बोलाउछु हैँ। यी वाक्यले उसको अनुवारमा खासै खुशी देखिएन। उ बोली, "पर्दैन सोल्टीनी भनेर नबोलाउ मलाई।" "अनि के भनेर बोलाउ?" कपाल मिलाउदै उ बोली, "तिम्र‍ो मर्जी।" "उसो भए तिमीलाई म चश्मिस केटी भनेर बोलाउछु।" उसको अनुवारमा खुशी छाय‍ो। उ मुसकुराउदै, "ओके!"
०००
अवन्तिका सँग बिहेमा एक अर्काको नम्बर एक्सचेन्ज गरेका थियौँ। त्यहि दिन देखी नै हामी फोनमा घण्टौँ कुरा गर्ने भैँ सक्या थियौँ। भेट भएको एक हप्ता पछी उसले विराटनगर उसको रुममा बोलाई। उ रुममा एक्लै बस्थि। म उसलाई भेटन लागि विराटनगर गएको थिए। सौरभ भाइले बाईकमा मलाई विराटनगर सम्म पुर्याएर उ फर्कीयो। रात झमक्क परीसक्या थियो। उ मलाइ रिसीभ गर्न आई। उ धेरै नै खुशी देखीन्थि। उसले मलाई आफ्नो कोठा तिर लिएर गई। केही पर एकान्तमा एकतले घर रहेछ। जहाँ उसको कोठा थिय‍ो। घर बेटी विशेष कामले एक दिनका लागि बाहिर गएका रहेछन। उसले गेट खोली म उसकै पछी पछी भित्र छिरे। जुत्ता खोल्न लाग्दा उ बोली, त्यहाँ हैन आउन भित्रै खोल्दा हुन्छ के!" मैँले उसको रुम भित्र छिरेर जुत्ता खोले। उसले खाना पकाएर रेडी गर्या रैछे। टेबलको कुनामा वाईनको बोतल थिय‍ो। उसले खाने कुरा रेडी गरेर ग्लाशमा वाईन खन्याउदै म तिर कर्के नजरले हेरी। म मधहोश चुपचाप। आँखा मेरो पुरै रातो थिय‍ो। बाटोमा सौरभ भाइ सँग एक स्टिक प्रसाद भ्याईसकेको थिए। वाईनको ग्लाश उठाएर दुबै जानाले चियर्श गर्यौँ। एकान्त र सुनसान भएर होला ग्लाश एकआपसमा ठोक्किदा अदभुत ध्वनी तरङ्गीत भयो। ेहि समय पछी अवन्तिकालाई वाईनले नशा लागि सकेको थियो। खानपिनको प्रोगाम पनि सकीसकेको थियो। अचानक लाईन गएर कोठा अँध्यारो भयो। अवन्तिकाले हतार हतार टेबलमा भएको ममबत्ती जलाई। ममबत्तीको रोशनीले कोठामा उज्यालो छायो। अवन्तिका नशालु स्वरमा, "अनु मैँले गा तिमीले सुन्या छैनौँ है? म बोले, "अँह छैन।" उसले गाएर सुनाउन थाली, "गैह्री खेतको शिरै हार्य‍ो वर्षायामको दरौदीले। नौनी जस्तो, हो मेरो मन नौनी जस्तो, मेरो मन चिरा पर्यो। उसको रुपको करौतीले। माछी दाइले जालै हान्यो मस्याङ्गर्दीमा आज, बिहानीमा भेटे उसलाई मात लाग्यो साँझ...." उसले गाई सक्दा म स्तब्ध भए। उसको स्वरलाई प्रशंसा गर्ने कुनै शब्द म सँग थिएन। अती नै मेलोडीयस आवाज थियो उसको। मैँले प्रशंसा गर्नुको साटो प्रश्न गरे, "तिमी त सिंगर हुनु पर्ने किन साईन्स लिएर पढीराछौँ?" उसले निदार खुमच्याउदै भनी, "साईन्स त मलाई पढनै मन थिएन। मामु र ड्याडीले फोर्श गरीसीएर मात्र हो। मलाई त सिंगर बन्न मन छ।" उसले बोल्दा बोल्दै आफ्नो कोमल हात ल्याएर मेरो हातमा राखी र म तिर एकटक्कले हेरी रहि। उसको ओठ र मेरो ओठ एकदमै नजिक थिए। मेरो मुटु जोडले धडकीरहेको थियो। दुबैले एक अर्काको ओठ चुम्ने शिलसिला यति चाढो भयो कि के हुन गईरहेको छ दिमागले सोच्न भ्याईरहेको थिएन। केही छीन पछी सम्भोग प्रक्रीयामा थियौँ हामी खाट बाट अजिव किसीमको ध्वनी निक्लिरहेको थियो। अवन्तिकाले आँखा पुरै बन्द गरेकी थिई। ममबत्तीको प्रकाश परावर्तीत भएर हाम्रो सम्भोग क्रीयाको छायाँ कोठाको भित्तामा प्रस्ट देखीरहेको थियो। केही छीन पछी म झ्याल तिर उभिएर चुरोट तान्दै थिए। उ पछाडी बाट आएर बोली, "हेर यो चुरोट सुरोट खान स्टप गरेनौँ भने म पनि चुरोट तान्न स्टार्ट गर्दीन्छु।" चुरोटको धुँवा सररर झ्याल बाट बाहिर फ्याल्दै म बोले, "अब यो लास्ट हो। अब देखि तान्न बन्द गर्दीन्छु।"
००००
उ सँग भेट भएको पनि करीब एक महिना बितीसकेको थियो। तर, हाम्रो सम्बन्धमा यति प्रगाढ आत्मियता छाएको थियो कि, लाग्थ्यो हामी वर्षौ पुराना प्रेमील जोडी हौँ। हामी कलमा भन्दा ज्यादा मिगमा लेट नाईट सम्म च्याटीङ्ग गर्न थालेका थियौँ। मेरो बिईङ्ग हाई नामको मिग आईडी थियो। उसको मिग आईडीको नाम झनै युनिक थियो, "डबल ब्याट्री" मेरो मिग लेभल जम्मा फिफ्टी फो पुग्दा उसको मिग लेभल टु हन्डरेड क्रस भैँ सक्या थियो। उ मिगमा म भन्दा धेरै अगाडि थिई। उ प्राय मैँले सोधेको प्रश्नको उत्तर साईन्सको स्टुडेन्ट भएर होला साईन्टीफिक तरीकाले नैँ दिने गर्थी। कोहि बेला म सोध्थे, "के गर्दछौँ?" उसको रिप्लाई हुन्थ्यो, "H2O पिउदैछु।" म रिप्लाई गर्थे, "ह्वाट?" उसले हासेको ईमोटिकन्स पठाउदै लेख्थि, "बुद्धू पानी पिउदैछु के!" उसको प्रभाव छोटो समयमै म मा यति धेरै परीसक्या थियो कि घर-परिवार,  साथी- भाइ सबै जाना मेरो बदलाव देखेर अच्चमित भएका थिए। समाजमा मेरो ब्याड ब्वाई ईमेज थियो। हरेक ग्याङ्ग फाईटमा मेरो उपस्थित आवश्यक झैँ हुन्थ्यो। महिनामा एक दुई चोटि थाना छिर्नु नौँलो थिएन। जक्शनमा बसेर गाँजा तान्नु, गोट्टी खानु, जोगवनी गएर डायल हान्नु यी सबै मेरा नृत्य कर्म थिए। झगडा गर्नका लागि चाहिने हतियारहरु मेरो रुमको बेड मुनी हुने गर्थ्यो। तर, अवन्तिका सँग भेटे देखि बिस्तारै मैँले ती सबै खराब चिजहरु त्यागी सकेको थिए। बेड मुनि भएको हतीयारहरु भाइहरुलाई जिम्मा दिईसकेको थिए। हतीयारको ठाउँमा गितार आएको थिय‍ो। घरबाट बाहिर निक्लिन छाडी सकेको थिए। गितार बजाएर गुनगुनाउदै बस्ने बानी परीसक्या थियो। कुल पोखरेलको गानाहरु कन्ठै भैँ सकेका थिए। तर, अचानक एउटा घटना घटन पुग्य‍ो। केटी को निँहुमा सौरभ भाइको झगडा परेछ। पल्लो टोलको अशोक ल्यान्डो ले सौरभ भाइलाई सत्ताईस टाँका लाग्ने गरि टाउँकोमा रडले प्रहार गरि दार्जिलिङ फरार भएको रहेछ। मैँले चाहेर पनि सौरभ भाइको लागी केही गर्न नसक्दा साह्रै गिल्टी फिल भएको थियो। किन भने सौरभ भाइले हरेक झगडामा मेरो साथ दिने गर्थ्यो। आफ्नै भाइ नभए पनि सौरभ भाइ आत्मिय लाग्थ्यो। तर प्रेममा यी सबै सम्बन्धहरु एउटा घना जंगलमा रुखको छायाँले छेकेर ओझेल परेका सिँउडी जस्ता हुदारहेछन। हरेक हप्ता विराटनगर अवन्तिका सँग गएर नभेटदा खल्लो महशुस हुन्थ्य‍ो। समय बिते सँगै अवन्तिका सँग भेट भएको पनि लगभग तीन महिना हुनै लागीसकेको थिय‍ो। यी दौरान, उ सँग धेरै पटक शारीरीक सम्पर्क भैँ सक्या थियो। उसले एक चोटि भनेकि थिई, "हेर मलाई मनमा कुरा राख्न आउदैन। तिमीले यसलाई नेगेटिभ्ली लिदैनौँ होला। तिमी समेत गरेर मैँले तीन जना सँग भय‍ो सेक्शुअल रिलेशन राखेको बट यु आर दि बेस्ट। यति फैशनेट बनाउछौँ नि तिमले मलाई आई क्यान नट एक्सप्लेन।" मैँले भनेको थिए, " तिमी नै फस्ट लेडी हौँ। जो सँग मैँले...." मैले पुरै कुरा भन्नै नपाई उसले भनेकि थिई, "हरेक केटाहरुले यस्तै भन्छन। त्यति पर्फेक्शन फस्ट चोटि आई डन्ट विलीभ।" मैले सहज उत्तर दिएको थिए, "जेनेटिक्श गुण हुनसक्छ।"
०००
फागुनको महिना शुरु भएको थियो। भ्यालेनटाईन डे आउन एक दिन मात्र बाँकी थियो। अवन्तिकाले विराटनगर ट्राफिक चौक स्थित ड्रिम्ज क्याफेमा भेटने प्लान बनाएकी थिई। त्यसै प्लान अनुसार भोलि पल्ट उसलाई भेटन म ड्रिम्ज क्याफे पुगे। क्याफेको छेउमा राता गुलाबहरु एउटा ठेलामा बेच्न राखीएको रहेछ। मैँले एउटा गुलाफ किनेर क्याफे भित्र छिरे।र, कर्नरको टेबलमा बिराजमान भए। वेटर आएर मुसकुराउदै, "के लिनुहुन्छ?" मैँले भने, "एउटा ड्यु लेईदी राखन।" वरपर अरु प्रेमील जोडीहरु आफ्नै संसारमा मस्त थिए। घडीमा दिउँसोको एक बज्न दुई मिनेट बाँकी थियो। उसले एक बजे आउछु भनेकि थिई। वेटरले ड्यु ल्याएर टेबलमा राख्दियो। म ड्यु पिउन थाले। ड्यु पिएर आधा बाँकि रह्यो। घडीले एक बीस भएको संकेत गर्यो। अँह अवन्तिका आईन। कल गरे मोवाईल स्विच अफ भन्यो। पुरै ड्यु सकियो। टेबलमा भएको गुलाफ शान्त थियो। किनकि गुलाफको हत्या भएको थियो। निर्दोष गुलाफ अरुको माया गाढा बनाउन आफू खुदै सहिद भएको थियो। घडीको सुँई घुम्दा घुम्दै साँढे दुई भईसकेछ। तर, पनि उ आईन। मोवाईल स्विच अफ नैँ थियो‍ उसको। अचानक दिमागमा अनगिन्ति नेगेटीभ कुराहरु खेल्न थाले। उ प्रती एउटा ठूलो शंकाले दिमागमा डेरा जमायो। उ प्रती घृणा जाग्न थाल्यो। गुलाफ टेबलमै छाडेर म जुरुक्क उठे। ड्युको पैसा तिरेर क्याफे बाट बाहिरीए।

(डेढ घण्टा पहिला...)
लाईन नभएकाले गर्दा अवन्तिकाको मोवाईल स्विच अफ भएको थियो। उसले मोवाईल चार्ज गर्नै पाएकी थिईन। तर पनि उ ढुक्क थिई। किनकी ड्रिम्ज क्याफेको लोकेशन अलरेडी अनुरागलाई दिईसकेकी थिई। उ रेडी भएर रुम देखि बाहिर निक्लि। बाहिर बाटोमा भएको स्कुटर स्टार्ट गरेर अगाडि मेन रोडमा निक्लि। रोडमा निक्लेपछी उसले थाहा पाई कि हेलमेट त लगाउनै विर्षेछु भनेर। उ जे सुकै होस ट्राफिक पुलीसलाई छलेर जान्छु भन्ने हिसाबले स्कुटर ट्राफिक चौक तिर अगाडि बढाई। केही अगाडि रोडमा गाडीले किच्याएर मरेको कुकुर देखीरहेको थियो। उसले परै बाट उक्त कुकुर तिर नजर नपरोस भनेर ध्यान अन्तै तिर मोडेर स्कुटर अगाडि बढाईरहेकी थिई। उक्त कुकुर भएको ठाउँ कटेर केही पर पुगे पश्चात् मिस्टेकली उसले लगाएको चश्मा आँखा बाट खस्छ।र, चश्मा रोडमा झरेर फुटछ। अवन्तिकाले अगाडि पट्टि पुर‌ै धमिलो देख्छे। स्कुटी गएर अगाडि बाट आउदै गरेको ईण्डीयन नम्बर प्लेटको हेभ्भी ट्रकको मुनि पस्छ। ट्रकको चक्काले उसको टाउको किच्दा टाउको पडकेको आवाज वरपर बाटो हिडने मान्छेहरुको कान कान सम्म पुग्छ। उसको टाउको शरीर पुरै ट्रकले किल्चिन्छ। एउटा आँखा टायरमैँ टाँसीर टायर सँगै जान्छ। एउटा आँखा गुडकिदै गएर रोड पारी पुग्छ। गिद्धी, आन्द्रा भुँडी रोडभरी छरपस्ट हुन्छ। कुकुरहरु जोड जोडले भुँक्न थाल्छन। एकैछीनमा वरपरका मान्छेहरु भेला हुन्छन। ट्रक धेरै टाढा पुगीसकेको हुन्छ।
०००
क्याफे बाट निक्लिएर अनुराग ईटहरी जाने गाडीमा चढछ। गाडी केही पर पुगेपछी रोकिन्छ। पुरै सवारी साधनको लाम लागेको हुन्छ। खलासी गाडी बाट ओर्लीएर अगाडी बुझेर आउँछ।र, बोल्छ, "अगाडि एउटा स्कुटरवाली केटीलाई ट्रकले हानेछ।" अनुरागको मनमा चिसो पस्छ। अनुराग खलाशी सँग बोल्छ, "कति टाढा हो एक्सिडेन्ट भएको ठाउँ?" खलाशी बोल्छ, "उ ती हो चार मिनेट" अनुराग गाडी बाट ओर्लीएर भिड छिचोल्दै दुर्घटना स्थल पुग्छ। मान्छेहरुको भिडलाई प्रहरीले नियन्त्रण गरीरहेको हुन्छ। अवन्तिकाको छेद विच्छेद भएको शरीर एम्बुलेन्समा हाल्दै हुन्छन। अवन्तिकाको हात लत्रीरहेको हुन्छ। अनुरागको नजर उक्त लत्रीएको हातमा भएको ट्याटुमा पर्छ। जहाँ उसले अनुराग भनेर केही दिन अघि मात्र अनुराग सँगै गएर ट्याटु खोपेकि हुन्छे। अनुराग त्यो देख्ना साथ बेहोश भएर त्यहि ढल्छ। अनुरागको देब्रे हातमा अवन्तिका लेखिएको हुन्छ। दुई दिन पछी हस्पिटलको वार्डमा अनुरागको होश खुल्छ। उ बिल्कुल पागल झैँ भएको हुन्छ।
०००
यति भयानक दुर्घटना घटेको आज दुई वर्ष पुगीसकेछ। दुर्घटना पश्चात करीब छ महिना सम्म म गहिरो मानसिक तनावमा फसेको थिए। रेगुलर उपचार पश्चात् म ठिक त भए तर मनमा लागेको चोट न हो कहिले निको हुन्थ्यो र? छोडौँ यो बितेको कुरा। पास्ट ईज पास्ट। अवन्तिकाको आज दोस्रो वार्षीकी, राजाबास स्थित अवन्तिका फाउन्डेसनमा सयौँको संख्यामा मानीसहरु उसलाई श्रद्धाञ्जली अर्पण गर्न भेला भएका छन। उसको ड्याडीले उसको नाममा गरीब असहाय बच्चाहरलाई साहयता प्रदान गर्न उसको नाम बाट फाउन्डेसन खोल्नु भएको पनि दुई वर्ष पूरा भएको छ। फाउन्डेसन परिसरमा त्रिपाल लगाईएको छ। मानीसहरु पालैपालो अगाडी टेबलमा भएको उसको फोटोमा पुष्पगुच्छा अर्पण गरीरहेका छन। मन गह्रुङ्गो बनाउदै म पनि आफ्ना पाईलाहरु उसको तस्विर भएको ठाउँ तिर बढाईरहेको छु। कानमा अवन्तिकाको आवाज सुस्तरी गुन्जिए जस्तो महसुस हुन्छ, "ओई सन्चै छौँ।" म झसंग हुन्छु। टेबलमा भएको उसको तस्विरमा उ दिल खोलेर हासीरहेकि छे। लाग्छ उ यतै कतै लुकेर मलाई नियाली रहेकी छे। उसको तस्विर अगाडि गुलाफको फूल राखेर म पुन आफ्नै ठाउँमा आएर बस्छु। हावाको झोक्काले मलाई स्पर्श गरेर जान्छ। लाग्छ यो हावाको झोका नभई अवन्तिकाको स्पर्श हो। मलाई त्यहाँ बसिरहन गाह्रो महसुस हुन्छ। म जुरुक्क उठछु। मेरो नजर पुन अगाडि टेबलमा भएको उसको तस्विरमा पर्छ। जहाँ मैँले राखेको गुलाफको फूल हुदैन। म बाईक स्टार्ट गरेर ईटहरी तर्फ फर्किन्छु। धुनी जंगल नकटदै घाम अस्ताएर अँध्यारो छाउन थाल्छ। जंगल कटीसकेपछी आकाशमा जुन तारा र चन्द्रमा देखिन थाल्छन। म बाईक रोक्छु।र, बाईक बाट ओर्लीएर हेलमेट बाईकको ह्याण्डलमा राख्छु। मनमनै सोच्छु, "मेरा नजिकका दुई मान्छेहरु म भन्दा धेरै टाढा भएका छन। अवन्तिका र सौरभ भाइ। अवन्तिकाले त संसार छाडेर गई। सौरभ भाइले देश छोडेर दुबई गएको पनि सात महिना बितीसकेछ। साथमा केही छ त केवल शिव प्रसाद! हर सुख दुखको साथी, जसलाई मैँले चाहेर पनि छाडन सकिन। गोजी बाट एक स्टिक प्रसाद झिकेर सल्काउछु।र, लङ्ग सर्ट तानेर आकाश तिर हेर्छु। जुन ताराहरु झललल लागेका छन। चन्द्रमाले आफ्नो ज्योती छरीरहेकि छिन। अवन्तिकाले गुनगुनाउने गित याद आउँछ, "जब तारा गनेर एक्लै टोलाउँछौ। जब हृदय खोलेर मलाई बोलाउछौ। म बादलको शाहारा लिएर, चन्द्रमा बाट हेर्नेछु।" यस्तो लागीरहेछ कि उसले मलाई चन्द्रमा बाट हेरीरहेकि छे।

समाप्त।