Wednesday, 5 April 2017

गोरखापत्र: एक रहस्य।

मौसम ले मनसुनलाई यसरी समातेको छ, मानौँ एक प्रेमीले आफ्नी प्रेमीकाको हात समातेको होस। हप्ता दिन देखि मौसम र मनसुन बिच र‍ोमान्स यसरी छाएको छ कि, लाग्छ विचारा घामले कतै लुकेर उनीहरुको रोमान्स नियालीरहेको छ। मौसम कहिले धुम्म, एकैछीनमा मुषलधारे पानी, घरी घरी सिम सिमे झरी। वर्षातले विश्राम लिएर होला पानी पर्न रोकिए जस्तो भएको छ। बाटो पुरै हिलाम्मे भएको छ। तिलगंगा आँखा अस्पताल हुँदै मेरा पाईलाहरु गौशाला तिर लम्किरहेका छन। पाईन्ट र जुत्तामा हिल‍ो नलागोस भनेर म एकदमै सतर्क भएर हिडीरहेको छु। महानगरीय प्रहरी प्रभाग गौशाला नेर आईपुग्दा पछाडी बाट एक युवतीको आवाज आउँछ, "एक्सक्युज मी! सुन्नुस त।" म पछाडी फनक्क फर्किन्छु। छाता ओडेकि, साईड ब्याग भिरेर हातमा डटपेन बोकेकी उक्त युवती मेरो छेउमा आईपुग्छीन। "प्लिज! जस्ट पचाश मात्र हो। एउटा पेनको प्राईस। लिईदिनुस न। बिहान देखि अहिले सम्म एउटा पनि सेल गर्न सक्या छैन। प्लिज!" म हत्तपत्त यसरी बाटोमा हिडदा भेट हुने यसप्रकारका युवतीहरुलाई खासै घाँस हाल्न नचाहाने मान्छे तर, ख‌ैँ किन हो किन उसको अनुनय लाई मैँले ईन्कार गर्न सकिन। म‌ैँले वालेट बाट झिकेर दुई सयको नोट उसलाई थमाए। उसले चार वटा डटपेन दिदै भनी, " थ्याङ्कस! एकैचोटी चार वटा डटपेन लिईदिनु भएकोमा। नत्र त मान्छेहरुले एउटा डटपेन समेत लिन मान्दैनन।" मैँले मुसकुराउदै भने, " मलाई एउटा मात्र डटपेन भए पुग्छ।" उसले सयको दुई वटा नोट तिर नियालेर पुलुक्क म तिर हेरी। म‌ैँले भने, "किप दि चेन्ज।" यति सुन्ना साथ युवतीको अनुवारमा खुशीका रंगहरु इन्द्रेणी झैँ भएर देखा परे। उसले एउटा डटपेन मलाई दिई।र, एकटक्कले मेरो आँखामा हेरीरहि। मैँले पनि उसैगरी एकटक्कले उसलाई हेरीरहे। अचानक खानेपानीको ट्याङकरले बजाएको हर्नले हामी दुबै झस्कियौ। म आफ्नो बाटो लागे।
०००
घडीको सुँई घुमे सँगै, समय पनि साँझ पर्ने चक्करमा थियो। रातोपुल तर्फ जान लाग्दा पुन सिम सिम पानी पर्न थालीहाल्यो। म हिडौ कि कतै ओत लागौँ भनेर सोच्दै गर्दा कसैले मलाई छाता ओडाएको महसुस भयो। को रहेछ भनेर यसो हेरे। डटपेन वाली युवती मुसुमुसु हाँस्दै, "पानीमा भिज्न हुन्न, बिमार भईन्छ।" म अचम्मित हुँदै, "तिमी?" उसले निराश अनुवार बनाउदै बोली, "सुन्नुस न, म त कस्त‍ो अप्ठ्यारोमा परे। मेर‍ो सबै साथीहरु अघि नै कोठा तिर गईसकेछन। मेरो मोवाईल पनि स्विच भयो। रुमको लोकेशन पनि विर्षे।" पर बाट माईक्रो बत्तासिएर ओरालो झर्यो। मैँले हतार हतार उसको हात समातेर छेउ तिर तान्दै, "तिमीलाई मुश्किल हुन्न भने यहि रातोपुलमा मेरो रुम छ। तिमी म सँग जान सक्छौ।" युवतीले मेरो कुरामा मन्जुरी जाहेर गरी। त्यसपछी हामी दुबै रातो पुल तर्फ लाग्यौँ। चुपचाप, न उ बोली न म बोले। उ बेला बेला बोल्न खोजे झैँ गर्थी तर, फेरि रोकिन्थी। यत्तीकैमा रातोपुल आईपुग्यो मेरो कोठा तिर छिर्ने गल्लीको छेउको सर्टरमा रहेको मासु पसल अगाडि पुगेर म उभिए। उ बोली, "हजुरको कोठा आको हो?" मैँले भने, "नाँई आ छैन। चिकन लिनु पर्यो भनेर।" युवती हाँस्दै, "मेरो लागि हो भने त नलिए नि हुन्छ।" युवती तिर हेर्दै, "किन चिकन चल्दैन।" युवतीले फररर जवाफ दिई सासै नफेरी, "चिकन, मटन, फिस, प‍ोर्क, बफ केही पनि चल्दैन। म भेजी हुँ।" म बोले, "ला अब के बनाउ त सब्जी? " उसले हतार हतार जवाफ दिई,  "कोठामा जे छ त्यहि।" बिस्तारै म बोले, "रुममा त भिन्डी र आलु मात्रै छ।" युवती उत्साहित हुँदै, "भिन्डी र आलुको सब्जी त मेरो फेवरेट हो।" यसपछी हामी गल्ली हुँदै सरासर कोठा तिर लाग्यौँ। झमक्क साँझ परी सकेको थिय‍ो। माथी घरबेटीको पुजा कोठा बाट घण्टी बजेको आवाज आईरहेको थिय‍ो। मैँले कोठाको ढोका उघारे। उ अगाडि प्यासेजमा उभिएर टोलाई रहेकी थिई। "भित्रै आउन। अप्ठ्यारो मान्न पर्दैन।" उसले छाता बन्द गरी।र, स्याण्डल खोलेर भित्र कोठामा पसी। मैँले कुर्सी तिर देखाउदै भने, "बस न। मेरो त यस्तै छ रुम। किचन पनि यहि बेडरुम पनि यहि।" उ बोली, "हैन ठिकै त छ।" उ तिर हेर्दै म बोले, "चिया पिउने हो?" उ अड माने झैँ गरि बोली, " उममम हुन्छ।" मैँले ग्याँस खोलेर दूध उमाल्दै गर्दा अचानक उसको स्विच अफ भएको मोवाईल सम्झे। उ तिर फर्केर हेरे। उ समर लभ उपन्याश पढीरहेकी थिई। "मोवाईल चार्ज गर्नै हैन?" उ झसंग हुँदै, "ला मैँले त विर्षी पो राख्या।" बोल्दै हतार हतार ब्यागको चेन खोली। म भने दुधमा चिया पत्ती हालीरहेको थिए। अचानक निरश भावमा उसको आवाज गुन्जियो, "ला हेर्नुस न ब्यागमा त चार्जर नै रैनछ।" चियामा चिनी हाल्दै म बोले, "कस्तो चार्जर लाग्ने हो र?" उ बोली, "सानो पिन नोकियाको।" उ तिर फर्केर हेर्दै, "सानो पिन वाला चार्जर त छैन।" उ अत्तालिएको भावमा, "ला अब कसरी मोवाईल चार्ज गर्नु? कसरी कोठा सम्म पुग्नु?" मैँले आश्वासन दिदै भने, "टेन्सन नलेउ आज यहि बस। भोलि तिम्रो रुम खोज्ने जिम्मा मेरो।" उ अकमकिद‌ै, "यहाँ म बस्दा तपाईलाई..." म मुसकुराउदै, "मेरो चिन्ता छोड। आफ्नो बारेमा सोच। रात छिपिदै गईरहेको छ। वर्षातको मौसम छ। यती राती, फेरि यति ठूलो शहरमा कहाँ जान्छौँ र तिमी?" उ केही बोलीन। उसको मौनतामा कयौँ गुणा वजनदार मजबुरी लुकेको मलाई महशुस भयो। चिया नि पाक्यो। यसपछी हामी चिया पिउदै गफ गर्न थाल्यौ। उसको नाम अस्मिता कटवाल। घर सुर्खेतको काफलकोटमा पर्दो रहेछ। उ काठमाडौं आएको एकहप्ता मात्रै भा रैछ। डटपेन बेच्न थालेको जम्मा दुई दिन। गफैगफमा चिया पिईसकेर सब्जीको लागि काटकुट गर्ने तरखरमा लागे। उ जोशीएर कुर्षी बाट उठी, "सुन्नुस न आज म तपाईं लाई मेरो हात बाट खाना बनाएर खुवाउन सक्छु?" म मुसकुराउदै, "ओके! हुन्छ।" उसले लगाएको सल निकालेर खाटमा राख्दै, "उसो भए तपाईं चुपचाप बस्नुस। सब म आँफै गर्छु। मलाई खाना बजाउन असाध्यै मनपर्छ। म जहाँ गए पनि खाना पकाउन तम्सि हाल्छु।" यसपछी उसले भिन्डी, आलु, प्याज र टमाटर काटीसकेर सिलौटामा मसला पिस्दै बोली, "लौ न हजुरको नाम त सोध्नै भुलेछु।" समर लभ उपन्यास एक ध्यानले पढदै गर्दा उसको प्रश्नले म झस्किए। "म आशुत‍ोस।" उसले प्रश्नहरु एकपछी अर्को गर्दै सोध्न थाली। यस्तो लागीरहेको थियो कि म कुनै विख्यात शो मा अन्तरवार्ता दिईरहेको छु। मैँले जवाफ दिदै गर्दा उसले ग्याँस चुल्होमा कराई बसाएर तेल हाल्दै, "के गर्नु हुन्छ?" म बोले, "म क्यामेरामेन हो।" मेरो जवाफ सुन्ना साथ उ फनक्क फर्केर हातमा भएको पन्यु म तिर तेर्साउदै, "तपाई क्यामेरामेन!" उसको अनुवारमा अनौठ‍ो खुशी छाएको थिय‍ो। उसका ती मृग नयनी आँखा ठुल ठूलो बनाउदै, "फिलीम खिच्नु हुने?" म हाँस्दै, "हैन हैन फिल्म सुट गर्दिन। बिहे, ब्रतवन्ध, पास्नि उधी भिडीय‍ो खिच्छु।" उ सब्जी चलाउदै, "ए! म त फिलीम खिच्नु हुन्छ भन ठानेकी।" उसले एकाएक बिना टाईम मशीनको शाहारा नै टाईम ट्राभल गरी। उ उसको बाल्यकालमा फर्की, "सानो छदा पुजा-आजा, तिहार उधी म खुब नाच्थे। सबले त ठुली भएर हिरोनी हुन्छेस भन्थे तर, भईन।" मैँले भने, "अझै पनि के नै बित्या छ र?" एकोहोरीएर निराश भावमा उ ब‍ोली, "मन मरीसक्यो अब त। मेरो बिहेमा भिडीयो खिच्न बोलाउछु आउनु हैँ।" म मुसकुराउदै, "हस भै हाल्छ नि!"  उ एक्साईटेड हुँदै, "सबै भिडीयो खिचे नि अन्माउने बेलामा म रुको भिडीयो चाहिँ नखिच्दिनु। म लास्टै रुन्ची छु।" उ केही भावुक देखिई, "म आफुँ रुको हेर्नै सक्दिन। गाह्रो हुन्छ।" म‌ैँले जिस्किदै भने, "ल ल चिन्ता नलेउ खिच्दिन। अनि सुहागरातको भिडीयो चाहिँ खिच्दिनु कि नाँई?" उसले कर्के नजरले मुसकुराएर हेर्दै, "आमा! तपाईं त हेर्दा मात्र सोझो, भित्र भित्रै त बई हँसिया जत्तीकै हुनुहुदो रहेछ।" लगभग एक घण्टा पछी खाना तयार भयो। दुबै जाना खाना खान थाल्यौ। उसले सब्जी साँच्चै नै मिठो बनाएकी थिई। खाना खाई सके पश्चात् उ खाटमा ढल्किएर निदाईरहेकी थिई। म भने भुँईमा ओछयान लगाउने तरखरमा थिए। अचानक उसले च्याप्प मेरो नाडी समातेर उ तिर तानी। एकटक्कले मेरो आँखामा हेर्दै मसिनो स्वरमा, "ज्यादा सोझो पल्टीन पर्दैन। किन लाउनु पर्यो तल ओछयान? बेड म‌ँ सुते हुन्न?" उसले बोल्दै बोल्दै, उसको अनुवार मेरो अनुवारको नजिकै ल्याउदै थिई। म बोल्न खोजीरहेको थिए। मेरा आवाजहरु भित्रै दबिए जस्तो महसुस भईरहेको थियो। मेरो मुटुको धडकन तेज हुदै गईरहेको थियो। उसले आफ्नो ओठ ल्याएर मेरो ओठमा टक्क अडयाई।र, चुम्न थाली। म नियन्त्रण भन्दा बाहिर पुगे। उसले आफ्नो शरीरका हर एक अंगहरु मलाई क्षण भरमै सुम्पीदिई। लगभग दुई घण्टाको अन्तरालमा हामी बिच तीन पटक सम्भोग क्रिया भईसकेको थियो।
०००
भोलीपल्ट बिहान कोईली कराएको आवाजले मेरो निन्द्रा खुल्यो। उ मस्त चिर निन्द्रामा सुतीरहेकी थिई। उसको शरीरका सबै वस्त्रहरु भुँईमा थिए। उसले बेडसिटले आफ्नो शरीर ढाकेकी थिई। उसलाई हेर्दा लाग्थ्यो, उ एउटा मृत लाश हो। म बिस्तारै बेड बाट उठे। चियाको अम्मली भएकाले चिया पिउन तलतल लाग्यो। बेलुका बचेको एक ग्लाश दूध दिब्रेमा हाले। ग्याँस स्टोभमा दिब्रे बसालेर ग्याँस बाले। बर्नर बाट निक्लिएको निलो फेल्मको छायाँ भित्तामा टाँसेको गोरखापत्रमा परीरहेको थियो। छाँयामा आगोको फ्लेम निलै देखिरहेको थियो। म‌ैँले टोलाएर दुई महिना अगाडि घरबेटीले भनेको कुरा सम्झन पुगे। घरबेटीले भनेका थिए, "खाना पकाउदा चिल्लो भित्तामा लाग्नु भएन। बार बार रङ्ग लगाउन सक्दिन म।" उनले त्यसो भनेकै दिन मैँले स्टेशनरी बाट गोरखापत्र किनेर खाना पकउने ठाउँ भरी चिप्काएको थिए। सोचाईमा यति डुबिएछ कि दुध उम्लीएर पोखीन लाग्या रैछ। हतार हतार ग्याँस सानो पारेर दुधलाई फुक्न थाले। तर पनि थोरै दूध भने पोखीएरै छाड्यो। दुधमा चिया पत्ती हालेर पत्रीका तिर हेरे। कति चाँडै दुई महिना बितीसकेछ। हिजो जस्तो मात्र लाग्छ गोरखापत्र भित्तामा चिपकाको। गोरखापत्रको धेरै जसो हिस्साहरुमा सब्जीको छिटा र चिल्लो लागेर पुरानो भईसक्या थियो। यत्तीकैमा मेरो नजर एउटा हेडलाईनमा पर्छ। जहाँ लेखिएको हुन्छ, "अन्तरजातीय विवाह परीवारले स्विकार नगर्दा एउटै रुखमा झुण्डीएर गरे प्रेमी प्रेमिकाले आत्महत्या।" आत्महत्या गरेका ती दुई प्रेम जोडीको तस्विर पनि छापीएको रहेछ। चिल्लोले गर्दा अनुवार खासै चिनीएको थिएन। युवकको नाम लाल बहादुर विश्वकर्मा, उमेर पच्चीस वर्ष, रहेछ। मज्जाले युवतीको फोटो नियाले। मनमा चिसो पस्यो। शरीरमा काँडा सररर उम्रीन थाले। हात चिसो भएको महसुस भयो। ओठ कलेटी परेझै भयो। दिमागका तारहरु हावाले बिजुलीको तार हल्लाए झ‌ैँ गरी हल्लिन थाले। मैँले हतार हतार युवतीको नाम पढन थाले। पहिलो अक्षर ठम्याउन सकिन बाँकि अक्षर स्मिता रहेछ अनि थर चाहिँ कटवाल। उमेर बाईस। ठेगाना सुर्खेत, काफलकोट। विस्तारै पछाडी फर्केर खाटमा हेरे। अघि सम्म मस्त निदाईरहेकी अस्मिता खाटमा थिईन। भुँई खाली थियो। उसका कपडा त्यहाँ थिएनन। चिया उम्लिएर पोखीदा चियाको केही थोपाहरु बग्दै बग्दै आएर मेरो खुट्टामा चुहिए। मलाई बेस्सरी पोल्यो। हतार हतार ग्याँस बन्द गरे। दिब्रेमा थोप्पो चिया रहेन। मात्र कालो थेग्रीएर रहेको चियापत्ती शिवाए। मेर‍ो नजर समर लभ उपनयाशको छेउमा भएको कलममा पर्यो। जुन हिजो अस्मिता सँग दुई सय रुप‌ैँया दिएर लिएको थिए। अचानक बाहिर बाट आवाज आयो, "केरा, अम्बा, स्याउ, अंगुर लिने अंगुर। ताजा फलफूल हजुर ताजा! ताजा!