हुस्सु भित्र हराएको शहर:
सधैँ झैँ आज पनि उसैगरी कोईलीको सुरीलो आवाजले म ब्युँझिए। हरेक बिहान ठिक छ बजेर पाँच मिनेट जाँदा कोईली कराउने गर्छ। कोईलीको आवाज मेरा लागी आर्लम तुल्य भएको छ। दश वर्ष अगाडिको त्यो रात, म आफ्नो खाटमा पल्टिएर झ्याल बाट देखीएको चन्द्रमा तिर हेर्दै एउटा सपना बुनेको थिए। सपना थियो, पेरिस गएर केही जब गर्ने र उतै सेटल हुने। सपना बुनेको भोली पल्ट बिहान, छ बजेर पाँच मिनेट जाँदा पहिलो पटक कोईलीको सुरीलो आवाज आएको थियो। अनी म चिर निन्द्रा बाट ब्युँझीएको थिए। मैँले धेरै पटक उक्त कोईलीलाई नजिक बाट नियाल्न खोजे। दश वर्ष बित्यो तर आज सम्म उक्त कोईलीलाई प्रत्यक्ष रुपमा देख्न पाएको छैन। कोईलीको आवाज त आउँछ तर कहाँ बाट? थाहा छैन।
ऋषीकेश बेड बाट उठेर अगाडि पट्टि भित्तामा झुण्डयाएको क्यालेण्डर भए तिर जान्छ। क्यालेण्डरमा सन टु थाउजण्ड नाईन, जनवरीको को पाना देखीरहेको छ। ऋषीकेशले क्यालेण्डरको पाना पल्टाएर अप्रिल महिनामा पुर्याउछ। अप्रिल फाईभमा ऋषीकेशले कालो मार्करले सर्कल लगाएको छ। उ अप्रिल फाईभमा पेरिसको लागि उडदैछ। उसले दश वर्ष अगाडि बुनेको सपनाको स्वेटर लगाउन अब तीन महिना मात्र बाँकि भएकाले ऋषीकेश अत्यन्तै खुशी छ। ऋषीकेशले झ्यालको पर्दा हटाएर बाहिर नियाल्छ। शहर हुस्सु भित्र हराएको छ। उसको मुख बाट निक्लिएको बाफ झ्यालको शिसामा गएर अडीन्छ। उसले झ्यालको शिसामा अडीएको बाफमा, आफ्नो चोरी अउला चलाएर एफील टावरको चित्र बनाउछ।र, एकहोरो चित्रमा हेरीरहन्छ। केही छिन पश्चात् उक्त चित्र हराएर जान्छ।
टु थाउजण्ड नाईन, अप्रिल, फाईभ:
ट्याक्शी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अगाडि पुगेर रोकियो। पैसा दिएर ट्याक्शी बाट बाहिर निक्लिदै गर्दा फ्रान्श एयर आकाशमा देखे। फ्रान्श एयर ल्यान्डीङग गर्ने तरखरमा थियो। फ्रान्श एयर मेरो लागि पुष्पक विमान सरह थियो। जसको साहाराले म आज मेरो सपनाको शहर प्रस्थान गर्दै थिए। चेकिङ्ग, बोर्डीङ्ग सबै सक्काएर डिपार्चर लाउन्जमा गएर बसे। त्यहाँ धेरै जसो पश्चिमा मुलका मानीसहरु मात्र थिए। लगभग आधा घण्टा पश्चात् एयरलाइन्स अनाउन्समेन्ट गुन्जियो। अनाउन्समेन्ट गुन्जिन साथ म लगायत बाँकि यात्रुहरु डिपार्चर गेट बाट बाहिर निक्लियौँ। बाहिर दुई वटा एयरपोर्ट बस स्टयाण्ड बाई थिए। सबैजाना बसमा चढन थाले। म दोस्रो बसमा चढे। दुई वटै बस भरीयो। केहिछीन पछी बसले फ्रान्स एयर नजिकै लगेर रोकायो। म बस बाट ओर्लीएर ईकोनोमी क्लाशका यात्रुहरु सँगै प्लेनमा चढे। पन्ध्र मिनेट पछी प्लेनले टेकअफ लिने तरखर गर्यो। मोवाईल र अन्य ईलेक्ट्रीक डिवाइसहरु बन्द गर्ने र सिटबेल्ट बाँध्ने अनाउन्समेन्ट गुन्जिरहदा मैँले प्लेनको झ्याल बाट बाहिर नियाले। घाम डुब्न लागेकाले पश्चिम दिशा तर्फको आकाश ओरेन्ज कलरको देखिएको थियो। ठ्याक्कै कुनै प्रतीभाशाली पेन्टरले आफ्नो क्यानाभासमा उतारेको चित्र जस्तै! सिट बेल्ट बाँध्न खोज्दै गर्दा प्लेन टेकअफ भयो। हतार हतार सिट बेल्ट बाँधे। झ्यालको छेउमा बसेकाले काठमान्डौँलाई उचाई बाट नियाल्ने मौका पाउदा साह्रै अनौँठो र रोचक लागीरहेको थियो। हेर्दा हेर्दै काठमान्डौँका घरहरु स साना देखिन थाले। धरहरा, घण्टाघर, रानीपोखरी स साना हुँदै, हराउदै गए। देखा पर्न थाले बादलहरु। मेरो सिटको छेउमा वृद्ध पश्चिमा मुलका मानीस बसेका छन। उनले जापनिज नोवलीष्ट हारुकी मुराकामीको 'काफ्का अन दी सोर' नामक नोवल पढीरहेका छन।
पेरिस, सपनाको स्वेटर:
भित्तामा भएको रोमन अक्षर अंकीत घडीको पेण्डुलम हल्लीरहेको छ। घडीले बिहानको साँढे सात बजाएको छ। सायद कोईलीको आवाजको पर्खाईमा छ ऋषीकेश। सायद उसलाई लागीरहेको होला उ नेपाल स्थित आफ्नै बेडमा निदाएको छ। अचानक ऋषीकेश ब्युँझिन्छ।र, जुरुक्क उठछ। उसको श्वास बढेको छ। धडकन तेज भएको छ। पक्कै उसले भयानक सपना देखेको हुनुपर्छ। ऋषीकेशले दायाँ-बायाँ कोठा नियाल्छ। अगाडि भित्तामा एक पुरुष मनुवाको तस्विर छ। तस्विरमा पुरुष मनुवाले अकेडेमिक कालो ह्याट, कालै गाउन लगाएर हातमा डिग्रीको सर्टीफिकेट बोकेका छन। यी पुरुष मनुवा ऋषीकेशको ठुलोममीको जेठा सुपुत्र अजीत सापकोटा हुन। जसले पोल्टीकल साईन्समा ड्रिगी हाशील गरेका छन। अजीत सापकोटा पेरीशकै कुनै विश्वविधालयमा पोल्टीकल साईन्सका लेक्चर हुन। ऋषीकेश अहिले अजीत सापकोटाकै फ्लाटमा छ। ऋषीकेश फ्लाश ब्याकमा जान्छ। रातको एघार पैँतालीशमा चार्ल्श डि गौल्ले विमानस्थलमा अवतरण भएको, अजीत दाइले उसलाई रिसीभ गर्न आएको, अजीत दाइको कारमा चढेको, यात्रा अवधीको बारेमा अजित दाइ सँग कुरा भएको, अजीत दाइले कारमा यात्रा गरुन्जेल सम्म जोन डेनभरको गाना बजाएको, फ्लाटमा आएर लाईट डिनर गरेर सुतेको। ऋषीकेश फ्लास ब्याक बाट फर्कीदै गर्दा अचानक बेडको छेउमा भएको ल्याण्डलाईनमा रिंग बज्छ। रिंगको आवाजले उ झस्किन्छ। रिसीभर कानमा लान्छ। उताबाट आवाज आउँछ, "उठीस त भाइ?" ऋषीकेश, "हजुर दा जस्ट।" अजीत दाइ बोल्छन, "हेर्न भाइ म त अहिले बर्लीन जानका लागि एयरपोर्टमा छु। तँ सुतीरहेको थिईस। उठाउन चाहिन। पन्ध्र दिन जस्तो बर्लीन मैँ हुन्छु। हिटलरको बारेमा बाहिर नआएको कुराहरु के छन त्यो अनुसन्धान गर्दैछु। किचनमा ब्रेकफास्ट रेडी छ। सुन सिरानी मुनि क्रेडीट कार्ड र एटीएम कार्ड छोडदेको छु। जरुरत पर्दा प्रयोग गर्नु। तेरो जबको लागी एउटा साथी सँग कुरा गरेको छु। म आएपछी काम बन्छ। ल अहिले अनाउन्समेन्ट गुन्जियो राखे। टेक केयर। " रिसीभर टेलीफोनमा राखेर ऋषीकेश झ्याल तिर जान्छ। झ्यालमा भएको क्रीम कलरको पर्दाले बाहिरको दृश्य ढाकेको छ। उसले पर्दा उघार्छ। केहि परको दुरीमा उसले एफिल टावर देख्छ। उसलाई सपना देखीरहेको जस्तो महसुस हुन्छ।
दिउँसोको साँढे दुई बजे, ऋषीकेश पेरिस नियाल्नका लागि निक्लिन्छ। हिडदै गर्दा उसले सिनेमाघर देख्छ। जहाँ म्यासरीन: पब्लिक ईनीमी नामक फ्रेन्च ग्याङ्गस्टर मुभीको पोष्टर टाँसिएको हुन्छ। उसले उक्त मुभीको पहिलो भाग हेरीसकेकाले उत्साहित भएर दोस्रो भाग हेर्ने सोच बनाउछ। टिकट लिएर थियटर भित्र छिर्छ। सिनेमा सुरु हुन्छ। थियटर पुरै भरीएको छ। मानीसहरु फ्रेन्च भाषामा खाशखुश गरीरहेका छन। यत्तीकैमा सिनेमाको दृश्य हेरेर कसैले उत्साहित हुदै हिन्दीमा माँ बेहेनको गाली देको ऋषीकेशले सुन्छ। पछाडी फर्केर हेर्छ। उसको ठिक पछाडीको सिटमा, हिन्दी सिनेमाको निर्देशक अनुराग कश्यप बसेका हुन्छन। ऋषीकेश अनुरागको फ्यान भएकाले उ निकै उत्साहित हुन्छ। मुभी सकिएपछी ऋषीकेशले अनुरागलाई खोज्न थाल्छ। अनुराग सिनेमाघरको बाहिर चुरोट तानी रहेका हुन्छन। ऋषीकेश गएर अनुराग सँग कुराकानी सुरु गर्छ। पेरिसमा नेपाली फ्यान भेट्टाएकोमा अनुराग पनि प्रफुल्लित हुन्छन। अनुरागले सिरीयल किलर, बम्बे भेल्भेट र वासेपुरको कोईला माफीयाहरु सहित तीन वटा कथा रेडी भएको तर कुन स्टोरीमा पहिला फ्लोरमा जाने भनेर टुंगो नलागेको बताउछन। दुबै जाना बिच वर्ल्ड सिनेमाको बारेमा चर्चा हुन्छ। ऋषीकेशले आँफु सँग भएको दुई तीन वटा स्टोरी आईडीयाहरु सुनाउँछ। अनुराग स्टोरी आईडीया सुनेर अच्चमित हुँदै, "लग्ता था मे बहुत हि ज्यादा डार्क सोच्ता हुँ लेकिन तु तो मेरे से हि ज्यादा डार्क सोच्ता हे। मेरा नम्बर ले ले। तु जब चाहे तब बम्बे चले आना। मिलकर कुच करेंगे।" अनुरागले आफ्नो नम्बर ऋषीकेशलाई दिन्छन। यसपछी अनुराग आफ्नो बाटो लाग्छन। ऋषीकेश हिडदै गर्दा मनमनै सोच्छ, "म बम्बे सम्बे जादिन। अहिले त नेपाली फिल्महरु पुरानै ट्रेन्डमा बनीरहेका छन। एकदिन नेपाली फिल्मको ट्रेन्ड बदलिनेछ। मेरो आईडीयाहरु नेपाली सिनेमा मैँ युज गर्नेछु।" डबल डेकर बसको हर्नले ऋषीकेश झस्किन्छ। उ हिडदा हिडदै एउटा यस्तो ठाउँमा पुग्छ। जहाँ बाट उसको र एफिल टावरको दुरी एकदमै नजिक हुन्छ। उ एफील टावरको मुनि पुग्छ। उत्साहित भएर एफील टावर हेर्न खोज्दा उसले लगाएको क्याप भुँईमा खस्छ। क्याप टिपेर लगाउछ।र, पुन आफ्नो पाईला अगाडि बढाउछ।
ऋषीकेश एन्थोनी डि क्याफे छेउ आईपुग्छ। क्याफेमा चिया कफी पिउने मानीसहरुको भिड लाग्या छ। क्याफे एउटा सानो कोठामा खोलीएको छ। क्याफेको अगाडि पट्टि मान्छेहरु बस्नलाई टेबल कुर्षीहरु राखीएको छ। ऋषीकेश गएर खाली कुर्षीमा विराजमान हुन साथ एक वृद्ध मानिस आएर मुसकुराउदै उभिन्छन। मोटो शरीर, होचो कद, सेतै फुलेको दाह्री, खैँरो बिरेट क्याप, क्याप बाट निक्लिएको सेतो लामो कपाल, चाहुँरीएको अनुवार, दुलो परेको सेतो गन्जि, गन्जि माथी कोठे सर्ट, नेभी ग्रीन कलरको हाल्फपाईन्ट, एन्टाको जुत्ता। ऋषीकेशले तल देखि माथी सम्म वृद्धलाई नियाल्छ। वृद्ध बोल्छन, 'माईसेल्फ एन्थोनी मार्टीन। सर ह्वाट यु उड लाईक टु ह्याभ?' ऋषीकेशले मिल्क टी मगाउछ। केही छीन पछी एन्थोनीले मिल्क टी ल्याएर टेबलमा राख्दिन्छन। एन्थोनी, 'सर यु आर फर्म नेपाल, आर नट यु?' ऋषीकेश अचम्मित हुँदै, "यश आएम बट हाउ डिड यु नो?" एन्थोनी राजा महेन्द्रको पालामा नेपाल गएका रहेछन। उनी लगभग त्यस ताका छ महिना नेपाल बसेका रहेछन। नेपाली सँस्कृती र भाषा सँग उनी काफी भिजेका रहेछन। उनले ऋषीकेशको लवज बाट नेपाली भन्ने ठम्याएका रहेछन। एन्थोनीले सबै कुरा बताउदै गर्दा कसैले एन्थोनीलाई बोलाउछ। एन्थोनी हतारीएर फ्रेन्च भाषामा बोल्दै जान्छन। ऋषीकेशले चिया पिउन थाल्छ। अचानक उसले कतै बाट मधुरो ध्वनीमा बजीरहेको गाना श्रवण गर्छ।
'वसन्त नैँ बस्न खोज्छ यहाँ लो लाएर
यो हो मेरो प्राण भन्दा प्यारो
माईतीघर माईतीघर माईतीघर।'
पेरिसमा नेपाली क्लासीक गीत गुन्जिएको सुनेर ऋषीकेश अच्चमित हुन्छ। कता बाट गीतको गुन्जिरहेको छ भनेर उसले ठम्याउन खोज्छ। बिस्तारै गितको शब्द र धुनलाई पछ्याउन थाल्छ। एन्थोनीको क्याफे देखी पैँतिस सेकेण्डको दुरीमा उसले le rina fluer shop देख्छ। सप भित्र बाट गितको आवाज आईरहेको हुन्छ। उसले गितको आवाज अघि भन्दा केही लाउड सुन्छ।
"एउटा फूल फुले यहाँ धर्ती मगमगाउछ।
एउटा बत्ती बले यहाँ जगत जगमगाउछ।"
ऋषीकेश बिस्तारै उक्त फ्लावर सप भित्र छिर्ने ढोकामा गएर उभिन्छ। आकर्षक देखीने आर्टीफिसयल फ्लावरहरु सप भरी सज्जीएर बसेका छन। पाँच फिट नौँ ईन्च जति हाईट, खैँरो, लामो कपाल भएकी, टिम्बरल्याण्डको पातलो ग्रे कलरको सम्मर ट्राउजर र षाट्रेंज ग्रिन कलरको हाल्फ भेष्ट लगाएकी एक युवती, आधा शरीर झुकाएर फूलहरु मिलाईरहेकीन हुन्छीन। युवतीको शरीरको पछील्लो भाग ढोका पट्टि फर्कीएकाले ऋषीकेशले युवतीको अनुवार देख्दैन। देख्छ त केवल युवतीको नितम्ब सम्म पुगेको खैरो, बाटेको कपाल। अनि युवतीको अण्डरवियरको सेप। ऋषीकेश चुपचाप त्यहाँ बाट फर्कीन्छ, एन्थोनी क्याफे र तिर्छ चियाको पैसा। घाम लुकेकाले झमक्क साँझ परेको छ। ऋषीकेश चराहरु झै फर्कीन्छ गुँड तर्फ।
ऋषीकेश सुत्न सकिरहेको छैन। बारबार उसको दिमागमा फ्लावर सपमा देखीएकी युवती, माईतीघरको गित मात्र चलीरहेको छ। युवतीको अनुवार कस्तो होला भनेर कल्पना गर्न थाल्छ। दिमागको क्यानाभासमा थुप्रै अनुवारहरु पेन्टीङ्ग गर्न थाल्छ। उ निदाउछ।
भोलीपल्ट पुन उहीँ समयमा ऋषीकेश फ्लावर सप अगाडी पुग्छ। हिजो झैँ आज पनि उसैगरी माईतीघरको गित गुन्जीरहेको छ। घाम डुब्न लागेको छ। बिस्तारै पेरिसमा कृतीम लाईटको उज्याले छाउदै गईरहेको छ। फ्लावर सपको माथी पट्टी (le rina fluer shop) लेखिएको ईलेक्ट्रोनीक डिसप्ले बोर्डमा पिंक कलरको लाईट बलीरहेको छ। ऋषीकेश फ्लावर सप भित्र छिर्न खोज्छ। भित्र काला जातीकी एक वृद्धा महिला, एक वर्ष अघी आतंककारी हमलामा मारीएको आफ्नो छोरोको चिहानमा फूल अर्पण गर्नका लागि फूल छानीरहेकी हुन्छीन। ईलेक्ट्रोनीक डिसप्ले बोर्ड बाट निक्लिएको गुलाबी प्रकाशले ऋषीकेशको अनुवारमा गुलाबता छाएको छ। उसको नजर फ्लावर सपकी युवतीमा पर्छ। निलो आँखा, गोरो अनुवार, पातलो शरीर। युवती कता कता हलीउड अभिनेत्री नेटली पोर्टम्यान जस्तै लाग्दछ उसलाई। काला जातीकी वृद्ध महिला सेतो रङगको कृत्रीम फ्लावर किनेर बाहिर निक्लिनछीन। ढोकामा उभिरहेको ऋषीकेशलाई अनौँठो मानेर हेर्दै बाटो लाग्छिन। ऋषीकेश भित्र छिर्छ। युवतीले ऋषीकेशलाई देख्न साथ हाइ भन्छे। ऋषीकेशले हेल्लो भनेर मुसकुराउछ। युवती बोल्छे, "यु मस्ट बी फर्म नेपाल।" ऋषीकेश अच्चमित हुँदै, "हाउ डिड यु नो?" युवती, "तिम्रो टि सर्टमा आई लभ नेपाल लेख्या रैछ त्यसैले..." ऋषीकेशले पुलुक्क आफ्नो टि सर्ट तिर हेर्छ। बज्दै गरेको माईतीघर बन्द भएर रोमान्टिक फ्रेन्च गाना बज्न थाल्छ। युवतीले फ्रेन्च लवजमा प्रस्ट नेपाली बोलेको सुनेर ऋषीकेशको कौतहुलताले आशमान छुन्छ। "यति प्रस्ट नेपाली कसरी?"
सन नाईन्टिन एट्टी टुमा युवतीको ड्याड भौँगोलीक विविधताको बारेमा अध्ययन गर्न नेपाल गएका रहेछन। त्यस ताका युवतीको ड्याडले झण्डै एक वर्ष नेपालमा बिताएका रहेछन। त्यहि क्रममा उसको ड्याडको भेट पशुपती नाथको मन्दिर बाहिर फूलहरु बेचेर बस्ने रिना पराजुली नाम गरेकी एक सुन्दर युवती सँग भएको रहेछ। रिना पराजुली सँग पहिलो नजरमै उसको ड्याडको मोहब्बत भएको रहेछ। ड्याडले रिना पराजुलीलाई विवाह गरि फ्रान्स लिएर आएका रहेछन। प्याट्रीक रिचर्डशन र रिना पराजुलीको को कोखबाट युवतीले सन नाईन्टीन एट्टी फो मा जन्मलिएकी रैछ। ड्याडको नामको अगाडीका दुई वटा अल्फबेट र ममको फस्ट नेम मिक्स गरेर उसको नामकरण गरिएको रहेछ। युवतीले सबै कहानी बताईसकेर उत्साहित हुँदै हात अगाडि बढाउछीन, 'मि पेरिना।' युवक मुसकुराएर हात मिलाउदै, 'माईसेल्फ ऋषीकेश।' पेरिना जोड जोडले हाँस्न थाल्छीन। ऋषीकेश, 'लौ के भो एनीथीङ्ग ईज रङ्ग?' पेरीना हाँसो रोक्ने प्रयास गर्दै, 'नथीङ्ग, जस्ट तिम्रो नाम ईज लिटील वियर्ड।' ऋषीकेश, 'उमम अलीक अजीब छ मेरो नाम। मान्छेहरु भन्ने गर्छन मेरो नाम मेरो पर्सानालिटी सँग म्याच हुदैन रे! बट आई डन्ट केयर।' उसले युवतीको राईट आर्ममा शिवजीको र नाडीमा जिशस क्राईश्टको ट्याटु देख्छ। 'तिमी हिन्दु र क्रिश्चयानीटी दुबै फलो गर्छौ हो?' पेरिनाले सप बाट बाहिर तिर नियाल्छे। सपको अगाडी पँहेलो रङ्गको स्कुटर रोकिएको छ। 'म ह्युमानीटी फलो गर्छु। आई लभ्ड जिशस, आई लभ्ड लर्ड शिव टु। ड्याड ईज क्रिश्चियन मम वाज हिन्दु।' ऋषीकेश, 'मम वाज मतलब...' पेरिना, 'वहाँ चार वर्ष अगाडि प्लेन क्रेशमा...' ऋषीकेश, 'ओ सरी।' पेरिना केही भावुक हुँदै, 'ईटस ओके! यु नो? माईतीघरको सङ्ग ममको फेवरिट सङ्ग थियो। त्यसैले वहाँको याद आउदा माईतीघर सुन्ने गर्छु।' पेरिनाले भित्ते घडी तिर हेर्दै, 'सि ईटस अलमस्ट पौँने सात। सुनन ऋषीकेश आर यु फ्रि?' ऋषीकेश नाख कन्याउदै, 'या आएम।' पेरिना, 'उसो भए म तिमीलाई मेरो फेवरिट प्लेस लान्छु।' पेरिनाले दोकान क्लोज गर्छे। अगाडि रोकेर राखेको पँहेलो सक्टुर स्टार्ट गर्छे। ऋषीकेश टोलाएर फ्लावर सप अगाडीको प्यासेजमा उभिरहेको छ। पेरिनाले हर्न बजाउदै, 'कम अन ऋषीकेश। वी गोट्टा गो नाउ। जम्प एण्ड सिट।'
पेरिनाले पेरिसका साँघुरा गल्लिहरु हुदै एक एकान्त ठाउँमा लगेर स्कुटर रोक्छे। जहाँ बाट ऋषीकेशले पेरिस शहर धेरै पर धपक्क भएर बलीरहेको देख्छ। स्कुटर बाट दुबै जाना ओर्लीन्छन। ब्याग बाट पेरिनाले रिजला पेपरमा रोल गरेको गाँजा झिक्छे। पेरिना, 'तिमलाई विड चल्छ?' ऋषीकेश नर्भस हुँदै, 'नाई, थ्याङकस!' पेरिना हाँस्दै, 'तान्दा मर्दैनौँ। विलीभ मी, एज अ मेडीशीन यार!' पेरिनाले लाईटर पारेर गाँजा फायर गर्छे। दुबै जानाले पालैपालो गाँजा तान्न थाल्छन। दुबै जाना हाई हुन्छन। पेरिना हाँस्न थाल्छे। ऋषीकेश पनि हाँस्न थाल्छ। पेरिना, 'मैँले एउटा कवीता लेख्या छु। तर कसैलाई सुनाको छैन। तिमीलाई सुनाउन गईरहेको छु। कान खोलेर सुन।' पेरिनाले सुरु गर्छे कवीता वाचन।
'Death in paradise.
parrot on my shoulder,
why it cries?
finally I realized.
I was standing on a
sweet lies.
see there lonely bird flies.
flowers blossom in the garden,
There is lots of beautiful butterflies.
just chill guys.
I'm confused, should I cry or,
should I fly?
if I cry, tears come out.
if I fly, Blow my brains out.'
पेरिना, 'ध्याटस ईट।' ऋषीकेशले सिठ्ठी बजाउदै, 'आई लभ्ड ईट। तिमीलाई त साहित्यमा पनि ईन्ट्रेस्ट छ जस्तो छ नि?' पेरिना, 'उमम ...समटाईम्स लेख्ने गर्छु। एउटा साईफाई नोवल पनि लेख्ने प्लानमा छु।' ऋषीकेश, 'नाईस! किप गोईन अन।' उक्त ठाउँमा केही समय व्यथीत गरे पश्चात् पेरिनाले ऋषीकेशलाई लभ ब्रिज लिएर जान्छे। पेरिना, 'यो लभ ब्रिज हो। यहाँ प्रेमील जोडीहरुले आफ्नो नाम चाबीमा लेखेर ब्रिजमा लक गर्ने गर्छन। यसो गर्दा उनीहरुको प्रेम सफल हुन्छ भन्ने विश्वास रहिआएको छ।' ऋषीकेश, 'तिमीलाई यो कुरामा विश्वास छ?' पेरिना हाँस्दै, 'म स्टिल सिंगल छु। अनुभव गर्न पा छैन। एउटा केटा सँग ग्रेड टेनमा हुदा अफेयर चल्या थियो। बट हाम्रो प्रेम लभ ब्रिज सम्म आउनै नपाई अन्त्य भयो।' दुबै जाना हाँस्छन।
बबल्स:
पेरिना सँग चिनजान भएको दश दिन भएछ। पेरिना सँगको मुलाकात पछी पेरिसमा कोहि नजिकको मान्छे भेट भएको महशुस भएको थियो। उसलाई भेटन हरेक दिन म फ्लावर सपमा पुग्ने गर्थे। उसले ठिक सात पैँतालीशमा सप क्लोज गर्थी। उसको पँहेलो स्कुटरमा बसाएर उसको फेवरिट त्यो एकान्त ठाउँमा लिएर जाने गर्थी। भेट भएको दोस्रो दिन त्यहि सुनसान ठाउँमा एक स्टिक रिजला तानी सकेपछी उसले भनेकि थिई, "मलाई यो मुनलाईट, यो खुल्ला आकाश मुनि तिमी सँग सेक्स गर्न मन छ।" उक्त सुनसानमा ठाउँमा हामीले धेरै पटक सेक्स गरेका थियौँ। ठ्याक्कै खुल्ला आकाशमुनी प्रेमील मृगका जोडीले सेक्स गरे झैँ! पेरिना सँग भेट भएको पाँचौ दिन हामीले सेक्स गर्दै गर्दा अचानक हाम्रो माथी पट्टि आकाशमा प्लेन उडेको थियो। प्लेनको आवाजले हाम्रो सम्भोग भंग भएको थियो। पेरिनाले अत्तालिएको भावमा मलाई आँखा बन्द गर्न लगाएकी थिई। लगभग तीस सेकेण्ड पछी उसले आँखा उघार्न लगाई। जब मैँले आँखा उघारे तब आकाशको कुनै पनि हिस्सामा प्लेन थिएन। थाहा छैन उसले किन आँखा बन्द गर्न लगाएकी थिई? थाहाछैन तीस सेकेण्डको अन्तरालमा त्यो प्लेन कहाँ गयो? पेरिना सँग भेट भएको सातौँ दिन सेम त्यहि एकान्त ठाउँ, सेम टाईममा उसले उत्तेजीत भएर टङ्ग किश गर्ने क्रममा मेरो ओठ टोकेकी थिई। उसले टोकेको घाउ ताजै छ तर उ छैन। पेरिना तिन दिन देखि पेरिस बाट अचानक बिल्याएकी छे। जसरी बच्चाले रमाउदै साबुनको बबल्स सँग रोमाञ्चित भएर खेल्दै गर्दा बबल्स बिल्लिने गर्छ। पेरिनाको न म सँग नम्बर थियो। न उ बस्ने ठाउँको ठेगाना। हप्ता दिन मैँ उ सँगको सम्बन्ध यति प्रगाढ भएको थियो कि लाग्थ्यो उ सँगको सम्बन्ध वर्षौ पुरानो हो। उसले मलाई पेरिसको डिज्नील्यान्ड, म्युजियम, क्लक टावर देखि घुम्नलायक धेरै ठाउँहरु घुमाएकी थिई। उसले मलाई एउटा बेकरीमा लिएर जाने गर्थी। उसलाई एक्जोटीक फ्रुट टार्ट र चकलेट केक खान अउधी मनपर्थ्यो। एउटा सिनेमाघरमा पुरानो क्लाशीक मुभीहरु चल्दो रहेछ। उक्त सिनेमाघरमा हामीले लास्ट टैंगो ईन पेरिश हेरेका थियौ। हाम्रो भेट भएको तेस्रो दिन, पेरिनाको फेवरिट रेष्टुरेन्टमा क्याण्डल लाईट डिनर गर्दै गर्दा रेष्टुरेन्टको भित्तामा लेखिएको एउटा भनाई देखेको थिए, "Never trust a girl whose name starts with P and ends with A"
एन्थोनीले मिल्क टि ल्याएर टेबलमा राख्दिन्छन। " ह्वाई यु लुकीङ्ग सो स्याड ब्वाई?" म झसंग भएर फ्लासब्याक बाट फर्कीन्छु। मैँले एन्थोनीलाई पेरिनाको बारेमा सोध्छु। एन्थोनीले तीन दिन देखी पेरिनालाई नदेखेको कुरा बताउछन। फ्लावर सप बन्द छ। पँहेलो स्कुटर पनि छैन। म जसरी भए पनि पेरिनालाई खोज्छु। तर कसरी? कहाँ गई होली उ एक्काशी खबरै नगरी।
क्लक टावरले रातको एघार बजेको संकेत गर्छ। ऋषीकेश डायल एम फर मर्डर नामक नाटक हेरेर फर्कीदै छ। उसले अलफ्रेड हिचकक द्वारा निर्देशीत डायल एम फर मर्डर नामक मुभी जवाना मैँ हेरी सकेको हुन्छ। उसलाई मुभी भन्दा पनि दमदार नाटकको भर्सन लाग्छ। डायलोग सबै फ्रेन्चमा भए पनि उसले कलाकारहरुले स्टेजमा देखाएको जिवन्त अभिनयको जादुले उसलाई मोहित तुल्याएको छ। ऋषीकेश सुनसान गल्लीमा आईपुग्छ। लाईटहरु मधुरो छन। जंकयार्ड बाट फोहोरको दुर्गन्ध आईरहेको छ। ऋषीकेशले नाख बन्द गर्छ। अगाडि बाट चार जाना काला जातीका युवाहरु आईरहेका छन। एक जानाले बाईसाईकीलमा स्टन्ट देखाउदै छ। बाँकी तिन जानाले स्केट बोर्डमा। चारै जानको हातमा तीन सय तीस एम एलको बियरको बोतल छ। उनीहरु हल्ला गर्दै ऋषीकेशको नजिकै आईपुग्छन। बाईसाईकीलमा भएको युवकले ऋषीकेशको क्याप शिर बाट निकाल्छ। चारै जाना बियर पिउदै हाँस्न थाल्छन। ऋषीकेश, गिभ माई क्याप ब्याक। बाईसाईकीलमा भएको युवक, 'वेट म्यान। ह्वेर द फ* यु आर फर्म?' ऋषीकेश,' नेपाल।' बाईसिकलवाला युवक, "ओ कुल म्यान!" ऋषीकेश र ती चार युवक बिच डिशकस पर्न थाल्छ। तिनीहरुले पेश्तोल देखाएर ऋषीकेश सँग भएको घडी, एन सेभन्टीन टु र युरो लुटन लागेका छन। पर बाट साईरन बजाउदै प्रहरीको गाडी आउदैछ। ती चारै जाना हतार हतार त्यहाँ बाट अँध्यारो गल्लि तिर भाग्छन। भुँईमा फ्यालदिएको क्याप टिपेर ऋषीकेशले लगाउदै गर्दा पुलीसको गाडी आएर रोकिन्छ। पुलीसले ऋषीकेशलाई सोधपुछ गर्न थाल्छन। उसले आँफु नेपाल बाट आएको र यहाँ दाइ सँग बसीरहेको कुरा बताउछ। जब प्रहरीले ऋषीकेशको दाइ अजीत सापकोटा भन्ने थाहा पाउछन। उसलाई गाडीमा हालेर अजीत दाइ बस्ने बिल्डीङ्ग अगाडि पुर्याईदिन्छन।
बेडरुममा जिरो भोल्टको बत्ती बलेको छ। ऋषीकेश बेडमा पल्टिएर सोचीरहेको छ 'अजीत दाइको नाममा के त्यस्तो पावर छ? जसले गर्दा प्रहरीहरुले सम्मानका साथ मलाई तल सम्म ल्याएर छोडिदिए।' सोच्दा सोच्दै उ निदाउछ। निदाएको डेढ घण्टा पश्चात् कोठामा मामाईतीघरको गाना गुन्जिएको महसुस गर्छ। ऋषीकेश जुरुक्क उठछ। उ पुन पेरिनाको सोचमा डुब्न थाल्छ। उसलाई पेरिना सँग भेट भएको चौँथो दिन याद आउँछ। त्यो दिन पेरिनाले सप क्लोज गरे पश्चात् उनीहरुले एन्थोनी क्याफेमा बसेर मिल्क टी पिएका थिए। पेरिनाले उसको ड्याड सँग भेट नभएको चार वर्ष भएको, ड्याड सँग भेटन मन भएको र ड्याड बस्ने भिलेजको नाम ऋषीकेश लाई बताएको कुरा सम्झिन्छ। ऋषीकेशलाई लाग्छ पेरिना पक्कै पनि उसको ड्याडलाई भेटन गएकी होली। ऋषीकेशले पेरिनाको ड्याड बस्ने भिलेज कसरी पुग्ने भनेर पत्ता लगाउछ।
अजिब पु्स्तक:
रेल अन्तिम स्टेशनमा आएर रोकीए पश्चात् म फटाफट रेल बाट निक्लिएर रेलवे स्टेशन बाहिर आईपुगे। मलाई फ्रेन्च नामहरु पढन साह्रै अप्ठेरो र झन्झट लाग्छ। त्यसै माथी यो अन्तीम रेलवे स्टेशनको नाम साह्रै अप्ठ्यारो रहेछ। रेलवे स्टेशनको बाहिर पट्टि एउटा म्यागजिन र बुकहरुको स्टल रहेछ। म फटाफट उक्त स्टलमा तिर लम्किन्छु। उक्त स्टलमा विश्व प्रसिद्ध बुक र म्यागजिनहरु उपलब्ध रहेछन। मेरो आँखा फ्रेन्च भाषामा अनुवादित मुना मदनमा गएर अडीयो। स्टल भित्र एक युवक बसेको रहेछ। उसलाइ पेरिनाको ड्याड बस्ने गाउँ जान सवारी कहाँ पाउला भनेर सोधे। उसले भन्यो 'मलाई पनि मज्जाले थाहछैन। बरु सिधा गएर त्यो ठूलो रुख बाट लेफ्ट लिनुस। त्यहाँ हर्ष कैरिज स्टेशन छ। त्यहाँ सोध्दा पत्ता लाग्ला।' युवकले बताएको डाईरेक्शन अनुसार म हर्ष कैरिज स्टेशनमा पुगे। त्यहाँ जम्मा एउटा मात्र हर्ष कैरिज रहेछ। एक मध्य पचाशको थोत्रो बिल्यु जिन्स, कोठे सर्ट, काउ ब्वाई ह्याट, कालो बुट लगाएको कैरिज ड्राईभर नेर पुगे। उसले झम्म दाह्री र कपाल पालेको थियो। उसको दाह्री र कपाल केही केही ठाउँमा सेतै भएर फुलेका थिए। उसलाई पेरिनाको ड्याड बस्ने गाउँकोको बारेमा बताए। ड्राईभरले त्यहाँ पुग्न दुई घण्टा र पचाश युरो लाग्ने बतायो। अरु कुनै उपाय थिएन। मलाई पेरिनाको ड्याडको गाउँ सम्म पुग्नै पर्ने थियो। हर्ष कैरिजमा चढे। ड्राईभरले हर्ष कैरिज अगाडि बढायो। दुई काला घोडाहरुले कराउदै कैरिज तान्न थाले। ड्राईभरले घरी फ्रेन्च गाना गुनगुनाउथ्यो त घरी फिलिप्सको पुरानो रेडीयो बजाउथ्यो। हर्ष कैरिज पक्की सडक छोडेर ग्राबेल बाटो तिर लाग्यो। घोडाको खुरको आवाज प्रस्ट सुनीरहेको थियो। कैरिजको क्याबिनको देब्रे पट्टीको झ्याल बाट बाहिर नियाले। सुर्यमुखी फूलको खेती हुदै हर्श कैरीज अगाडि बढीरहेका रहेछ। तर कस्तो अचम्म! घाम अस्ताउन लाग्दा सुर्यमुखी फूलहरु पश्चिम तर्फ नभई सबै पुर्व तिर फर्कीरहेका छन। लाग्छ उनीहरु सुर्य सँग रिसाएका छन। ड्राईभर घरी म सँग बोल्छ, त घरी उसका ती घोडाहरु सँग कुरा गर्छ। अंग्रेजी र फ्रान्सेली मिसाएर बोल्नाले उसले बोल्न खोजेको कुरा बुझ्न हम्मे हम्मे परीरहेको छ। उसको जन्म स्पेनमा भएको रहेछ। नाम फरनान्डो गोन्जालोज। उ छ महिनाकै हुदा उसको परिवार स्पेन बाट बसाई सरेर फ्रान्स आएका रहेछन। उसले आफ्ना कुराहरु बताउदै छ। तर म उ सँग भरीसक्दो नबोलुम भन्ने मनशायमा छु। किनकी उसले बोलेको बुझ्नै मुस्किल बिस्तारै रात पर्दै गईरहेको छ। चन्द्रमाको उज्यालो प्रकाश क्याबिन भित्र छाईरहेको छ। अचानक मेरो नजर अगाडि पट्टि सिटमा भएको पुस्तकमा पर्छ। पुस्तक उठाएर नियाल्न थाल्छु। पुस्तकको कभर पुरै कालो छ। न राईटरको नाम उल्लेख छ, न पब्लिकेशनको नाम। फ्रन्ट कभरमा गाढा रातो अक्षरमा पुस्तकको नाम लेखिएको छ, सरीअलिजम एण्ड जक्स्टपजिशन। पुस्तकको नाम पढेर खुशी लाग्यो। किनकी म स्वयम् पनि सरिअलिजम र जक्सटपजिशनमा आधारीत रहेर कथा लेख्न र पढन रुचाउने मान्छे। पुस्तकको कभर पल्टाए। पुस्तक बाट आएको गन्ध र पँहेलो भएको पाना हेर्दा लाग्थ्यो पुस्तक निकै पुरानो हो। पुस्तक जम्मा एक सय चौवन्न पेजको रहेछ। पुस्तकमा पाँच वटा कथाहरु समावेश रहेछन। कथाको टाईटल हरु सररर हेरे।
1.Moon or earth ?(चाईनीज कथा अंग्रेजीमा अनुवादित)
2.RAT, CAT and BAT.( स्पेनीस कथा अंग्रेजीमा अनुवादीत)
3.Sea village (जापनीज कथा अंग्रेजीमा अनुवादित)
4.My mom is witch. (फ्रान्सेली कथा अंग्रेजीमा अनुवादीत)
5.I visited Heaven on last May. (कोरीयन कथा अंग्रेजीमा अनुवादित)
टाईटलहरु हेर्दा सबै कथा पढुँ पढुँ लाग्ने खालका थिए। कुन पहिला पढुँ कन्फ्युज भए। तेस्रो नम्बरमा भएको "सि भिलेज" पढने निर्णय गरे। सि भिलेज टाईटल बाउन्नौँ पेजमा समावेश रहेछ। "सि भिलेज" उन्नाईसौँ अस्सीमा लेखिएको रहेछ।
सि भिलेज
दुब्लो शरीर, सानो नाख, चिम्शो आँखा, गहुँ गोरो छाला, करीबन पाँच फिट छ ईन्च उचाई भएको कोजो नाकामुरा एक एभरेज लुकीङग, शाहासी र फुर्तीलो युवक हो। उसमा डर भन्ने चिज न्यून छ। कोजोको जम्मा एक्काईस वटा अउला छन। हातको कान्छी अउला बाट अर्को अउला पलाएको छ। कोजोको बच्चै देखि लागेको एउटा बानी छ। चाहे जाडो होस या गर्मी, उ राती सुत्दा सर्वनाङ्गै भएर सुत्ने गर्छ। उ हरेक रात बाह्र बजेर नौँ मिनेट जादा जोड जोड ले खोक्ने गर्छ। कोजोको खोकाइको चापले गर्दा उसको अण्डकोश ठ्याक्कै भुँईचालो जादा हल्लीने जापानका घरहरु जस्तै गरि हल्लिने गर्छन। उसको सुत्ने तरीका अजिब छ। कोजो यता उता नचल्माई, गर्भाशयमा भएको शिशु झैँ गरी सुत्ने गर्छ।
कोजो नाकामुराको जन्म सन् नाईन्टीन फोट्टी वान, मार्च ट्वान्टी सेभेन, रातको एघार अन्ठाउनमा नागासाकीमा भएको थियो। उ डेढ वर्षको हुदाँ बाउले अर्की श्रीमती भित्र्याएका थिए। बाउले सौँता हालेको छ महिना पश्चात कोजोकी आमाको मृत्यु भएको थियो। बाउ र सौँतेनी आमाले कोजोलाई देखी सहदैन थिए। कोजोको साहारा बनेका थिए, उसको सोफु (हजुरबुवा)। कोजो स्कुल जान पाएन। उसलाई जापनिज अक्षर पढने र लेख्न सक्ने उसकै हजुरबुवाले बनाए। उसको परिवार बुद्ध धर्ममा विश्वास राख्थ्यो। उसको हजुरबुवाले बौद्ध उपदेश र ज्ञान गुनको कुराहरु कोजोलाई हरेक दिन सुनाउने गर्थे। कोजोलाई हजुरबुवाले हस्तकला, मार्सल आर्टस तथा प्राचिन जापनिज जादुकला सिकाएर निपुण बनाएका थिए। कोजोको लागि हजुरबुवा अभिभावक मात्र नभएर गुरु पनि थिए। कोजो हजुरबुवाको प्यारो थियो। जब कोजो चार वर्षको भयो त्यस बखत दोस्रो विश्व युद्ध चरम उत्कर्षमा थियो। जापन अमेरीकाको तारो बनेको थियो। विश्वयुद्धको प्रभाव बाट नागासाकी अछुतो रहने त कुरै थिएन। कोजोले दैनिक जस्तो गोली लागेर, रगत लतपतिएर ढलेका लाशहरु देख्ने गर्थ्यो। नागासाकीमा तत्कालिन अमेरीकी प्रेसिडेन्ट ह्यारी एस. ट्रुम्यानको आदेशमा फ्याट म्यान नामक आणविक बम खसालेको ठिक एक हप्ता अगाडि मात्र उनीहरुले नागासाकी छोडेर सीन टोट्सुकावा भन्ने ठाउँमा बसाई सरेका थिए। हजारौँ नागासाकी बासी मारीदा, कोजोको परिवार भने बचेको थियो। उनीहरु बच्नु संयोग भने थिएन।
ठिक आणविक बम खसालीएको एक महिना अगाडि कोजोको हजुरबुवालाई राती सपनीमा एक अपरिचीत बौद्ध भिक्षु आएर भनेका थिए, "अगष्ट नाईन भन्दा अगावै परिवार लिएर कतै टाढा गएस। नागासाकीमा चाँढै ठूलो अनिष्ट हुदैछ।" हजुरबुवाले आफ्नो सपनाको बारेमा छोरा बुहारी दुबैलाई बताएका थिए तर उनीहरुले उनको कुरा पत्याएका थिएनन। बौद्ध भिक्षु लगातार सपनीमा आएर कोजोको हजुरबुवालाई नागासाकी छोडन दवाब दिईरह्यो। हजुरबुवा देखि कोजोको बाउ र सौँतेनी आमा निकै नै डराउथे। उनले नागासाकी छोडने ढिप्पी गरे पछी छोरा बुहारी सहमत हुन बाध्य भएका थिए। तर उनीहरुले कोजोलाई नागासाकी मैँ छोडने, सँगै नलाने सर्त अगाडि तेर्साएका थिए। उनीहरुको कुरा सुनेर दुबै लोग्ने स्वनस्नीलाई हजुरबुवाले मार गाली गरेका थिए। हजुरबुवाको अगाडि कोजोको बाउ र सौँतेनी आमाको केही सीप चल्न सकेन। अन्तत कोजोलाई सँगै लिएर जान बाध्य भएका थिए। हजुरबुवाले उनीहरुको सर्त मानेका थिए भने, चार वर्षको कलिलो उमेरमैँ कोजो नागासाकी बम आक्रमणमा खरानी हुने थियो।
कोजोले दिनहुँ स-साना कुरामा बाउ र सौँतेनी आमाको कुटाई खानु उसको दैनिकी जस्तै भएको थियो। कोजोलाई उसकी आमाको मृत्यु नभएर हत्या भएको थियो।र, उक्त हत्या बाउ र सौँतेनी आमाले मिलेर गरेको थिए भन्ने लाग्थ्यो। उसले धेरै पटक आमाको हत्या हो कि मृत्यु भनेर हजुरबुवा सँग सोध्ने गर्थ्यो। हजुरबुवाको जवाफ हुन्थ्यो, "जा गएर तेरै बाउलाई सोध।" कोजोको बाउ सामु उभिएर बोल्ने हिम्मत पलाईसकेको थिएन। कोजो जब पन्ध्र वर्ष पुग्यो। उसमा हिम्मत बढदै गयो। बाउ र सौँतेनी आमाको डर घटदै गयो। एक रात स-परिवार बसेर खाना खाईरहदा कोजोले बाउ तिर हेर्दै सोधेको थियो, "मेरी आमाको के गल्ति थियो र तिमीहरु बुढा बुढी मिलेर उनलाई मार्यौँ?" यति सुन्ना साथ कोजोको बाउ क्रोधीत भएर चपस्टीकले कोजोलाई नराम्रो सँग पिटेका थिए। त्यहि रात कोजोले घर छाडेर भाग्ने फैशला गरेको थियो।
कोजोले घर छाडेर घुमन्ते जिन्दगी जिउन थालेको पनि सत्र वर्ष भै सकेछ। अस्ति मार्च सत्ताईसमा मात्र कोजो बत्तीशको पुगेको छ। उसले सत्र वर्षको अवधीमा जापनको अधिकांश ठाउँहरु घुमीसकेको छ। उ एउटा ठाउँमा हप्ता दिन भन्दा ज्यादा बस्दैन। उ जसको घरमा बाँस बस्छ त्यो घरका मानीसहरु उसको व्यवहार र उसको काम गर्ने कौशलता देखेर प्रफुल्लित हुने गर्छन। उ मसरुम र असपारगस मिक्स्ड सुप बनाउन माहिर छ। पोर्क पनि उत्तिकै मीठो बनाउछ। मानीसहरुले उसले बनाएको सुप र पोर्कको स्वाद लिएर मख्ख पर्ने गर्छन। उ बास बसेको घर बाट बिदा हुदा ती घरका सदस्यहरुको आँखा रसाउने गर्छ। अझ स-साना केटा केटी त कोजो भनेपछी हुरुक्कै हुन्छन। कहिले काहीँ उसलाई आमाको यादले साह्रै सताउछ। उ सँग हरदम कपडाको झोला साथमा हुने गर्छ। उसले त्यो झोला भित्र उसको आमाको तस्विर सुरक्षीत राखेको छ। तस्विर ब्लाक एण्ड ह्वाईट, एकदमै पुरानो छ। तस्विरमा उसकी आमा एकदमै भर्खरकी र सुन्दर देखिन्छीन। आमाको याद आउदा उक्त तस्विर हेरेर याद मेटने गर्छ। उसलाई आफ्नी आमा जापनिज फिल्मकी अभिनेत्री रुमीको सासा झैँ लाग्छ। कोजोले झोलामा आमाको तस्विरको अलावा बौद्ध उपदेशको किताब, बुद्धको सानो मुर्ती र जादु देखाउने सामाग्रीहरु राख्ने गर्छ। जब उसलाई नयाँ ठाउँ घुम्न पैसा आवश्यक पर्छ, तब उ व्यस्त बजारमा जादु कला देखाएर पैसा बटुल्छ।र, निक्लिन्छ बिल्कुलै नयाँ र अन्जान ठाउँ, घुम्नका निमीत्त। उसले सुने अनुसार पाँच वर्ष अगाडि आएको टाईफन बाढीमा परी उसको बाउ र सौँतेनी आमाले संसार छोडी सकेका रहेछन। उसले यो पनि सुनेको छ, उसको हजुरबुवा सिन टोटसुकावा स्थित ओल्ड एज होममा बस्ने गर्छन भनेर। कोजोलाई हजुरबुवा सँग भेटने ठुलो चाह छ।
हजुरबुवा एक सय दुई वर्ष पुगीसकेका छन। कोजोले घर छोडेर हिडदा हजुरबुवा जम्मा पचाशी वर्षका थिए। हजुरबुवा बिस्तारै भए पनि बोल्न सक्छन। लठ्ठी कै साहारा अलीअली हिडडुल गर्न सक्छन। अचम्मको कुरा त हजुरबुवाको आँखा रत्तीभर पनि कमजोर भएको छैन। हजुरबुवा ओल्ड एज होममा भएको ठूलो पिपलको बोटको छाहारीमा बसेर उपन्याश पढदै गर्दा, उनको सामु कोहि आएर उभिएको महशुस गर्छन। हजुरबुवाले बिस्तारै टाउको उठाउछन। कोजो मुसकुराउदै उभिरहेको हुन्छ। कोजोको आँखा खुशीले रसाउछ। कोजो, "म कोजो नाकामुरा, तपाईको नाति।" हजुरबुवाले आँखा अगाडि आफ्नो नातीलाई देखेर प्रफुल्लित हुन्छन।र, आँखा बाट खुशीको आँसु खसाल्छन। कोजोले घर छोडेर हिडे देखि सत्र वर्ष सम्म कसरी जिन्दगी गुजार्यो सबै हजुरबुवालाई बताउछ। आँफुले सिकाएको कलाले नातीले जिन्दगी चलाएको सुनेर हजुरबुवाको छाती गर्वले ढक्क फुल्छ। करीबन एक घण्टा सम्म रुखकै छाहारीमा बसेर नाती र हजुरबुवा मस्त गफीन्छन। अचानक गम्भीर मुद्रामा प्रस्तुत हुँदै कोजो बोल्छ, 'के मेरो आमालाई साँच्चै नै मेरो बाउ र सौँतेनी आमा मिलेर मारेका थिए?" हजुरबुवा एक मिनेट सत्र सेकेण्ड सम्म मौन रहे पश्चात, "होईन, तेरी आमालाई त मैँले मारेको थिए।" कोजो सक्ड हुन्छ। हजुरबुवाले कुरा अगाडि बढाउन थाल्छन, "तँ डेढ वर्षको हुँदा तेरो बाउले दोस्री श्रीमती भित्र्याएको थियो। तेरो बाउले तेरी आमालाई देखी सहदैन थियो। तेरी आमा साहारा बिहिन भएकी थिई। उसलाई मैँले साहारा दिए। शितल छाहारा दिए। उसको र मेरो ठूलो एज ग्याप रहदा रहदै पनि उसले मलाई मनपराउन थाली। उ सँग हरेक दिन यौन सम्पर्क हुन थाल्यो। उसले म सँग विवाह गर्न अड्डी कसी तर म मानीन। एकदिन नागासाकीको हाम्रो घर पछाडी भएको ठूलो कपुरको रुखमा झुण्डीएर उसले देह त्यागी। कोजो हतारीदै, "तपाईले त हत्या गर्या थिए भन्नु भा हैन?" हजुरबुवा लामो सास फेर्दै," प्राक्टीकल्ली त्यो आत्महत्या थियो होला तर म त्यसलाई आत्महत्या मान्दिन। यदि उ सँग मैँले शारिरीक सम्पर्क नराख्या भए। या यदि उसलाई मैँले बिहे गरेको भए। उसले आत्महत्या गर्ने थिईन। त्यो हत्या थियो। अप्रत्यक्ष तर प्रत्यक्ष। म बाटै तेरी आमाको हत्या भएको थियो।' हजुरबुवाको गहँ भरी आँसु हुन्छ। कोजो चुपचाप ओल्ड एज होम बाट बाहिरीन्छ। केहिछिन पछी कोजो सिन टोटसुकावा रेलवे स्टेशनमा पुग्छ। एउटा रेल दक्षीणी दिशामा जानका लागि तयारी अवस्थामा छ। रेलवे काउन्टरमा गएर पाँच सय यान दिएर टिकट माग्छ। काउन्टरको मानीस, "कहाँ सम्मको लागि टिकट?" काउन्टरको मानीसको अनुवार कोजोले प्रस्ट सँग देख्दैन। कोजो, "तपाईको मर्जी जहाँ सम्मको भए पनि दिनुस। तर अली चाडो गर्नुस।" काउन्टरको मानीसले रेलको टीकट दिनको लागि काउन्टरको प्वाल बाट बाहिर हात निकाल्छ। कोजो झसंग हुन्छ। उक्त मानीसको पाँच मध्ये तीन वटा अउला काटीएको हुन्छ। उक्त मानीसको हातमा डल्फिनको शरीरमा युवतीको अनुवार भएको ट्याटु हुन्छ। रेल कराएको आवाज आउँछ। विस्तारै...विस्तारै रेल अगाडि बढन थाल्छ। टिकट उक्त मानीसको हात बाट थुतेर बाँकी यान समेत फिर्ता नलिई कोजो रेल चढनलाई दौडीन्छ। उक्त काउन्टरको मान्छे बडा अजिब तरीकाले हाँसेको दौडीरहेको कोजोले सुन्छ। हतार हतार कोजो रेल भित्र पस्छ। उसले एउटा खाली सिट भेटछ। उसको अगाडि पट्टि सिटमा बसेका जापनिज श्रीमान श्रीमती झगडा गरीरहेका हुन्छन। उनीहरुको सानो बच्चा भने एउटा पारदर्शी बट्टा भित्र हेरीरहेको हुन्छ। बट्टा भित्र पानी र त्यसमा यता उति पौडीरहेको सानो पँहेलो रङगको माछा हुन्छ। माछाले बट्टा भित्र बाट कोजोलाई हेरीरेको भान हुन्छ। बट्टा बाट नजर हटाएर उसले आफ्नो टिकट हेर्छ। टिकट युमी मुरा स्टेशन सम्मको हुदो रहेछ। थाकेको हुनाले कोजो निदाउछ। पौँने तीन घण्टा पश्चात उसको आँखा खुल्छ। अगाडि पट्टी ती श्रीमान,श्रीमती र बच्चा हुदैनन। सिटमा अरु नै मानीसहरु बसेका हुन्छन। कोजोले झ्याल बाहिरको दृश्य हेर्छ।र, पुलुक्क उसले घडीमा हेर्छ। घडीले अपरान्हको साँढे चार बजाएको छ। उसले हातमा बाँधेको रोलेक्शको घडी, एक धनाढय जापनीज दम्पतीले उसको काम बाट प्रफुल्लित भएर उपहार स्वरुप दिएका थिए। उ युमी मुरा स्टेशन कती खेर आउछ भनी झ्याल बाट एकोहोरो बाहिर हेरीरहेको छ। रेल एक दमै घना जंगलको बिच बाट कुदीरहेको छ। पर पर जंगलमा हरीण हरु उफ्रीरहेको कोजोले देखिरहेको छ। अचानक रेल सुरुङ्ग भित्र छिर्छ। लगभग पाँच मिनेट सम्म रेल भित्र अन्धकार छाउछ। रेल जसै सुरुङ्ग बाट निस्किन्छ, रेल भित्र पुन उज्यालो छाउछ। कोजोलाई पाँच मिनेट सम्म रात परेर अचानक बिहान भए जस्तो महशुस हुन्छ। उसले कल्पना गर्न थाल्छ, "वास्तव मैँ पाँच मिनेट अँध्यारो र पाँच मिनेट उज्यालो हुने हो भने कस्तो हुन्थ्यो होला?" अचानक एउटा रेलवे स्टेशनमा पुगेर रेल रोकिन्छ। जहाँ कोजोले युमी मुरा टेटसुडु नु ईकी (सि भिलेज रेलवे स्टेशन) लेखीएको बोर्ड देख्छ। कोजो हतार हतार रेल बाट बाहिर निस्किन्छ। स्टेशन सुनसान छ। टाढा टाढा सम्म चरो मुसो केही देखीएको छैन। कोजोले रेलबाट ब्याग लिनै विर्षीन्छ। रेल धेरै टाढा पुगीसकेको हुन्छ। कोजो चिन्तित मुद्रामा, 'ब्यागमा बहुमुल्य कुराहरु त केहि थिएनन तर अमुल्य कुराहरु थिए। सबै भन्दा चिन्ता त आमाको एक मात्र अस्तित्व बाँकी रहेको तस्विरको हो। तस्विर मैँ भए पनि आमा जिवीत थिईन। तर, विडम्बना आमाको तस्विर पनि ब्याग सँगै सँगै गन्तव्य बिहिन यात्रामा निक्लिएको छ।" मनमा कुरा खेलाउदै अगाडि बढदै गर्दा, बाटोको छेउमा जापनिज भाषामा "युमी मुरामा स्वागत छ।" भनेर लेखिएको बोर्डमा उसको नजर गएर अडीन्छन। अचानक पछाडी पट्टि कोहि आएर उभिएको कोजोले महसुस गर्छ। पछाडी फर्केर हेर्छ। सेतै फुलेको दाह्री र कपाल, चिम्सा आँखा, थेप्चो नाख, करीबन चार फिट पाँच ईन्च हाईट, थोत्रो कपडा लगाएको, कपडाको मैँलो झोला बोकेको वृद्ध मानीस उभिएका छन। वृद्ध मानीसले एक टक्कले कोजोले लगाएको रोलेक्शको घडी हेरीरहेका छन। अचानक वृद्ध फरररर सासै नफेरी बोल्न थाल्छन। "भेरी रियर, एट्टीन क्यारेट, पिङ्क गोल्ड, ओयस्टर बबलब्याक विथ थण्डरवर्ड विजील, मिक्सड न्युमरल्स एण्ड अटोमेटीक मुभमेन्ट।" कोजो मुसकुराउदै, "उपहारमा पाएको।" वृद्ध, " मलाई रोलेक्शको नाईन्टिन फिप्टीका मोडलहरु अत्यधिक मन पर्छन। स्पेशल्ली ब्लाक प्योर लेदरको फिता भएको। मैँले जस्तो डिजाईनको रोलेक्शको घडी लगाउन चाहेको थिए। त्यो तिम्रो हातमा देखे। त्यसैले एकचोटी तिमी सँग कुरा गर्न र घडीलाई नजिक बाट नियाल्न स्टेशन बाटै तिम्रो पछी पछी आएको हुँ। अन्यथा नमान्नु।" हत्तपत्त कोजो बोल्छ, "ए! ए! केहि छैन ईटस ओके!" कोजोको नजर वृ्दधको हातमा पर्छ। वृदध मानीसले दुबै हातमा दुई दुई वटा घडी बाँधेका हुन्छन। कोजो अच्चमित हुन्छ। कोजो बोल्नै लाग्दा ठिक्क वृद्ध बोल्छन, "कहाँ सम्मको यात्रा हो?" कोजोले टाउको कन्याउदै, "सि भिलेज" वृद्धले आकाश तिर हेर्छन। सुर्य अस्ताउन...अस्ताउन लागेको छ। "मूर्ख नबन। सुर्य डुब्न लागेको छ। अँध्यारो भएपछी सि भिलेजमा ज्यानलाई खतरा हुन्छ।" कोजो मुसकुराउदै, "यो ज्यानले धेरै खतराको सामना गरेको छ सोफु(हजुरबुवा)। जिन्दगीमा खतरा सँग खेल्न नसक्नु भनेको आँफै सँगको एक लज्जास्पद हार हो।" यति भनेर कोजो सरासर सि भिलेज तर्फ प्रस्थान गर्छ। वृद्ध मानीस चिच्याउदै, "भनेको मान नजा, घाम डुब्नै लाग्यो। नजा। फर्की।" कोजोले सुनेको नसुनै गरी फटाफट आफ्नो पाईला अगाडि बढाउछ।
सि भिलेज उसलाई एकदमै अनौँठो लाग्छ। हिडदै गर्दा उसले वरपर गाई वस्तु तथा मानीसहरुको कंकाल देख्छ। सि भिलेजको जमिन उसलाई समुन्द्रको सतह जस्तो लागीरहेको छ। उसलाई यस्तो लागीरहेछ कि, पहिला सि भिलेजमा विशाल समुन्द्र थियो या त सि भिलेजमा भयानक सुनामी आएको थियो। वरपर घरहरु फाट्ट फुट्ट छन। तर मान्छेहरुको चाल चुल छैन। अधिंकाश घरहरु सामुन्द्रीक वनस्पतीहरुले ढाकेकाले घरहरु हरीया देखिएका छन। चारै तिर लेउ लागेको छ। त्यस्तो लेउ जुन समुन्द्रको सतहमा भेटीने गर्छ। अचम्मको कुरा त ती वनस्पती र लेउ अलीकत्ता पनि ओईल्याएका छैनन। कोजोले केहि पर पट्टी युवतीहरुको चलपहल देख्छ। चार सुन्दर जापनिज युवतीहरु जो टिपिकल जापनिज ड्रेस लगाएर एक होटल अगाडी उभिएका छन। होटल अगाडि पुगेर कोजो उभिन्छ। होटल काठै काठले बनेको छ। होटलको छानो हरीयो लेउ र सामुन्द्रीक वनस्पतीले ढपक्कै ढाकेको छ। युवतीहरुले कोजोलाई होटल भित्र आउन आग्रह गर्छन। कोजोले आजको रात त्यहि होटलमा बिताउने सोच बनाउछ। लामो यात्राले कोजो थकीत भएको छ। त्यसै माथी ती सुन्दर युवतीहरुले कोजोलाई होटलमा छिर्न झन लालयित गर्छन। ती चार सुन्दर युवतीहरुले कोजोलाई लिएर होटल भित्र जान्छन। हिडदा खेरी भुँईमा बिछ्याएको काठको तख्तामा कोजोको जुत्ताको आवाज ट्वाक ट्वाक गरेर गुन्जिन्छ। युवतीहरु एक आपसमा गफ गर्दै हाँसिरहेका छन। होटल भित्र भित्ताको चार पट्टि, चार वटा लालटीन झुण्डीएको छ। ती चारवटा लालटीन भित्र बलीरहेका आगोहरु एकदमै परेशान देखिएका छन। युवतीहरुले कोजोलाई होटलको कुनामा रहेको टेबल तिर लगेर कुर्षीमा बसाउछन। भित्री वस्त्र नलगाएकी अरु युवती भन्दा मोटी र ठूलो स्तन भएकी युवती बोल्छे, "के खान चाहानु हुन्छ?" कोजो, "मलाई सि फुड एलर्जी छ। सि फुड बाहेक अरु जे पनि चल्छ।" केहि समय पश्चात मोटी युवतीले काठको बोटुका ल्याएर टेबलमा राखी दिन्छे। कोजोले बोटुका बाट निक्लिदै गरेको बाफ तिर हेर्दै," के हो यो?" युवती मुसकुराउदै, "यहाँको स्पेशल सुप हो।" यति भनेर युवती त्यहाँ बाट जान्छे। सुप बाट निक्लिरहेको बाफ बाट अजीव किसीमको आकृती बनीरहेको छ। बोटुकाको बाहिर पट्टी कुँधीएको बुट्टा कोजोले नियालेर हेर्छ। समुन्द्रमा अगाडीको भाग डुबेर पछाडिको भाग मात्र देखीएको प्लेनको बुट्टा कुँधीएको छ। कोजोले अनौँठो मान्दै सुप पिउन थाल्छ। सुप उसले सोचे भन्दा धेरै गुणा स्वादिष्ट पाउँछ। कोजोले सुप पिउदै, उसको लेफ्ट साईडमा भएको सानो झ्याल बाट बाहिर तिर नियाल्छ। झ्याल बाहिर बाट पुरै हरीयो लहराले ढाकेकाले अली अली मात्र बाहिरको दृश्य देखीरहेको हुन्छ। जहाँ बाट कोजोले घाम डुबेर अँध्यारो हुदै गईरहेको देख्छ। अचानक ति चारजाना युवतीहरुले हतारीदै झ्याल, ढोका बन्द गर्न थाल्छन। बोटुकामा आधी जति बाँकी रहेको सुप पिउने क्रममा, कोजोले केहि अजिव वस्तुको स्वाद महशुस गर्छ। विस्तारै मुख बाट उक्त वस्तु निकाल्छ। कोजो अत्तालिन्छ। कोजोले मुख बाट निकालको वस्तु, कुनै वृदध मानीसको बुढी अउला हुन्छ। उसको नजर बाँकी सुपमा पर्छ। जहाँ चार वटा मानव आँखा हरु हुन्छन। कोजो रिसाउदै कराउन थाल्छ, " मलाई मान्छेको सुप किन खुवाएको? यो के तरिका हो?" चारै जाना युवतीहरु जोड जोडले हाँस्न थाल्छन। कोजो रिसले चुर भएर बोटुका युवतीहरु उभिए तिर फ्याल्छ। बोटुकामा भएको चार वटा आँखाहरु उछीट्टीएर चार जानै युवतीको अनुवारमा पर्छ। युवतीहरु स्तब्ध हुन्छन। यत्तीकैमा काठको तख्तामा कोहि हिडेको आवाज सँगै बोलेको आवाज आउछ "तलाई सि फुडको एलर्जी छ भनेर नैँ हामीले मानव अंगहरु मिसाएर स्पेशल सुप तयार पारेर सर्भ गरेका हौँ।" अँध्यारो ठाउँ बाट एक वृद्ध महिला देखा पर्छीन। वृद्ध महिलाको कपाल फुलेर सेतै भएको हुन्छ। अनुवार चाहुरी परी गाको छ। वृद्ध क्रोधीत मुद्रामा,"तर तैँले मेरो छोरी हरु माथी बोटुका प्रहार गरेर ठूलो गल्ती गरीस। यसको सजाय तैँले भोग्नै पर्छ।" युवतीहरु तिर हेर्दै, "यसलाई समातेर तल लिएर आओ। नयाँ आउने गेष्टका लागि यस मूर्ख मानवको सुप बनाएर सर्भ गर्नु पर्छ।" यति भनेर वृद्ध महिला काठको भर्याङ्ग बाट तल ओर्लीन्छीन। युवतीहरु कोजो भए तिर आईरहेका छन। कोजोले मन्त्र जप्न थाल्छ, "नमो सिनीयो ईचिनीयो दाइ हान्कु निहानकयो।" यो मन्त्र कोजोलाई उसको हजुरबुवाले सानो छदै सिकाएका हुन्छन। यो मन्त्रमा भएको तागतले धेरै विषम परिस्थिति बाट कोजोलाई बचाएको छ। तर आज मन्त्रले काम गरीरहेको छैन। कोजोले हात खुट्टा कमजोर भएको महसुस गर्छ। युवतीहरुको सामु उ ओईल्याएको साग जस्तै लत्रक पर्छ। युवतीहरुले कोजोलाई होटलको अण्डरग्राउण्ड परिसरमा लिएर जान्छन। उसलाई कुनै गुफा भित्र पसे झैँ महसुस हुन्छ। वरपरी भित्तामा राँको बलीरहेको छ। राँको बाट निक्लिएको आगोको प्रकाशले उज्यालो छाएको छ। यत्र तत्र मानव माँशपिण्डहरु टुक्रा टुक्रा भएर छरीएको छ। भुँई भरी रगतको आहाल छ। कोजोले यो सबै दृश्य देखेर बमिट गर्न थाल्छ। अगाडी पट्टि ती वृद्ध महिला ठूलो काठको अचानोमा मानव मुटु मसीनो टुक्रा पारेर काटदै छीन। कोजोले ती युवतीहरु बाट उम्किन जोड तोड बल गर्छ। कसो कसो कोजो उनीहरुको पन्जा बाट उम्किन सफल हुन्छ। कोजो दौडीएर भर्याङ्ग चढेर माथी होटलमा पुग्छ। हतार हतार अत्तालिदै होटलको मुख्य ढोका खोल्छ। ढोका खोल्ना साथ उ पानीमा तैरिन थाल्छ। पानी पुरै होटल भित्र छिर्छ। उ आउदा जमिन भएको ठाउ पुरै समुन्द्रमा परिणत भएको हुन्छ। कोजो समुन्द्रको सतह बाट माथी पट्टि निक्लिने प्रयास गर्दै पौडीरहेको छ। उ पौडीदै गर्दा अगाडि पट्टि पुरानो जहाजको अवशेष देख्छ। कोजोको वरपर बाट पँहेला मसिना माछाहरु ओहोर दोहोर गरीरहेका छन। ति पँहेला माछाहरु मध्य एउटा माछा ठ्याक्कै हुबहु उसले ट्रेनमा बच्चा सँग भएको पारदर्शी बट्टामा देखे जस्तै हुन्छ। जती पौडीए पनि कोजो सतहको सतहमै छ। उ माथी जान सकिरहेको छैन। उसलाई सास फेर्न गाह्रो भएको छ। पछाडी बाट ती चार जाना युवती सहित वृद्ध महिला पौडीदै कोजोको नजिक आईपुग्न लाग्या छन। उनीहरुको अनुवार भन्दा तल पट्टीको भाग पुरै डल्फिनको भएको छ। ठ्याक्कै रेलवे काउन्टरको मान्छेको हातमा कोजोले देखेको ट्याटु जस्तै।
भोली पल्ट अपरान्ह पाँच बजे हातमा चारवटा घडी बाँध्ने ती वृद्ध मानिस रेलवे स्टेशन तिर बाट फटाफट आएर "युमी मुरामा स्वागत छ" लेखेको बोर्ड अगाडि उभिन्छन। वृद्धले सि भिलेज तिर नियाल्छन। केही पर एउटा कंकाल देख्छन। वृद्ध मानिस दौडिदै उक्त कंकाल भए तिर जान्छन। उनले उक्त कंकालको नाडीको हड्डीमा रोलेक्शको घडी देख्छन। वृद्धले कंकालको नाडीको हड्डी बाट रोलेक्शको घडी निकाल्छन।र, वरपर नियाल्दै "मैँले धेरै मान्छेहरुलाई सम्झाए यो ठाउँमा सुर्यास्त पश्चात् खतरा हुन्छ। तर मेरो कुरा कसैले मानेनन। जब सुर्य अस्ताउछ तब यो पुरै गाउँ आपसे आप समुन्द्रमा तबदिल हुन्छ। ज-जसले मेरो कुरा मानेनन ती सबै कंकालमा परिणत भए। जे होस मेरो रोलेक्शको घडी लाउने सपना पूरा भएको छ।' वृद्धले मैँलो कपडाको झोला खोल्छन। झोलामा घडीहरु हुन्छन। "यो रोलेक्श समेत उन्नासय वटा वाच जम्मा भयो। जसमा पचाश वटा जेन्श वाच, चालीश वटा लेडीज वाच र नौँ वटा किडस वाच।"
द ईण्ड
ऋषीकेशले पुस्तक बन्द गरेर ब्यागमा हाल्छ। उ केही डराए जस्तो, केही अत्तालिए जस्तो देखिएको छ। सि भिलेजले उसको मथींगलमा भयानक तरंग पैदा गर्दीएको छ। चन्द्रमाको उज्यालोको साहारामा फरनान्डोले सिँगार तान्दै कैरिज दौडाईरहेको। दुबै काला घोडाहरु मौन छन तर उनीहरुको दौडाईको गति तेज छ। पुरानो फिलिप्सको रेडियो बाट फ्रेन्च गाना घन्किरहेको छ। ऋषीकेशको अनुवारमा चिट चिट पशिना निक्लिएको छ। बाहिर बाट फरनान्डोको आवाज आउँछ, "माई फ्रेण्ड, तिमी भित्र जिउँदै त छौँ? ऋषीकेशले खोक्छ। फरनान्डो बोल्छ, "साला जिउदै रैछ।" केहि छिन पछी हर्स कैरीज रोकिन्छ। दुबै घोडाहरु भोकाएकाले कराउछन। फरनान्डो कैरीज बाट ओर्लीन्छ। ऋषीकेशले क्याबीन बाट टाउको निकाल्दै, 'मन्जिल आईपुग्या हो?' फरनान्डो, "तिम्रो मन्जिल पुग्न त उ त्यो पहाणको थुम्को कटेर जानुपर्छ।" यति सुन्ना साथ ऋषीकेश तात्तिदै बाहिर निक्लिन्छ। ऋषीकेश र फरनान्डो बिच डिसकश पर्छ। फरनान्डो, 'मलाई घर सम्म आईपुग्नु पर्ने थियो। खाली कैरिज, रातको बाटो एक्लै हिडन मन थिएन। तिमी आयौ। सोचे साथी भेटे। यदि मैँले तिमीलाई यहाँ सम्म नल्याएको भए तिमी अझै उतै कतै हुनेन्थ्यौ। खुशी हौँ, यहाँ बाटो तिम्रो मन्जिल सम्म पुग्न तीन घण्टा मात्र लाग्छ। बरु मलाई पचाश युरो चाहिएन माई फ्रेण्ड। टेन्सन नलेउ। आज मेरै कटेजमा बस। भोलि बिहानै जानू।' ऋषीकेश सँग अरु केही उपाय थिएन। उसले मौन सहमती जनाउछ। तबेलामा लगेर फरनान्डोले घोडा बाँध्छ।र, आहाराको व्यवस्था गर्दीन्छ। थकित दुबै घोडा प्रफुल्लित देखिन्छन।
फरनान्डोको कटेज बाहिर बसेर दुबै जानाले स्कच पिएर झ्याप हुन्छन। फरनान्डोले आफ्नो विगत सुनाउँछ। उसको श्रीमतीले डिभोर्स गरेर अमेरीकन नागरीक सँग बिहे गरेर अमेरीका गएकी रैछ। उसकी छोरी फ्रेन्च प्रेसीडेन्टको सल्लाहकार समीतीको सदस्य रैछ। केहि छीन पछी ऋषीकेशले निन्द्रा लागेको कुरा बताउछ। फरनान्डोले ऋषीकेशलाई कोठा देखाईदिन्छ।
बाहिर किराहरु कराईरहेको रहेका छन। टाढा बाट स्याल कराएको आवाज आईरहेको छ। भित्र खाटमा पल्टिएको ऋषीकेशको आँखा खुल्लै छ। निदाउन सकेको छैन। उसको दिमागमा सि भिलेज घुमिरहेको छ। उसले दिमागमा कोजो नाकामुराको आकृती बनाउदै छ। उसको कानमा सि भिलेज कथाको रेलवे काउन्टरको मान्छे हाँसे जस्तो आवाज गुन्जिन्छ। अचानक छानामा केहि गह्रुङ्गो वस्तु खसेको आवाजले ऋषीकेश तर्सीन्छ। बिरालो कराउछ। ऋषीकेश बाहिर निस्किन्छ। फरनान्डो बाहिर प्यासेजको खाटमा घुरेर सुतीरहेको छ। उनीहरुले स्कच पिएको ठाउँमा छरीएका असरल्ल चिकनको हड्डीहरु कालो बिरालोले चपाउदै हुन्छ। धेरै पर एयर टर्बाईनहरु घुमीरहेका छन। उसले सेतो वस्त्र लगाएको कुनै युवती जस्तो देख्छ। उ दौडीएर कटेज भित्र पस्छ। भोलीपल्ट बिहानै ऋषीकेश उठछ। केही पर उसले सेतो टावर देख्छ। त्यहि सेतो टावरलाई उसले राती सेतो वस्त्र लगाएकी युवती जस्तै देखेको हुदो रहेछ। फरनान्डो अझै सम्म घुरेर सुतीरहेको छ। फरनान्डोको सर्टको गोजीमा ऋषीकेशले फिफ्टी युरो हाल्दिन्छ। कैरिजको क्याबीन बाट उसको ब्याग झिक्छ। तबेला बाट दुई काला घोडाहरुले ऋषीकेशलाई नियाली रहेका छन।
हाल्फ सिगरेट:
ऋषीकेश मेपलको रुखहरुले भरीएको जंगल छिचोल्दै अगाडि बढीरहेको छ। मेपलका पातहरु पुरै सुनौँला भएका छन। मेपलका पातहरु झरेर भुँई पुरै पुरीएको छ। हिडदा हिडदै उ पहाणको टुप्पोमा पुग्छ। उ थाकेर लखतरान भएको छ। शरीर पशिनाले भिजेको छ। ऋषीकेशले पहाणको टुप्पो बाट पेरिनाको ड्याडको गाउँ नियाल्छ। गाउँ एकदमै सुन्दर हुन्छ। स साना प्राचीन किसीमका घरहरु देखीरहेका छन। खेतहरुमा क्यानोलाको फूल फुलेकाले गाउँ नै सुनौलो देखिएको छ। उ ओरालो झर्छ। लगभग एक घण्टा पश्चात् उ गाउँ पुग्छ। पुरानो चर्च अगाडि भएको फलौँचामा केहि छीन थकाई मार्छ।र, पुन पाईला चाल्छ। प्राचीन घरहरुका बार्दली र झ्यालहरुमा लहरे रातो फूल ढकमक्क भएर फुलेका छन। यत्तिकैमा उसले एउटा घरमा सानो दोकान देख्छ। उसलाई चुरोट तान्न मन लाग्छ। "सिगरेटको लत जति गरे पनि नछुटने भो। अझ फेरि अर्को लत पनि थपिएको छ। पेरिनाको लत। जुन लतले मलाई पेरिस देखि यहाँ सम्म खिचेर ल्याएको छ।" दोकानमा एक अँधबैँसे महिला बसेकी छिन। ऋषीकेशले सिगरेट माग्छ। महिलाले दोकानमा हाल्फ सिगरेट मात्र पाउने कुरा बताउछीन। ऋषीकेश अच्चमित हुन्छ। दोकाने महीलाको एउटा ग्राहक रहेछ, जसले एक बट्टा चुरोट मध्ये एक दिन फिल्टर भन्दा माथीको आधा भाग र दोस्रो दिन बाँकी रहेको आधा भाग किन्दो रहेछ। ऋषीकेशले हाल्फ सिगरेट माग्छ।र, पैसा तिर्छ। हाल्फ सिगरेट सल्काउदै उसले सोध्छ, 'यहाँ पेट्रीक रिचर्डसनको घर कहाँ होला?" महिला, 'यो बाटो नछोडी सिधा जानुस एउटा म्युजीयम आउछ। म्युजीयम बाट राईट लिएर दुई मिनेट अगाडि जानुस Richardson's house लेखेको बोर्ड देख्नु हुनेछ। ऋषीकेश चुरोटको धुँवा फ्याल्दै, थ्याङक यु!" उसले आफ्नो पाईला अगाडि बढाएको मात्र हुन्छ, दोकानदार महिलाको आवाज आउछ, "मेरो हाल्फ सिगरेट किन्ने ग्राहक पेट्रीक रिचर्डसन नै हुन।"
पेरिनाको ड्याड सर्वनाङ्गै भएर कोठाको कुनामा उभिएर क्यानाभासमा अजीब किसीमको पेन्टिङ्ग गरीरहेका छन। तालु पुरै खुईलीएको छ। फ्रेन्चकट दाह्री पुरै सेतो भएकोछ। शरीरका छाला हरु चाहुरी परेका छन। पेरिनाको ड्याडले आफ्नो देब्रे हातले ब्रस चलालाईरहेका छन। दाहिने हातमा हाल्फ सिगरेट सल्किरहेको छ। अचानक ढोकाको पर्दा हटाएर ऋषीकेश कोठामा छिर्छ। पर्दामा झुण्डीएको विन्ड बेलको स्टीकहरु एक आपसमा ठोक्किएर सुमधुर ध्वनी प्रवाह हुन्छ। पेरिनाको ड्याडले पुलुक्क ऋषीकेश तिर हेर्छन। ऋषीकेशले अगाडि बाट हेर्दा क्यानाभासले पेरिनाको ड्याडको छाती भन्दा तल र तिघ्रा भन्दा माथीको भाग ढाकीएको देख्छ। ऋषीकेशले पेरिस बाट यहाँ सम्म पेरिनालाई भेटन आएको कुरा बताउछ। पेरिनाको ड्याडले बनाउदै गरेको पेन्टीङ्ग त्यतीकै छोडछन। हाल्फ सिगरेट भुँईमा फ्यालेर कुल्चिनछन। ऋषीकेशलाई प्रस्ट नेपालीमा बाहिर बस्दै गर्न भन्छन। केहिछीन पछी हवाईको सर्ट, रातो कलरको हाल्फ पाईन्ट, घ्यु कलरको कटराईजको ह्याट र नाईकको जुत्ता लगाएर बाहिर निक्लिन्छन। पेरिनाको ड्याड, 'तिमी पेरिनालाई भेटने हैन त, ल आउ म भेटाईदीन्छु उ सँग।' केहिछीन पछी दुबै जाना समाधीस्थलमा पुग्छन। जहाँ चारै तिर चिहानै चिहान मात्रै हुन्छ। ऋषीकेश अच्चमित हुन्छ। पेरिनाको डयाड, 'यता आउ डराउनु पर्दैन।' पेरिनाको ड्याड एउटा चिहानको अगाडि उभिएका छन। "यो चिहान पेरिनाको ममको हो।" ऋषीकेशले चिहानमा नियाल्छ। जहाँ पेरिनाको ममको तस्विर टाँसीएको हुन्छ। चिहानको ढुंगामा रिप रिना रिचर्डसन, पराजुली (1958 – 2005) कुँदिएको हुन्छ। पेरिनको ड्याड, 'अब यता आउ।' पेरिनाको ड्याडको आवाजले ऋषीकेश झसंग हुन्छ। पेरिनाको ड्याड अर्को चिहानको अघील्लतिर उभिएका छन। चिहान पुरै सुकेका पातले ढाकेको छ। ऋषीकेशले चिहान नियाल्छ। जहाँ पेरिनाको तस्विर हुन्छ।र, ढुंगामा रिप पेरिना रिचर्डसन(1984-2005) कुँदिएको हुन्छ। पेरिनाको ड्याड, 'यो चिहान देखावटी मात्र हो। चिहान मुनी उनीहरुको अस्थिपन्जर छैन।" ऋषीकेश छाँगा बाट खसे जस्तै हुन्छ। उसको शरीर काम्न थाल्छ। शरीर पुरै चिसो हुन्छ। पृथ्वी द्रुत गतिमा फनफनी घुमे झैँ महशुस गर्छ। सन टुथाउजण्ड फाईभ अप्रील टेनमा, पेरिना र उसको मम सिंगापुर जानका लागि हिडेका रहेछन। हप्तादिन सिंगापुर बसेर नेपाल जाने उनीहरुको योजना रहेछ। एक सय चौराशी जाना प्यासेन्जर, आठ जाना क्रु मेम्बर लिएर सिंगापुरको लागी उडेको प्लेन हराएको रहेछ। पेरिनाको ड्याड लामो सास फेर्दै,'आज सम्म त्यो प्लेन कहाँ गयो भन्ने कसैलाई अत्तो पत्तो छैन। खोजी कार्य अझै रोकिएको छैन। तर अहिले सम्म प्लेनको सानो टुक्रा पनि भेट्टीएको छैन।'
वान डे लेेटर:
अजीत दाइको फ्लाट स्थित सिटीङ्गरुममा टिभी चलीरहेको छ। डिस्कवरी च्यानल बाट मेन भर्सेज वाईल्ड दिईरहेको छ। ऋषीकेश भने टोलाएर सोफामा बसी गहिरो सोचमा डुबेको छ। उसले पेरिना सँग बिताएको ठाउँहरु मध्ये, पेरिनाको फेवरिट एकान्त ठाउँमा चिल्ड्रेन पार्क हुदो रहेछ। पेरिनाले उसलाई लिएर गएको बेकरी, रेष्टुरा, सिनेमाघर सबै डेढ वर्ष अघि आतंककारीहरुले बम विस्फोट गराई ध्वस्त बनाएका हुदा रहेछन। उसले बेकरी, सिनेमाघर, रेष्टुरामा देखेका सबै मानीसहरु मृत आत्माहरु हुदा रहेछन। उसले के पनि पत्ता लगाउछ भने उक्त हराएको प्लेनमा एन्थोनी मार्टीन पनि सवार हुदा रहेछन। एन्थोनीको क्याफे भएको ठाउँमा स्पोर्टस सप हुदो रहेछ। ऋषीकेशले जति पनि मानीसहरु एन्थोनीको क्याफेमा देखेको हुन्छ ती सबै त्यहि हराएको प्लेनमा सवार यात्रुहरु हुदारहेछन। पेरिनाको फ्लावर सप भएको ठाउँमा बेंटले कारको शो रुम हुदो रहेछ। पेरिनाको पँहेलो स्कुटर ऋषीकेशले पेरिसको एक गल्लीमा टायर पंचर भएर पुरै धुलाम्मे भएको अवस्थामा भेटेको हुन्छ। पेरिना एउटा भ्रम थिई। वास्तवमैँ एक सत्षुय भ्रम। अचानक लाईन कट हुन्छ। कोठा अँध्यारो हुन्छ। दस सकेण्ड नबित्दै पुन लाईन आउँछ। ऋषीकेशले रिमोट उठाएर च्यानल चेन्ज गर्न थाल्छ। सिएनएनमा गएर रोकिन्छ। जहाँ समाचार दिईरहेको हुन्छ। "नेपाली मुलका फ्रेन्च जाशुसको जर्मनीमा गोली हानी हत्या।" उसले मज्जाले नियालेर टि.भी. को स्क्रीनमा हेर्छ। जहाँ अजीत सापकोटाको तस्विर हुन्छ। ऋषीकेश सक्ड हुन्छ। उ अब बौँलाउन मात्र बाँकी छ। उसले चौँधवर्ष अगाडि बुनेको सपनाको स्वेटर थियो पेरिस। तर उसलाई त्यहि स्वेटरले अत्याधिक गर्मी बनाएको छ। उसलाई नेपालको याद आउँछ। उसलाई हरेक बिहान छ पाँचमा सुनीने कोईलीको मधुर आवाजको याद आउँछ। ऋषीकेशले अन्तत पेरिस छोडने निर्णय गर्छ।
टेक अफ:
ऋषीकेश प्लेनको मध्य भागको देब्रे पट्टि झ्यालको छेउमा बसेको छ। उसले झ्याल बाहिर नियाली रहेको छ। एयर होस्टेजहरु प्लेनको प्यासेजमा यता उता गरीरहेका छन। प्लेन टेक अफ हुन लागेको जानकारी आउँछ। मोवाईल, ईलेक्ट्रीक डिवाइसहरु बन्द गर्न र सिट बेल्ट बाँध्न अंग्रेजी र फ्रेन्च भाषामा अनाउन्समेन्ट गुन्जिन्छ। ऋषीकेशले गोजी बाट एन सेभेन्टि टु झिक्छ। मोवाईल स्विच अफ गर्न लाग्दा अन्नोन नम्बर बाट आएको म्यासेज देख्छ। म्यासेज खोलेर हेर्छ। जहाँ लेखिएको हुन्छ, "Mr. Rishikesh your are on the wrong plane." ऋषीकेश हतार हतार उठछ। प्लेन धावनमार्गमा गुडीरहेको छ। यात्रुहरु सबैको हातमा 'सरिअलीजम एण्ड जक्शटपजिशन' को पुस्तक हुन्छ। कसैले र्याट, ब्याट एण्ड क्याट। कसैले मुन ओर अर्थ? कसैले माई मम ईज विच। कसैले सि भिलेज। त कसैले आई भिजीटेड हेभेन अन लास्ट मे। पढीरहेका छन। ऋषीकेशले प्लेनमा भएका अधीकांश यात्रुहरुलाई एन्थोनी क्याफेमा देखेको हुन्छ। केही अगाडि पट्टिको सिटमा उसले एन्थोनी लाई देख्छ। एन्थोनीको सिट छेउमा काला जातीकी वृद्ध महिला बसेकी हुन्छीन। जसले पेरिनाको पसल बाट सेतो रङ्गको फ्लावर किनेकी थिईन। ऋषीकेश पछाडी फर्कीन्छ। पछाडी पट्टि सिटमा पेरिना र उसकी मम दुबै जाना सरिअलजीम र जक्शटपजिशनको किताब पढीरहेका हुन्छन।