Sunday, 11 December 2016

(टाईगर डनको💕लभ स्टोरी)
सुनसरी जिल्लाको बक्लौरी भन्ने ठाउँमा एउटा गरीबीले पिल्सीएको परिवारमा जन्मिएको किशान को छोरो हुँ म, म यानीकी सरोज न्यौपाने उर्फ टाईगर डन। हाम्रो बा ले दुख गरेर बनाएको सानो छाप्रोको घरबार, हाम्रो छाप्रो अगाडि सन्ध्याको ठूलो दरबार।
म पडकन चप्पल पडकाउदै गाउँको सरकारी स्कुल जान्थे, सन्ध्या सफा स्कुलको  ड्रेस, टाई अनि टलक्क टल्कीएको जुत्ता लगाएर ईटहरीको टप बोर्डीङ्गमा जान्थी। उसलाई लिन त घर अगाडी नै उसको स्कुलको बस आउँथ्यो, म भने खोला तरेर स्कुल जान्थे। खोलामा बर्सेनि बाढी अाउथ्यो। म बा को त्यो बूढो साईकल डन्ठीको मुनि बाट खुट्टा हालेर कुदाउथे, उ सँग भने सानो बाई साईकील थियो। उसले साँझ घरमा उसका बा अाउँदा ड्याडी अाजको दिन कस्तो भो भनेर सोध्दा उसका बा ले माया गर्दै राम्रो भो छोरी भन्थे, मेरा बा लाई बा अाजको दिन कस्तो भो तपाईको भन्दा १ हप्ता ज्वरो अाउने गरि झापड भेट्टीन्थो। दशैँमा सन्ध्याले रंगी विरंगी कपडा लगाउँथी, मेरो भने दर्जीले सिलाईदेको निलो आकाशे सर्ट र निलो स्कुलको पाईन्टले दशैँ कटथ्यो। साँच्चै नै हामी गरीब थियौँ। अनि सन्ध्याहरु धनी, नपुग केही थिएन उनीहरुलाइ।  उसका बा एमाले का ठुला नेता, उनका हजुर बा जमीनदार, मेरा बा सामान्य हलो कोदालो गर्ने ईमानदार। सन्ध्या त्यति बिघ्न धनी भए पनि म गरिब चार कौडिको केटोले भने बच्चै देखि उसलाई ताक्थे, ताक्थे के भन्नू उसलाई माया गर्थे। हामी सानै देखि सँगै खेल्थ्यौ, भलाही उसका बा अामाले सन्ध्या हामी जस्ता गरीब सँग खेलेको मन नपराए पनि अाखीर बच्चालाई को धनी को गरीब बच्चा त बस खेल्नमा न रमाउँछ।  बर्खायाममा सन्ध्या र मेरो पानीजहाजहरु खोल्सामा कुदने गर्थे, कागज कै भए पनि। हाम्रो अाफ्नै प्राईभेट जेट प्लेनहरु आकाश उडने गर्थे खयर त्यो पनि कागज कै भए पनि। हामी सानोमा बिहे गरि बाजि खेल्थ्यौ। ऊ बेहुली बन्थी अनि म बेहुला, कहिले उसले राजा रानी खेलौँ भनेर उक्साउथी अनि म राजा बन्थे ऊ रानी। वास्तवमै त्यो बाल्यकाल को खेलाईमा रोयलनेसको मज्जा नै बेग्लै थियो। न भए म जस्तो गरीब केटो राजा बन्न त के राजाको रा बन्न मात्र पनि चाँदीलाई रङ्ग्याएर सुन बनाए झैँ थियो। समय बितेर हाम्रो उमेर बढदै गयो सन्ध्याले पनि मलाई मन पराउन थालीसकेकी थी, अझ भनौँ म बिना ऊ र ऊ बिना म कल्पना पनि गर्न नसक्ने भै सकेका थियौँ। तर यो कुरा कसैलाई अझ भनौँ चरो मुसोलाई समेत थाहा थिएन। सन्ध्या सानी बच्ची बाट युवती भएकी थिई नौँ कक्षामा पढन थाली सकेकी थी अनि म भर्खर ११ मा भर्ना भएको थिए। उसको उमेर बढे सँगै उसका स्तन, वक्षस्थल, नितम्ब शरीरका हर अंगहरु उ बढे सँगै बढेर अार्कषक र सुहाउदिला भएका थिए। हामी राजा रानी बाट डाक्टर डाक्टर खेल्ने भै सकेका थियौँ। पर खेतको होलीको तल पट्टि सानो खोल्सो थियो। अनि त्यो खोल्सो पारी अर्को गाउँ, त्यो गाउँमा सन्ध्याको बेष्टफ्रेण्डको घर थियो। जहिले साँझ सन्ध्या घरमा ढाटेर पल्लो गाउँ साथीकोमा पढन जान्छु भनेर खेतको डिलमा पानी रुघ्न बनाएको छाप्रोमा मलाई भेटन आउँथी अनि हामी घन्टौँ सँगै त्यहि छाप्रोमा  बिताउथ्यौ। हरेक दिन जसो आज पनि उ खेतको अाली नै आली अाई उसले पछाडी झोला बोकेकी थिई, हातमा टर्चलाईट बालेर छाप्रो तिर आउँदै थिई। समय साँझको साँढे सात भएको हुँदो हो। झ्याउकीरीहरु कराई रहेका थिए टाढा टाढा  बाट कुकुर भुकेको आवाज आउदै थियो। म भने छाप्रो बाहिर उसलाइ कुरी रहेको थिए। आकाशमा ताराहरु देखीएका थिएनन दुर दुर बादल गर्जेको आवाज गुन्जीरहेको थियो। यत्तीकैमा सन्ध्या मेरो नजिक अाई र भनी हिड भित्रै जाउँ अाज मैँले हाम्रो लागि दाम्मी चिज ल्याकी छु। मैँले भने के हो त्यस्तो चिज? उसले हाँस्दै भनी बाँदर पहिला भित्र त हिड। भित्र एउटा पुरानो खाट थियो, म खाटमा बसे र उसले ब्याग बाट सिग्नेचर ह्वीस्की झीकेर प्रफुल्लीत मुद्रामा म तिर देखाउँदै भनी यहाँ हेर! मैँले भने कहाँ बाट ल्याईस? उसले हाँस्दै भनी ड्याडको थिप हानेको😀 निच्च हाँसी। मैँले भने तेरो बाउले थाहा पाउलान नी। उसले भनी थाहा पाको थाहा पाई हो एक कार्टुन सिग्नेचर बाट एउटा झीक्दा के थाहा पाउनु। उसको यो भनाई बाट प्रस्ट थियो उसका बाउ कति पियक्कड रछन भनेर। उसले ब्याग बाट बदाम र काजु झीकेर निच्च हाँस्दै, सितन भनी र आँखा झीम्क्याई। त्यसपछी सिग्नेचर दुबै जानाले नेट पालैपालो पिएउ। अचानक बिजुली चम्कीयो अन्धकार छाप्रो मा उज्यालो छायो, गडयाङ्ग गुडुङ्गको आवाज यसरी आयो मानउ  कतै परमाणु बम नै खसेको हो कि झै लाग्यो। चट्याङ्गको आवाजले डराएर सन्ध्याले मलाई अङ्गालो मारी अनि मलाई एक टक्कले हेरी रही, उसको मुख बाट निक्लेको सिग्नेचरको गन्ध अनि त्यो तातो हावा लाग्यो म तातो हावा फ्याल्ने पंखाको अगाडी लाचार भएर उभीएको छु। यत्तीकैमा उसले उसको ओठ मेरो ओठमा जोडेर किस गर्न थाली। ऊ यत्ती उत्तेजीत भएकी थी कि म पनि ऊ सँगै उसको उत्तेजनामा बग्न पुगेछु। सन्ध्या मेरो ओठ बाट उसको ओठ हटाउदै, ओई टोपी छ तँ सँग? प्रोटेक्शन त चाहियो नी। मैँले हाँस्दै भने हेर न म हिउँ पर्दा टोपी लाउँछु न पानी पर्दा छाता ओडछु मलाई त बस भिज्न मनपर्छ। बाहिर मुषलधारे पानी परीरहेको थियो अनी हामी दुई सम्भोगमा लिन थियौँ। जब सम्भोग क्रिया सकेर मैँले पेन्टको बेल्ट लाउदै थिए र ऊ कपडा लाउदै थी यत्तीकैमा मैँले सोधे तँ  यति फरवार्ड कसरी? उसले मुसकुराउदै भनी राधीका(उसको बेष्टफ्रेण्ड) छे नी हो त्यसको मा पढन जाँदा त्यसको घरमा कोही नभाको बेला हामी सिडीमा त्यसको दाईको पोर्न भिडीयोको चक्का लगाएर हेर्थेउ, त्यहि हेरेर सिकेको। उसले सोधी अनि तँ चाहिँ कसरी यति फरवार्ड नी? मैँले हाँस्दै भने बाघले मृग कसरी सिकार गर्नु पर्छ भनेर ईन्टरनेटमा खोजीरहनु पर्छ र बाघमा सिकार गर्ने गुण जन्मे देखि नै हुन्छ, बस यहि सम्झी। उसले हाँस्दै मेरो छातीमा हातले हिर्काए जस्तै गरि भनी बाँदर कति चलाख। अनि सुन्न हाम्रो छोरा भो भने नाम के राख्ने? मैँले भने राजकुमार राख्नु पर्छ। बाटोमा कसैले हामीलाई देख्ने बित्तिकै ऊ राजकुमार को बाउ अामा भन्छन अनि राजकुमारको बाउ आमा भएसी हामी स्वत राजा रानी हुन्छौँ। यो सुनेर सन्ध्या खित्का छोडेर हाँस्दै थिई पर बाट कसैले बालेको टर्चलाईट को प्रकाश छाप्रोमा आईपुग्यो।
टर्च लाईटको प्रकाश छाप्रोमा अाए लगत्तै हतार हतार म बाहिर निक्लिए। पर बाट छाता ओडेर टर्च लाईट बाल्दै, दुखी लाल अाउदै रहेछन। दुखी लाल यानीकी सन्ध्याहरुकोमा खेती पातीको कामक‍ो लागि राखीएका हली। म हल्का अत्तालीए यदि दुखीलालले सन्ध्यालाई र मलाई छाप्रोमा देख्यो भने त ठुलै लफडा हुन्छ। दिमागले एकै छीनमा अनगीन्ती नकरात्मक सम्भावनाहरु फटाफट सोच्यो। मुषलधारे पानी बिस्तारै सिम सिम भएर रोकीने क्रममा थियो। छाप्रोको नजीक दुखीलाल अाउनु अगाडि नै म ब‍ोलीहाले "जय राम जी कि चाचा!" मेरो आवाज सुन्ने बित्तिकै टर्च लाईट बन्द गरेर उनी बोले "राम!  राम! के हो रे अकेला अकेला आएर छाप्रोमा गन्जा वन्जा पिउछस। चाचालाई त सम्झीनस पनि, हँ केटा के हो तेरो पारा?" मैँले हाँस्दै भने "के को गन्जा वन्जा पिउँनु यत्तीकै आएर बस्या नी। अनि चाचा कता?" छाता बन्द गर्दै चाचा बोले "चिलम राखेथे भित्र छाप्रोमा, त्यो लिएर पारी लक्ष्मणकोमा जान लाग्या।" बुढा भित्र छिरे भने त सन्ध्यालाई देखि हाल्छन मैँले हतार हतार रोक्दै भने "कहाँ भित्र चिलम हुनु, मैँले त चिलम नभेटेर चुरोटमा भरेर खाको। दुखीलाल झोक्कीदै बोले "साला शिकारीलाई बन्दुक शिरानीको मुनि राखेको छ की दराजमा थाहा हुदैँन। बढता जान्ने हुन्छ। कान थुतुरा साला।" मैँले पनि जंगीदै जवाफ दिए  "छैन भने पछी विश्वास लाग्दैन?" उनी बोले "के हो केटा भित्र छाप्रोमा कोहिनुरको हिरा छुपाको छस कि के हो? अन्दर त जानै दिदेनश खयर ठिकैछ।" यसपछी दुखीलाल एकछीन सोचे जस्तो गरेर "अोहो! धततेरी बेहडकी म त भुली हालेछु, साँच्ची चिलम त पारी लक्ष्मण के मा छ नी, साला गन्जाले गर्दा बढा भुल्ने बानी भएछ रे मेरो आजकाल। अनि जान्छस होला नी पारी चिलम तान्न।" मैँले भने "भो नजाने मैँले चिलममा खान छोडीसके।" दुखीलाल हाँस्दै "अरे कान थुतुरा! चिलममा किन साला सिगरेटमा पनि खान छोडदे भवीष्य चिलमको ठिग्रीमा बसेको कालो कस जस्तो होईन चिलमको माथी बल्ने गुल जस्तो उज्जवल बना रे साला। बरु छ भने सिगरेट ले तान्दै जान्छु।" मैँले गोजीबाट झीकेर चुरोट दिए उनले चुरोट समाउँदै "साला कतीन्जेल खुकुरी पिउँछस। मैँले सान सँग भने "हेर्दै जाउँ चाचा बण्डीलका बण्डील सुर्य बोक्ने दिन नी आउँछ।" यसपछी दुखीलाल चुरोट सल्काएर अाफनो बाटो लागे अनि म पनि चुरोट तान्दै छाप्रो भित्र गए। मलाई देख्ने बित्तिकै सन्ध्या बोली "को रैछ?" को हुनु नि दुखीलाल। उ डराए जस्तो गरेर बोली "अामा हो र झन्न भित्र छिरेनछ नत्र त टेन्शन हुने थियो। बरु खैँ ले म पनि स्मोक गर्छु।" मैँले हप्काउँदै भने पर्दैन स्मोक किन गर्नु पर्यो। उसले जिद्दी गरेपछी उसलाई चुरोट दिए उसले चुरोट तिर हेर्दै "छ्या खुकुरी पो, हाम्रो ड्याडीले त सुर्य  खानुहुन्छ।" मैँले भने "तेरा बाउ परे एमाले हामी वीर गो‍र्खाली त्यसैले हामी त खुकुरी नै तान्छम।" हरेक दिन जसो यसरी नै हाम्रो भेट त्यहि छाप्रोमा हुन्थ्यो। छाप्रो छाप्रो मात्र नभएर हाम्रा लागि हनीमुन कटेज झैँ भएको थिय‍ो। दिनहरु यसरी नै बित्दै गईरहेको थियो। यता कलेजमा विधार्थी संगठनमा मेरो राम्रै पकड भै सकेको थियो। एकदिन अर्को पार्टीको जिल्ला तहको नेतालाई मरणासन्न हुने गरी पिटेपछी सामजिक मुद्धामा लगभग एक महिना ईनरुवा जेलमा बस्नु पर्यो त्यहि बेला भेट भो राजेन्द्र मेहता सुनसरीको ठूलो डन जसले मलाई जेल बाट निकाल्ने देखि लिएर उसको हरेक धन्दामा मलाई पनि सामेल गराए। म राजेन्द्र मेहताको दाहिने हात भएर चिनीने क्रममा थिए। त्यो पनि छोटो समयमै। यतीन्जेल सम्म सन्ध्याले पनि SLC सकेर पढनको लागि काठमाडौँ डन बस्कोमा भर्ना हुदा म लगभग टाईगर डनको नामले सुनसरी जिल्लामा चीनीन थाली सकेको थिए। खर खजाना र सामाजीक मुद्धा त सामान्य भै सकेको थियो मेरो लागि। सुनसरी जिल्लामा हुने हरेक टेण्डरमा हाम्रै हाली मुहाली थियो। एउटा कुरो बडा अचम्म लाग्थ्यो म हेर्दा हावाले उडाउँला जस्तो देखीएता पनि नाम चाहिँ टाईगर भै सकेको थियो। राजेन्द्र मेहता दाइ स्वयमले भन्नू हुन्थ्यो तिमी साला सिकार अगाडि पर्यो भने  टाईगरको तराह शिकार गर्छौ। त्यसैले तिम्रो नाम टाईगर डन। यसरी मेरो डन बन्ने यात्रा शुरु हुँदै थियो। उ बेलामा पडकन चप्पल पडकाउदै हिडने म अाजकाल बुलेट बाईक पडकाउदै हिडन थाली सक्या थिए। मलाई एक आँखाले देखि नसहने सन्ध्याका बाउ अाज एउटै मञ्चमा सँगै अतीथी बनेर मेरै छेउमा बस्नु पर्ने स्थीती सृजना भएको थियो। तर सन्ध्याको फोन कल र म्यासेज अाउन बन्द भएको थियो सुनेको छु अाजकाल ऊ बिवेक भट्ठराई नाम गरेको केटा सँग प्रेम गर्छे रे। यो त मैँले सुनेको मात्र थिए। प्रुफ हुन बाँकी नै थिय‍ो एक दिन उ काठमाडौँ बाट फर्केर घर आएकी थि, म लगायत चार जाना भाईहरु सँगै बसेर गाउँकै होटलमा पिएपछी हामी पुरै झ्याप भएका थिएउ, त्यसपछी झ्यापमा बाहिर निक्लेर सहकारीको एम्बुलेन्सको दाइ लाई थर्काएर हामी पाँचै जाना सन्ध्याको घर तिर एम्बुलेन्समा चढेर गएउ। एम्बुलेन्स सन्ध्याको घर अगाडी गएर रोकीयो। समय रातको ९ बजेको हुँदो हो म एम्बुलन्सको अगाडि बनोटमा बसेर जोडले सन्ध्या सन्ध्या भन्दै चिच्याए। यत्तीकैमा सन्ध्याका बाउ आएर हप्काउँदै "के हो तेरो नाटक किन बौलाको?" मैले भने " तिमी सन्ध्या हो र सुड्डो  तिमी आको, जाउ सन्ध्यालाशई पठाउ" बुढा ठुल ठूलो कुरा गर्दै गर्दा पेस्तोल झीकेर सिधै बुडाको निदारमा तेर्षाको मात्र के थिए, सन्ध्या र उसको आमा रुदै बाहिर अाए। मैँले भने "के हो सन्ध्या मलाई थाहै नदिई अर्कै सँग अफयर, बस एकचोटि भनेकी भए त हुनेथियो।" उसले घमण्डका साथ भनी "जरुरी ठानीन" मैँले मलीन स्वरमा भने "अनि हाम्रो त्यो माया प्रेम?" सन्ध्या बोली " कुन माया प्रेम दुई चार शब्द बोल्दैमा हाँस्दैमा प्रेम हुन्छ?" म जंगीदै बोले "अनि त्यो सेक्स?" सेक्स नामको शब्द शुन्ना साथ सन्ध्याका बाउ अामा एक आपसमा हेराहेर गर्न थाले। सन्ध्या जंगीदै " यु बासर्टड आफ्नो अौकात हेरेर कुरा गर" यसो भने उ घर तिर गई। अनि म मा एक किसीमको सन्नाटा यसरी छायो अब जिन्दगी कि वार कि पारको अवस्थामा पुग्यो। सन्ध्याको यो व्यवहारले मलाइ झनै खुंकार अपराधी बनायो। एकदिन जंकशनमा बसेको बेला बंकर भाइ बोल्यो "दाइ सन्ध्याको BF त्यो बिवेक लाई उडाईदीउ खेल खत्तम अाखीर त्यहि न हो तपाईको प्रेममा भाँजो हाल्ने। अादेश दिनु दाइ mc लाई अाजै माथीको टिकट गर्दीन्छु।" रवीन श्रेष्ठ उर्फ बंकर यानीको मेरो ग्रुपको सबै भन्दा अाट्टी र मेरो राईट ह्याण्ड थियो बंकर भाइ अझ भनौ उ मेरुदण्ड जस्तै थियो मेरा लागि। मैले भने " हेर भाइ राजा तिम्रो दाइ केटीको मामलाले कसैमाथी हमला गर्ने काम न पहिला गरेको थियो न कहिल्यै गर्नेछ। गल्ती बिवेकको हैन उ सँग कला थियो उसले पटयायो। तर त्यो सन्ध्यालाई त थाहा थियो नी म कति माया गर्थे  भनेर।" दिनहरु यसरी नै बित्दै गयो ठ्याक्क बैशाख लाग्यो अनि यहि बैशाखमा अचानक एक दिन सन्ध्याको घर अगाडि शुभ विवाहको तुल टांगीएको थियो। उसको बिहे बिवेक सँग हुन लागेको रैछ। मन केहि खिन्न भो अर्को सैतान दिमागले सोच्यो साला आखीर भर्जीन मैँले नै तोड्या त होनी, त्यसले सेकेण्ड ह्याण्ड मात्र पाउने भो विचरा! भोलीपल्ट सन्ध्याको घरमा पुरै बिहेको रौनक छाएको थियो। म बंकर र अरु चार जाना भाइहरु भने बंकरको घरमा सोमरस र गाँजा सेवन गर्दै बसेका थिएउ। बिहेमा बजेको सहनाई,दमाहाको अावाज त कहिले सिम्पल सिम्पल कान्छीको डिम्पल पर्ने गाला त कहिले चट्ट रुमाल क्यामालुम कानमै आएर गुन्जी रहेका थिए। यत्तीकैमा बंकर भाइ जंगीदै बोल्य‍ो "दाइ बाईकको चाबी दिनुत म एक्लै गएर बिहेमा लफडा गरेर बिहे रोकदीन्छु। यसरी चुपचाप घण्टा गर्न बस्ने" मैले भने "भाइ छाडीदेउ त्यसले गरि खाअोस। let her go. मैँले अंग्रेजी ब‍ोलेको सुनेर रवी हाँस्दै बोल्यो " बा दाइ इ्ंगलीस!" मैले रवाफका साथ जवाफ दिए "दारु खाएपछी निक्लीन्छ त!"
लगभग सन्ध्यालाई अन्माउने बेला भएको थियो होला उ रोएको आवाज हामी बसेको कोठामा प्रस्ट सुनीरहेको थियो। थाहा थिएन उ के कारणले रुएकी थी या जस्ट रुने फर्मालिटीज पूरा गरेकी थीई। अगाडि देवराज काकाको रेडीयोमा "निष्ठुरीले छाडेर गईहाली, हेर्दा हेर्दै अर्कै कि भईहाली" भन्ने गित बजीरहेको थिय‍ो। यसरी हेर्दा हेर्दै तीन वर्ष बितीसकेको थियो। टाईगर डनको र उसको समुहको अपराधीक गतीवीधीका कारण पुरै सुनसरी जिल्लावासी नै अाजीत भैसकेका थिए। राजेन्द्र मेहता ईन्काउण्टरमा मारीए सँगै टाईगर डनले झन एकछत्र सुनसरी जिल्लामा राज गर्न थाल्यो। धेरै ठुला ठुला नेता र डनहरु पनि उसको छायाँ देखी डराउन थालेका थिए। पार्टी भित्र पनि उसलाई अब सिध्याउनै पर्छ भन्ने कुरा चल्न थाली सकेको थियो। अझ सुनसरी जिल्लामा डि.एस.पी. नन्दु यादव उर्फ सिंघम अाएपछी त झन उसको समुहका धेरै तगडा तगडा केटाहरुलाई पक्रेर जेल चलान गरीसकेको थियो। यसकारणले टाईगर केही कमजोर भएको थियो। भदौको महिना  थियो, सन्ध्या पनि माईत अाएकी थी। त्यसैदिन बेलुका टाईगर घर अाएको थियो र अाफ्नो बा सँग गफ गर्दै थियो। बा अब हाम्रो दुखका दिन गए अब यो सधैँ पानी चुहुने छानाको घर भत्काएर पक्का घर बनाउनु पर्छ। पैसा रेडी छ नअात्तीनु। यत्तीकैमा चौकमा तीन चार राउण्ड गोली पडकेको अावाज अाउँछ। अनि टाईगरको मोवाईलमा रवीको फोन अाउँछ। हतार हतार फोन उठाएर बोल्छ। उता बाट रवीको अावाज अाउँछ "दाइ कप्सले बंकर र अरु दुई जाना केटाहरुलाई किल हानीसक्यो। तपाईं नी कल्टी मार्नु त्यतै अाउदैछ।" यति भन्ना साथ उ बाहिर मात्र के निक्लेको हुन्छ। पुलीसको गाडी उसकै घर अगाडि अाएर रोकीन्छ। टाईगर घर पछाडीको मकै बारि नै बारि कुदछ। जुनेली रातले गर्दा मकै बारीमा पुरै उज्यालो छाएको हुन्छ। डि.एस.पी. सिंघम लगायत अरु पाँच जाना प्रहरीहरु भएर टाईगरलाई लखेटन थाल्छन। सिंघम फाईरींग गर्न थाल्छ। तर टाईगर छल्लीदै छल्लीदै त्यहि खोलाको छेउमा भएको छाप्रोमा पुग्छ। र त्यस छाप्रोमा भएका कहिल्यै नमेटीने सम्झनाहरुलाई याद गर्छ। दौडीदा दौडीदा स्या स्या भएको हुन्छ। यत्तीकैमा पुलीसहरु बोलेको सुनेर दौडीएर गएर खोला तर्छ र लक्ष्मण चाचाको घर तिर जान्छ। लक्ष्मण काकाले घरको पछाडी गोबर ग्यास निर्माण का लागी १२ फिटको खाडल खनेर त्यसको भरी गोबर थुपारेका हुन्छन। गोबरको माथीको भाग सुकेर सम्म जस्तो भएको हुन्छ। टाईगर दौडीएर अाउँछ। उसले त्यो गोबरले भरीएको खाडललाई जमीन सोचेर पाईला राखेको मात्र के हुन्छ, उ सिधै त्यहि खाल्डोमा छिर्छ। उसले भन्ने गर्थ्यो म मरे भने पुलीसको गोली लागेर त ज्यान गए मर्दीन नभन्दै त्यस्तै नै भो त्यो बाह्र फिट गहिराईको गोबरको खाल्डोमा झरेपछी बाँच्न संभव नै थिएन। तर पुलीसहरुले चारै तिर खोज्छन तर उ त्यो खाल्डोमा छिरेको अाँकलन कसैले लगाउनै सक्दैन। हप्ता दिन पछी लास गनाउन थालेपछी खोज्दै जाँदा उसको लास त्यो गोबरको खाल्डो बाट गाउँलेले निकाल्छन।र, उसको सनाखत गर्छन। सन्ध्या घरको बरण्डामा बसेकी हुन्छे। राम राम सत्य हो भन्दै जोडले शंख बजाउदै मलामीहरुले उसको लास घाट तिर लादै हुन्छन। सन्ध्याको अाँखा भरी अाँशु भएको हुन्छ। यत्तीकैमा उसको सानो दुई वर्षको छोरा अाएर बोल्छ "मामु मामु को मरेको?" सनध्याले छोरो तिर हेर्छे र स्तब्ध हुन्छे। यसै दिन राती जोडले पानी पर्छ। पानीको धारो टाईगरको घर बाट चुहुन्छ। अनि उसका बा ले सम्झनछन। "बा यो सधैँ पानी चुहुने छानोको घर भत्काएर अब पक्का बनाउनु पर्छ। चिन्ता नलीनु।"


Friday, 9 December 2016

                                                                  दाह्री

श्रीमती देखि लिएर गाई बाख्रा पाल्न समेत पैसा चाहिन्छ। तर, संसारमा कुनै चिज नि:शुल्क पाल्न पाईन्छ त त्यो हो दाह्री! कति मान्छेको दाह्री पाल्ने अथक रहर हुदाँ हुँदै पनि दाह्री भने जस्तो आईदीदैन। आए पनि चुस्स आईदीन्छ। यस्ता दुखी आत्माहरु भनेका परिक्षामा नब्बे प्रतीशत परीक्षाफल ल्याउने रहर हुदाँ हुँदै पनि बाउन्न प्रतिशतमा चित्त बुझाउन बाध्य परीश्रमी विधार्थी जस्तै हुन। उनीहरुको एउटा दाह्रीको रौँ एक नम्बर प्रदेशमा पलायो भने अर्को दाह्रीको रौँ छ नम्बर प्रदेशमा पलाउछ। यस्ता मानीसहरुको झुत्तलाई सिमान्तकृत दाह्री समूह भन्दा आकाश नखस्ला! यस्ता सिमान्तकृत दाह्री समुहलाई दक्षीण पट्टीका शक्तीले उचालेर पहिचान सहितको अलग्गै राज्य खोज्नका लागि नउकास्साउला भन्न सकीने स्थीती छैन। अनि अर्को समूह छ गाला भरी यत्र तत्र दाह्री पलाउने समुह, यो समुहका मानीसहरुको दाह्री हेर्दा कुनै घना जंगल भन्दा कम लाग्दैन। अझ खोज्ने हो भने त्यो घना जंगल झैँ भएर फैलिएको दाह्रीमा द्धन्ध कालमा बेपत्ता पारीएका नागरीक, उच्च पदस्थ सरकारी कामकाजीहरुले काम बिगारेर हराएका फाईल, लोप उन्मुख सेतो पान्डा र एक सिंगे गैँडा नै भेटीएला कि झैँ लाएर आउँछ। यस्ता झम्म दाह्री पलाउने मानीसहरुको झुत्तले दाह्री एकता समाज, दाह्री ग्याङ्ग जस्ता समूह खोलेर समाज सेवामा लागेको पनि हामीले देख्न सक्छौ। सत्य युग तिर नजर डुलाउँदा सृस्टीकर्ता ब्रम्हा जी! को दाह्री झम्म पलाएको देखिन्छ। विचरा! ब्रम्हा बाबैले सृष्टि गर्न मैँ अचकाली व्यस्त भएर पनि होला उनले दाह्री काटनलाई एउटा ब्लेड समेत सृष्टि गर्ने समय नभएर उनको दाह्री उति विधि झांगीएको। भगवान श्रि कृष्णले दाह्री नपाल्नु को कारण सायद ग‍ोपीनीहरुले दाह्री पाल्दा भन्दा क्लिन सेभ मैँ तपाईं त बबाल हेन्सी देखिनु हुन्छ, भनेर फुर्काईदेको हुनुपर्छ। महादेवले भने आक्कल झुक्कल तस्वीरहरुमा दाह्री पालेको देखिएको छ। तर, अचम्म त भगवान रामका चिल्ला गाला देखेर म पटक पटक जिल खाको छु। ए बाबा! हामीले दाह्री काटेको दुई दिनमा दाह्री पलाउँछ। भगवान राम चौँध वर्ष बनवास जाँदा पनि दाह्री पलाएको छैन। भगवान रामले बनवास जाँदा कि त दाह्री काटने हजामलाई सँगै लिएर गएको हुनुपर्छ। या उनको शरीरमा दाह्री पलाउने हार्मोनको कमी भएको हुनुपर्छ। त्यो के थियो स्वयम् राम जानुन। मेरो मतलब भगवान खुदै जानुन। छ- सात कक्षा पढदा ताका देखि नै म मा पनि दाह्री पाल्ने हुटहुटी चल्न शुरु भो। ठ्याक्कै राम चन्द्र पौडेल लाई प्रधानमन्त्री बन्ने हुटहुटी चले जस्तै। मैँले पनि उ बेला घरबेटी श्री सापकोटा अंकलको रेजर किर्ते गरेर सत्र-अठार पटक चिल्लो त्यो कलिलो गालामा रेजर लगाए पनि दाह्री पलाएन। गाउँकै सरोज हण्डा नाम गरेका एक जाना दाइ थिए। उनले बढो स्टाईल स्टाईलमा दाह्री काटेको देख्दा कहिले म पनि यसरी नै दाह्री कहिले बनाउनु होला भनेर म घण्टौँ कल्पिएर बस्थे। एउटा वयस्क युवा हुने क्रममा चर्चित फुटबलर डेभिड ब्याकह्यामको जस्तो दाह्री पाल्न अौँधी ईच्छा नजागेको कहाँ हो र! नभन्दै उन्नाईस वर्षको उमेरमा एकाएक दाह्रीहरु अली अली गर्दै पलाउन थाले। त्यो बेला मलाई जहाँनिया राणा शासन ढलेर प्रजातन्त्र बहाली भए जस्तै, राजतन्त्र ढलेर लोकतन्त्र आए जस्तै, वर्षौ देखि नेपाली जनताले चाहेको संविधान आए जस्तै, अझ भनौँ एकतर्फी प्रेमीलाई उसलाई मनपर्ने युवतीको म्यासेज आए जस्तै भएको थियो। आउन त दाह्री आयो। आए पनि फ्याल्नु पर्ने अवस्थाहरु सृजना हुदा दुख लाग्यो। कति पटक त बारबार दाह्री काटनु पर्दा साला बेकार पलाएको यो दाह्री झैँ पनि लाग्यो। यता हाम्रो समाजमा दुई थरीका समुहहरु छन। एक दाह्री विरोधी  जसले दाह्री पाल्ने मान्छेलाई हेर्न कस्तो आतंकवादी जस्तो, छ्या दाह्री पाल्दा त त्यसलाई ठ्याक्कै जोगी जस्तो देखिन्छ, पक्कै पनि यसले पिरीममा धोका पाएर विरक्तीएर दाह्री पाल्या हुनुपर्छ। भनेर भन्ने अती नै संकीर्ण सोच राख्ने मान्छेको जमात र अर्को समुह दाह्री समर्थक समूह जसले चाहिँ दाह्री पाल्दा, दाह्री ले सुहाएको छ, दाह्रीले तपाई लाई हट एण्ड स्याउसी देखीदो रैछ भनेर दाह्री लाई सम्मान गर्नेहरुको जमात। युवतीहरुको कुरा गर्नु पर्दा दाह्रीलाई लिएर दुई थरी युवतीहरु समाजमा भेटीन्छन। एकथरी युवती दाह्री काटन के भन्नेवाली र अर्काथरी प्लिज दाह्री पालन ल भन्ने वाली! मलाई दाह्री पालन ल भन्ने वालीहरु साँच्चै नै नजिकका जस्ता लाग्छन। यसरी नै एकजाना दाह्री पालन ल भन्ने वाली मेरी जिवनमा पनि नजिक भएकी छे। उसलाइ हरेक भेटमा चुम्बन गर्दा समेत तिम्रो दाह्रीले घोच्यो भनेर आज सम्म भनेकी छैन। यसरी मेरो दाह्री प्रती सकरात्मक सोच राख्ने मेरी वाली लाई एक्काईस तोफको सलामी अर्पण गर्न चाहान्छु। खयर जे होस अहिले आएर मलाई दाह्री पाल्न न अख्तियारले रोक लगाएको छ। न त सरकारले। अझ झन यता खाडी मुलुकमा त झम्म दाह्री पाल्दा सिधा आएर असलाम वालेखुम भन्दै अरबी ठानेर अरबीमा बोल्दा ट्वावावा परेर आई डन्ट नो अरबी भन्दा को पल होस या पाकीस्तान का मान्छेहरुले तँ त नेपाली हुनै सक्दैनस त पाकीस्तानी नै हो, भनेर जिद्धी गरेको रोचक प्रंसग पनि जीवन भर संझन लायकको विषय बनेर माथींगलमा रहि रहनेछ। वास्तवमा अब मेरो लक्ष्य भनेको ब्लाक पिपर बियर्ड नेपालीमा भन्नू पर्दा तिल चामले दाह्री पाल्ने ठूलो रहर छ। त्यसक‍ा लागि त अझै निकै वसन्तहरु पार गर्नै पर्नेहुन्छ। भर्खर तेइँसमा पाईला चालेको युवकको दाह्री फुली हाल्ने कुरा र नर्सरी पढने बालकको दाह्री उम्री हाल्ने कुरा उस्तै हुन जान्छ। तर, उमेर सँगै दाह्री सेतो भएमा कालो मेहन्दी पोतेर प्रकृतीको खिलाप जाने आतंककारी कदम भने म कदापी पनि चाल्ने छैन। किनकी म र मेरो दाह्री, म माली दाह्री नै मेरो फुलबारी! भन्ने श्लोगन नै मेरो पहिचान बनोस भन्ने चाहाना छ। जय देश! जय दाह्री!

सेउती किनारमा नरभक्षी जसले मान्छेको मासु खाएर जीवन गुजारा गर्छ।



अजीब मान्छे जसको कुनै परिचय छैन। मानव लाश खाएर उसले सेउती किनारमा आफ्न‍‍ो जीवन गुजारा गरिरहेको छ।