Friday, 9 December 2016

                                                                  दाह्री

श्रीमती देखि लिएर गाई बाख्रा पाल्न समेत पैसा चाहिन्छ। तर, संसारमा कुनै चिज नि:शुल्क पाल्न पाईन्छ त त्यो हो दाह्री! कति मान्छेको दाह्री पाल्ने अथक रहर हुदाँ हुँदै पनि दाह्री भने जस्तो आईदीदैन। आए पनि चुस्स आईदीन्छ। यस्ता दुखी आत्माहरु भनेका परिक्षामा नब्बे प्रतीशत परीक्षाफल ल्याउने रहर हुदाँ हुँदै पनि बाउन्न प्रतिशतमा चित्त बुझाउन बाध्य परीश्रमी विधार्थी जस्तै हुन। उनीहरुको एउटा दाह्रीको रौँ एक नम्बर प्रदेशमा पलायो भने अर्को दाह्रीको रौँ छ नम्बर प्रदेशमा पलाउछ। यस्ता मानीसहरुको झुत्तलाई सिमान्तकृत दाह्री समूह भन्दा आकाश नखस्ला! यस्ता सिमान्तकृत दाह्री समुहलाई दक्षीण पट्टीका शक्तीले उचालेर पहिचान सहितको अलग्गै राज्य खोज्नका लागि नउकास्साउला भन्न सकीने स्थीती छैन। अनि अर्को समूह छ गाला भरी यत्र तत्र दाह्री पलाउने समुह, यो समुहका मानीसहरुको दाह्री हेर्दा कुनै घना जंगल भन्दा कम लाग्दैन। अझ खोज्ने हो भने त्यो घना जंगल झैँ भएर फैलिएको दाह्रीमा द्धन्ध कालमा बेपत्ता पारीएका नागरीक, उच्च पदस्थ सरकारी कामकाजीहरुले काम बिगारेर हराएका फाईल, लोप उन्मुख सेतो पान्डा र एक सिंगे गैँडा नै भेटीएला कि झैँ लाएर आउँछ। यस्ता झम्म दाह्री पलाउने मानीसहरुको झुत्तले दाह्री एकता समाज, दाह्री ग्याङ्ग जस्ता समूह खोलेर समाज सेवामा लागेको पनि हामीले देख्न सक्छौ। सत्य युग तिर नजर डुलाउँदा सृस्टीकर्ता ब्रम्हा जी! को दाह्री झम्म पलाएको देखिन्छ। विचरा! ब्रम्हा बाबैले सृष्टि गर्न मैँ अचकाली व्यस्त भएर पनि होला उनले दाह्री काटनलाई एउटा ब्लेड समेत सृष्टि गर्ने समय नभएर उनको दाह्री उति विधि झांगीएको। भगवान श्रि कृष्णले दाह्री नपाल्नु को कारण सायद ग‍ोपीनीहरुले दाह्री पाल्दा भन्दा क्लिन सेभ मैँ तपाईं त बबाल हेन्सी देखिनु हुन्छ, भनेर फुर्काईदेको हुनुपर्छ। महादेवले भने आक्कल झुक्कल तस्वीरहरुमा दाह्री पालेको देखिएको छ। तर, अचम्म त भगवान रामका चिल्ला गाला देखेर म पटक पटक जिल खाको छु। ए बाबा! हामीले दाह्री काटेको दुई दिनमा दाह्री पलाउँछ। भगवान राम चौँध वर्ष बनवास जाँदा पनि दाह्री पलाएको छैन। भगवान रामले बनवास जाँदा कि त दाह्री काटने हजामलाई सँगै लिएर गएको हुनुपर्छ। या उनको शरीरमा दाह्री पलाउने हार्मोनको कमी भएको हुनुपर्छ। त्यो के थियो स्वयम् राम जानुन। मेरो मतलब भगवान खुदै जानुन। छ- सात कक्षा पढदा ताका देखि नै म मा पनि दाह्री पाल्ने हुटहुटी चल्न शुरु भो। ठ्याक्कै राम चन्द्र पौडेल लाई प्रधानमन्त्री बन्ने हुटहुटी चले जस्तै। मैँले पनि उ बेला घरबेटी श्री सापकोटा अंकलको रेजर किर्ते गरेर सत्र-अठार पटक चिल्लो त्यो कलिलो गालामा रेजर लगाए पनि दाह्री पलाएन। गाउँकै सरोज हण्डा नाम गरेका एक जाना दाइ थिए। उनले बढो स्टाईल स्टाईलमा दाह्री काटेको देख्दा कहिले म पनि यसरी नै दाह्री कहिले बनाउनु होला भनेर म घण्टौँ कल्पिएर बस्थे। एउटा वयस्क युवा हुने क्रममा चर्चित फुटबलर डेभिड ब्याकह्यामको जस्तो दाह्री पाल्न अौँधी ईच्छा नजागेको कहाँ हो र! नभन्दै उन्नाईस वर्षको उमेरमा एकाएक दाह्रीहरु अली अली गर्दै पलाउन थाले। त्यो बेला मलाई जहाँनिया राणा शासन ढलेर प्रजातन्त्र बहाली भए जस्तै, राजतन्त्र ढलेर लोकतन्त्र आए जस्तै, वर्षौ देखि नेपाली जनताले चाहेको संविधान आए जस्तै, अझ भनौँ एकतर्फी प्रेमीलाई उसलाई मनपर्ने युवतीको म्यासेज आए जस्तै भएको थियो। आउन त दाह्री आयो। आए पनि फ्याल्नु पर्ने अवस्थाहरु सृजना हुदा दुख लाग्यो। कति पटक त बारबार दाह्री काटनु पर्दा साला बेकार पलाएको यो दाह्री झैँ पनि लाग्यो। यता हाम्रो समाजमा दुई थरीका समुहहरु छन। एक दाह्री विरोधी  जसले दाह्री पाल्ने मान्छेलाई हेर्न कस्तो आतंकवादी जस्तो, छ्या दाह्री पाल्दा त त्यसलाई ठ्याक्कै जोगी जस्तो देखिन्छ, पक्कै पनि यसले पिरीममा धोका पाएर विरक्तीएर दाह्री पाल्या हुनुपर्छ। भनेर भन्ने अती नै संकीर्ण सोच राख्ने मान्छेको जमात र अर्को समुह दाह्री समर्थक समूह जसले चाहिँ दाह्री पाल्दा, दाह्री ले सुहाएको छ, दाह्रीले तपाई लाई हट एण्ड स्याउसी देखीदो रैछ भनेर दाह्री लाई सम्मान गर्नेहरुको जमात। युवतीहरुको कुरा गर्नु पर्दा दाह्रीलाई लिएर दुई थरी युवतीहरु समाजमा भेटीन्छन। एकथरी युवती दाह्री काटन के भन्नेवाली र अर्काथरी प्लिज दाह्री पालन ल भन्ने वाली! मलाई दाह्री पालन ल भन्ने वालीहरु साँच्चै नै नजिकका जस्ता लाग्छन। यसरी नै एकजाना दाह्री पालन ल भन्ने वाली मेरी जिवनमा पनि नजिक भएकी छे। उसलाइ हरेक भेटमा चुम्बन गर्दा समेत तिम्रो दाह्रीले घोच्यो भनेर आज सम्म भनेकी छैन। यसरी मेरो दाह्री प्रती सकरात्मक सोच राख्ने मेरी वाली लाई एक्काईस तोफको सलामी अर्पण गर्न चाहान्छु। खयर जे होस अहिले आएर मलाई दाह्री पाल्न न अख्तियारले रोक लगाएको छ। न त सरकारले। अझ झन यता खाडी मुलुकमा त झम्म दाह्री पाल्दा सिधा आएर असलाम वालेखुम भन्दै अरबी ठानेर अरबीमा बोल्दा ट्वावावा परेर आई डन्ट नो अरबी भन्दा को पल होस या पाकीस्तान का मान्छेहरुले तँ त नेपाली हुनै सक्दैनस त पाकीस्तानी नै हो, भनेर जिद्धी गरेको रोचक प्रंसग पनि जीवन भर संझन लायकको विषय बनेर माथींगलमा रहि रहनेछ। वास्तवमा अब मेरो लक्ष्य भनेको ब्लाक पिपर बियर्ड नेपालीमा भन्नू पर्दा तिल चामले दाह्री पाल्ने ठूलो रहर छ। त्यसक‍ा लागि त अझै निकै वसन्तहरु पार गर्नै पर्नेहुन्छ। भर्खर तेइँसमा पाईला चालेको युवकको दाह्री फुली हाल्ने कुरा र नर्सरी पढने बालकको दाह्री उम्री हाल्ने कुरा उस्तै हुन जान्छ। तर, उमेर सँगै दाह्री सेतो भएमा कालो मेहन्दी पोतेर प्रकृतीको खिलाप जाने आतंककारी कदम भने म कदापी पनि चाल्ने छैन। किनकी म र मेरो दाह्री, म माली दाह्री नै मेरो फुलबारी! भन्ने श्लोगन नै मेरो पहिचान बनोस भन्ने चाहाना छ। जय देश! जय दाह्री!

No comments:

Post a Comment