Purple dream...
गुगलमा सर्च गरेर साहित्य संग्राहलयमा गएर कुमार नगरकोटीको सुफीयाना नामक आख्यान पढदै गर्दा एउटा मेल आउँछ। यत्तीकैमा पढदै गरेको आख्यानलाई मिनीमाईज गरि म मेल चेक गर्न थाल्दछु। मेल कुनै unknowngirl @gmail.com बाट आएको हुन्छ। मेलमा लेखिएको हुन्छ। हाई स्लिम म तिम्रो ठूलो प्रशंसक हुँ। म मन मनै सोच्छु, म जस्तो सामान्य मान्छेको प्रशंसक को हुन सक्ला? पुन त्यहि मेल ठेगाना बाट मेल आउँछ। जहाँ यसप्रकार लेखिएको हुन्छ, मैँले तिमले लेखेका हरेक कवीता, कथा,स्टेटसहरु पढेकी छु। म तिमी सँग भेटन चाहान्छु। प्लिज! प्लिज! प्लिज! ड्रिमल्यान्ड कफी सपमा आउँ। साँझ पाच पैँतालिसमा। म मेल पढेर बेमेल भए। ड्रिमल्यान्ड क्याफे त पहिला कहिल्यै नाम सुनेकै थिएन। मैँले मेलको रिप्लाई गरे। ड्रिमल्यान्ड क्याफे कहाँ लोकेटेड छ? केही मिनेटको अन्तरालमा उसको रिप्लाई आयो। ड्रिमल्यान्ड क्याफे सिक्सथ स्ट्रीट, ड्रिम वे गल्ली, ड्रिम बुक्श सेन्टरको छेउमा।
म घर बाट पाँच पन्ध्रमा निक्लिए।र, उसले बताए अनुसारको ठेगाना पहिल्याउदै ड्रिम वे गल्फीमा पुगे। शहरमा अत्याधीक जाडो थियो। बाक्लो हुस्सु लागेको थियो। म उसले बताएको ड्रिम बुक्श सेन्टर अगाडि पुगेछु। जहाँ सुबिन भट्टराईका चर्चीत उपन्यासहरु कथाकी पात्र, समर लभ, साया, मनसुन र कुमार नगरकोटीका घाटमान्डु, अक्षरगन्ज, मोक्ष, मिस्टिका एउटा सानो य्राकमा मिलाएर सजाएर राखीएका थिए। अनी माथी पट्टि लेखिएको थियो, बुक्स सुपर सेल अफर! यत्तीकैमा ती पुस्तकहरु हेरेर अगाडि बढीरहदा म ठिक्क ड्रिमल्यान्ड कफी सप अगाडि पुग्दछु।र, भित्र प्रवेश गर्दछु। भित्र मानीसहरु अलग अलग टेबलमा बसेर सपनाका बारेमा छलफल गरीरहेका हुन्छन, कफीको स्वाद सँगै संवादहरु चलीरहेको हुन्छ। कोहि वैज्ञानीक बन्ने सपनाको कुरा गरि रहेका हुन्छन। त कोहि डाक्टर, कोहि ईन्जिनियर, कोहि पाईलट, कोहि राईटर, कोहि एक्टर सबैले हातमा कफीको कप र साथमा रङ्गीन सपना बोकेको हुन्छन। पारदर्शी सिसामा ड्रिम ल्यान्ड कफी सप लेखिएको हुन्छ, अंग्रेजीमा। ती लेखिएका अक्षरहरु भित्र बाट हेर्दा उल्टा देखिएका हुन्छन। कफी सपमा भक्तराज आचार्यको, हजार सपनाहरुको माया लागेर आउँछ। भन्ने गित मधुर ध्वनीमा गुन्जिरहेको हुन्छ। यत्तीकैमा म त्यहि पारदर्शी सिसाको छेउको टेबलमा गएर बस्दछु। जहाँ बाट बाहिरका दृश्यहरु छर्लङ्ग देखिरहेको हुन्छ। मान्छेहरु न्यानो कपडा लगाएर फुटपाथ बाट हिडीरहेका छन। उनीहरुको मुखबाट धुँवा, धुँवा होईन क्यार! अं साँच्ची बाफ निक्लिरहेको हुन्छ। जाडोको मौसम भएकाले साँढे पाँच बजे नै अँध्यारो हुन्छ। बाहिर गाडीहरु लाईट बालेर आ आफ्नो गन्तव्य तिर गुडीरहेका हुन्छन। यत्तीकैमा कफी सपको अगाडि एउटा पर्पल कलरको कार आएर रोकिन्छ। कारको ढोका खोलीन्छ। भित्र बाट पर्पल कलरको हिल लगाएको खुट्टा निक्लिन्छ। त्यसपछी एउटी सुन्दर अती नै सुन्दर युवती पर्पल कलरको टाईट गाउन लगाएकी युवती निक्लन्छे। उसले हातमा पर्पल कलरको ह्याण्ड ब्याग बोकेकी हुन्छे। उक्त युवतीलाई देखेर म छक्क पर्दछु। यस्तो जाडोमा मात्र गाउन? के यो युवतीलाई जाडो हुदैन? या यो कस्तो फेसन हो? यत्तीकैमा उसले पछाडीको ढोका खोल्छे।र, त्यहाँ बाट एउटा चिटीक्क परेको पर्पल कलरको बास्केट झिक्छे। जहाँ एउटा पर्पल कलरको सानो सुन्दर कुकुर हुन्छ। उसले टाउकोमा लगाएको पर्पल कलरको रिबन मिलाउदै उक्त कुकुर भएको बास्केट बोकेर कार भन्दा वर आउँछे।र, अटोमेटीक कार की बटन दबाएर कार लक गर्छे। उक्त युवती कफी सप भित्र छिर्ना साथ परै बाट हात हल्लाउछे। म पछाडी फर्केर हेर्दछु। पछाडी कोहि पनि हुदैन। उक्त युवती सिधा म बसेको ठाउँमा आएर ठिंग उभिन्छे।र, भन्छे हात हल्लाएको तिमीलाई नै हो। उ भने पछाडी हेर्छ। बुद्दु! उ मुसकुराउदै बस्छे। उक्त कुकुर भएको बास्केट टेबलमा नै राख्छे। र उसको ह्याण्ड ब्याग उसको काखमा। उसको ओठमा पर्पल कलरको लिपीस्टीक पोतिएको हुन्छ। नङ्गमा पर्पल कलरकै नेल पाँलीश दलीएको हुन्छ। यत्तीकैमा वेटर आएर बोल्छ, हजुरहरुलाई के ल्याउ होला? उ बोल्छे, मलाइ पर्पल कफी विथ आउट सुगर! मैले उसले अर्डर गरेको कफीको नाम सुनेर एकटक्कले उसलाई हेरीरहदा मेरो आँखा अगाडि उसको हात ल्याएर हल्लाउदै, ए हेलो! तिमी के लिने? म बोल्छु, ब्लाक कफी लेस सुगर! यत्तीकैमा उसले आफ्नो कुकुरलाई स्पर्श गर्दै, पर्पललीयाना से हाई टु हिम। हाई भन उसलाई। उक्त सुन्दर कुकुर चुपचाप लाग्छे। उ बोल्छे, उ स्टेन्जरहरु सँग अलीक लजाउँछे। लास्ट ईयर फ्रान्स जादा किनेर ल्याएकी हुँ। दुई जाना सत्तरी बहत्तर वर्षका बुढा बुढीहरुले पर्पललीयानालाई ईफील टावर परीसरमा घुमाउदै गर्दा मैँले उसलाई देखे। देख्ना साथ मन पर्यो ।र, ति बर्थहेल्मी र डिओनी नाम गरेका फ्रान्सेली बुढा बुढी सँग उसलाई किन्न प्रस्ताव गरे। सुरु मा त उनिहरुले ईन्कार गरे, मानेनन। पछी मैँले रिक्वेष्ट गर्दा गर्दा गरेपछी उनीहरुले बेच्न तयार भए। मैँलै नौँ सय युरोमा किनेकी पर्पललीयानालाई। त्यति खेर त उ अझै सानी थिई। यत्तीकैमा पर्पललीयाना पातलो स्वरमा भुक्दै म तिर हेरेर एउटा खुट्टा उचाल्छे।र, जिब्रो निकाल्छे। कस्तो अचम्म पर्पललीयानाको त जिब्रो पनि पर्पललै रैछ। म युवती लाई सोध्छु। यो सबै कुरा किन पर्पल? या यो मेरो भ्रम हो? युवती मुसकुराउदै, हैन यो सत्य हो। उसले लमक्क लम्केर मेरो कानको छेउमा उसका पातला बैजनी रङ्गले पितोएका ओठहरु चलाउदै, मैँले ईन्नर गार्मेन्ट पनि पर्पल कलरकै लगाएकी छु। यति भनेर उ पुन कुर्षीमा बस्दै, पर्पल मेरो फेवरेट कलर हो। यत्तीकैमा वेटरले दुई कप कफी टेबलमा राख्देर रवाना हुन्छ। उसले कप उठाएर कफी पिउन थाल्छे। म पनि कप उठाएर कफी पिउन थाल्छु। मेरा नजर उसको स्तनमा पर्दछन। उसको क्लेभेज देखिरहेको हुन्छ। यत्तिकैमा युवती बोल्छे, थाहा छ स्लिम मैँले तिमीले लेख्ने हरेक कथा, कवीता,स्टेटसहरु पढने गर्छु। बोगटी टोल र टाईगर डनको लभ स्टोरी दामी लाग्या थ्यो! होमवर्क पनि लास्ट विक पढे। म छक्क पर्दै, हो र! थ्याङ्क्स। तिमीलाई त मैँले पोष्ट गरेका सबै स्टोरीहरुको बारेमा थाहा रछ। उ बोल्छे, तिमीले पोष्ट गरेका मात्र हैन पोष्ट नगरेका वा लेखिरहेका हर स्टोरीहरु, तिम्रो दिमागमा फुर्दै गरेका स्टोरी आईडीयाहरु एक एक थाहा छ मलाई। उसको कुरा सुनेर म अवाक हुन्छु। उ बोली नै रहेकी हुन्छे। तिमीले एक वर्ष अगाडि देखि लेख्दै गरेको ग्याङ्गस्टरहरुको स्टोरी होस या तिमीले झोला हराएको शिर्षकमा लेख्दा लेख्दै नटुंग्याई अफीसको क्याबिनेटमा थन्काएर राखेको नाटक। तिमी कुमार नगरकोटी को ठूलो फ्यान भएका छौँ। केही महिना अघि उनले लेखेको आख्यान पढेर तिमीलाई रातभर निन्द आएको थिएन। त्यहि रात तिम्रो दिमागमा दुईटा स्टोरी क्रियट भएका थिए ती दुई मध्ये एक साईको पेन्टर नामक स्टोरी तिमी लेख्ने क्रममा छौँ। हिजो मात्रै तिमीले दारुवाज शिर्षकमा कथा लेखी सक्यौ। तिमीले माईक्रोसफ्ट वर्ड द्वारा लेख्दै गरेक एउटा स्टोरीको पच्चीस वटा पेजहरु अचानक रिप्लेस भएर हराएका छन। यसमा तिमी केही दुखि भएका छौँ। तिमीमा अभिनयको पनि भुत सवार छ। तिम्रा हरेक कुरा थाहा छन मलाई। तिम्रो जनवरी बाह्रमा आउदै गरेको तेईषौँ जन्मदिनको शुभकामना! यो सब सुनेर म रन्थनीए। मेरा अन्तरहृदयका कुराहरु कसरी एक अन्जान युवतीलाई थाहा हुन सक्छ? मेरो मथींगल नमज्जाले घुम्यो। म हताष हुदै, न मैँले तिमीलाई यो भन्दा पहिले देखेको छु न भेटेको छु। तिमीलाई यो सब कुरा कसरी थाहा भयो? कतै तिमी जादु टुना गर्ने वाली... यतीमै उ बोली, म कुनै जादु टुना गर्ने केटी होईन। तिमीले मलाई हरेक दिन देख्ने गर्छौ। भेटने गर्छौ। म बोल्छु, त्यसो भए हौँ को तिमी? म तिमीले देख्ने सपना हुँ । तिमी मलाई पूरा गर्न चाहान्छौ। सकार बनाउन चाहान्छौ। हो म त्यहि सपना हो। तर, चिन्ता नगर मैँले थाहा पाएका कुराहरु मलाई बाहेक अरु कसैलाई थाहा हुन दिने छैन। तर, स्लिम तिमीले मलाई पूरा गर्ने क्रममा ठुलो बाधा व्यवधान आउने छ। तिमी विचलीत हुनपुग्छौ। तिमीले मलाई धिक्कार्दै सपना बेकार देखेछु भन्नेछौ। उसले आफ्नो हात अगाडि बढाउदै, वाचा गर स्लिम तिमी त्यस्ता सबै व्यवधानहरु पार गरेर मलाई पुरा गर्नेछौ। साकार पार्नेछौ। मैँले उसको कोमल, चिसो हात माथी हात राख्दै, ओके! स्योर। उ मुसकुराउदै उसको पर्पल कलरको ब्याग बाट एउटा लाम्चो स्मोक पट झिक्छे। उ सँग भएका हरेक कुरा पर्पल थिए। तर, पट भने ब्लाक कलरको हुन्छ। उसले पट झिकेर म तिर हेर्दै, दारुवाज कथा अहिले सम्म तिमीले लेखे मध्ये साह्रै मन परेको कथा हो त्यो। सायद अरुले पनि मन पराउनेछन। यसो भन्दै ब्याग बाट उसले पर्पल हेज (पर्पल हेज चिसो ठाउँमा पाईने गाँजाको एक प्रजाती) झिक्छे।र, पटमा हालेर पर्पल कलरको लाईटर पार्छे। लाईटर बाट निक्लेको आगो पनि पर्पल कलर कै हुन्छ। उसले पर्पल हेज तानेर धुँवा फ्याल्छे। पर्पल धुँवा कफी सपमा रुमल्लीन्छ। बिस्तारै उसका आँखाहरु पर्पल हुँदै जान्छन। उसको कपाल अनुवार, हात पाखुरा पुरै पर्पल हुन थाल्छन। म मा एक किसीमको डर पैदा भईरहेको हुन्छ। उसले मलाई छुदै बोल्छे, लाउँ अब तिमी तान। उसले मलाई छुना साथ मेरो हत्केलाहरु पर्पल हुदै हुँदै नाडी तिर अगाडि बढछ। म डराउन थाल्छु। म बोल्न खोज्दा मुख बाट पर्पल कलरका शब्दहरु निक्लिन थाल्छन। यत्तीकैमा मा म यो सुन्तलाकार पृथ्वीको कुनै एउटा भागको, एउटा घरको, एउटा कोठाको आफ्नै ओछयानमा झसंग भएर ब्युँझन्छु।
No comments:
Post a Comment