।।तद अनुसार 2017 फेब्रुअरी 5, फ्राईडे।।
खैँ कता तिरको यात्रा गरेर पो हो? अथवा खैँ कसलाई पो भेटेर हो? म अल घुबैबा मेट्रो स्टेशन बाट फुत्त बाहिर निक्लिए। जसरी एक नवजात शिशु आमाको पाठेघर बाट आफ्नो रास्ता पहिल्याउदै, यो सो कल्ड पृथ्वीको पावन धर्तीमा फुत्त निस्किन्छ। पारीला घाम लागे पनि वर दुबईको मौसम शितल थियो। फेब्रुअरीको महिना, सामुन्द्रीक शितल हावाका झोक्काहरुले मन लोभ्याई रहेको थियो। शुक्रबारको दिन भएकाले वर दुबई स्थित अल घुबैबा पार्कमा असंख्य मात्रामा नेपाली मुहारहरु छर पस्ट देखिन्थे। जसरी असंख्य मात्रामा पार्क भरी मसीना बुटाहरुमा गुलाबी, भेल्भेट कलरका फूलहरु छर पस्ट भएर फुलेका देखीन्थे। चारै तिर पार्कै भरी नेपाली महिला पुरुष मात्र देखिं जादा, यस्तो लागि रहेथ्यो कि म कतै नेपालकै कुनै वृहत् मेलामा छु। अनगिन्ती दुखहरु दबाएर सकी नसकी भए पनि प्रत्येक नेपालीहरु मुहारमा हाँसो ल्याउने प्रयत्न गरीरहेका थिए। त्यो पनि सात समुन्दर पार, अरु कसैको शहरमा। जुन शहर सँग न भाषा मिल्छ, न भेष, न धर्म-सँस्कृती। हुन पनि हामी नेपालीहरु संसारको जुन सुकै कोप्चामा गए पनि क्षण भर मैँ उक्त ठाउँ सँग भिजी जान्छौ। आई थिङ्क ईटस आवर गुड ह्याबिट, ईजन्ट ईट? हामी नेपालीका ब्याड ह्याबिटहरु पनि उत्तीकै छन। यी पार्कमा देखिएका नेपाली महिला पुरुष सबै असल छन होला त? छैनन। सबै खराब पनि त न होलान? आ जे सुकै हुन। मलाई के को टन्टो? मनमनै कुरा गर्दा गर्दै कानमा ठुसेको ईयरफोनमा के के जाती गानाहरु पालै पालो चल्दै, चेन्ज हुँदै गएको पत्तै पाईनछु।
लाग्छ मलाई तिम्रो हृदयमा मेरो
लागि प्रेम पलाउनै सकेन।
छोडेर जान्छु भन्छौ तिमी तर
मैँले चाहेको त्यस्तो हैन।
तर तिम्रो मन, छोडेर जाउ या
मलाई अँगाली राख।
जहा गए पनि तिमी
आँफुलाई समाली राख।
गाना यसप्रकारले गुन्जिरहेको भेउ पाए। सायद सुगम पोखरेलको हुनुपर्छ। गायकको नाम भन्दा स्वर सँग आत्मियता भएकाले होला, नेम हु कियरस? डनहिल चुरोटको प्याकेट खल्ति बाट झिके। प्याकेट बाट चुरोट निकालेर मुखमा च्यापे। प्याकेट पुन गोजीमा राखेर लाईटर खोजे। यसरी खोजे कि मैँले लाईटर नभएर कुनै बहुमुल्य धातु खोजीरहेको हुँ। आफ्नै फोक्शो जलाउने यान्त्रीक उपकरण शरीरमा लगाईएको हर वस्त्रका लकर (गोजी) हरुमा खोजे, भेटीन। मेरो ठिक सामु अजङ्ग ज्यान भएको, कन्दुरा लगाएको, दाह्रीबाल एक अरबीले सुल्फा तान्दै कसैको ईन्तजार गरीरहेको हुदो हो। म उसको नजिकै गए।
म: वसलाम वालेखुम!
अरबी: वालेखुम वसलाम।
म: फि लाईटर?
अरबीले लाईटर झिकेर दियो। मैँले चुरोट सल्काएर उसको लाईटर फिर्ता गर्न खोज्दा उ जहाँ उभिएको थियो, त्यहाँ थिएन। वरपर हेरे देखिन। के खोज्छस खैँ के जाती लाईटर भने जस्तै भो! लाईटर गोजीमा हाले। डनहिल चुरोटलाई स्विच गरे। मेन्थोलको फ्लेवर सँगै धुँवा उडाउन थाले। साँच्ची मैँले चुरोट तान्न छोडी पो सकेको थिए। के कारणले तान्न थाले? म घोत्तलिए। म सोच्दा सोच्दै सोचमा डुबिगए। मेरा पिता जी! पनि त चुरोटको अम्मली हुनुहुन्थ्यो। तथा कथीत एक बट्टा याक चुरोट एक दिनलाई पुग्थेन रे! वहाँ लाई। पिता जी! लाई पनि यहि चुरोटले नैँ त लग्या थियो। फोक्शोको क्यान्सर, कति भयावह अवस्था बाट पिता जी! मेरै आँखा अगाडि बाट छोरा गए पनि नभनी यो सो कल्ड पावन धर्ती छोडेर दुर धेरै दुर जानू भएको थियो। के मैँले सुरक्क्षा पराजुलीले मलाई प्रेममा धोका नामक तोफा दिएसी नै यो चुरोट पुन प्रयोग गर्न थालेको हुँ? आ भगवान जानुन।
।।सुरक्क्षा पराजुली, तत्कालीन उमेर बाईष।।
सुरक्क्षा पराजुली नाम गरेकी एक युवतीले तदनुसार दुई हजार पन्ध्र एकको महिना सात गते मेरो अतीतय मित्रले अनुवार पुस्तिका नामक एप्लिकेशनमा अपलोड गरेको तस्विरमा कमेन्ट टक्राएकी रैछ। मेरो नजर उसको नाममा पर्यो। उसको प्रोफाईलमा राखेको तस्विरमा पर्यो। अचम्म लाग्यो, उसको अनुवार पुस्तिकाको प्रोफाईल तस्विर देखेर। तस्विरको ब्याकग्राउण्डमा बेजोड र विशाल मश्जिद थियो। मश्जिददको सामुन्ने अनुवार नदेखिने गरि बुर्का लगाएकी एक युवती उभिएकी थिई। सायद त्यो युवती सुरक्क्षा नै थिई या अरु कोही, आजसम्म त्यो कुरा रहस्य कैँ गर्भमा छ। मित्र सँग सुरक्क्षाको बारेमा जान्न चाहे। मित्र र सुरक्क्षा एट, नाईन र टेन सँगै पढया क्लाशमेट रहेछन। खुल्दुली बढेर गयो। उसको अनुवार पुस्तिकाको प्रोफाईल खोतल्न मन लाग्यो तर उसले आफ्नो टाईमलाईन ईन्फर्मेशन प्राईभेट गरेकी रैछ। एकदिन अचानक उसैले अनुवार पुस्तिकामा फ्रेण्ड रिक्वेस्ट पठाई। मैँले एसेप्ट गरे। अब ढुक्क साथ उसको प्रोफाईल खोतल्ने स्वतन्त्रता उसैले प्रदान गरी। सुरक्क्षा दुबईको मिरडीफ भन्ने ठाउँमा रहेको मर्नीङ्ग ग्लोरी हेल्थ क्लब एण्ड स्पामा एज अ जुम्बा ईन्सटक्टर कार्यरत रैछ। उसको तस्विरहरु हेरे। सुरक्क्षा कता कता मन पर्न थाली। बिस्तारै मोवाईलमा टल्क हुन थाल्यो। ह्वाटस एपमा च्याट गर्न थालीयो। उसको एभ्री फ्राईडे बिदा पर्दो रहेछ। परिचय भएको एक महिना पश्चात हाम्रो भेटने प्लान भयो। उसले मलाई वर दुबई बोलाई। दुई घण्टाको यात्रा छिचोलेर म उसलाई भेटन वर दुबई पुगे। फेब्रुअरीको मौसम भएकाले गर्मी खासै थिएन। हावा चली रहेको थियो। शुक्रवारको दिन भएकाले हरेक हप्ता झैँ अल घुबैबा पार्कमा नेपालीहरुको घुँईचो थियो। म शितलमा उभिएर उसको ई्न्तजार, ईन्तजार हैन होला सायद म उसको प्रतीक्षा गरीरहेको थिए। ग्रिन कलरको स्वेटर, ब्लाक कलरको टाईट जिन्श लगाएकी एक युवती पर बाट मन्द मुस्कान छोडदै आईरहेको सनग्लाशको कालो सिसा बाट मेरा नयनहरुले अवलोकन गरीरहेका थिए। उक्त युवती मेरै छेउ बाट मलाई छिचोलेर अगाडि बढी।र, केही पर पुगेर एक युवक सँग अँकमाल गरि। सनग्लाश खोलेर उक्त युवती तिर हेरे। उफफफ थ्याङ्क गड! उक्त युवती सुरक्क्षा थिईन। अचानक सुकोमल प्रेमिल अउलाहरुले मेरो दुबै नेत्र बन्द गरीदिए। अउलाका कापहरु बाट सुगन्धित सुन्तलाको खुश्बु आईरहेको थियो। म बोल्न बाध्य भए, "सुरक्क्षा!" उसले बिस्तारै अउलाहरु मेरो नेत्र बाट हटाई। उसको पहिलो वाक्यांश थियो, "रोहन, तिमी त क्या टल अनि क्या हेण्डसम! फेसबुकको पिकमा भन्दा त रियल मैँ राम्रो देखीने यार तिमी त।" म मुसकुराई रहे। उ पनि सोचे भन्दा सुन्दर निक्लि। उसले सेतो रङ्गमा पहेँलो फूलहरु अंकित कुर्था, पहेँलो रङगको सल र सुरुवाल लगाएकी थिई। कपाल खुल्ला छोडेकाले हावाको झोक्काहरुले उसको कपाल उडाएर अनुवार तिर ल्याउथ्यो। उ हत्तपत्त हातले कपाल मिलाउथी। उसले मेरो हातमा भएको सनग्लाश लिई र लगाउदै भनी, "कस्तो देखीयो?" मेरो मुख बाट आवाज फुत्कियो, "परफेक्ट!" उसले मेरो अउलाहरुमा आफ्ना प्रेमील अउलाहरु बिस्तारै पसाई।र, कसेर समाउदै बोली, "सुनन, नाउ चढने ल! क्या मज्जा आउँछ।" मैँले मौन सहमती जनाए। हामी नाउ स्टेशन तिर गई रहदा चार पाँच जानाको ग्रुपमा रहेको एक नेपाली युवक हामी तिर हेर्दै बोल्यो, "म्याचीश, हेर्न केटाहरु त्यसले क्या सहि छम्मा घुमाईरा। हाम्रो लाईफ त सिंगलै कटने भो।" हामी ओल्ड सुकको उडन कभरेड गल्ली भित्र छिर्यौ। जहाँ अधीकाँश पाकीस्तानी मुलका मानीसहरुको लुगा कपडा, फुटवेयरहरुको पसल छ। एउटा फुटवेयर पसल भित्र बाट गाना यसप्रकारले गुन्जिरहेको थियो।
रङ्गी सारी गुलाबी चुनरीया रे!
मोहे मारे नजरीया, सावरीया रे!
जाओ जी जाओ करो ना बातेया
जाओ जी करो नही बातेया
ए जी बाली, ए जी बाली
हे मोरी उमरीया रे!
वोल्ड सुकको गल्लीमा प्रशस्त मात्रामा चाईनिज, जापनीज, कोरीयन र पश्चिमा मुलका मानीसहरुको घुँईचो थियो। यत्तीकैमा सुरक्क्षा बोली, "तिमी लाई ठमेल पुगे जस्तो लागेन यहाँ आउदा?" म बोले, "म पनि त्यहि भन्न लागीरहेको थिए। ठिक्क तिमीले भनी हाल्यौ।" केही मिनेट पछी हामी बोट स्टेशन पुग्यौ। समुन्द्रको वरपर आगन्तुक चराहरु बे प्रवाह उडीरहेका थिए। मैँले चराहरु तिर हेर्दै भने, "यी आगन्तुक चराहरु हुन। कयौँ माईल पार गरी यहाँ रमाउन आएका छन। रमाईलो गरी सकेपछी यीनीहरु आफ्नै बासस्थानमा फर्कन्छन। सुरक्क्षा तिमी पनि यी आगन्तुक चरा झैँ मेरो लाईफमा त आएकी हैनौँ नि?" सुरक्क्षा मेरो कुराले रत्ती भर गम्भीर देखीईन। उल्टै हाँस्दै भनी, "अच्छा! राईटर हुनु पर्ने तिमी त, बबाल साहित्यिक गफ दिदो रैछौ। चाँडो आउ नाउ चढन मन लागी सक्यो आँफुलाई।" उसले डोर्याउदै नाउ भए तिर लागि। मान्छे भरेर एउटा नाउ त्यहाँ बाट हिडयो। अर्को खाली नाउमा मान्छेहरु चढन थाले। हामी पनि नाउमा चढ्यौँ। "कति सस्तो! वान दिराम तिरेपछी दस पन्ध्र मिनेट समुन्द्र माथी यात्रा गर्न पाईने।" मैँले वालेट झिक्दा नझिक्दै दुईटा वान दिरामको कोईन झिकेर सुरक्क्षाले नाउवाला लाई दिई। मैँले उ तिर हेरे। उसले चश्मा अलीकती तल तिर झुकाएर मलाई हेरी। उसको हेजलनट कलरको आँखाको नानीले अझ उ प्रती आकर्षीत तुल्यायो। उ मुसकुराई। नाउ समुन्द्र माथी तैँरीदै अगाडि बढयो। सुरक्क्षा एक्साईटेड हुँदै उसको र मेरो सेल्फी लिन थाली। नाउ देयरा ओल्ड सुक बोट स्टेशनमा गएर रोकियो। नाउ बाट ओर्लेर हामी देयरा गोल्ड मार्केट घुम्यौ। वर दुबई फर्किनका लागी मेट्रो चढने हाम्रो सल्लाह भयो। त्यसै अनुरुप देयरा स्थित बनयास स्कवायर मेट्रो स्टेशन भित्र पस्यौ। मेट्रो कार्ड स्वाईप गरेर अण्डरग्राउण्ड परिसरमा उभिएर मेट्रो वेट गर्न थाल्यौ। क्रीक जाने मेट्रो आएर रोकियो। सुरक्क्षा र म हतार हतार मेट्रो भित्र पस्यौ। शुक्रबार भएकाले मेट्रो साबीकको भन्दा भिड थियो। मेट्रोको डोर बन्द भयो। मेट्रो अगाडि बढयो। सुरक्क्षाले लगाएको ईयरफोन मध्ये एउटा मेरो कानमा लगाईदी। अरजीतको तत्कालिन चर्चीत गीतहरु एक पछी अर्को गर्दै बजीरहेको थियो। भिडभाड भएकाले उसको लेफ्ट पट्टीको स्तनले घरीघरी मेरो राईट पट्टीको आर्ममा छुई रहेको थियो। एक अधबैँशे पाकिस्तान मुलको पठ्ठानले सुरक्क्षा तिर एक टक्कले हेरी रहेको थियो। पाल्म देयरा र अल रस दुई वटा मेट्रो स्टेशन पार गरेपछी, मेट्रो अनाउन्समेन्ट भ्वाईस पहिला अरबीमा गुन्जियो, "अल माहाता अल कदिमा हिया अल घुबैबा।" यसपश्चात अनाउन्समेन्ट अंग्रेजीमा गुन्जियो, "द नेक्स्ट स्टेसन ईज अल घुबैबा।" मेट्रोको ढोका खुल्यो। हामी कार्ड स्वाईप गरेर अल घुबैबा मेट्रो स्टेशन बाट बाहिर निस्कियौँ। घाम अरबको खाडी बाट आफ्नो ड्युटी सकाएर पश्चिमा मुलक तिर झुल्कन गएकाले होला, झमक्क साँझ पर्न लागेको थियो। शहरमा लाईटहरु बल्न सुरु भैँ सकेका थिए। हामी सामुन्द्रीक किनार छेउमा भएको हुक्का पाउने ठाउँमा गयौँ। चिकेन सोरमा, ग्रिन टी र हुक्का मगायौँ। सामुन्द्रीक शितल हावाको साथ हुक्का तान्दै गफीन साँच्चै नै आनन्द आईरहेको थियो। एकघण्टा पश्चात् उसलाई पुन अल घुबैबा मेट्रो स्टेशनको अन्डरग्राउण्ड परीसर सम्म छोडन लाई गए। अल क्वसिस जाने मेट्रो आयो। उसले टाईट हक गरि, घाँटीमा किस गरि।र, हात हल्लाउदै मेट्रोमा प्रवेश गरी। म मेट्रो स्टेशन बाट बाहर निक्लिएर आबुधाबी जाने बसमा चढे। यात्रा भरी मथीँगलमा कुराहरु खेली रहे। आखिर पहिलो भेटमै सुरक्क्षा म सँग खुलेर किन प्रस्तुत भई? मेरो हात किन त्यति कसेर समाती? किस गर्न जरुरत थियो र? म रुममा पुग्न साथ ह्वाटस एपमा म्यासेजको नोटिफिकेशन देखायो। सुरक्क्षाको म्यासेज रहेछ। म्यासेजमा उसले बोटमा खिचे जति उसको र मेरो सबै सेल्फी पठाएकी रैछ। उसले टेक्सटमा लेखीकी थिई, "राजकुमार अउर राजकुमारीका सामुन्द्रीक सफर" मैँले हाँसेको ईमोजी पठाए। यसै गरि च्याट र मोवाईलमा हाम्रो कुरा भईरहेता पनि प्रत्यक्ष भेट नभएको लगभग चार महिना बितीसकेको थियो। उसले आबुधाबी आउने ईच्छा गरी। मैँले ओके गरे। उ मलाई भेटन लाई आई। रमजानको समय, अत्याधीक गर्मी थियो। शहरमा प्राय जसो होटलहरु बन्द थिए। एउटा भेजीटेरीयन राजस्थानी होटल खुल्ला रहेछ। त्यहि होटलमा छिरेर सँगै खाना खायौँ। उसले भनी, "रोहन मेरो ब्याक पेन भई राछ।" म झस्किदै, " ब्याक पेन भा बेला त्यत्रो टाढा बाट ट्राभल गरेर आउनुको साटो मै आउथे नि।" उ मुसकुराउदै, "ईटस ओके!" खाना खाए पश्चात सिनेमा थिएटर गयौँ। विधा बालन र ईमारन हस्मी स्टारर हमारी अधुरी कहानी हेर्यौ। साँढे पाँच बजे बस चढेर उ दुबई फर्की। यसै गरि बेला बेलामा हाम्रो भेट हुने गर्थ्यो। टु थाउजण्ड सिक्सटिन जनवरीमा उसलाई भेटन म वर दुबई पुगे। उ सँगको त्यो अन्तिम भेट थियो। त्यस भेटमा उसले लगाएको परफ्युमको सुगन्ध सँगै मिसीएर उ केही बदलिएको गन्ध आईरहेको थियो। मैँले मुभी हेर्ने चाह गरे। उसले फ्रेण्डहरु सँग भेटन जानुछ भनेर बाहाना बनाई। म कमबक्तलाई के थाहा, उ फ्रेण्डको बाहाना बनाएर ब्वाईफ्रेण्ड सँग भेटन जादैछे भनेर। छुट्टीने बेलामा उसले भ्यालेन्टाईनमा आबुधाबी भेटने आउने वाचा गरि। तर मलाई उ भेटन आउली भनेर रत्ती भर आश थिएन। बिस्तारै उसले मेरो कलहरु रिसीभ गर्न छाडी। म्यासेज सिन गरेर रिप्लाई गर्न छाडी। लाग्यो उसले मेरो ईमोशन सँग खेलीरहेकी छे। सोचे, ईमोशन नामक गेमको इनवेन्ट गरेर, गेमको रिक्वेस्ट उसलाई पठाउ। किनकी ईमोसन सँग खेल्न उ जत्तीको इक्सपर्ट सायदै अरु कोही होलान? उसले प्रोफाईल पिक्चरमा एक ईण्डियन मुलको युवक सँग खिचेको तस्विर राख्दै क्यापसन लेखीकी रैछ, " यु आर माई ह्यापिनेस डियर आकाश।" मनमा अनेकौँ ज्वारभाटाहरु चल्न थाल्यो। दिल त्यसै जल्न थाल्यो। सोचे, सेल्फ रेसपेक्टको नि कुरा हुन्छ यार! जिउन दे साला उसलाइ आफ्नो जिन्दगी। टाईट, फिट नहुने जुत्तामा खुट्टा पसाउदा खुट्टा दुख्छ भन्ने त थाहा थियो तर फिट नहुने युवतीमा प्रेम पसाउदा, दिल दुख्ला भनेर कहिल्यै सोचीन। हिन्दु रिवाज अनुसार विवाह एक परम्परा हो। एक प्राकृतीक प्रक्रीया हो। म कुनै पनि हालतमा धर्म र प्रकृतीको खिलाफ जाने छैन। एकदिन अवश्य म पनि विवाह गर्नेछु, त्यसमा दुई मत छैन। जसरी ट्रिगर दबाए पछी पेश्तोल बाट गोली निस्किन्छ, त्यसैगरी विवाह पश्चात् सन्तान हुनु नौँलो कुरै भएन। केही अपवादहरुले डेरा जमाएनन भने मेरो पनि सन्तान अवश्य हुनेछ। यदि सन्तानको रुपमा छोरीको आगमन भएछ भने त्यो अहोभाग्य हुनेछ। जब छोरी बुझ्ने हुनेछीन तब उनलाई उपदेश दिदै भन्नेछु, छोरी, यदि तिमीलाई कुनै युवकले सहि ईन्टेन्शन राखेर तिमी सँग प्रेम गर्छ भने उसको प्रेमलाई नटुक्राउनु किनकी असल मान्छेहरु बार बार ढोका नक गर्दै आउने छैनन। दिल अजीब चिज हुन्छ छोरी, यो टुक्रा टुक्रा भएर टुक्रिदा पनि आवाज भने पटक्कै आउदैन। साँचो माया गर्ने प्रेमीको दिल टुक्रिदा कस्तो हुन्छ त्यो तिम्रो ड्याडीलाई बाहेक अरु कसलाई थाहा होला र? छोरीले मेरो उपदेशलाई ईन्कार गर्ने छैन किनकि उसमा धोकेबाजको रगत हुने छैन। उसमा मेरो रगत हुनेछ। एक सच्चा प्रेमीको रगत।
।।यादहरुको टुर पश्चात् ।।
डनहिलको चुरोट फिल्टर पुग्न लागेकाले अउलामा नमाज्जाले पोल्यो। म झसंग भएर फ्लास ब्याक बाट फर्कीए। रिसको झोकमा चुरोटको ठुटा मिल्काईदिए। ईयरफोनमा यसप्रकारले गाना गुन्जीरहेको रहेछ।
सुहागरात हे घुंघट उठाराहा हु मे।
सुहागरात हे घुंघट उठाराहा हु मे।
सिमट रहि हे तु सरमा के अपने बाहो मे।
गाना सुनेर भाउन्न रिस उठयो। बेला न को बेला कसको घुंघट उठाउनु? घण्टाको सुहागरात? गोजी बाट मोवाईल झिकेर म्युजिक प्लेयर अफ गरीदिए। कान बाट ईयरफोन थुतेर निकाले। ईयरफोन गुजुल्टियाएर मोवाईल सहित गोजीमा हाले। चुरोटको पोलाई अझै कम भएको थिएन। हैन साला म वर दुबई किन आए? के को लागि आए? आजकाल फेरि मलाई विर्षीने बानी लाग्या छ। हिडदा हिडदै कहाँ जानको लागि हिडेको भनेर गन्तव्य विर्षन थाल्या छु। अस्ती त आफ्नै प्रतिविम्ब ऐनामा देखेर को होस भनेर सोधे। सायद यो कुनै मानसिक विचलनको लक्षण होला। सायद म पागल भएको हुँला। तर पनि ठमठम हिडेकै छु। टन्न खाना रुचेकै छ। सिक्स प्याक छ। जागीरमा कसैको शिकायत छैन। सास फेरेकै छु। आँ पागलै भए पनि घण्टै सित्ती! विर्षीने बानी लागे पनि वर दुबईले आज मलाई मेरो विगत सम्झाईदियो। लाग्यो कुनै पैसठ्ठी ईन्चको यु एच डि टेलिभिजन अगाडि मेरो र सुरक्क्षाको लभ स्टोरी ड्रामा हेरीरहेको छु। सुरक्क्षा सँग सम्पर्क बिहिन भएको पनि एक वर्ष भएछ। यतिन्जेल सम्म उसले थुप्रै केटाहरु फेरीसकी होली? सुरक्क्षा जस्ता साथीर र चलाख युवतीहरुको ब्वाईफ्रेण्ड हुदैनन। त्यस्ता युवतीहरुको त कस्टोमर हुन्छन, कस्टोमर। घडी हेरे, पाँच पैँतिस भएको रहेछ। यत्तीकैमा केही अश्लिल र भद्धा वाक्यहरु कानमा पर्यो। केही अगाडि पट्टि पार्कको चौरमा चार जाना नेपाली लेडिजहरु बसीरहेका थिए। उनीहरुले सायद मलाई नेपाली भनी ठानेन होला, त्यसैले त अश्लिल भाषाहरु बे प्रवाह बोलीरहेका थिए। चार जाना मध्ये तीन जाना आर्यन फेशका विवाहित महिला जस्ता देखिन्थे। एक जाना युवती मंगोलियन फेशकी उमेर करीब एक्काईस बाईस वर्षको हुदो हो। मेरो विचारमा उक्त युवती अविवाहित थिईन। उनीहरुको छेउमा कोकको जम्बो बोतल र लेजका प्याकेटहरु थिए। उनिहरु घरी लेज चपाउथे त घरी कोक पिउथे। यत्तीकैमा चार जाना मध्य मोटी महिलाले घडी हेर्दै बोलीन, "आज मोहिमले कारमा घुमाउन लान्छु भन्या छ। थाहा छ, मोहिम पाकिस्तानी भए पनि मलाई कत्ती माया गर्छ। त्यति माया त मेरो पहिलाको बुढोले पनि गर्या थिएन।" ती मोटी महिलाको छेउमा बसेकी अर्की महिला बोल्छीन," नेपाली लोग्ने मान्छेहरुको त व्योहोरै हुदैन। साला त्यो लोग्ने भनौदो राजु, काठमान्डौमा ब्युटी पार्लर चलाएर बसेकी थिए। राम्रै व्यापार हुन्थ्यो। जहिल्यै आएर ड्रग्स खानका लागि पैसा झिक्दै, कुटदै जान्थ्यो। सहन नसके पछी छोरी चाहिँ लाई माईतमा छाडेर विदेश आउनु पर्यो। मेरो ब्वाईफ्रेण्ड केरेलाको भए पनि खुब माया गर्छ। यो मोवाईल पनि उसैले गिफ्ट देको। आज फिलीम हेर्न जाने भनेको छ।" यत्तीकैमा तेस्री महिला बोल्छिन, "तिमरले ठिक भन्यौ। मैँले पनि बेलैमा लोग्ने छोडेर यता नआको भए त्यो हरामीले मलाई मारीसक्थ्यो। अहिले त ढुक्क छ। माया गर्ने केटो पाएको छु। बंगलादेश कैँ भए पनि मज्जाको छ। सेक्स गर्नमा पनि माहिर छ। पुर्ण यौन सन्तुष्टि दिन्छ बई!" मंगोलीयन फेशकी युवती बोल्छे, "जितेन नेपाली नैँ भए पनि खुब माया गर्छ मलाई। यसपाली सँगै छुट्टी गएर बिहे गर्ने कुरा भाछ।" मोटी महिला बोल्छिन, " गर गर बहिनी बिहे गर। पछी नेपाली केटा कस्ता हुन्छन थाहा पाउछौ।" यत्तीकैमा अचानक म वर दुबई किन आए, मैँले सम्झिए। म मेरो आत्मिय दाइ, योगेन पौडेलाई भेटन आएको हुँ नि! योगेन दाइले वर दुबईमा वेट गर्दै गर्नु म ड्युटी सकाएर तिमीलाई लिन आउछु भनेको सम्झिए। योगेन दाइ लाई कल गरे तर लागेन। यत्तीकैमा मोटी महिला बसेको ठाउँ बाट उठेर एउटा कार भित्र छिरीन। कार अगाडि बढ्यो। सायद उक्त कार मोहिमको थियो। अर्को कार आएर रोकियो। कालो वर्णको, फ्रेन्च कट दाह्री राखेको केरेलियन पुरुष उक्त कारमा थियो। दोस्री महिला उठेर कार भए तिर गइन।र, कारमा चढीन। कार अगाडि बढयो। अब चार जाना मध्य दुई जाना बाँकी रहे। पुन अर्को कार आएर रोकियो। तेस्री महिला खुशी हुँदै उक्त कारमा गएर बसिन। बंगलादेशी पुरुष र उक्त महिला बिच केही वार्तालाप भो। दुबै जाना हाँसे। कार अगाडि बढयो। अब बाँकी रहिन ती मंगोलियन फेश कि युवती। युवती घरी मोवाईल कानमा लगेर राख्थिन त घरी घडी तिर पुलुक्क हेर्थीन। सायद उनी जितेनको पर्खाइमा थिईन। उनमा एक प्रकारको छटपटाहट देखिन्थ्यो। उनको अगाडि बाट तीन जाना नेपाली युवक बोल्दै गए। उनीहरु भन्दै थिए, "साला खैँ कति बोतल पिएको थियो कुन्नी, मातेको तालमा जितेनले सुपर भाईजरलाई नाईफ हानी ओरी मार्देछ। झुण्डयाउने भए सालालाई फाँशीको फन्दामा" यति सुन्ना साथ युवती अत्तालीदै उठछे, "एक्सक्युजमी! दाइहरु।" केही पर पुगेका तिन जाना युवकहरु पछाडी फर्कन्छन। तीन जाना मध्य एउटा बोल्छ, "ओई यहि केटी हैन दिउसो हामीलाई भैँया भनेर बोलाउने?" युवतीले नजिकै गएर उनीहरु सँग सोध्छे, "तपाईहरुले कुन जितेनको कुरा गर्नु भएको?" दोस्रो युवक बोल्छ, "जितेन तामाङ्ग, पथरी को हातमा बब मार्लीको ट्याटु पनि हान्या छ त्यसले।" युवतीको अनुवारमा कालो बादल मडारिन्छ। ती युवकहरु त्यहाँ बाट जान्छन। उसका सपनाका घरहरु एकैचोटी ढल्छन। उसका आँखा बाट आँशु निक्लिन थाल्छन। मलाई लागीरहेको छ कि गएर उसलाई सम्झाउ। तर मेरा पाईलाहरु अगाडि बढीरहेका छैनन। यस्तो लागीरहेको छ कि मेरा पाईलाहरु जमिन मुनि भाँसिएका छन। उक्त युवती मौन भएर आँशु खसाल्दै रोड तिर गईरहेकी छीन। अगाडि सिग्नलमा स्टपको साईन देखीरहेको छ। युवती सरासर रोड क्रस गर्न थाल्छीन। जसै बिच रोडमा पुग्छीन। पर बाट बत्तासीएर आएको कारले उसलाई ठक्कर दिएर अगाडि बढछ। युवतीको शरीर लगभग छ फिट माथी उडछ। युवती विस्तारै रोड तिर झरीरहेकी छीन। पछाडीका सवारी साधनहरु सबै रोकिएका छन। वरपरका मानीसहरु दगुरेर युवती भए तिर गईरहेका छन। सडकमा सवारी साधनहरु रोकिएकाले जाम भएको छ। सवारी साधनहरु बाट लगातार निक्लिएको हर्नको ध्वनीले वातावरणमा कर्कशता छाएको छ। युवतीको शरीर रोडमा खस्छ। टाउको जोडले रोडमा बजारीन्छ। एकपट्टीको मस्तिष्क बाहिर निक्लीन्छ। टाउको बाट विस्तारै रगत बग्छ। मेरा हात खुट्टाहरु कामी रहेका छन। लागीरहेछ म कुनै अंग्रेजी थ्रिलर सिनेमा हेरीरहेको छु। यत्तीकैमा साईरन बजाउदै प्रहरी आईपुग्छन। जाम भएका गाडीहरुलाई अर्को रोड तिर बाट जाने संकेत गर्छन। पछाडी बाट आवाज आउँछ, " भाइ।" म फनक्क पछाडी फर्कन्छु। पछाडी योगेन दाइ उभिएका छन। म अत्तालीएको अनुवार देखेर योगेन दाइ उत्सुक मुद्रामा, " के भो भाइ, आर यु ओके?" म जवाफ दिने प्रयाश गर्छु। आवाज बल्ल तल्ल निस्किन्छ, "दाइ, मेरै आँखा अगाडि एक नेपाली युवती...." मैँले आफ्नो कुरा पुरा गर्नै नपाई योगेन दाइ बोल्छन, "ह्या भाइ वर दुबईमा प्राय जस्तो नेपालीहरु सडक दुर्घटनामा परीरहेका हुन्छन। कम से कम स्टप को साईन देखाईरा बेला बाटो काटनु हुदैन भन्ने ज्ञान त हुनुपर्छ नि यार!" दाइको कुरा पनि एक तरीकाले सहि थियो। तर पनि त्यो युवतीको वेदना मलाई थाहा थियो। दाइलाई थाहा थिएन। सायद दाइलाई थाहा भएको भए दाइले यति सजिलो गरि भन्ने थिएनन। म एकोहोरीन पुगेछु। योगेन दाइको आवाजले म झस्किए। "भाइ कहाँ डिप सोचीरा? ल हिड जाउँ ढिला हुन लागीसक्यो?" म मसिनो आवाजमा, " कहाँ?" योगेन दाइ मुसकुराउदै, " सप्राईज छ भाइ राजा सप्राईज!" यसपछी योगेन दाइ र म केही पर रहेको क्यारीफोर अगाडी पुग्यौ। मैँले पुन प्रश्न गरे, "दाइ हामी जान चाहिँ कहाँ लाग्या?" योगेन दाइले दुई वटा टिकट देखाउदै, " भाइ हार्ड रक क्याफेमा आतीफ अस्लमको कन्सर्ट छ। त्यहि जान लागेको।" मनमा भएको पिढा केही हल्का भयो। म मुसकुराउदै बोले, " ह्वाट अ सप्राईज्ड यार दाइ! बट पाँ पाँच सय दिराम, यति महंगो टिकट काटन जरुरी थियो र?" योगेन दाइ हाँस्दै, "हातको मैँला सुनको थैँला के गर्नु धनले, आतिफको कन्सर्ट हेरीन्छ हेर भाइ आनन्दी मनले।" ट्याक्शी आएर रोकियो हामी दुबै ट्याक्शीमा चढयौ। योगेन दाइ, "हार्ड रक क्याफे प्लिज!" ड्राईभरले ट्याक्शी हार्ड रक क्याफेको दिशा तर्फ अगाडि बढायो। झमक्क साँझ पर्न लागी सक्या थियो। ट्याक्शी अगाडि बढे सँगै वर दुबई धमीलिदै गयो। शहरमा बत्तीको उज्यालो छाईसकेको थियो तर अनुवारमा उज्यालो छाउन सकेको थिएन। ट्याक्शी बाहिरको दृश्य रोमाञ्चित थियो तर मन रोमाञ्चित हुन सकिरहेको थिएन। मेरो अनुवारको प्रतिविम्ब ड्राईभर मिररमा देखीरहेको थियो। यत्तीकैमा ड्राईभरको छेउमा भएको मोनीटरमा मेरो नजर पर्यो। ड्राईभरको नाम रहेछ, सबीन कार्की। ट्याक्शीमा रेडियो मिर्ची गुन्जिरहेको थियो। हामी नेपालीमा कुरा गरेको सुनेर ड्राईभर बोले, "तपाईहरु त नेपाली पो हुनुहुदो रैछ। म त कन्फ्युज भई रा।" रेडियो मिर्ची बजी रहेकै थियो। ड्राईभरले भल्युम कम गर्दै बोले, "युवतीको बलात्कार पछी हत्या भएको थाहा पाउनु भयो? योगेन दाइ, "थाहा पाईएन त दाइ।" ड्राईभर बोले," मैँले नि आज गल्फ न्युज हेरेर थाहा पाएको। युवतीको ब्वाईफ्रेण्डले मंगलबार राती आफ्नो फ्लाटमा बोलाएर रक्शी पिलाएछ। युवती मातेपछी युवकको अरु तीन जाना साथीहरु सहित पालै पालो बलात्कार गरेछन। युवती भाग्न खोज्दा मातेको सुरमा चार जाना मिलेर युवतीको हत्या गरेछन। युवती मंगलबार र बुधबार सम्पर्क बिहिन भएपछी युवतीका साथीहरुले प्रहरीमा खबर गरेछन। बिहिबार जुमेरा बिचमा मर्नीङ्ग वाकका लागी आउने मानीसहरुले एकदमै दुर्गन्ध आएको महसुस गरे पश्चात् प्रहरीमा खबर गरेछन। दुबई प्रहरीले कुकुर सहित सर्च गर्दा उक्त हराईरहेकी युवतीको लाश जुमेरा बिचको त्यो ढुंगै ढुंगा भएको ठाउँमा नग्न र विभत्स हालमा फेला पारेछन। युवतीको देब्रे स्तन गिद्धहरुले खाईसकेका कारणले खोपिल्टो पर्या थियो रे, प्रहरी घटनास्थलमा पुग्दा युवतीको दुबै आँखा गिद्धहरुले निकालेर खादै थिए रे।" योगेन दाइको उत्सुकता चुलीयो, "हैट कस्तो डरलाग्दो घटना। केटी कुन देशकी रैछ?" ड्राईभर, "नेपाल।" योगेन दाइ केही दुखीत हुदैँ, नेपाल पो! अनि बलात्कारीहरु?" ड्राईभर, " बलात्कारी चारैजाना ईण्डियन मुलका रहेछन।" योगेन दाइ, "केटीको नाम चाहिँ के रैछ दाइ? ड्राईभर, "नाम के पो थियो? सु अँ सुरक्क्षा पराजुली।" सुरक्क्षाको नाम सुन्ना साथ योगेन दाइले म तिर हेरे। मलाई सुरक्क्षाको हत्याको खबरले कति पनि विचलीत बनाएन। मैँले उसको खातीर जती आँशु झार्नु थियो झारीसकेको थिए। मेरो मन उसले नै ढुंगा बनाएकी थिई। ढुंगा बाट आँशु निक्लिन सम्भव थिएन। मलाई पिढा त्यो अन्जान युवतीको दुर्घटनाको थियो। जसको वेदना र मृत्युको साक्षी म थिए। यत्तीकैमा ड्राईभरले भल्युम बढाए।
"आप लोग सुनरहे हे रेडियो मिर्ची एट्टी एट पईन्ट एट मेघाहर्ज। मे गरिमा, एक घण्टे तक मेरे साथ आप लोग सुन सकते हे सदाबहार हिन्दी सङग। काउन्ट डाउनके सुरुवात मे पेश कर्ने जारहि हुँ किशोर दा के ए सङ्ग!"
यसप्रकारले गाना गुन्जीयो।
ए जीवन हे, यिस जिवनका
यहि हे, यहि हे रंग रुप।
थोडी गम हे, थोडी खुशीया
यहि हे, यहि हे, यहि हे छाओ धुप।
मगरिब नमाजको समय भएको थियो। मस्जिद बाट प्राथनाको लागि यसप्रकारले आवाज आईरहेको थियो।
अल्लाहु अकबर, अल्लाहु अकबर
आसादु अल्ला ईलाह ईलाल-लाह
असादु आना मुहम्दर रसुल-लाह
मानीसहरु नमाज अदा गर्न मस्जिद तर्फ गईरहेको ट्याक्शी भित्र बाट मैँले अवलोकन गरीरहेको थिए। यत्तीकैमा ट्याक्शी हार्ड रक क्याफे अगाडि पुगेर रोकियो।
No comments:
Post a Comment