Thursday, 20 July 2017

२०७३ श्रावण १ (संक्रान्ति) 
वरिपरि बाट भाटाले बारेको, खिया लागेको टिनले छानो छाएको, एउटा अती सामान्य घर अगाडि स्थानीय मानीसहरुको भिड लागेको छ। ती तमाम मानीसहरुको अनुवारमा एक प्रकारको सन्नटा र भावुकता छाएको छ।   दुर्गन्धित किसिमको बदफु उक्त माहोलमा यसरी फैलिएको छ कि महिलाहरु मध्य कसैले सारीको सप्कोले त कसैले सलले नाख छोपेका छन। पुरुष तथा स- साना बच्चारु हात र रुमालले नाख छोप्न बाध्य भएका छन। यति हुँदा हुँदै पनि आँखा भने हर सबको रसाएको छ। यत्तिकैमा ईलाका प्रहरी कार्यलय बिर्तामोडको भेन आएर घर अगाडी रोकीन्छ। बस्तीको कुनै कुना बाट मधुर एक दमै मधुर ध्वनीमा, कर्ण दासको कर्णप्रिय आवाजमा यसप्रकारले गाना गुन्जिरहेको छ।

मान्छेले चाहेको त्यो कहाँ पुग्छ र,
न त कहिले पुग्ने नै छ।  
हरेक जीवन, जिउनको निम्ति, 
सम्झौत त हुने नै छ।
जुन हेरे जुनै राम्रो, घाम हेरे पनि त्यस्तै। 
मृत्यु पछि हे आम्मै, किन सबै रित्तै?

एक महिना पहिले
सुनसान एकदमै सुनसान र विशाल मरुभुमी, मध्यान्हको चर्को घाम अनि धेरै टाढा देखिरहेको मस्जिद। दुर दुर सम्म कुनै जीव जन्तु या मानव अस्तीत्व देखीएका छैनन। अचानक घण्टीहरु बजे जस्तो आवाज सुनीन्छ। अनी देखा पर्छ एउटा ऊठ। यसपछी एक एक गरि पन्ध्र वटा जति ऊठ देखा पर्छन। सबैको घाँटीमा मसिना घण्टीहरु झुण्डिएका छन। ती ऊठहरुका पछी पछी हिडीरहेको छ एक मानिस। जसको कपाल एकदमै लामो र धुलाम्मे छ। कपडा मैँलो र च्यातीएको छ। चप्पलको लोती छिनेकाले, उसले चप्पलमा कपडाको लोती लगाएको छ। उसका हात खुट्टाका नङ्हरु बिछीट्टै लामा छन। उसको शारीरिक हालत देख्दा लाग्छ, उसले कैँयो रात अनिदो र भोक भोकै गुजारेको हुँदो हो। उ आफ्नो शरीर बाट पसिना खसाउदै हिडीरहेको छ, तप.. तप .. तप्प। मरुभुमीमा खसेका पसीना बाट अजिब किसीमको दुई वटा तीखो, लाम्चो पात भएका हरिया बिरुवा उम्रिदै गईरहेका छन। ऊठहरुले उसलाई छोडेर धेरै टाढा पुगीसकेका छन। उसलाई बेजोड रिंगटा चल्छ।र, उ ढल्छ। पन्ध्र वटा ऊठहरु मध्य अन्तिमको सानो ऊठले पछाडी फर्कीएर उक्त मानीसलाई हेर्छ।र, पुन अगाडि बढछ। उक्त मानीसको शरीरमा, माथी बाट उडदै उडदै तल तिर आईरहेको एकदमै विशाल गिद्धको छाँया परिरहेको छ। गिद्ध आएर उक्त मानीसको शरीर माथी बस्छ। एक एक गरि पाँच वटा उत्रै साईजका गिद्धहरु त्यहाँ जम्मा हुन्छन।र, उक्त मानीसको शरीरमा बाँकी रहेको मासुहरु लुछन थाल्छन।

पुरानो काठको टेबुलमा, पानासोनीकको चौध ईन्चको रंगीन टि.भी. छ। टि भी को  छेउमा भएको टेबुल घडीले बिहानको साँढे पाँच बजाएको छ। खाटमा सुतीरहेकी करीबन बत्तीस उमेरकी एक महिला अत्तालिदै उठछीन। उनको धडकन रफ्तारमा धडकीरहेको छ। अनुवारमा पिढा झल्किएको छ र मनमा आगो सल्किएको छ। उनले एकदमै भयानक सपना देखेकी छिन। जुन मैँले माथी चर्चा गरे नि, पाँच वटा गिद्धले मरुभुमीमा ढलेको मानीसको बचे कुचेको मासु लुछेको, हो त्यो यिनै महिलाले देखेको भयानक सपना हो। सपनामा यीनले देखेको त्यो मानिस यीनकै श्रीमान, श्री चक्र प्रसाद घिमीरे हुन। अनि यी सुन्दर महिला हुन वृन्दा, वृन्दा घिमीरे। वृन्दाको अनुवार बाट चिट चिट पसिना निक्लिएको छ। वृन्दाले तावेल खोज्छीन। तावेल उनको छेउमा सुतीरहेको, पाँच वर्षीय सुपुत्र श्री सुमन घिमीरेको टाउकोले किचीएको छ। वृन्दाले विस्तारै सुमनको टाउको मुनी बाट तावेल झिक्छीन र पसिना पुस्छीन। दुई दिन देखि लगातर सिमसिमे पानी परीरहेको छ। पानी रोकीने छाँट काँट छैन। वृन्दाले छाना तिर हेर्छीन। टिन निकै नै पुरानो भएर ठाउँ ठाउँमा प्वाल परेकाले, पानी नचुहियोस भनेर प्रत्येक प्वालहरुमा वृन्दाले बनेना चुँईगम टाँसेकी छीन। राती सुत्ने बेलामा, केही ठुलै प्वाल परेको टिनको ठिक मुन्तिर वृन्दाले राखेको रातो बाल्टी र निलो बाटामा पानी भरीएर पोखीन थाल्या छ। यति देख्ना साथ वृन्दा हतार हतार उठछीन। बाल्टी र बाटाको पानी लगेर बाहिर फ्याल्छीन। पुन बाल्टी र बाटा लगेर ठिक पहिलेकै ठाउँमा राखी पाईखाना तिर प्रस्थान गर्छीन। बाहिर पुरै जलमग्न भएको छ। कोक, फ्यान्टा, स्प्राईटका बोतल, पुराना चप्पल, तेलका पँहेला जर्कीन पानी माथी तैरि रहेका छन। वृन्दाले पाईखानाको दरवाजा खोलेर भित्र पस्छीन।र, दरवाजा बन्द गर्छीन। एकाएक वृन्दाको मनमा दुई वटा डरले डेरा जमाउछ। पहिलो डर, छेव‌ैको खोला फुटेर बाढी आउने हो कि भन्ने र दोस्रो, साहुदीमा भएका उनको श्रीमान चक्र प्रसाद दुई दिन देखी सम्पर्क बिहिन भएकोमा श्रीमानको अवस्था कस्तो होला भन्ने डर। साला यो डर भन्ने चिज बडा ठूलो सैतान हो। यसले मनमा डेरा जमाउन थाले पछी सुरु हुन्छन अनेक किसीमका मानसिक रोगहरु। एकैछीन हैँ... मलाई कसैले बोलाएको हो कि जस्तो लाग्यो। करीब हप्ता दिन भयो, कसैले मेरो नाम पुकार्छ। म झ्याल उघारेर बाहिर तिर हेर्छु तर बाहिर कोहि पनि हुदैन। यो बोलाउने स्वर ठ्याक्कै मेरी श्रीमती फुङसामा लिम्बुको जस्तै लाग्छ। फुङसामाले बैशाख बाह्रको महाभुकम्पमा परि प्राण त्याग्या थिईन। बैशाख बाह्रको दिन हामी लोग्ने स्वास्नी पहिलो पटक भिमसेन स्तम्भ चढया थियौ। भिमसेन स्तम्भ बाट काठमाडौ नियाल्दै गर्दा निर्दयी भुँईचालो आई त गो। त्यसपछी के के भो केहि थाहा छैन। म बाँचे तर उ... म यो सबै कुरा तपाईहरुलाई किन बताई राछु? माफ गर्नु होला मेरो व्यक्तीगत जीवनको कुनै पाटोलाई चामल केलाए झैँ केलाउन पुगेछु। तपाईहरुको अमुल्य समय खेर गएकोमा माफी चाहान्छु। के गर्नु यो ह्विस्की जती जति भित्र जान्छ, भित्र गुसम्सिएर बसेका कुराहरु बहिर निकाली दिन्छ। अँ साँच्ची म के पो भन्दै थिए? उममम... अँ वृन्दा, उ पाईखाना बाट बाहिर निक्लिन, शरीरको केही बोझ हल्का गरेर तर उनको मन हल्का हुन सक्या छैन। मनमा डढेलो लागी विशाल रुप लिन थालीसकेको छ। वृन्दा कोठामा पस्छीन। सुमन मस्त निदाईरहेको छ। वृन्दाको नजर टि.भी. माथी झुण्डीएको फोटो फ्रेममा पर्छ। फोटो फ्रेम भित्र वरमाला छ, वरमालाको बिचमा वृन्दा र चक्र प्रसादको विवाहको तस्विर छ। दुबै जाना तस्विरमा एकदमै खुशी देखिएका छन। चक्र प्रसाद झट्ट हेर्दा नेपाली सिनेमाको भर्सटायल अभिनेता बिपिन कार्की जस्तै देखिन्छन। वृन्दा पनि मलाई कता कता नेपाली सिनेमाकी नव उदयमान नायीका सुरक्षा पन्त जस्तै लाग्छ। तर वृन्दा सुरक्षा जत्तिकै गोरी छैनन। वृन्दाको देब्रे पट्टीको गालामा घर व्यवहारको चिन्ता र अनेक दुख पिढाले गर्दा होला, पोतो निक्लिएको छ। वृन्दा, सुरक्षा पन्त भन्दा केही अग्ली र पातली छीन। बत्तिस वर्ष पुगेकी विवाहित, एक सन्तानकी आमा भएता पनि वृन्दाको सेक्स अपिलीङ्ग कुनै टिनेजर युवती भन्दा कम छैन। उनको सुन्दरता र सेक्स अपिलीङ्गले गर्दा उनले धेरै पटक यौन हिंसाको सिकार हुनु परेको छ। वृन्दाको जेठ्ठाजु यानीकी चक्र प्रसादको जेठो दाइ, जो झापा जिल्लाका वरिष्ठ नेता हुन। वृन्दा तिनै जेठ्ठाजुको घरमा खाना पकाउने तथा सरसफाईको काम गर्थीन। तीन महिना अगाडि घरमा कोही नभएको मौकामा, पैसाको प्रलोभन देखाई जेठ्ठाजुले उनी माथी शारीरिक सम्पर्कको प्रयास गरेका थिए। तर उनले सक्त प्रतीकार गरि, जेठ्ठाजुको घरमा काम गर्न जानै छोडीदीईन। यसपछी उनले स्थानीय अस्पतालमा क्लिनर गर्लको रुपमा काम गरीन। त्यहाँ पनि वरीष्ठ सर्जन बाट उनी माथी उस्तै कर्तुत दोहोरियो। उनले क्लिनर गर्लको जागीर पनि छाडीदीईन। आजकाल वृन्दा बिस्कुट फ्याक्ट्रीमा बिस्कुट प्याकीङ्ग गर्ने काम गर्छीन। पुरानो लेडीज साईकीलमा नौँ बजे फ्याक्ट्री पुग्छीन। सुमनलाई पछाडी केरियरमा राखेर स्थानिय सरकारी स्कुल सम्म छाडदीन्छीन।र, बेलका चार बजे फ्याक्ट्री बाट फर्कीदा सुमनलाई पुन स्कुल बाट पिक गरेर घर फर्कीन्छीन। आजभोली यो उनको दैनिकी भएको छ। लगातार दुई दिने वर्षाका कारण, बिस्कुट फ्याक्ट्रीको भट्टीमा पानी पसेकाले फ्याक्ट्री बन्द छ। सुमनको स्कुल बिदा  छ। वृन्दा चक्र प्रसादको कल आउला कि भनेर ईन्तजार गरि रहेकी छिन।

टि.भी. को छेउमा भएको टेबुल घडीले रातको साँढे आठ बजाएको छ। कोठामा एउटा ममबत्ती जली रहेको छ। जसको प्रकाशले कोठामा उज्यालो छाएको छ। खानपिन सकेर वृन्दा र सुमन खाटमा ढल्किएका छन। वृन्दाले सुमनको कपाल सहलाई रहेकी छिन। तप्प तप्प गर्दै बाटा र बाल्टीमा पानी चुहिएको आवाज कोठामा गुन्जिरहेको छ। सुमन अचानक बोल्छ, "मम्मी लाईन कति बजे आउँछ?" वृन्दा, "अब एक दुई दिन आउदैन रे! माथी चौकमा बिजुलीको पोल ढल्या छ रे!" सुमन रुन्चे स्वरमा "मोटु पतलु कसरी हेर्नु?" वृन्दा, "तेरो मोटु पतलु धेरै हुदैछ हैँ। पढनमा ध्यान गर। पढेर ठूलो मान्छे हुनुपर्छ। यसपाली एक बाट दुईमा जाँदा फस्ट हुनपर्छ। फस्ट भईस भने बाबाले सानो खाले साईकल किन्दिन्छु भन्या छ।" सुमन आज्ञाकारी लवजमा, "हस।" वृन्दाले मनमा चक्र प्रसादको बारेमा अनेक कुरा खेलाई रहेकी छिन। तकरीबन पाँच मिनेट सम्म कोठामा शुन्यता छाउछ। सुमन पुन बोल्छ, "मम्मी कथा भन्नू न।" वृन्दा कथा सुनाउनमा निकै माहिर छिन। वृन्दाले राती लोढसेडीङ्ग भएको समयमा सुमनलाई फोक टेल यानीकी लोक कथा सुनाउने गर्छीन। कतीपय कथाहरु त उनले अन द स्पट क्रियट गर्ने गर्छीन। सुमन पनि मम्मीले सुनाएको कथा ध्यान पुर्वक श्रवण गर्ने गर्छ। वृन्दा बोल्छीन, "अस्तीको जस्तो सुन्दा सुन्दै निदाउने हैन नि।" सुमन,"हस।" वृन्दाले कथा सुरु गर्छीन।

सन उन्नाईसौँ उनपचाश, ईण्डिया पाकिस्तान अलग भएको दुई वर्ष बिती सकेको थियो। त्यस समय पंजाब को अमृतसर भन्ने ठाउँमा असाध्यै धनाढय व्यापारी थिए। जसको अमृतसरमा चार वटा सुनको ज्वेलरी पसल थियो। उनको नाम परमिन्दर सिंह थियो। उनी व्यापारी मात्र थिएनन, त्यस जमानाका महशुर कवि पनि थिए। मानीसहरु उनलाई सिंह साहब भनेर बोलाउने गर्थे। उनको घर बेज‍ोड थियो। घर पछाडी ठुलो क्षेत्रफलमा फैँलिएको आँप र लिच्चीको बगान थियो। सिंह साहाबले घरमा नोकर चाकर तथा बगान रुघ्न चौकीदारहरु राखेका थिए। सिंह साहाबको कविता सुन्न हरेक रविवार उनको ठुलो र शानदार बैठक कोठामा, उनका नजिकका आफन्तहरु, उच्च ओदाहका सरकारी कर्मचारीहरु र अन्य कविहरुको जमघट हुने गर्थ्यो। त्यस समारोहमा मानीसहर विभिन्न ब्राण्डका दारु पिउदै उनको कविता श्रवण गर्ने गर्थे।

"आज फिर जमिन काँप उठा हे।
दिल भि काँपा हे। 
कौवे बेसुरे आवाजमे गाना गा रहें हे।
ना जाने आज क्या होने वाला हे?"

मध्य जेठ, आँप हरिया भएका थिए, भने लिच्ची रातो भएर लटरम्मै पाकेको थियो। शनिबारको दिन सिंह साहब आफ्नो कोठामा बसेर कविता कोर्दै थिए, एकध्यानले। यत्तिकैमा कसैको रुएको आवाज आउनाले सिंह साहाबको ध्यान भंग भएको थियो। रुदै, रुदै पाँच सालकी  सिंह साहाबकी बेटी कोठामा पसेकी थिईन।र, हिक्क हिक्क गर्दै, "पापा..पापा मम्माले मलाई बरफ नै किन्दिनु भएन। मम्मा भन्नु हुन्छ कि बरफ खाएमा दाँत किडाले खान्छ। किडाले दाँत खान्छ भन्दैमा म बरफ नैँ नखानु?" झन ठूलो स्वरमा बेटी रुन थालेपछी सिंह साहाबले गद्धा बाट उठेर  छोरीलाई बोक्दै भनेका थिए, "मेरी राजकुमारी साहेबालाई बरफ खान रोक्ने तिम्रो मम्मालाई मैँले जान्या छ। हिड, हिड म किनीदिन्छु, मेरी प्यारी गुडियालाई बरफ।" बेटी शान्त हुँदै भनेकी थिईन, "जल्दि.. जल्दि पापा नत्र बरफ वाला चला जान्छ।"

बरफवालाको साईकललाई वरपर बाट बच्चा बच्चीहरुले घेरेका थिए। बरफवाला साईकलको करियरमा राखेको टिनको चारपाटे टोक्री बाट बरफ झिक्द‌‌ै धमाधम बेचीरहेको थिय‍ो। बच्चा बच्चीहरु मध्य कसैले सुन्तले रङगको बरफ, कसैले नरिवल वाला बरफ त कसैले मिल्की बरफ किनीरहेका थिए। बच्चा बच्चीहरुको भिड घटदै थियो। बरफवालाले अगाडि ह्याण्डीलमा बाँधेको बाजा (प्या... पु ... प्या ... पु...) बजाउदै, कुच ईसतराह चिच्याईरहेको थियो,"आयो ठण्डा ठण्डा बरफ। सन्त्रा वाला, दूध वाला, नारीवल वाला बरफ। गरम भगाउछ। जसले खान्छ उ रमाउछ। न खाने पश्चताउछ। आयो बरफ, ठण्डा बरफफफफ।" यत्तीकैमा त्यहाँ सिंह साहाबको आगमन भएको थियो। सिंह साहाबले बेटीलाई बोकी रहेकै थिए। सिंह साहाबले बरफ वालालाई देखेर अच्चमीत हुँदै भनेका थिए, " फरिदहुद्धीन तिमी?" बरफवाला, "ससरियाकाल सिंह साहिब।" बेटी रुन्चे स्वरमा,"चाचा जी! जल्दि मलाई बरफ दिनुस। हेर्नुस त धुप कति तेज छ। नत्र बरफ पिग्लिन्छ।" सानी बच्चीको कुराले सिंह साहाब र बरफवाला दुबै घत मानेर हाँसेका थिए। बरफवाला,"बेटीजान बताउनुस तपाईं कुन बरफ लिनु हुन्छ?" मसिनो स्वरमा बेटीले भनेकी थिईन, "नाडीवल वाला।" बरफवालाले नरिवल वाला बरफ झिकेर बेटीलाई दिएको थियो। बेटीले रमाउदै बरफ चुस्न सुरु गरेकी थिईन। सिंह साहाबले बाँकी रहेको कुरा पूरा गर्ने हिसाबले पुन बरफवाला सँग सोधेका थिए, "म त सोच्ने गर्थे, ईण्डीया पकिस्तान बटवारा हुँदा फरिदहुद्धीन पकिस्तान गयो या त उसको हत्या भयो।" बरफवालाले हाँस्दै भनेको थियो, "न म पकिस्तान गए। न अल्लाहको घर। म त आफ्नै वतनमा थिए। जिउनु छ यहाँ, मर्नु छ यहाँ। यसको सिवाह जानू कहाँ?" सिंह साहाब, "खुशी लाग्यो तिमीलाई पुन देख्दा। कति लिने गर्या छौ नाडिवल वाला बरफको पैसा?" बरफवालाले मुसकुराउदै भन्या थियो,"बस सिंह साहिब, बेटीले खाएको बरफको के कुरा।" सिंह साहिब,"पाप नबोकाउ फरिदहुद्धीन। लाउ राख यो एक रुपिँया।" अपठ्यारो मान्दै एकको कोईन्स समाउदै उसले भन्या थियो,"तपाईले धेरै दिनु भयो। बरफको मूल्य सिर्फ दस पैसा हो।" सिंह साहाबले बाँकी पैसा राख्न ईशारा गरेका थिए। बेटीले बाँकी रहेको बरफ चुस्दै भनेकी थिईन, "फरिदहुद्धीन चचा अर्को पाली बरफमा अझै धेरै नाडिवल डाल्नु हैँ।" यसपछी सिंह साहाबले बेटी लाई बोकेर घर तिर छिरेका थिए। बरफवाला बाजा प्या...पु पारेर बजाउद‌ै साईकल कुदाएर त्यहाँ बाट अन्तै कतै बरफ बेच्न गएको थियो।

प्रितम कौर यानिकी सिंह साहाबकी दुलहि। एभरेज उचाई, मोटो जिउँडाल, छुच्चो स्वभाव  थियो उनको। सिंह साहबले बेटीलाई बरफ किन्दिएको प्रती उनलाई चित्त बुझेको थिएन। यहि विषयलाई लिएर दुई जाना बिच त्यस शनिवार तकरिबन एक घण्टा सम्म गलबद्धी चलेको थियो।र, हप्ता दिन सम्म बोलचाल बन्द भएको थियो। एकहप्ता पछी सिंह साहेबले बनारसी साडी दिएर आफ्नी दुलहिलाई फकाएका थिए।

फरिदहुद्धीन उर्फ बरफवालाको सिंह साहाबकी बच्ची अमृता प्रती भावानात्मक सम्बन्ध गाँसिएको थियो। अमृता उसलाई आफ्नै बेटी जस्तै लाग्थ्यो। त्यसैले उ हरेक दिन अमृतालाई भेटन र उसको अनुवार हेर्न उसको बोर्डीङ्ग अगाडि ब्रेक हुने समयमा बरफ बेच्न पुग्ने गर्थ्यो। लगभग यो क्रम चलेको पनि दुई महिना हुन लाग्या थियो। उसले अरु सबै सँग बरफको पैसा लिए पनि अमृता बेटी सँग भने कहिल्यै पैसा लिद‌ैन थियो। अमृताले मायालाग्दो स्वरमा उसलाई फरिदहुद्धीन भनेर बोलाउन थाल्या थिईन, जुन बरफवाला लाई असाध्यै मनपर्थ्यो। अमृताले टिफीन बक्समा ल्याउने (आलु पराठा, समोशा, पकौडा, खिर।) खानेकुराहरु जबरजस्ती बरफवालालाई खुवाउने गर्थीन। एकदिन अमृता बेटीले बरफवालाले उसलाई सँधै बिना पैसा बरफ दिने गरेको कुरा खुशी हुदै उसको पापा र मम्मालाई सुनाएकी थिईन। यो कुरा सिंह साहाब र उनकी दुलहिलाई निको लाग्या थिएन।

लगभग गर्मी मौसम सकिनै लाग्या थियो। बगानमा आँप र लिच्ची सक्कीएर केवल रुखहरु मात्र थिए। बरफवालालाई सिंह साहाबले घर मैँ झिकाएका थिए। शुक्रवारको दिन थियो, त्यो। सिंह साहाबको एक पहलमान बर्डीगार्डले बरफवालालाई लिएर बैठक कोठामा लगेको थियो। मध्यान्हको समय थियो। टाढा कतै बाट टुक टुक टुक गर्दै मिल कराईरहेको आवाज मधुर ध्वनीमा बैठक कोठा सम्मै आईरहेको थियो। सिंह साहाब सोफामा बसेर हुक्का तानीरहेका थिए। हुक्काको धुँवा बाहिर निक्लिने बाटो नभेटी अलमल्लिएर कोठा भित्रै रुमल्लिरहेको थियो। बरफवाला अप्ठेरो मान्दै बैठक कोठा भित्र प्रवेश गरि, सिंह साहाबको अगाडि उभिएर उनलाई दर्शन गर्या थियो। सिंह साहाबले बरफवालालाई सोफामा बस्ने संकेत गरेका थिए। बरफवाला अलमलमा परी बिस्तारै सोफामा विराजमान भएको थियो। सिंह साहाबले हुक्काको धुँवा छोडदै भनेका थिए, "फरिदहुद्धीन आज उप्रान्त तिमी हाम्रो महोल्लामा पाईला टेक्ने छ‌ैनौ।र, अमृताको बोर्डीङग वरपर देखा पर्ने छैनौ। आँफुलाई भाग्यमानी ठान कि तिमी उन्नीस सौ सरचालिशको दंगामा बच्यौ। तिम्रा बिरयादरीका सबै मान्छे पकीस्तान जादा पनि तिमी सिना तानेर हिन्दुस्तानमा हिडीरहेका छौ। यहाँका मानीसहरुमा अझै पनि मुसलमान प्रती साहानुभुती पलाईसकेको छैन। म चाहान्न तिमीलाई केही होस। बुझ्यौ होला नि? नसम्झ कि यो धम्की हो। यो सुझाव हो तिमीलाई, सिंह साहाबको।"

यस पश्चात फरिदहुद्धीनले न सिंह साहाबको महोल्लामा पाईला टेक्यो, न त अमृताको बोर्ठीङ्ग वरपर देखा पर्य‍ो। फरिदहुद्धीनको ग‌ैर हाजीरले गर्दा अमृता बेटीमा नैराश्यता छाउन थाल्य‍ो। खाना नखाने, राती निन्द्रामा फरिदहुद्धीनको नाम पुकार्ने जस्ता अस्वभाविक लक्षणहरु उनमा देखा पर्न थाले। सिंह साहाबकी दुलहि लाई यो सब बरफवालाले गरेको कालो जादुको असर हो भन्ने लाग्या थिय‍ो। त्यस‌ैले उनीहरुले अमृता बेटीलाई लिएर माताको मा गई, अमृता बेटीको दाहिने हातमा बुटी बाधीदिएका थिए। बिस्तारै दिनहरु बित्दै गए। दशहरा, दिपावली आयो। अमृताको बाल मानसपटलबाट फरिदहुद्धीनको तस्विर धमिलिदै गयो। अमृता बेटीले फरिदहुद्धीन लाई पुर्ण रुपमा भुलिन।

मध्य माघको ठण्डीमा बाक्लो हुस्सुको बिच उडनै लागे जस्ता राता बेलुनहरु देखिरहेका थिए। बेली पाईन्ट, बाक्लो स्वेटर र रातो मखलर लगाएको एक मानिस साईकलको अगाडि पट्टि ह्याण्लमा उडने खाले ति राता रङ्गका बेलुन बाँधेर सिंह साहाबको महोल्ला तिर गईरहेको थियो। उक्त मानीसको कपाल लामो थियो। कपालले दुबै पट्टि कान छोपेको थियो। महोल्लामा बच्चा बच्चीहरु छुई डुम खेली रहेका थिए। ति बच्चा बच्चीहरुको भिडमा अमृता पनि थिईन। उक्त मानीसले साईकलको ह्याण्डल छेउमा भएको बाजा बजाउन सुरु गर्ना साथ सबै केटा केटी उसको साईकल वरपर झुम्मीएका थिए। उसले भए जति उडने खाले बेलुन बच्चा बच्चीलाई बाडीदीएको थियो। अमृता बेटीले पनि खुशी भएर बेलुन समाएर दौडीन लाग्दा, उक्त मानीसले अमृता बेटी भनेर बोलाएको थियो। अमृता छक्क पर्दै उक्त मानीसको अनुवारमा हेर्या थिईन।र, रमाएको स्वरमा अमृता बेटीको आवाज आएको थियो, "फरिदहुद्धीन तिमी? खैँ त तिम्रो दाह्री? कसले लग्यो दाह्री।" फरिदहुद्धीनले हाँस्दै भन्या थियो,"सब‌ दाह्री हजामले लग्यो बेटी।" अमृता रिसाउदै,"मलाई छाडेर कहाँ गएका थियौ?" फरिदहुद्धीनले जवाफमा भन्या थियो, "अल्लाहको दरगाहमा।" अमृताको लागी "अल्लाहको दरगाह" बिल्कुलै नयाँ वाक्य थियो। "अमृता बेटी मेरो साथ मेला घुम्न जान्छौ? गोल्डेन टेम्पलको पासमा बहुत बडा मेला लागेको छ। रोट्टे पिंग छ। समोशा, पकौडा, जेरी पाउछ।" अमृता बेटीले एक्साईटेड हुँदै भनेकी थिईन, "आई लभ जेरी।" फरिदहुद्धीनले मुसकुराउदै जवाफ दिएको थियो "आई लभ जेरी टु।" फरिदहुद्धीनले साईकलको अगाडि डन्डामा उसले लगाएको रातो मखलर निकालेर बाँधी अमृतालाई बसाएको थियो। यसपश्चात उसले साइकल अगाडि बढाएको थिय‍ो। अमृताले घुम्दै गरेको साईकलको अगाडी रिंगमा उर्दु अक्षरमा केहि लेखेको देखेकी थिईन।र, त्यसको अर्थ फरिदहुद्धीनलाई सोधेकी थिईन। फरिदहुद्धीनले साइकल हराई हालो भने भेटीयोस भनेर आजाद फरिदहुद्धीन लेखेको कुरा अमृतालाई बताएको थिय‍ो। खेतहरुमा तोरी फुलेर पँहेलपुर भएका थिए। खेतबाट तोरीको फूलको बास्ना चारो ओर फैँलिएको थियो। फरिदहुद्धीनले खेतको बाटो हुदै साइकल अगाडि बडाउदै गर्दा सिंह साहाबको आसेपासे मध्य एक, त्यहि बाटो साइकलमा फर्कीदै थियो। त्यस मानीसले फरिदहुद्धीनको बरफ बेच्ने थोत्रो साइकल ठम्याई, हतार हतार सिंह साहाबको घर पुगी सबै कुरा बताएको थियो।

फरिदहुद्धीन र अमृता गफ गर्दै, मुसकुराउदै अगाडि बडीरहेका थिए। अमृताले उडने वाला बेलुनको धागो अौँलाले दह्रो गरी समातेकी थिईन। केहि पर बाट हाल्फ डाला वाला ट्रक हर्न बजाउदै, साईकलको पछी पछी आई रहेको थियो। उक्त ट्रकको डालामा सिहं साहाबका आसेपासेहरु लाठ्ठी, भाला सहित बसेका थिए। सिंह साहाब भने अगाडि ड्राईभरको छेउमा बसेका थिए। ट्रकले साईकल लाई छिचोलेर अगाडि बढी, केही पर पुगेर बाटो छेकेको थियो। फरिदहुद्धीनले अचम्म मानी साइकल रोकेको थियो। त्यत्तीकैमा ट्रक ड्राईभर तल ओर्ली अमृताको आँखामा कालो पट्टि बाँधी दिएको थियो। अमृताले पुरै अन्धकार देखेर अतालिएर रुन कराउन सुरु गरेकी थिईन। अमृताले समातीरहेको उडने वाला रातो बेलुन हात बाट छुटी, उडदै आकाश तिर लाग्या थियो।

सन उन्नीस सौ बहत्तरमा, अमृता अठ्ठाईस वर्षकी भएकी थिईन। त्यस बखत सम्म अमृता अविवाहित नै थिईन। सिजन थियो आँपको। घर छेउको बगानमा लटरम्म आँप फलेका थिए। अमृताको सुन्दरतामा, समय सँगै निखारता आउद‌‌ै गईरहेको थियो। उनले केही महिना अगाडि मात्र समाजशास्त्रमा डिग्री हाशिल गरेकी थिईन। सिंह साहाब मधुमेहले गर्दा दुई साल अगाडि गुज्री सकेका थिए। अमृताकी मम्मा बाथ रोगले गर्दा ओछयानमैँ थलीएकी थिईन। घर व्यवहार र सुनको व्यापार पुरै अमृताले हेर्न थालेकी थिईन। अमृतालाई बच्चा छदा आँप र आँप बाट बन्ने कुनै पनि परिकार पसन्द थिएन। तर, दुई सिजन भयो, उनले घर छेउको बगानामा फल्ने आँप स्वादिष्ट मानेर खान थालेको। बगानको बिचमा भएको आँपको रुख बाट, घरमा काम गर्ने बिहारन महिलाले आँप टिपी अमृतालाई खुवाउने गर्थीन। एकदिन अमृताले बिहारन महिलालाई सोधेकी थिईन, "यती स्वादिष्ट आँप कुन बोटमा फल्ने गर्छ? के तिमी मलाई देखाउन सक्छौ? बिहारन महिलाले अमृतालाई लिएर आँप बगानमा गएकी थिईन। बगानमा चराचुरुङ्गीहरु चिरबिराएको आवाज गुन्जिरहेको थियो। आँपका वरपर मौरीहरु घुमीरहेका थिए। उक्त आँपको बोट तिर देखाउदै बिहारन बोलेकी थिई,"यहि हो मेम साहाब, स्वादिष्ट आँप फल्ने पेंड।"
अमृता त्यसपश्चात विस्तारै उक्त आँपको बोट तिर गई, हल्का उफ्रीएर आँप टिप्ने हुदा, उनको देब्रे खुट्टाको बुढी अउला केही कड्डक चिजमा टकराएको थियो। जसको कारणले उसलाई असह्य पिढा भएको थियो। अमृताले के मा खुट्टा ठोक्कीएको हो भनी पुरै घाँस पन्छाएर हेर्दा, जमिन मुनी पुरीएर केही भाग बाहिर आएको, साईकलको रिंग देखेकी थिईन। रिंगमा पुरै खिया लागेको थियो। रिंगमा भएको टायर मक्कीएको थियो। अमृताले रिंगमा नियालेर हेर्दा, खियाले पुरीएर अली अली मात्र देखीने उर्दु अक्षरमा लेखिएको आजाद फरिदहुद्धीन देखेकी थिईन।र, अमृता सक्ड भएकी थिईन।

उन्नीस सो उनपचाश, ट्रक ड्राईभरले अमृताको आँखामा पट्टि बाँधी, ट्रकमा भएका सिंह साहाबको गोदमा लगेर राखदिएको थिय‍ो। अबोध अमृता जोड जोडले चिच्याएर रोएकी थिईन। ट्रकको डालामा बसेका सिंह साहेबका आसेपासेहरु ओर्लीएर फरिदहुद्धीनलाई भाला, लाठ्ठी प्रहार गरी उसको विभत्स हत्या गरेका थिए। त्यसपश्चात उनीहरुले फरिदहुद्धीनको लास र साईकल ट्रकमा हालेर त्यहाँ बाट रवाना भएका थिए। अमृताको हात बाट छुटेको रातो बेलुन उडेर निकै उचाईमा पुगी फुटेको थियो। घटनास्थलमा फरिदहुद्धीनको गोजी बाट एउटा फोटो झरेको थियो। फोटो हावाले उडाउन खोज्दै पुन जहाँको त्यहि राख्थ्यो। उक्त फोटो फरिदहुद्धीनकी छोरी मोसिनाको थियो। जो हुबहु अमृता जस्तै देखीन्थिई। उन्नीसो सरचालीशमा भडकिएको दंगामा, अतिवादी समुहले मुस्लिम बस्तीमा आगो लगाएर बस्ती उजाडदिएका थिए। त्यसबखत फरिदहुद्धीनको जेठो दाईले अम्मी,अब्बु, उसकी बेगम र बाल बच्चाहरुलाई लिएर पाकिस्तान छिरेको थियो। अतिवादीहरुले फरिदहुद्धीनकी बेगमलाई बलात्कार गरी दुबै स्तन काटेर हत्या गरेका थिए।,र उसको घर जलाईदिएका थिए। उक्त घर सँगै उसकी पाँच सालकी बच्ची मोसिना पनि जलेर खरानी भएकी थिई। फरिदहुद्धीन भागेर पाकिस्तान गएन। उ सिम्ला गयो।र, उतै दुई वर्ष सम्म स्याउ फर्ममा काम गर्यो। घटनास्थलमा खसेको फरिदहुद्धीनकी छोरीको फोटो हावाले उडाएर खोल्सामा पुर्याएको थिय‍ो।र, तस्विर बग्दै बग्दै दक्षिणी दिशा तर्फ लागेको थियो। उता सिंह साहबको बगानको बिचमा उनका आसेपासेहरुले खाल्डो खनी फरिदहुद्धीन र उसको साईकल पुरीसके पश्चात, त्यहाँ माथी सिंह साहाबले आँपको बिरुवा रोपिदिएका थिए।

कोठामा बलीरहेको ममबत्ती पग्लिदै पग्लिदै गएर निभ्नै लागेको छ। कथा भन्दा भन्दै वृन्दाक‍ा आँखा रसाएका छन। वृन्दा सुमन तिर नहेरी बोल्छीन, "कथा कस्तो लाग्यो, छोरो?" सुमनको केही प्रतिक्रिया आउदैन। वृन्दाले पुलुक्क सुमन तिर हेर्छीन। वृन्दा यति गहिराईमा डुबेर कथा भनीरहेकी थिईन कि उनले सुमन निदाईसकेको पनि पत्तो पाएकी थिईनन। वृन्दा खाट बाट ओर्लीएर झ्याल तिर जान्छीन।र, पर्दा हल्का हटाएर बाहिर नियाल्छीन। बाहिर पानी पर्न बन्द भएको छ। बाटा र बाल्टीमा आधा जति पानी भरीएको छ। वृन्दाले जोडले फुकेर ममबत्ती निभाउछीन।र, खाटमा गएर पल्टीन्छीन।

भोलिपल्ट 
साहुदीको तापक्रम पचाश डिग्री पुग्या छ। गर्मीको आँकलन गर्ने हो भने, सुर्य एउटा नभएर दुई वटा झुल्किए जस्तो भा छ। दमाममा एक विशाल ईतालवी फाईभ स्टार होटलको निर्माण धमाधम चलीरहेको छ।
एउटा काठको खम्बामा, टिनको बोर्ड टाँगीएको छ। बोर्डमा 'Zero accident is our aim' लेखिएको छ। उक्त होटलको कन्स्ट्रक्सनको जिम्मा अल यमामा कम्पनिले लिएको छ। यश कन्स्ट्रक्सन कम्पनिमा कार्यरत कामदारहरु ज्यादा तर दक्षीण एसीयाली नागरीकहरु छन। धेर‌ै जसो लेबर पदमा पाकीस्तानी, बंगाली, श्रीलंकन छन। अलीक उच्च ओदाहमा ईण्डीयन र लोकलहरु छन। यस कम्पनिमा एक जाना मात्र नेपाली मुलको नागरीक छ। जो लेबरको रुपमा कार्यरत छ। त्यो अरु कोहि नभएर चक्र प्रसाद हो। चक्र प्रसाद अहिले पैँतिसौ वसन्तमा पाईला चालीरहेका छ। गम्भीर स्वभावको चक्र प्रसाद हत्त पत्त कसै सँग खुलेर बोल्दैन। बच्चै देखि उसको साथी सर्कल पनि एकदमै सानो छ। यता उ जुन लेबर क्याम्पमा बस्छ, त्यहाँ पनि उसको जम्मा एक जाना मात्र हितैँषी मित्र छ। जसको नाम ईमतियाज अहमद हो। ईमतियाज पाकीस्तान पेसावर बाट बिलोंगस गर्छ। ईमतियाज चक्र प्रसाद भन्दा उमेरमा पाँच वर्षले जेठो छ। गोरो छाला, अग्लो कद, पातलो शरीर, झम्म परेको कालो लामो दाह्री, ईमतियाजको पहिचान हो। ईमतियाजले बन्दै गरेको ईतालवी फाईभ स्टार होटलमा, टावर क्रेन अपरेटरको रुपमा काम गरीरहेको छ। चक्र प्रसाद र ईमतियाज बिच सुख दुख, घर परिवारको कुराहरु शेयर हुने गर्छ। एक महिनाको तन्खा ईमतियाजले पाकीस्तान पठाउछ त अर्को महिनाको तन्खा चक्र प्रसादले नेपाल पठाउने गर्छ। चक्र प्रसादले पहिलो पटक सन दुई हजार दुईमा साहुदीमा पाहिला टेकेको थियो। त्यस दिन देखी अहिले सम्म चक्र प्रसादले अनवरत रुपमा आफ्नो हड्डी साहुदीमा खियाईरहेको छ। अहिले सम्म चक्र प्रसाद छ पटक नेपाल छुट्टीमा गईसकेको छ। यसपाली दशैँमा उसको छुट्टी जाने योजना छ। एउटा रोचक कुरा त के छ भने, सन दुई हजार चारमा पाकिस्तानी एयरवेज (पि.आई.ए.) हुँदै चक्र प्रसाद नेपाल छुट्टी जाने क्रममा, उसको सिटको छेउमा संसारकै मोष्ट वान्टेड सुचीमा रहेका ओसामा बिन लादेन बसेका थिए। लादेन एक सामान्य पाकीस्तानी भेषमा भएकाले उनलाई कसैले लादेन भनेर ठम्याउन सक्ने अवस्था थिएन।

मैँल चक्र प्रसाद र वृन्दा बिचको सम्बन्धको बारेमा बताउन चाहे। चक्र प्रसाद र वृन्दा बिच अगाध स्नेह छ। चक्र प्रसादको फस्ट लभ हुन वृन्दा। अनि वृन्दाको पनि फस्ट लभ हो चक्र प्रसाद। कक्षा आठ पास गरेर, चक्र प्रसाद नौँ कक्षा पढन भनी नयाँ स्कुलमा भर्ना भएको थियो। उसले त्यहि स्कुलमा पहिलो पटक वृन्दालाई देखेका थियो। एकै नजरमा वृन्दा सँग प्यार भएको थियो। सोच्नुस त, वृन्दा बत्तीश वर्षमा यति सुन्दर छिन भने, सोह्र वर्षको उमेरमा उनको सुन्दरता कति घनीभुत थियो होला? खैर यो कुरा छोडौ। लगभग दशैँ तिहारको बिदा हुने बेला चक्र प्रसादले वृन्दालाई प्रेम प्रस्ताव राखेको थियो। दशै तिहार सक्कीएर स्कुल सुरु भए पछी, उसको प्रेम प्रस्ताव लाई स्विकार गरि वृन्दाले प्रेम पत्र पठाएकी थिईन। त्यसपश्चात  उनीहरुको प्रेम अंकुराउदै गएर विशाल वृक्षको रुप लिदै गयो। समय सँग सँगै दुबै जाना वयस्क हुँदै गईरहेका थिए। दुबैको शारिरीक विकाश क्रम चलीरहेको थियो। दुबै जाना पढाईमा भने अलीक कमजोर थिए। जसो तसो उनीहरु दुबै नौँ कक्षा पास भई दस कक्षामा पुगे। यस्तै समय थियो। मतलब मनसुनको समय। शुक्रबार हाल्फ छुट्टी पछी उनीहरु दुबै स्कुल बाट फर्कीदै थिए, घर तर्फ। वृन्दा र चक्र प्रसादको घरको दुरी लगभग बीस मिनेट जतीको थियो। स्कुल बाट फर्कीदा पहिले वृन्दाको घर आउथ्यो। चक्र प्रसादले हरेक दिन वृन्दालाई घर सम्म छ‍ाडेर, आफ्नो बाटो लाग्थ्यो। उत्तर तिर आकाश पुरै कालो मैँलो भएको थियो। यस्तो लागि रहेको थियो, अब केहिछीन मैँ मुषलधारे पानी पर्ने वाला छ। नभन्दै केहिछीन पछी पानी वर्षीन थाल्यो। बाटो वरपर कतै ओत लाग्ने ठाउँ थिएन। न उनीहरु सँग छाता नै थियो। दुबै जाना ओत लाग्ने ठाउँको प्राप्तीमा दौडीदै थिए। पानीले दुबै जानालाई भिजाउदै थियो। दुबैले किताब नभिजोस भनेर छातीमा टाँसेर दौडीरहेका थिए। अचानक उनीहरुले एउटा थोत्रो झुपडी देखी हतार हतार भित्र पसेका थिए। सायद उक्त झुपडीमा बस्ने मानीसहरु अन्यन्त्रै बसाई सरेकाले होला, झुपडी खाली थियो। झुपडीमा छाएको परालमा ठूलो भ्वाङ्ग परेकाले त्यहाँ बाट पानी खसीरहेको थियो। बाहिर दिउँसै अँध्यारो भएको थियो।र, चट्याङ्ग पर्न थालेको थियो। दुब‌ै जानाको सर्ट पानीले लपक्कै भिजेको थियो। भिजेको सेतो सर्ट बाट वृन्दाको भित्री वस्त्र छर्लङ्ग देखिरहेको थियो। जहाँ चक्र प्रसादको नजर परिरहेको थियो। वृन्दाले कालो रङ्गको ब्रा लगाएकी थिईन। स्तन फूल झैँ फक्रीएको थियो। पहीलो पटक त्यहि झुपडी भित्र उनीहरुको प्रेम सेक्समा परिणत भएको थियो। अनि भङ्ग भएको थियो वृन्दाको कुमारित्व।

समय बिते सँगै उनीहरु बिच यौन सम्पर्क दिनहुँ जसो हुन थालेको थियो। त्यहि झुपडी भित्र। एकरात झुपडीमा आगो लाग्यो (सायद कसैले लगाएको थियो।) झुपडी खरानी भयो। त्यसपश्चात चक्र प्रसाद र वृन्दाले माया साटासाट गर्ने नयाँ ठाउँ फेला पारे। त्यस समय हरेक मानीसहरुका खेतमा, मकैको बोट सर्लक्क बढेर जंगल भएको थियो। मकैको घोगामा दाना लाग्न शुरु भएका थिए। उनीहरुको संभोग थलो बनेको थियो मकैबारी। सायद त्यो शनीबारको दिन थियो क्यार! घाम अस्ताउन लाग्या थियो। उनीहरुले बिच मकैबारीमा, आफ्नो यौन प्यास मेटदै गर्दा, वृन्दाको घरमा काम गर्न बसेको वन काइँलोले देखेको थियो। थोत्रो कपडा लगाउने, दाँत कहिल्यै नमाझ्ने, बाक्लो आँखी भौँ भएको वन काँईलो बोल्न सक्दैन थियो। तर उ लेख्नमा भने अबब्ल थियो। वन काँईलो दौडीएर मकैबारीको आली हुदै वृन्दाको घर तर्फ जादै गर्दा उसलाई विशालु गोमनले ठुङेक‍ो थियो।र, वन काँईलो अन द स्पट परमधामको यात्रामा निक्लिएको थियो।

समय बित्दै गयो। एस.एल.सी. सकियो। त्यसको केही महिना पछी रिजल्ट आयो। तर वृन्दा र चक्र प्रसाद दुबै एस. एल. सीमा गुल्टीएका थिए। वृन्दाले चक्र प्रसादलाई विवाहको लागी कर गर्न थालीन। हुन त चक्र प्रसाद र वृन्दा दुबै ब्राह्मण परिवार बाटै थिए। उनीहरु बिच नमिल्दो केही थियो त क्लास। चक्र प्रसादको परिवार सामान्य अँधीया, खेती पाती गरेर जिवीका चलाउथे भने वृन्दाका पिता गाउँका ठुला नेता थिए। उनीहरु सँग प्रशस्त जग्गा जमिन थियो। चक्र प्रसाद लाई थाहा थियो, मागी विवाह संभव छैन भनेर। त्यसैले दशैँ सुरु हुन अगावै चक्र प्रसादले वृन्दालाई भगाएर ईलाम स्थीत उसको कान्छा मामाकोमा पुर्याएको थिय‍ो। वृन्दाको पिताले उनको पावर ईस्तामाल गरी चक्र प्रसादको बुवा आमालाई टर्चर दिए। चक्र प्रसादले छोरी अपहरण गरेको भनेर प्रहरीमा उजुरी गरे। तर, अँह.. साँचो प्रेमको अगाडि उनको केहि सीप चलेन। दुबैले ईलाम मै सानो तिनो ईलम गरेर केहि साल बिताए।र, पछी बिर्तामोड फर्कीए। तर, अफसोच वृन्दा बाट जन्मिएका सन्तानहरु यो सो कल्ड पृथ्वीमा टिक्न सकेनन। लगातार चार सन्तान खेर गए। सुमन जन्मेको त अस्ति (२०६८ सालमा) मात्र हो। भगवानको दयाले गर्दा सुमनलाई भने केही भएको छैन।र, म स्वयम् पनि चाहान्छु, की उसलाई केहि नहोस।
यो त भयो चक्र प्रसाद र वृन्दाको सम्बन्धको पेरिफेरी।

मैँले चक्र प्रसादको बाल्यकालमा झाँक्ने तपाईहरु सँग ईजाजत चाहे। चक्र प्रसादको जन्म ताप्लेजुङ्गको पेदाङगमा भएको थियो। पेदाङगमा लिम्बू समुदायका मानीसहरुको बाहुल्यता थियो (छ)। चक्र प्रसादका, उ समेत गरी तीन जाना दाजु भाइ थिए। जस मध्ये उसको जेठो दाइको बारेमा मैँले पहिल्यै चर्चा गरि सक्या छु। चक्र प्रसादका बुवा आमा दुई हजार सत्तरी सालमा केदारनाथ दर्शन गर्न गएका थिए। त्यसबखत केदारनाथमा आएको भिषण बाढीमा परि उनीहरुको मृत्यु भएको थियो। उसको भाइ र उ जुमल्याह थिए। थिए मैँले यसकारणले भनीरहेको छु, किनकी उसको भाइ यो संसारमा छैन।

उनीहरु दुबै जाना बाह्र वर्षका भएका थिए। उनीहरु एउटै खाटमा सुत्ने गर्थे। एक रात चक्र प्रसादलाई जोडले पिसाबले च्याप्यो। उ हतार हतार बार्दलीमा गएर पिसाब गर्दै गर्दा उसको नजर तल खेतको पुच्छारमा पुग्यो। जहाँ उसले केहि दिन अगाडि अंग्रेजी पाठ्य पुस्तकमा पढेको फ्लाईङ्ग शसर यानीकी उडन तश्तरी जस्तै अजिव यन्त्र थियो। चक्र प्रसादले अच्चमीत भएर चुपचाप उडन तश्तरी तिर हेरीरह्यो। खेतमा नाच्दै गरेका एलियनहरु एक-एक गरी उडन तश्तरी भित्र प्रवेश गरे। उडन तश्तरीको ढोका बन्द भयो। चहकिलो बत्ती बल्यो।र, हेर्दा हेर्दै उडन तश्तरी उडेर आकाश तर्फ लाग्यो।

भोलि पल्ट बिहान चक्र प्रसादको बुवा खेतमा मकैको बीउ छर्न पुग्दा, तीन छक्क परेका थिए। उडन तश्तरी ल्याण्ड भएको बारीको जमिन भासिएको थियो। वल्लो गाउँ, पल्लो गाउँ बाट भासिएको जमिन हेर्ने मानीसको भिड लागेको थियो। सैतानले उक्त खेतमा बाँस गरेको हुनाले त्यस्तो भएको हुनसक्ने अनुमान सहित चक्र प्रसादको बुवा आमाले भुमी पुजा गर्ने निर्णय गरेका थिए। घटना यतीमा मात्र सिमीत थिएन। राती चक्र प्रसाद सँगै सुतेको भाइ एका एक गायब भएको थियो। बुवा आमाले प्रहरीमा उजुरी दर्ता गरे। तर उसको भाइ भेट्टीएन। त्यस बखत जोगीहरुले बच्चालाई लिएर गई खोलामा भोग दिएको खबर सुनीने गर्थ्यो। एक वर्ष सम्म छोरो नभेटीए पछी चक्र प्रसादका बुवा आमा पनि छोरोलाई जोगीले लगेर भोग दिएको हुनुपर्छ भन्नेमा पुगे। तर यस कुरामा चक्र प्रसाद मन्जुर थिएन। उ बच्चै थियो। उसको कुरा कसैले सुन्ने वाला थिएनन। चक्र प्रसादलाई लाग्थ्यो (अझै पनि लाग्छ) उसको भाइलाई एलियनहरुले सँगै लिएर गएको हुनुपर्छ भनेर। भाइ सँगै उसको भर्खर हाट बाट किनेर ल्याएको निलो फित्ते चप्पल पनि गायब भएको थियो। उसलाई भाइ हराउदा आँफै हराए जस्तो महशुस भएको थियो। उसले त्यस रात उडन तश्तरी देखेको कुरा आज सम्म कसैलाई बताएको छैन। तर उसले उडन तश्तरी र एलियनहरुको बारेमा अध्ययन गर्न भने छोडेन। भाइ हराएको एक साल बिते देखि अहिले सम्म चक्र प्रसादले हप्तामा  पाँच पटक अनतरिक्ष यान बनाउदै गरेको सपना देख्ने गर्छ। उसले अन्तरिक्ष यान बनाउदै गर्दा आँफुलाई बाह्र वर्षकै चक्र प्रसादको रुपमा पाउँछ। सपनामा उ कुनै ठूलो पुरानो फ्याक्ट्री भित्र पँहेला बत्तीहरुको प्रकाशमा अन्तरिक्षयान बनाउदै गरेको हुन्छ। अर्को चौकाह दिने वाला कुरा त के छ भने, हप्ताको बाँकी दुई दिन चक्र प्रसादले ब्लाक एण्ड ह्वाईट सपना देख्ने गर्छ। उसले त्यसरी ब्लाक एण्ड ह्वाईट सपना देख्न थालेको लगभग छ महिना जति भयो। हिजो मात्र उसले एउटा ब्लाक एण्ड ह्वाईट सपना देखेको थियो।

सपनामा उ त्यहि झुपडीमा (जहाँ पहिलो पटक वृन्दा र चक्र प्रसाद बिच संभोग भएको थियो।)  सुतीरहेको हुन्छ। अचानक परालले छाएको छानोमा परेको भ्वाङ्ग बाट एउटा बाँदर फुत्त भित्र पस्छ। बाँदरको हातमा बेलुन हुन्छ। यसपछी एक एक गरी सयौँ संख्यामा बाँदरहरु छाना बाट फुत्त फुत्त झुपडी भित्र छिर्छन। चक्र प्रसाद बाँदरको बथान मुनी दबिन्छ। हरेक बाँदरहरुको हातमा बेलुन छ। चक्र प्रसादले सबै दृश्य ब्लाक एण्ड ह्वाईटमा देखे पनि बाँदरहरुले समाएको बेलुन मात्र रंगीन,रातो देख्छ। सपना देखिरहदा उसलाई साँच्चीक‌ै सास फेर्न गाह्रो भएको थियो। उसलाई ऐठन भएको थियो। चक्र प्रसाद निन्द्रामैँ बरबराउदै गर्दा  ईमतियाजले ब्युँझाएको थियो।

आज बिहानी पख चक्र प्रसादले बडा अजिब सपना देखेको थियो। उ अन्तरीक्ष यानमा सवार भई मंगल ग्रह झैँ लाग्ने ठाउँमा अवतरण भएको थियो। उसले यो सपनामा पनि आँफुलाई बाह्र वर्षीय चक्र प्रसाद कैँ रुपमा पाएको थियो। चक्र प्रसादले अन्तरीक्ष यात्रीले लगाउने जस्तै कस्टयुम लगाएको थियो। चक्र्र प्रसाद अन्तरिक्ष यान बाट ओर्लीएर केहि पर देखिएको ओडार तिर लागेको थियो। ओडार भित्र निलमणी जस्तै देखिने अजिव वस्तु बाट निक्लिएको प्रकाशले गर्दा उज्यालो छाएको थियो। ओडारको चार दिवार भित्र पैँतिस उमेरको, हुबहु चक्र प्रसाद जस्तै देखिने, पुर्ण रुपमा नग्न मानीस कुनामा टुकरुक्क बसेर रुई रहेको थियो। जसको घाँटीमा एक जोर निलो चप्पल झुण्डीएको थियो। चक्र प्रसादलाई देखेर उक्त मानीसले पिढीत मुद्रामा केही भन्न खोजीरहदा मोवाईलमा बजेको आर्लमले चक्र प्रसाद ब्युँझीएको थियो।

साहुदी गभरमेन्टले समर वर्कीङ्ग हावर्स तालीका सार्वजनीक गरेको छ। जस अनुसार आउटडोर कन्सट्रक्सन वर्क, जुन पन्ध्र देखि सेप्टेम्बर पन्ध्र सम्मलाई दिउँसो बाह्र बजे देखि तीन बजे सम्म स्तगन गर्नु पर्ने जनाईएको छ। समय एघार बजेर पचपन्न मिनेट गएको छ। काम स्तगन हुन पाँच मिनेट मात्र बाँकी छ। कामदारहरु आ- आफ्नो काममा जुटीरहेका छन। सबै कामदारहरुले निलो रङ्गको कन्स्ट्रक्सन कस्टयुम माथी लाईम कलरको सेफ्टी भेष्ट लगाएका छन। हरेक कामदारको शिरमा पँहेलो रङगको हार्ड प्लाष्टीक ह्याट र पाउमा सेफ्टी सुज छ। चक्र प्रसाद, एक श्रीलंकन र दुई जाना पाकीस्तानी नागरीकहरु मिलेर, टावर क्रेनको हुकमा मार्वलको टायल हालीरहेका छन।  टावर क्रेनको उचाई सय फिटको छ। ईमतियाजले टावर क्रेन अपरेटर क्याब भित्र बसेर मार्वल टायललाई माथी तिर तानीरहेको छ। मार्वल टायल बिस्तारै माथी तिर गईरहेको छ। चारै जानाले मार्वल टायल तिर हेरीरहेका छन। अचानक चक्र प्रसादको मोवाईलमा यसप्रकारले रिंगटोन बज्न थाल्छ।

चिसो चिसो हावा बग्यो मुटु नै भिज्ने, 
यसरी नै हो कि मेरो जिन्दगी बित्ने। 
राम साइली, म त जिन्दगीको खोजमा,
 गम खाए यसै बिरानो शहरमा...

चक्र प्रसादले गोजी बाट मोवाईल झिक्छ। सिम्पल लेनोभोको सेट छ। जसको स्क्रीन चर्कीएको छ। वृन्दा कलीङ्ग देख्ना साथ चक्र प्रसादले कल रिजेक्ट गरेर आँफैले कल गर्छ। वृन्दाले कल रिसीभ गर्छीन।

वृन्दा: तपाईलाई त हाम्रो केही मतलबै छ‌ैन है? दुई दिन सम्म किन सम्पर्क बिहिन?
चक्र प्रसाद: मोवाईल बिग्रिएर बनाउन देको थिए। हिजो राती एघार बजे लिन गको। तिमी सुती सक्यौ भनेर कल गरीन। ठिक्क रेष्ट टाईम हुन लाग्या थियो। कल गर्छु भनेर सोचीराथे। अनि के छ खबर? फुच्चे कस्तो पढदैछ?

ठिक्क बाह्र बजेकाले सबै कामदारहरु रेस्ट गर्न जादैछन। मार्वल टायल बिचमा पुगेर अडकिएको छ। ईमतियाज पनि अपरेटर क्याब बाट टावरको भर्याङ्ग हुँदै तल ओर्ली रहेको छ। अचानक लोड धेरै पर्न गएकाले, लोड केवल चुँडीन्छ।  मार्वल टायल सिधा चक्र प्रसाद तिर खसीरहेको छ। चक्र प्रसाद र वृन्दा बिच घरायशी कुरा चलीरहेको छ। मार्वल टायल सिधा आएर चक्र प्रसाद माथी खस्छ। चक्र प्रसादको शरीर र मार्वल टायल एकैचोटी भुँईमा खस्छ। उसको शरीरको पेट भन्दा माथीको भाग मार्वल टायलले किच्छ। मोवाईल उछीटीएर पर पुग्छ। उता बाट वृन्दा बोलीरहेको आवाज मोवाईल बाट आईरहेको छ।

वृन्दा: हेलो! हेलो! बाबा... बाबा... बोल्नुस न के भो?

एकाएक भयावहताको माहोल छाउछ। कोलाहल मच्चीन्छ। एकैछीनमा सारा कामदार, ईन्जिनियर, फोरम्यान, सुपरभाईजर सबै भेला हुन्छन। पाँच मिनेट नबित्दै प्रहरी आईपुग्छ।

अल यमामा कम्पनि बाट वृन्दाको मोवाईलमा कल आउँछ। उनले कल रिसीभ गर्छीन। चक्र प्रसादको मृत्युको खबर सुन्ना साथ वृन्दा चिच्याएर रुन थाल्छीन।

"बाबा अब म कसको शाहारामा जिन्दगी जिउँ? हे भगवान तिमीले यो के गर्यौ? मेरो के गल्ती थियो?"

वृन्दा रुएको देखेर सुमन पनि रुन थाल्छ। वरपरका मानीसहरु भेला हुन्छन। स्थानीय महिलाहरुले वृन्दालाई सम्हाल्न खोज्छन। वृन्दाको हालत खराब भएको छ। उनको आँखाका गाँजल आँशु सँगै बगेर अनुवारको यत्रतत्र फैलिएको छ। उनको कपाल लथालिंग भएको छ। वृन्दा पागल झैँ देखिएकी छीन।

हप्ता दिन पश्चात् चक्र प्रसादको लाश बिर्तामोड आईपुग्छ। चक्र प्रसादको दाह संस्कार हुन्छ। सुमनको व्रतवन्ध नभएकाले क्रिया करममा वृन्दा मात्र बस्छीन। तेह्र दिने सकिए पश्चात् उनका माईतीहरुले माईत मैँ आएर बस्न अनुरोध गर्छन। जेठाजुले उनको घरमा आएर बस्न सुझाउछन। कतीले त राम्रो केटा खोजेर विवाह गर्नु पर्छ भनेर उचाल्छन। वृन्दाले कसैको सुन्दीनन। उनको द‌‌िन भावव्हिल भएर बित्न थाल्छ।

२०७३ श्रावण १ (संक्रान्ती)

जिन्दगीको के भरोषा यो त सानो
खेलौना हो।
दुई आँखामा एकमा हाँसो अर्कोमा
रुवाई छ।

कर्णदासको कर्णप्रिय आवाजमा बजीरहेको गाना बन्द हुन्छ। प्रहरी टोली मास्क र हातमा ग्लप्स लगाएर घरको ढोका फोडी भित्र प्रवेश गर्छन। भान्छा कोठा स्थित ग्याँस चुल्होमा खिर पकाएको कराई कटकटीएको छ। ग्याँस र्याक माथी पोईजनको सिसी पल्टीएकाले भित्र बाँकी रहेको पोईजन पोखीएर तप तप भुँईमा चुहिरहेको छ। भान्छाको कुनामा तनक्क तन्किएको टाँटे पाङग्रे बिरालो सिनो झैँ गनाएको छ। बिरालोको शरीरमा स्याउ स्याउती विभीन्न प्रजातीका कमिला झुम्मीएका छन। अर्को पट्टी कोठामा वृन्दा र सुमन मस्त निदाईरहेका छन। दुबै जनाको शरीर माथी झिंगा रमाई रमाई उडीरहेका छन। दुबै जानाको अनुवार पोईजनले सडेर निलो भएको छ। तल पट्टी खसेको कागजको पेपरलाई ईन्सपेक्टरले टिपेर नजर लगाउछन।

 "बाबा! म र छोरो दुबै जाना आउदैछौ।"

ती तमाम नाख छोपेर उभिरहेका मानीसहरुको भिडमा म स्वयम् पनि रुमालले नाख छोपेर उभिरहेको छु। मेरै आँखा अगाडि मेरो साथीको परिवार तहश नहश भएको देख्दा फुङसामा सँगै भुकम्पले मलाई किन लगेन भनी आँफैलाई प्रश्न गरीरहेको छु। यस दुखद घडीमा मैँले कुनै साहित्यिक कुरा फुराउन सकिरहेको छैन। चक्र प्रसाद, उसकी अर्धागींनी र सुपुत्र तिनै जनको आत्माले शान्ती पाओस भन्दै देवकोटाका केहि हरफ सापटी लिई श्रद्धाञ्जली अर्पण गर्दछु।

ईश्वर तैँले रचेर फेरि कसरी बिगारिस् ?
सृष्टिको फूल रचेर त्यस्तो कसरी लतारिस् ?










No comments:

Post a Comment