Saturday, 26 December 2020

मोटरसाईकलमा सवार दुई युवकको सडक दुर्घटनामा मृत्यु


ईटहरी बाट पुर्व तर्फ गईरहेको बाईकलाई विपरित दिशा तर्फ बाट आईरहेको टिप्परले ठक्कर दिदा, बाईकमा सवार दुई युवकको घटनास्थलम‌ँ मृत्यु भएको छ। मृत्यु हुनृमा उमेर २२ उमेश पराजुली र उमेर २३ का सुमन शंकर रहेका छन।

Friday, 25 December 2020

मोटरसाईकल दुर्घटनामा दुई युवकको घटनास्थलमैँ मृत्यु

 ईटहरी बाट पुर्व तर्फ गईरहेको बाईकलाई विपरित दिशा तर्फ बाट आईरहेको टिप्परले ठक्कर दिदा, बाईकमा सवार दुई युवकको घटनास्थलम‌ँ मृत्यु भएको छ। मृत्यु हुनृमा उमेर २२ का केसब बराईली र उमेर २३ का सुमन शंकर रहेका छन।


Sunday, 8 November 2020

Thursday, 20 July 2017

२०७३ श्रावण १ (संक्रान्ति) 
वरिपरि बाट भाटाले बारेको, खिया लागेको टिनले छानो छाएको, एउटा अती सामान्य घर अगाडि स्थानीय मानीसहरुको भिड लागेको छ। ती तमाम मानीसहरुको अनुवारमा एक प्रकारको सन्नटा र भावुकता छाएको छ।   दुर्गन्धित किसिमको बदफु उक्त माहोलमा यसरी फैलिएको छ कि महिलाहरु मध्य कसैले सारीको सप्कोले त कसैले सलले नाख छोपेका छन। पुरुष तथा स- साना बच्चारु हात र रुमालले नाख छोप्न बाध्य भएका छन। यति हुँदा हुँदै पनि आँखा भने हर सबको रसाएको छ। यत्तिकैमा ईलाका प्रहरी कार्यलय बिर्तामोडको भेन आएर घर अगाडी रोकीन्छ। बस्तीको कुनै कुना बाट मधुर एक दमै मधुर ध्वनीमा, कर्ण दासको कर्णप्रिय आवाजमा यसप्रकारले गाना गुन्जिरहेको छ।

मान्छेले चाहेको त्यो कहाँ पुग्छ र,
न त कहिले पुग्ने नै छ।  
हरेक जीवन, जिउनको निम्ति, 
सम्झौत त हुने नै छ।
जुन हेरे जुनै राम्रो, घाम हेरे पनि त्यस्तै। 
मृत्यु पछि हे आम्मै, किन सबै रित्तै?

एक महिना पहिले
सुनसान एकदमै सुनसान र विशाल मरुभुमी, मध्यान्हको चर्को घाम अनि धेरै टाढा देखिरहेको मस्जिद। दुर दुर सम्म कुनै जीव जन्तु या मानव अस्तीत्व देखीएका छैनन। अचानक घण्टीहरु बजे जस्तो आवाज सुनीन्छ। अनी देखा पर्छ एउटा ऊठ। यसपछी एक एक गरि पन्ध्र वटा जति ऊठ देखा पर्छन। सबैको घाँटीमा मसिना घण्टीहरु झुण्डिएका छन। ती ऊठहरुका पछी पछी हिडीरहेको छ एक मानिस। जसको कपाल एकदमै लामो र धुलाम्मे छ। कपडा मैँलो र च्यातीएको छ। चप्पलको लोती छिनेकाले, उसले चप्पलमा कपडाको लोती लगाएको छ। उसका हात खुट्टाका नङ्हरु बिछीट्टै लामा छन। उसको शारीरिक हालत देख्दा लाग्छ, उसले कैँयो रात अनिदो र भोक भोकै गुजारेको हुँदो हो। उ आफ्नो शरीर बाट पसिना खसाउदै हिडीरहेको छ, तप.. तप .. तप्प। मरुभुमीमा खसेका पसीना बाट अजिब किसीमको दुई वटा तीखो, लाम्चो पात भएका हरिया बिरुवा उम्रिदै गईरहेका छन। ऊठहरुले उसलाई छोडेर धेरै टाढा पुगीसकेका छन। उसलाई बेजोड रिंगटा चल्छ।र, उ ढल्छ। पन्ध्र वटा ऊठहरु मध्य अन्तिमको सानो ऊठले पछाडी फर्कीएर उक्त मानीसलाई हेर्छ।र, पुन अगाडि बढछ। उक्त मानीसको शरीरमा, माथी बाट उडदै उडदै तल तिर आईरहेको एकदमै विशाल गिद्धको छाँया परिरहेको छ। गिद्ध आएर उक्त मानीसको शरीर माथी बस्छ। एक एक गरि पाँच वटा उत्रै साईजका गिद्धहरु त्यहाँ जम्मा हुन्छन।र, उक्त मानीसको शरीरमा बाँकी रहेको मासुहरु लुछन थाल्छन।

पुरानो काठको टेबुलमा, पानासोनीकको चौध ईन्चको रंगीन टि.भी. छ। टि भी को  छेउमा भएको टेबुल घडीले बिहानको साँढे पाँच बजाएको छ। खाटमा सुतीरहेकी करीबन बत्तीस उमेरकी एक महिला अत्तालिदै उठछीन। उनको धडकन रफ्तारमा धडकीरहेको छ। अनुवारमा पिढा झल्किएको छ र मनमा आगो सल्किएको छ। उनले एकदमै भयानक सपना देखेकी छिन। जुन मैँले माथी चर्चा गरे नि, पाँच वटा गिद्धले मरुभुमीमा ढलेको मानीसको बचे कुचेको मासु लुछेको, हो त्यो यिनै महिलाले देखेको भयानक सपना हो। सपनामा यीनले देखेको त्यो मानिस यीनकै श्रीमान, श्री चक्र प्रसाद घिमीरे हुन। अनि यी सुन्दर महिला हुन वृन्दा, वृन्दा घिमीरे। वृन्दाको अनुवार बाट चिट चिट पसिना निक्लिएको छ। वृन्दाले तावेल खोज्छीन। तावेल उनको छेउमा सुतीरहेको, पाँच वर्षीय सुपुत्र श्री सुमन घिमीरेको टाउकोले किचीएको छ। वृन्दाले विस्तारै सुमनको टाउको मुनी बाट तावेल झिक्छीन र पसिना पुस्छीन। दुई दिन देखि लगातर सिमसिमे पानी परीरहेको छ। पानी रोकीने छाँट काँट छैन। वृन्दाले छाना तिर हेर्छीन। टिन निकै नै पुरानो भएर ठाउँ ठाउँमा प्वाल परेकाले, पानी नचुहियोस भनेर प्रत्येक प्वालहरुमा वृन्दाले बनेना चुँईगम टाँसेकी छीन। राती सुत्ने बेलामा, केही ठुलै प्वाल परेको टिनको ठिक मुन्तिर वृन्दाले राखेको रातो बाल्टी र निलो बाटामा पानी भरीएर पोखीन थाल्या छ। यति देख्ना साथ वृन्दा हतार हतार उठछीन। बाल्टी र बाटाको पानी लगेर बाहिर फ्याल्छीन। पुन बाल्टी र बाटा लगेर ठिक पहिलेकै ठाउँमा राखी पाईखाना तिर प्रस्थान गर्छीन। बाहिर पुरै जलमग्न भएको छ। कोक, फ्यान्टा, स्प्राईटका बोतल, पुराना चप्पल, तेलका पँहेला जर्कीन पानी माथी तैरि रहेका छन। वृन्दाले पाईखानाको दरवाजा खोलेर भित्र पस्छीन।र, दरवाजा बन्द गर्छीन। एकाएक वृन्दाको मनमा दुई वटा डरले डेरा जमाउछ। पहिलो डर, छेव‌ैको खोला फुटेर बाढी आउने हो कि भन्ने र दोस्रो, साहुदीमा भएका उनको श्रीमान चक्र प्रसाद दुई दिन देखी सम्पर्क बिहिन भएकोमा श्रीमानको अवस्था कस्तो होला भन्ने डर। साला यो डर भन्ने चिज बडा ठूलो सैतान हो। यसले मनमा डेरा जमाउन थाले पछी सुरु हुन्छन अनेक किसीमका मानसिक रोगहरु। एकैछीन हैँ... मलाई कसैले बोलाएको हो कि जस्तो लाग्यो। करीब हप्ता दिन भयो, कसैले मेरो नाम पुकार्छ। म झ्याल उघारेर बाहिर तिर हेर्छु तर बाहिर कोहि पनि हुदैन। यो बोलाउने स्वर ठ्याक्कै मेरी श्रीमती फुङसामा लिम्बुको जस्तै लाग्छ। फुङसामाले बैशाख बाह्रको महाभुकम्पमा परि प्राण त्याग्या थिईन। बैशाख बाह्रको दिन हामी लोग्ने स्वास्नी पहिलो पटक भिमसेन स्तम्भ चढया थियौ। भिमसेन स्तम्भ बाट काठमाडौ नियाल्दै गर्दा निर्दयी भुँईचालो आई त गो। त्यसपछी के के भो केहि थाहा छैन। म बाँचे तर उ... म यो सबै कुरा तपाईहरुलाई किन बताई राछु? माफ गर्नु होला मेरो व्यक्तीगत जीवनको कुनै पाटोलाई चामल केलाए झैँ केलाउन पुगेछु। तपाईहरुको अमुल्य समय खेर गएकोमा माफी चाहान्छु। के गर्नु यो ह्विस्की जती जति भित्र जान्छ, भित्र गुसम्सिएर बसेका कुराहरु बहिर निकाली दिन्छ। अँ साँच्ची म के पो भन्दै थिए? उममम... अँ वृन्दा, उ पाईखाना बाट बाहिर निक्लिन, शरीरको केही बोझ हल्का गरेर तर उनको मन हल्का हुन सक्या छैन। मनमा डढेलो लागी विशाल रुप लिन थालीसकेको छ। वृन्दा कोठामा पस्छीन। सुमन मस्त निदाईरहेको छ। वृन्दाको नजर टि.भी. माथी झुण्डीएको फोटो फ्रेममा पर्छ। फोटो फ्रेम भित्र वरमाला छ, वरमालाको बिचमा वृन्दा र चक्र प्रसादको विवाहको तस्विर छ। दुबै जाना तस्विरमा एकदमै खुशी देखिएका छन। चक्र प्रसाद झट्ट हेर्दा नेपाली सिनेमाको भर्सटायल अभिनेता बिपिन कार्की जस्तै देखिन्छन। वृन्दा पनि मलाई कता कता नेपाली सिनेमाकी नव उदयमान नायीका सुरक्षा पन्त जस्तै लाग्छ। तर वृन्दा सुरक्षा जत्तिकै गोरी छैनन। वृन्दाको देब्रे पट्टीको गालामा घर व्यवहारको चिन्ता र अनेक दुख पिढाले गर्दा होला, पोतो निक्लिएको छ। वृन्दा, सुरक्षा पन्त भन्दा केही अग्ली र पातली छीन। बत्तिस वर्ष पुगेकी विवाहित, एक सन्तानकी आमा भएता पनि वृन्दाको सेक्स अपिलीङ्ग कुनै टिनेजर युवती भन्दा कम छैन। उनको सुन्दरता र सेक्स अपिलीङ्गले गर्दा उनले धेरै पटक यौन हिंसाको सिकार हुनु परेको छ। वृन्दाको जेठ्ठाजु यानीकी चक्र प्रसादको जेठो दाइ, जो झापा जिल्लाका वरिष्ठ नेता हुन। वृन्दा तिनै जेठ्ठाजुको घरमा खाना पकाउने तथा सरसफाईको काम गर्थीन। तीन महिना अगाडि घरमा कोही नभएको मौकामा, पैसाको प्रलोभन देखाई जेठ्ठाजुले उनी माथी शारीरिक सम्पर्कको प्रयास गरेका थिए। तर उनले सक्त प्रतीकार गरि, जेठ्ठाजुको घरमा काम गर्न जानै छोडीदीईन। यसपछी उनले स्थानीय अस्पतालमा क्लिनर गर्लको रुपमा काम गरीन। त्यहाँ पनि वरीष्ठ सर्जन बाट उनी माथी उस्तै कर्तुत दोहोरियो। उनले क्लिनर गर्लको जागीर पनि छाडीदीईन। आजकाल वृन्दा बिस्कुट फ्याक्ट्रीमा बिस्कुट प्याकीङ्ग गर्ने काम गर्छीन। पुरानो लेडीज साईकीलमा नौँ बजे फ्याक्ट्री पुग्छीन। सुमनलाई पछाडी केरियरमा राखेर स्थानिय सरकारी स्कुल सम्म छाडदीन्छीन।र, बेलका चार बजे फ्याक्ट्री बाट फर्कीदा सुमनलाई पुन स्कुल बाट पिक गरेर घर फर्कीन्छीन। आजभोली यो उनको दैनिकी भएको छ। लगातार दुई दिने वर्षाका कारण, बिस्कुट फ्याक्ट्रीको भट्टीमा पानी पसेकाले फ्याक्ट्री बन्द छ। सुमनको स्कुल बिदा  छ। वृन्दा चक्र प्रसादको कल आउला कि भनेर ईन्तजार गरि रहेकी छिन।

टि.भी. को छेउमा भएको टेबुल घडीले रातको साँढे आठ बजाएको छ। कोठामा एउटा ममबत्ती जली रहेको छ। जसको प्रकाशले कोठामा उज्यालो छाएको छ। खानपिन सकेर वृन्दा र सुमन खाटमा ढल्किएका छन। वृन्दाले सुमनको कपाल सहलाई रहेकी छिन। तप्प तप्प गर्दै बाटा र बाल्टीमा पानी चुहिएको आवाज कोठामा गुन्जिरहेको छ। सुमन अचानक बोल्छ, "मम्मी लाईन कति बजे आउँछ?" वृन्दा, "अब एक दुई दिन आउदैन रे! माथी चौकमा बिजुलीको पोल ढल्या छ रे!" सुमन रुन्चे स्वरमा "मोटु पतलु कसरी हेर्नु?" वृन्दा, "तेरो मोटु पतलु धेरै हुदैछ हैँ। पढनमा ध्यान गर। पढेर ठूलो मान्छे हुनुपर्छ। यसपाली एक बाट दुईमा जाँदा फस्ट हुनपर्छ। फस्ट भईस भने बाबाले सानो खाले साईकल किन्दिन्छु भन्या छ।" सुमन आज्ञाकारी लवजमा, "हस।" वृन्दाले मनमा चक्र प्रसादको बारेमा अनेक कुरा खेलाई रहेकी छिन। तकरीबन पाँच मिनेट सम्म कोठामा शुन्यता छाउछ। सुमन पुन बोल्छ, "मम्मी कथा भन्नू न।" वृन्दा कथा सुनाउनमा निकै माहिर छिन। वृन्दाले राती लोढसेडीङ्ग भएको समयमा सुमनलाई फोक टेल यानीकी लोक कथा सुनाउने गर्छीन। कतीपय कथाहरु त उनले अन द स्पट क्रियट गर्ने गर्छीन। सुमन पनि मम्मीले सुनाएको कथा ध्यान पुर्वक श्रवण गर्ने गर्छ। वृन्दा बोल्छीन, "अस्तीको जस्तो सुन्दा सुन्दै निदाउने हैन नि।" सुमन,"हस।" वृन्दाले कथा सुरु गर्छीन।

सन उन्नाईसौँ उनपचाश, ईण्डिया पाकिस्तान अलग भएको दुई वर्ष बिती सकेको थियो। त्यस समय पंजाब को अमृतसर भन्ने ठाउँमा असाध्यै धनाढय व्यापारी थिए। जसको अमृतसरमा चार वटा सुनको ज्वेलरी पसल थियो। उनको नाम परमिन्दर सिंह थियो। उनी व्यापारी मात्र थिएनन, त्यस जमानाका महशुर कवि पनि थिए। मानीसहरु उनलाई सिंह साहब भनेर बोलाउने गर्थे। उनको घर बेज‍ोड थियो। घर पछाडी ठुलो क्षेत्रफलमा फैँलिएको आँप र लिच्चीको बगान थियो। सिंह साहाबले घरमा नोकर चाकर तथा बगान रुघ्न चौकीदारहरु राखेका थिए। सिंह साहाबको कविता सुन्न हरेक रविवार उनको ठुलो र शानदार बैठक कोठामा, उनका नजिकका आफन्तहरु, उच्च ओदाहका सरकारी कर्मचारीहरु र अन्य कविहरुको जमघट हुने गर्थ्यो। त्यस समारोहमा मानीसहर विभिन्न ब्राण्डका दारु पिउदै उनको कविता श्रवण गर्ने गर्थे।

"आज फिर जमिन काँप उठा हे।
दिल भि काँपा हे। 
कौवे बेसुरे आवाजमे गाना गा रहें हे।
ना जाने आज क्या होने वाला हे?"

मध्य जेठ, आँप हरिया भएका थिए, भने लिच्ची रातो भएर लटरम्मै पाकेको थियो। शनिबारको दिन सिंह साहब आफ्नो कोठामा बसेर कविता कोर्दै थिए, एकध्यानले। यत्तिकैमा कसैको रुएको आवाज आउनाले सिंह साहाबको ध्यान भंग भएको थियो। रुदै, रुदै पाँच सालकी  सिंह साहाबकी बेटी कोठामा पसेकी थिईन।र, हिक्क हिक्क गर्दै, "पापा..पापा मम्माले मलाई बरफ नै किन्दिनु भएन। मम्मा भन्नु हुन्छ कि बरफ खाएमा दाँत किडाले खान्छ। किडाले दाँत खान्छ भन्दैमा म बरफ नैँ नखानु?" झन ठूलो स्वरमा बेटी रुन थालेपछी सिंह साहाबले गद्धा बाट उठेर  छोरीलाई बोक्दै भनेका थिए, "मेरी राजकुमारी साहेबालाई बरफ खान रोक्ने तिम्रो मम्मालाई मैँले जान्या छ। हिड, हिड म किनीदिन्छु, मेरी प्यारी गुडियालाई बरफ।" बेटी शान्त हुँदै भनेकी थिईन, "जल्दि.. जल्दि पापा नत्र बरफ वाला चला जान्छ।"

बरफवालाको साईकललाई वरपर बाट बच्चा बच्चीहरुले घेरेका थिए। बरफवाला साईकलको करियरमा राखेको टिनको चारपाटे टोक्री बाट बरफ झिक्द‌‌ै धमाधम बेचीरहेको थिय‍ो। बच्चा बच्चीहरु मध्य कसैले सुन्तले रङगको बरफ, कसैले नरिवल वाला बरफ त कसैले मिल्की बरफ किनीरहेका थिए। बच्चा बच्चीहरुको भिड घटदै थियो। बरफवालाले अगाडि ह्याण्डीलमा बाँधेको बाजा (प्या... पु ... प्या ... पु...) बजाउदै, कुच ईसतराह चिच्याईरहेको थियो,"आयो ठण्डा ठण्डा बरफ। सन्त्रा वाला, दूध वाला, नारीवल वाला बरफ। गरम भगाउछ। जसले खान्छ उ रमाउछ। न खाने पश्चताउछ। आयो बरफ, ठण्डा बरफफफफ।" यत्तीकैमा त्यहाँ सिंह साहाबको आगमन भएको थियो। सिंह साहाबले बेटीलाई बोकी रहेकै थिए। सिंह साहाबले बरफ वालालाई देखेर अच्चमीत हुँदै भनेका थिए, " फरिदहुद्धीन तिमी?" बरफवाला, "ससरियाकाल सिंह साहिब।" बेटी रुन्चे स्वरमा,"चाचा जी! जल्दि मलाई बरफ दिनुस। हेर्नुस त धुप कति तेज छ। नत्र बरफ पिग्लिन्छ।" सानी बच्चीको कुराले सिंह साहाब र बरफवाला दुबै घत मानेर हाँसेका थिए। बरफवाला,"बेटीजान बताउनुस तपाईं कुन बरफ लिनु हुन्छ?" मसिनो स्वरमा बेटीले भनेकी थिईन, "नाडीवल वाला।" बरफवालाले नरिवल वाला बरफ झिकेर बेटीलाई दिएको थियो। बेटीले रमाउदै बरफ चुस्न सुरु गरेकी थिईन। सिंह साहाबले बाँकी रहेको कुरा पूरा गर्ने हिसाबले पुन बरफवाला सँग सोधेका थिए, "म त सोच्ने गर्थे, ईण्डीया पकिस्तान बटवारा हुँदा फरिदहुद्धीन पकिस्तान गयो या त उसको हत्या भयो।" बरफवालाले हाँस्दै भनेको थियो, "न म पकिस्तान गए। न अल्लाहको घर। म त आफ्नै वतनमा थिए। जिउनु छ यहाँ, मर्नु छ यहाँ। यसको सिवाह जानू कहाँ?" सिंह साहाब, "खुशी लाग्यो तिमीलाई पुन देख्दा। कति लिने गर्या छौ नाडिवल वाला बरफको पैसा?" बरफवालाले मुसकुराउदै भन्या थियो,"बस सिंह साहिब, बेटीले खाएको बरफको के कुरा।" सिंह साहिब,"पाप नबोकाउ फरिदहुद्धीन। लाउ राख यो एक रुपिँया।" अपठ्यारो मान्दै एकको कोईन्स समाउदै उसले भन्या थियो,"तपाईले धेरै दिनु भयो। बरफको मूल्य सिर्फ दस पैसा हो।" सिंह साहाबले बाँकी पैसा राख्न ईशारा गरेका थिए। बेटीले बाँकी रहेको बरफ चुस्दै भनेकी थिईन, "फरिदहुद्धीन चचा अर्को पाली बरफमा अझै धेरै नाडिवल डाल्नु हैँ।" यसपछी सिंह साहाबले बेटी लाई बोकेर घर तिर छिरेका थिए। बरफवाला बाजा प्या...पु पारेर बजाउद‌ै साईकल कुदाएर त्यहाँ बाट अन्तै कतै बरफ बेच्न गएको थियो।

प्रितम कौर यानिकी सिंह साहाबकी दुलहि। एभरेज उचाई, मोटो जिउँडाल, छुच्चो स्वभाव  थियो उनको। सिंह साहबले बेटीलाई बरफ किन्दिएको प्रती उनलाई चित्त बुझेको थिएन। यहि विषयलाई लिएर दुई जाना बिच त्यस शनिवार तकरिबन एक घण्टा सम्म गलबद्धी चलेको थियो।र, हप्ता दिन सम्म बोलचाल बन्द भएको थियो। एकहप्ता पछी सिंह साहेबले बनारसी साडी दिएर आफ्नी दुलहिलाई फकाएका थिए।

फरिदहुद्धीन उर्फ बरफवालाको सिंह साहाबकी बच्ची अमृता प्रती भावानात्मक सम्बन्ध गाँसिएको थियो। अमृता उसलाई आफ्नै बेटी जस्तै लाग्थ्यो। त्यसैले उ हरेक दिन अमृतालाई भेटन र उसको अनुवार हेर्न उसको बोर्डीङ्ग अगाडि ब्रेक हुने समयमा बरफ बेच्न पुग्ने गर्थ्यो। लगभग यो क्रम चलेको पनि दुई महिना हुन लाग्या थियो। उसले अरु सबै सँग बरफको पैसा लिए पनि अमृता बेटी सँग भने कहिल्यै पैसा लिद‌ैन थियो। अमृताले मायालाग्दो स्वरमा उसलाई फरिदहुद्धीन भनेर बोलाउन थाल्या थिईन, जुन बरफवाला लाई असाध्यै मनपर्थ्यो। अमृताले टिफीन बक्समा ल्याउने (आलु पराठा, समोशा, पकौडा, खिर।) खानेकुराहरु जबरजस्ती बरफवालालाई खुवाउने गर्थीन। एकदिन अमृता बेटीले बरफवालाले उसलाई सँधै बिना पैसा बरफ दिने गरेको कुरा खुशी हुदै उसको पापा र मम्मालाई सुनाएकी थिईन। यो कुरा सिंह साहाब र उनकी दुलहिलाई निको लाग्या थिएन।

लगभग गर्मी मौसम सकिनै लाग्या थियो। बगानमा आँप र लिच्ची सक्कीएर केवल रुखहरु मात्र थिए। बरफवालालाई सिंह साहाबले घर मैँ झिकाएका थिए। शुक्रवारको दिन थियो, त्यो। सिंह साहाबको एक पहलमान बर्डीगार्डले बरफवालालाई लिएर बैठक कोठामा लगेको थियो। मध्यान्हको समय थियो। टाढा कतै बाट टुक टुक टुक गर्दै मिल कराईरहेको आवाज मधुर ध्वनीमा बैठक कोठा सम्मै आईरहेको थियो। सिंह साहाब सोफामा बसेर हुक्का तानीरहेका थिए। हुक्काको धुँवा बाहिर निक्लिने बाटो नभेटी अलमल्लिएर कोठा भित्रै रुमल्लिरहेको थियो। बरफवाला अप्ठेरो मान्दै बैठक कोठा भित्र प्रवेश गरि, सिंह साहाबको अगाडि उभिएर उनलाई दर्शन गर्या थियो। सिंह साहाबले बरफवालालाई सोफामा बस्ने संकेत गरेका थिए। बरफवाला अलमलमा परी बिस्तारै सोफामा विराजमान भएको थियो। सिंह साहाबले हुक्काको धुँवा छोडदै भनेका थिए, "फरिदहुद्धीन आज उप्रान्त तिमी हाम्रो महोल्लामा पाईला टेक्ने छ‌ैनौ।र, अमृताको बोर्डीङग वरपर देखा पर्ने छैनौ। आँफुलाई भाग्यमानी ठान कि तिमी उन्नीस सौ सरचालिशको दंगामा बच्यौ। तिम्रा बिरयादरीका सबै मान्छे पकीस्तान जादा पनि तिमी सिना तानेर हिन्दुस्तानमा हिडीरहेका छौ। यहाँका मानीसहरुमा अझै पनि मुसलमान प्रती साहानुभुती पलाईसकेको छैन। म चाहान्न तिमीलाई केही होस। बुझ्यौ होला नि? नसम्झ कि यो धम्की हो। यो सुझाव हो तिमीलाई, सिंह साहाबको।"

यस पश्चात फरिदहुद्धीनले न सिंह साहाबको महोल्लामा पाईला टेक्यो, न त अमृताको बोर्ठीङ्ग वरपर देखा पर्य‍ो। फरिदहुद्धीनको ग‌ैर हाजीरले गर्दा अमृता बेटीमा नैराश्यता छाउन थाल्य‍ो। खाना नखाने, राती निन्द्रामा फरिदहुद्धीनको नाम पुकार्ने जस्ता अस्वभाविक लक्षणहरु उनमा देखा पर्न थाले। सिंह साहाबकी दुलहि लाई यो सब बरफवालाले गरेको कालो जादुको असर हो भन्ने लाग्या थिय‍ो। त्यस‌ैले उनीहरुले अमृता बेटीलाई लिएर माताको मा गई, अमृता बेटीको दाहिने हातमा बुटी बाधीदिएका थिए। बिस्तारै दिनहरु बित्दै गए। दशहरा, दिपावली आयो। अमृताको बाल मानसपटलबाट फरिदहुद्धीनको तस्विर धमिलिदै गयो। अमृता बेटीले फरिदहुद्धीन लाई पुर्ण रुपमा भुलिन।

मध्य माघको ठण्डीमा बाक्लो हुस्सुको बिच उडनै लागे जस्ता राता बेलुनहरु देखिरहेका थिए। बेली पाईन्ट, बाक्लो स्वेटर र रातो मखलर लगाएको एक मानिस साईकलको अगाडि पट्टि ह्याण्लमा उडने खाले ति राता रङ्गका बेलुन बाँधेर सिंह साहाबको महोल्ला तिर गईरहेको थियो। उक्त मानीसको कपाल लामो थियो। कपालले दुबै पट्टि कान छोपेको थियो। महोल्लामा बच्चा बच्चीहरु छुई डुम खेली रहेका थिए। ति बच्चा बच्चीहरुको भिडमा अमृता पनि थिईन। उक्त मानीसले साईकलको ह्याण्डल छेउमा भएको बाजा बजाउन सुरु गर्ना साथ सबै केटा केटी उसको साईकल वरपर झुम्मीएका थिए। उसले भए जति उडने खाले बेलुन बच्चा बच्चीलाई बाडीदीएको थियो। अमृता बेटीले पनि खुशी भएर बेलुन समाएर दौडीन लाग्दा, उक्त मानीसले अमृता बेटी भनेर बोलाएको थियो। अमृता छक्क पर्दै उक्त मानीसको अनुवारमा हेर्या थिईन।र, रमाएको स्वरमा अमृता बेटीको आवाज आएको थियो, "फरिदहुद्धीन तिमी? खैँ त तिम्रो दाह्री? कसले लग्यो दाह्री।" फरिदहुद्धीनले हाँस्दै भन्या थियो,"सब‌ दाह्री हजामले लग्यो बेटी।" अमृता रिसाउदै,"मलाई छाडेर कहाँ गएका थियौ?" फरिदहुद्धीनले जवाफमा भन्या थियो, "अल्लाहको दरगाहमा।" अमृताको लागी "अल्लाहको दरगाह" बिल्कुलै नयाँ वाक्य थियो। "अमृता बेटी मेरो साथ मेला घुम्न जान्छौ? गोल्डेन टेम्पलको पासमा बहुत बडा मेला लागेको छ। रोट्टे पिंग छ। समोशा, पकौडा, जेरी पाउछ।" अमृता बेटीले एक्साईटेड हुँदै भनेकी थिईन, "आई लभ जेरी।" फरिदहुद्धीनले मुसकुराउदै जवाफ दिएको थियो "आई लभ जेरी टु।" फरिदहुद्धीनले साईकलको अगाडि डन्डामा उसले लगाएको रातो मखलर निकालेर बाँधी अमृतालाई बसाएको थियो। यसपश्चात उसले साइकल अगाडि बढाएको थिय‍ो। अमृताले घुम्दै गरेको साईकलको अगाडी रिंगमा उर्दु अक्षरमा केहि लेखेको देखेकी थिईन।र, त्यसको अर्थ फरिदहुद्धीनलाई सोधेकी थिईन। फरिदहुद्धीनले साइकल हराई हालो भने भेटीयोस भनेर आजाद फरिदहुद्धीन लेखेको कुरा अमृतालाई बताएको थिय‍ो। खेतहरुमा तोरी फुलेर पँहेलपुर भएका थिए। खेतबाट तोरीको फूलको बास्ना चारो ओर फैँलिएको थियो। फरिदहुद्धीनले खेतको बाटो हुदै साइकल अगाडि बडाउदै गर्दा सिंह साहाबको आसेपासे मध्य एक, त्यहि बाटो साइकलमा फर्कीदै थियो। त्यस मानीसले फरिदहुद्धीनको बरफ बेच्ने थोत्रो साइकल ठम्याई, हतार हतार सिंह साहाबको घर पुगी सबै कुरा बताएको थियो।

फरिदहुद्धीन र अमृता गफ गर्दै, मुसकुराउदै अगाडि बडीरहेका थिए। अमृताले उडने वाला बेलुनको धागो अौँलाले दह्रो गरी समातेकी थिईन। केहि पर बाट हाल्फ डाला वाला ट्रक हर्न बजाउदै, साईकलको पछी पछी आई रहेको थियो। उक्त ट्रकको डालामा सिहं साहाबका आसेपासेहरु लाठ्ठी, भाला सहित बसेका थिए। सिंह साहाब भने अगाडि ड्राईभरको छेउमा बसेका थिए। ट्रकले साईकल लाई छिचोलेर अगाडि बढी, केही पर पुगेर बाटो छेकेको थियो। फरिदहुद्धीनले अचम्म मानी साइकल रोकेको थियो। त्यत्तीकैमा ट्रक ड्राईभर तल ओर्ली अमृताको आँखामा कालो पट्टि बाँधी दिएको थियो। अमृताले पुरै अन्धकार देखेर अतालिएर रुन कराउन सुरु गरेकी थिईन। अमृताले समातीरहेको उडने वाला रातो बेलुन हात बाट छुटी, उडदै आकाश तिर लाग्या थियो।

सन उन्नीस सौ बहत्तरमा, अमृता अठ्ठाईस वर्षकी भएकी थिईन। त्यस बखत सम्म अमृता अविवाहित नै थिईन। सिजन थियो आँपको। घर छेउको बगानमा लटरम्म आँप फलेका थिए। अमृताको सुन्दरतामा, समय सँगै निखारता आउद‌‌ै गईरहेको थियो। उनले केही महिना अगाडि मात्र समाजशास्त्रमा डिग्री हाशिल गरेकी थिईन। सिंह साहाब मधुमेहले गर्दा दुई साल अगाडि गुज्री सकेका थिए। अमृताकी मम्मा बाथ रोगले गर्दा ओछयानमैँ थलीएकी थिईन। घर व्यवहार र सुनको व्यापार पुरै अमृताले हेर्न थालेकी थिईन। अमृतालाई बच्चा छदा आँप र आँप बाट बन्ने कुनै पनि परिकार पसन्द थिएन। तर, दुई सिजन भयो, उनले घर छेउको बगानामा फल्ने आँप स्वादिष्ट मानेर खान थालेको। बगानको बिचमा भएको आँपको रुख बाट, घरमा काम गर्ने बिहारन महिलाले आँप टिपी अमृतालाई खुवाउने गर्थीन। एकदिन अमृताले बिहारन महिलालाई सोधेकी थिईन, "यती स्वादिष्ट आँप कुन बोटमा फल्ने गर्छ? के तिमी मलाई देखाउन सक्छौ? बिहारन महिलाले अमृतालाई लिएर आँप बगानमा गएकी थिईन। बगानमा चराचुरुङ्गीहरु चिरबिराएको आवाज गुन्जिरहेको थियो। आँपका वरपर मौरीहरु घुमीरहेका थिए। उक्त आँपको बोट तिर देखाउदै बिहारन बोलेकी थिई,"यहि हो मेम साहाब, स्वादिष्ट आँप फल्ने पेंड।"
अमृता त्यसपश्चात विस्तारै उक्त आँपको बोट तिर गई, हल्का उफ्रीएर आँप टिप्ने हुदा, उनको देब्रे खुट्टाको बुढी अउला केही कड्डक चिजमा टकराएको थियो। जसको कारणले उसलाई असह्य पिढा भएको थियो। अमृताले के मा खुट्टा ठोक्कीएको हो भनी पुरै घाँस पन्छाएर हेर्दा, जमिन मुनी पुरीएर केही भाग बाहिर आएको, साईकलको रिंग देखेकी थिईन। रिंगमा पुरै खिया लागेको थियो। रिंगमा भएको टायर मक्कीएको थियो। अमृताले रिंगमा नियालेर हेर्दा, खियाले पुरीएर अली अली मात्र देखीने उर्दु अक्षरमा लेखिएको आजाद फरिदहुद्धीन देखेकी थिईन।र, अमृता सक्ड भएकी थिईन।

उन्नीस सो उनपचाश, ट्रक ड्राईभरले अमृताको आँखामा पट्टि बाँधी, ट्रकमा भएका सिंह साहाबको गोदमा लगेर राखदिएको थिय‍ो। अबोध अमृता जोड जोडले चिच्याएर रोएकी थिईन। ट्रकको डालामा बसेका सिंह साहेबका आसेपासेहरु ओर्लीएर फरिदहुद्धीनलाई भाला, लाठ्ठी प्रहार गरी उसको विभत्स हत्या गरेका थिए। त्यसपश्चात उनीहरुले फरिदहुद्धीनको लास र साईकल ट्रकमा हालेर त्यहाँ बाट रवाना भएका थिए। अमृताको हात बाट छुटेको रातो बेलुन उडेर निकै उचाईमा पुगी फुटेको थियो। घटनास्थलमा फरिदहुद्धीनको गोजी बाट एउटा फोटो झरेको थियो। फोटो हावाले उडाउन खोज्दै पुन जहाँको त्यहि राख्थ्यो। उक्त फोटो फरिदहुद्धीनकी छोरी मोसिनाको थियो। जो हुबहु अमृता जस्तै देखीन्थिई। उन्नीसो सरचालीशमा भडकिएको दंगामा, अतिवादी समुहले मुस्लिम बस्तीमा आगो लगाएर बस्ती उजाडदिएका थिए। त्यसबखत फरिदहुद्धीनको जेठो दाईले अम्मी,अब्बु, उसकी बेगम र बाल बच्चाहरुलाई लिएर पाकिस्तान छिरेको थियो। अतिवादीहरुले फरिदहुद्धीनकी बेगमलाई बलात्कार गरी दुबै स्तन काटेर हत्या गरेका थिए।,र उसको घर जलाईदिएका थिए। उक्त घर सँगै उसकी पाँच सालकी बच्ची मोसिना पनि जलेर खरानी भएकी थिई। फरिदहुद्धीन भागेर पाकिस्तान गएन। उ सिम्ला गयो।र, उतै दुई वर्ष सम्म स्याउ फर्ममा काम गर्यो। घटनास्थलमा खसेको फरिदहुद्धीनकी छोरीको फोटो हावाले उडाएर खोल्सामा पुर्याएको थिय‍ो।र, तस्विर बग्दै बग्दै दक्षिणी दिशा तर्फ लागेको थियो। उता सिंह साहबको बगानको बिचमा उनका आसेपासेहरुले खाल्डो खनी फरिदहुद्धीन र उसको साईकल पुरीसके पश्चात, त्यहाँ माथी सिंह साहाबले आँपको बिरुवा रोपिदिएका थिए।

कोठामा बलीरहेको ममबत्ती पग्लिदै पग्लिदै गएर निभ्नै लागेको छ। कथा भन्दा भन्दै वृन्दाक‍ा आँखा रसाएका छन। वृन्दा सुमन तिर नहेरी बोल्छीन, "कथा कस्तो लाग्यो, छोरो?" सुमनको केही प्रतिक्रिया आउदैन। वृन्दाले पुलुक्क सुमन तिर हेर्छीन। वृन्दा यति गहिराईमा डुबेर कथा भनीरहेकी थिईन कि उनले सुमन निदाईसकेको पनि पत्तो पाएकी थिईनन। वृन्दा खाट बाट ओर्लीएर झ्याल तिर जान्छीन।र, पर्दा हल्का हटाएर बाहिर नियाल्छीन। बाहिर पानी पर्न बन्द भएको छ। बाटा र बाल्टीमा आधा जति पानी भरीएको छ। वृन्दाले जोडले फुकेर ममबत्ती निभाउछीन।र, खाटमा गएर पल्टीन्छीन।

भोलिपल्ट 
साहुदीको तापक्रम पचाश डिग्री पुग्या छ। गर्मीको आँकलन गर्ने हो भने, सुर्य एउटा नभएर दुई वटा झुल्किए जस्तो भा छ। दमाममा एक विशाल ईतालवी फाईभ स्टार होटलको निर्माण धमाधम चलीरहेको छ।
एउटा काठको खम्बामा, टिनको बोर्ड टाँगीएको छ। बोर्डमा 'Zero accident is our aim' लेखिएको छ। उक्त होटलको कन्स्ट्रक्सनको जिम्मा अल यमामा कम्पनिले लिएको छ। यश कन्स्ट्रक्सन कम्पनिमा कार्यरत कामदारहरु ज्यादा तर दक्षीण एसीयाली नागरीकहरु छन। धेर‌ै जसो लेबर पदमा पाकीस्तानी, बंगाली, श्रीलंकन छन। अलीक उच्च ओदाहमा ईण्डीयन र लोकलहरु छन। यस कम्पनिमा एक जाना मात्र नेपाली मुलको नागरीक छ। जो लेबरको रुपमा कार्यरत छ। त्यो अरु कोहि नभएर चक्र प्रसाद हो। चक्र प्रसाद अहिले पैँतिसौ वसन्तमा पाईला चालीरहेका छ। गम्भीर स्वभावको चक्र प्रसाद हत्त पत्त कसै सँग खुलेर बोल्दैन। बच्चै देखि उसको साथी सर्कल पनि एकदमै सानो छ। यता उ जुन लेबर क्याम्पमा बस्छ, त्यहाँ पनि उसको जम्मा एक जाना मात्र हितैँषी मित्र छ। जसको नाम ईमतियाज अहमद हो। ईमतियाज पाकीस्तान पेसावर बाट बिलोंगस गर्छ। ईमतियाज चक्र प्रसाद भन्दा उमेरमा पाँच वर्षले जेठो छ। गोरो छाला, अग्लो कद, पातलो शरीर, झम्म परेको कालो लामो दाह्री, ईमतियाजको पहिचान हो। ईमतियाजले बन्दै गरेको ईतालवी फाईभ स्टार होटलमा, टावर क्रेन अपरेटरको रुपमा काम गरीरहेको छ। चक्र प्रसाद र ईमतियाज बिच सुख दुख, घर परिवारको कुराहरु शेयर हुने गर्छ। एक महिनाको तन्खा ईमतियाजले पाकीस्तान पठाउछ त अर्को महिनाको तन्खा चक्र प्रसादले नेपाल पठाउने गर्छ। चक्र प्रसादले पहिलो पटक सन दुई हजार दुईमा साहुदीमा पाहिला टेकेको थियो। त्यस दिन देखी अहिले सम्म चक्र प्रसादले अनवरत रुपमा आफ्नो हड्डी साहुदीमा खियाईरहेको छ। अहिले सम्म चक्र प्रसाद छ पटक नेपाल छुट्टीमा गईसकेको छ। यसपाली दशैँमा उसको छुट्टी जाने योजना छ। एउटा रोचक कुरा त के छ भने, सन दुई हजार चारमा पाकिस्तानी एयरवेज (पि.आई.ए.) हुँदै चक्र प्रसाद नेपाल छुट्टी जाने क्रममा, उसको सिटको छेउमा संसारकै मोष्ट वान्टेड सुचीमा रहेका ओसामा बिन लादेन बसेका थिए। लादेन एक सामान्य पाकीस्तानी भेषमा भएकाले उनलाई कसैले लादेन भनेर ठम्याउन सक्ने अवस्था थिएन।

मैँल चक्र प्रसाद र वृन्दा बिचको सम्बन्धको बारेमा बताउन चाहे। चक्र प्रसाद र वृन्दा बिच अगाध स्नेह छ। चक्र प्रसादको फस्ट लभ हुन वृन्दा। अनि वृन्दाको पनि फस्ट लभ हो चक्र प्रसाद। कक्षा आठ पास गरेर, चक्र प्रसाद नौँ कक्षा पढन भनी नयाँ स्कुलमा भर्ना भएको थियो। उसले त्यहि स्कुलमा पहिलो पटक वृन्दालाई देखेका थियो। एकै नजरमा वृन्दा सँग प्यार भएको थियो। सोच्नुस त, वृन्दा बत्तीश वर्षमा यति सुन्दर छिन भने, सोह्र वर्षको उमेरमा उनको सुन्दरता कति घनीभुत थियो होला? खैर यो कुरा छोडौ। लगभग दशैँ तिहारको बिदा हुने बेला चक्र प्रसादले वृन्दालाई प्रेम प्रस्ताव राखेको थियो। दशै तिहार सक्कीएर स्कुल सुरु भए पछी, उसको प्रेम प्रस्ताव लाई स्विकार गरि वृन्दाले प्रेम पत्र पठाएकी थिईन। त्यसपश्चात  उनीहरुको प्रेम अंकुराउदै गएर विशाल वृक्षको रुप लिदै गयो। समय सँग सँगै दुबै जाना वयस्क हुँदै गईरहेका थिए। दुबैको शारिरीक विकाश क्रम चलीरहेको थियो। दुबै जाना पढाईमा भने अलीक कमजोर थिए। जसो तसो उनीहरु दुबै नौँ कक्षा पास भई दस कक्षामा पुगे। यस्तै समय थियो। मतलब मनसुनको समय। शुक्रबार हाल्फ छुट्टी पछी उनीहरु दुबै स्कुल बाट फर्कीदै थिए, घर तर्फ। वृन्दा र चक्र प्रसादको घरको दुरी लगभग बीस मिनेट जतीको थियो। स्कुल बाट फर्कीदा पहिले वृन्दाको घर आउथ्यो। चक्र प्रसादले हरेक दिन वृन्दालाई घर सम्म छ‍ाडेर, आफ्नो बाटो लाग्थ्यो। उत्तर तिर आकाश पुरै कालो मैँलो भएको थियो। यस्तो लागि रहेको थियो, अब केहिछीन मैँ मुषलधारे पानी पर्ने वाला छ। नभन्दै केहिछीन पछी पानी वर्षीन थाल्यो। बाटो वरपर कतै ओत लाग्ने ठाउँ थिएन। न उनीहरु सँग छाता नै थियो। दुबै जाना ओत लाग्ने ठाउँको प्राप्तीमा दौडीदै थिए। पानीले दुबै जानालाई भिजाउदै थियो। दुबैले किताब नभिजोस भनेर छातीमा टाँसेर दौडीरहेका थिए। अचानक उनीहरुले एउटा थोत्रो झुपडी देखी हतार हतार भित्र पसेका थिए। सायद उक्त झुपडीमा बस्ने मानीसहरु अन्यन्त्रै बसाई सरेकाले होला, झुपडी खाली थियो। झुपडीमा छाएको परालमा ठूलो भ्वाङ्ग परेकाले त्यहाँ बाट पानी खसीरहेको थियो। बाहिर दिउँसै अँध्यारो भएको थियो।र, चट्याङ्ग पर्न थालेको थियो। दुब‌ै जानाको सर्ट पानीले लपक्कै भिजेको थियो। भिजेको सेतो सर्ट बाट वृन्दाको भित्री वस्त्र छर्लङ्ग देखिरहेको थियो। जहाँ चक्र प्रसादको नजर परिरहेको थियो। वृन्दाले कालो रङ्गको ब्रा लगाएकी थिईन। स्तन फूल झैँ फक्रीएको थियो। पहीलो पटक त्यहि झुपडी भित्र उनीहरुको प्रेम सेक्समा परिणत भएको थियो। अनि भङ्ग भएको थियो वृन्दाको कुमारित्व।

समय बिते सँगै उनीहरु बिच यौन सम्पर्क दिनहुँ जसो हुन थालेको थियो। त्यहि झुपडी भित्र। एकरात झुपडीमा आगो लाग्यो (सायद कसैले लगाएको थियो।) झुपडी खरानी भयो। त्यसपश्चात चक्र प्रसाद र वृन्दाले माया साटासाट गर्ने नयाँ ठाउँ फेला पारे। त्यस समय हरेक मानीसहरुका खेतमा, मकैको बोट सर्लक्क बढेर जंगल भएको थियो। मकैको घोगामा दाना लाग्न शुरु भएका थिए। उनीहरुको संभोग थलो बनेको थियो मकैबारी। सायद त्यो शनीबारको दिन थियो क्यार! घाम अस्ताउन लाग्या थियो। उनीहरुले बिच मकैबारीमा, आफ्नो यौन प्यास मेटदै गर्दा, वृन्दाको घरमा काम गर्न बसेको वन काइँलोले देखेको थियो। थोत्रो कपडा लगाउने, दाँत कहिल्यै नमाझ्ने, बाक्लो आँखी भौँ भएको वन काँईलो बोल्न सक्दैन थियो। तर उ लेख्नमा भने अबब्ल थियो। वन काँईलो दौडीएर मकैबारीको आली हुदै वृन्दाको घर तर्फ जादै गर्दा उसलाई विशालु गोमनले ठुङेक‍ो थियो।र, वन काँईलो अन द स्पट परमधामको यात्रामा निक्लिएको थियो।

समय बित्दै गयो। एस.एल.सी. सकियो। त्यसको केही महिना पछी रिजल्ट आयो। तर वृन्दा र चक्र प्रसाद दुबै एस. एल. सीमा गुल्टीएका थिए। वृन्दाले चक्र प्रसादलाई विवाहको लागी कर गर्न थालीन। हुन त चक्र प्रसाद र वृन्दा दुबै ब्राह्मण परिवार बाटै थिए। उनीहरु बिच नमिल्दो केही थियो त क्लास। चक्र प्रसादको परिवार सामान्य अँधीया, खेती पाती गरेर जिवीका चलाउथे भने वृन्दाका पिता गाउँका ठुला नेता थिए। उनीहरु सँग प्रशस्त जग्गा जमिन थियो। चक्र प्रसाद लाई थाहा थियो, मागी विवाह संभव छैन भनेर। त्यसैले दशैँ सुरु हुन अगावै चक्र प्रसादले वृन्दालाई भगाएर ईलाम स्थीत उसको कान्छा मामाकोमा पुर्याएको थिय‍ो। वृन्दाको पिताले उनको पावर ईस्तामाल गरी चक्र प्रसादको बुवा आमालाई टर्चर दिए। चक्र प्रसादले छोरी अपहरण गरेको भनेर प्रहरीमा उजुरी गरे। तर, अँह.. साँचो प्रेमको अगाडि उनको केहि सीप चलेन। दुबैले ईलाम मै सानो तिनो ईलम गरेर केहि साल बिताए।र, पछी बिर्तामोड फर्कीए। तर, अफसोच वृन्दा बाट जन्मिएका सन्तानहरु यो सो कल्ड पृथ्वीमा टिक्न सकेनन। लगातार चार सन्तान खेर गए। सुमन जन्मेको त अस्ति (२०६८ सालमा) मात्र हो। भगवानको दयाले गर्दा सुमनलाई भने केही भएको छैन।र, म स्वयम् पनि चाहान्छु, की उसलाई केहि नहोस।
यो त भयो चक्र प्रसाद र वृन्दाको सम्बन्धको पेरिफेरी।

मैँले चक्र प्रसादको बाल्यकालमा झाँक्ने तपाईहरु सँग ईजाजत चाहे। चक्र प्रसादको जन्म ताप्लेजुङ्गको पेदाङगमा भएको थियो। पेदाङगमा लिम्बू समुदायका मानीसहरुको बाहुल्यता थियो (छ)। चक्र प्रसादका, उ समेत गरी तीन जाना दाजु भाइ थिए। जस मध्ये उसको जेठो दाइको बारेमा मैँले पहिल्यै चर्चा गरि सक्या छु। चक्र प्रसादका बुवा आमा दुई हजार सत्तरी सालमा केदारनाथ दर्शन गर्न गएका थिए। त्यसबखत केदारनाथमा आएको भिषण बाढीमा परि उनीहरुको मृत्यु भएको थियो। उसको भाइ र उ जुमल्याह थिए। थिए मैँले यसकारणले भनीरहेको छु, किनकी उसको भाइ यो संसारमा छैन।

उनीहरु दुबै जाना बाह्र वर्षका भएका थिए। उनीहरु एउटै खाटमा सुत्ने गर्थे। एक रात चक्र प्रसादलाई जोडले पिसाबले च्याप्यो। उ हतार हतार बार्दलीमा गएर पिसाब गर्दै गर्दा उसको नजर तल खेतको पुच्छारमा पुग्यो। जहाँ उसले केहि दिन अगाडि अंग्रेजी पाठ्य पुस्तकमा पढेको फ्लाईङ्ग शसर यानीकी उडन तश्तरी जस्तै अजिव यन्त्र थियो। चक्र प्रसादले अच्चमीत भएर चुपचाप उडन तश्तरी तिर हेरीरह्यो। खेतमा नाच्दै गरेका एलियनहरु एक-एक गरी उडन तश्तरी भित्र प्रवेश गरे। उडन तश्तरीको ढोका बन्द भयो। चहकिलो बत्ती बल्यो।र, हेर्दा हेर्दै उडन तश्तरी उडेर आकाश तर्फ लाग्यो।

भोलि पल्ट बिहान चक्र प्रसादको बुवा खेतमा मकैको बीउ छर्न पुग्दा, तीन छक्क परेका थिए। उडन तश्तरी ल्याण्ड भएको बारीको जमिन भासिएको थियो। वल्लो गाउँ, पल्लो गाउँ बाट भासिएको जमिन हेर्ने मानीसको भिड लागेको थियो। सैतानले उक्त खेतमा बाँस गरेको हुनाले त्यस्तो भएको हुनसक्ने अनुमान सहित चक्र प्रसादको बुवा आमाले भुमी पुजा गर्ने निर्णय गरेका थिए। घटना यतीमा मात्र सिमीत थिएन। राती चक्र प्रसाद सँगै सुतेको भाइ एका एक गायब भएको थियो। बुवा आमाले प्रहरीमा उजुरी दर्ता गरे। तर उसको भाइ भेट्टीएन। त्यस बखत जोगीहरुले बच्चालाई लिएर गई खोलामा भोग दिएको खबर सुनीने गर्थ्यो। एक वर्ष सम्म छोरो नभेटीए पछी चक्र प्रसादका बुवा आमा पनि छोरोलाई जोगीले लगेर भोग दिएको हुनुपर्छ भन्नेमा पुगे। तर यस कुरामा चक्र प्रसाद मन्जुर थिएन। उ बच्चै थियो। उसको कुरा कसैले सुन्ने वाला थिएनन। चक्र प्रसादलाई लाग्थ्यो (अझै पनि लाग्छ) उसको भाइलाई एलियनहरुले सँगै लिएर गएको हुनुपर्छ भनेर। भाइ सँगै उसको भर्खर हाट बाट किनेर ल्याएको निलो फित्ते चप्पल पनि गायब भएको थियो। उसलाई भाइ हराउदा आँफै हराए जस्तो महशुस भएको थियो। उसले त्यस रात उडन तश्तरी देखेको कुरा आज सम्म कसैलाई बताएको छैन। तर उसले उडन तश्तरी र एलियनहरुको बारेमा अध्ययन गर्न भने छोडेन। भाइ हराएको एक साल बिते देखि अहिले सम्म चक्र प्रसादले हप्तामा  पाँच पटक अनतरिक्ष यान बनाउदै गरेको सपना देख्ने गर्छ। उसले अन्तरिक्ष यान बनाउदै गर्दा आँफुलाई बाह्र वर्षकै चक्र प्रसादको रुपमा पाउँछ। सपनामा उ कुनै ठूलो पुरानो फ्याक्ट्री भित्र पँहेला बत्तीहरुको प्रकाशमा अन्तरिक्षयान बनाउदै गरेको हुन्छ। अर्को चौकाह दिने वाला कुरा त के छ भने, हप्ताको बाँकी दुई दिन चक्र प्रसादले ब्लाक एण्ड ह्वाईट सपना देख्ने गर्छ। उसले त्यसरी ब्लाक एण्ड ह्वाईट सपना देख्न थालेको लगभग छ महिना जति भयो। हिजो मात्र उसले एउटा ब्लाक एण्ड ह्वाईट सपना देखेको थियो।

सपनामा उ त्यहि झुपडीमा (जहाँ पहिलो पटक वृन्दा र चक्र प्रसाद बिच संभोग भएको थियो।)  सुतीरहेको हुन्छ। अचानक परालले छाएको छानोमा परेको भ्वाङ्ग बाट एउटा बाँदर फुत्त भित्र पस्छ। बाँदरको हातमा बेलुन हुन्छ। यसपछी एक एक गरी सयौँ संख्यामा बाँदरहरु छाना बाट फुत्त फुत्त झुपडी भित्र छिर्छन। चक्र प्रसाद बाँदरको बथान मुनी दबिन्छ। हरेक बाँदरहरुको हातमा बेलुन छ। चक्र प्रसादले सबै दृश्य ब्लाक एण्ड ह्वाईटमा देखे पनि बाँदरहरुले समाएको बेलुन मात्र रंगीन,रातो देख्छ। सपना देखिरहदा उसलाई साँच्चीक‌ै सास फेर्न गाह्रो भएको थियो। उसलाई ऐठन भएको थियो। चक्र प्रसाद निन्द्रामैँ बरबराउदै गर्दा  ईमतियाजले ब्युँझाएको थियो।

आज बिहानी पख चक्र प्रसादले बडा अजिब सपना देखेको थियो। उ अन्तरीक्ष यानमा सवार भई मंगल ग्रह झैँ लाग्ने ठाउँमा अवतरण भएको थियो। उसले यो सपनामा पनि आँफुलाई बाह्र वर्षीय चक्र प्रसाद कैँ रुपमा पाएको थियो। चक्र प्रसादले अन्तरीक्ष यात्रीले लगाउने जस्तै कस्टयुम लगाएको थियो। चक्र्र प्रसाद अन्तरिक्ष यान बाट ओर्लीएर केहि पर देखिएको ओडार तिर लागेको थियो। ओडार भित्र निलमणी जस्तै देखिने अजिव वस्तु बाट निक्लिएको प्रकाशले गर्दा उज्यालो छाएको थियो। ओडारको चार दिवार भित्र पैँतिस उमेरको, हुबहु चक्र प्रसाद जस्तै देखिने, पुर्ण रुपमा नग्न मानीस कुनामा टुकरुक्क बसेर रुई रहेको थियो। जसको घाँटीमा एक जोर निलो चप्पल झुण्डीएको थियो। चक्र प्रसादलाई देखेर उक्त मानीसले पिढीत मुद्रामा केही भन्न खोजीरहदा मोवाईलमा बजेको आर्लमले चक्र प्रसाद ब्युँझीएको थियो।

साहुदी गभरमेन्टले समर वर्कीङ्ग हावर्स तालीका सार्वजनीक गरेको छ। जस अनुसार आउटडोर कन्सट्रक्सन वर्क, जुन पन्ध्र देखि सेप्टेम्बर पन्ध्र सम्मलाई दिउँसो बाह्र बजे देखि तीन बजे सम्म स्तगन गर्नु पर्ने जनाईएको छ। समय एघार बजेर पचपन्न मिनेट गएको छ। काम स्तगन हुन पाँच मिनेट मात्र बाँकी छ। कामदारहरु आ- आफ्नो काममा जुटीरहेका छन। सबै कामदारहरुले निलो रङ्गको कन्स्ट्रक्सन कस्टयुम माथी लाईम कलरको सेफ्टी भेष्ट लगाएका छन। हरेक कामदारको शिरमा पँहेलो रङगको हार्ड प्लाष्टीक ह्याट र पाउमा सेफ्टी सुज छ। चक्र प्रसाद, एक श्रीलंकन र दुई जाना पाकीस्तानी नागरीकहरु मिलेर, टावर क्रेनको हुकमा मार्वलको टायल हालीरहेका छन।  टावर क्रेनको उचाई सय फिटको छ। ईमतियाजले टावर क्रेन अपरेटर क्याब भित्र बसेर मार्वल टायललाई माथी तिर तानीरहेको छ। मार्वल टायल बिस्तारै माथी तिर गईरहेको छ। चारै जानाले मार्वल टायल तिर हेरीरहेका छन। अचानक चक्र प्रसादको मोवाईलमा यसप्रकारले रिंगटोन बज्न थाल्छ।

चिसो चिसो हावा बग्यो मुटु नै भिज्ने, 
यसरी नै हो कि मेरो जिन्दगी बित्ने। 
राम साइली, म त जिन्दगीको खोजमा,
 गम खाए यसै बिरानो शहरमा...

चक्र प्रसादले गोजी बाट मोवाईल झिक्छ। सिम्पल लेनोभोको सेट छ। जसको स्क्रीन चर्कीएको छ। वृन्दा कलीङ्ग देख्ना साथ चक्र प्रसादले कल रिजेक्ट गरेर आँफैले कल गर्छ। वृन्दाले कल रिसीभ गर्छीन।

वृन्दा: तपाईलाई त हाम्रो केही मतलबै छ‌ैन है? दुई दिन सम्म किन सम्पर्क बिहिन?
चक्र प्रसाद: मोवाईल बिग्रिएर बनाउन देको थिए। हिजो राती एघार बजे लिन गको। तिमी सुती सक्यौ भनेर कल गरीन। ठिक्क रेष्ट टाईम हुन लाग्या थियो। कल गर्छु भनेर सोचीराथे। अनि के छ खबर? फुच्चे कस्तो पढदैछ?

ठिक्क बाह्र बजेकाले सबै कामदारहरु रेस्ट गर्न जादैछन। मार्वल टायल बिचमा पुगेर अडकिएको छ। ईमतियाज पनि अपरेटर क्याब बाट टावरको भर्याङ्ग हुँदै तल ओर्ली रहेको छ। अचानक लोड धेरै पर्न गएकाले, लोड केवल चुँडीन्छ।  मार्वल टायल सिधा चक्र प्रसाद तिर खसीरहेको छ। चक्र प्रसाद र वृन्दा बिच घरायशी कुरा चलीरहेको छ। मार्वल टायल सिधा आएर चक्र प्रसाद माथी खस्छ। चक्र प्रसादको शरीर र मार्वल टायल एकैचोटी भुँईमा खस्छ। उसको शरीरको पेट भन्दा माथीको भाग मार्वल टायलले किच्छ। मोवाईल उछीटीएर पर पुग्छ। उता बाट वृन्दा बोलीरहेको आवाज मोवाईल बाट आईरहेको छ।

वृन्दा: हेलो! हेलो! बाबा... बाबा... बोल्नुस न के भो?

एकाएक भयावहताको माहोल छाउछ। कोलाहल मच्चीन्छ। एकैछीनमा सारा कामदार, ईन्जिनियर, फोरम्यान, सुपरभाईजर सबै भेला हुन्छन। पाँच मिनेट नबित्दै प्रहरी आईपुग्छ।

अल यमामा कम्पनि बाट वृन्दाको मोवाईलमा कल आउँछ। उनले कल रिसीभ गर्छीन। चक्र प्रसादको मृत्युको खबर सुन्ना साथ वृन्दा चिच्याएर रुन थाल्छीन।

"बाबा अब म कसको शाहारामा जिन्दगी जिउँ? हे भगवान तिमीले यो के गर्यौ? मेरो के गल्ती थियो?"

वृन्दा रुएको देखेर सुमन पनि रुन थाल्छ। वरपरका मानीसहरु भेला हुन्छन। स्थानीय महिलाहरुले वृन्दालाई सम्हाल्न खोज्छन। वृन्दाको हालत खराब भएको छ। उनको आँखाका गाँजल आँशु सँगै बगेर अनुवारको यत्रतत्र फैलिएको छ। उनको कपाल लथालिंग भएको छ। वृन्दा पागल झैँ देखिएकी छीन।

हप्ता दिन पश्चात् चक्र प्रसादको लाश बिर्तामोड आईपुग्छ। चक्र प्रसादको दाह संस्कार हुन्छ। सुमनको व्रतवन्ध नभएकाले क्रिया करममा वृन्दा मात्र बस्छीन। तेह्र दिने सकिए पश्चात् उनका माईतीहरुले माईत मैँ आएर बस्न अनुरोध गर्छन। जेठाजुले उनको घरमा आएर बस्न सुझाउछन। कतीले त राम्रो केटा खोजेर विवाह गर्नु पर्छ भनेर उचाल्छन। वृन्दाले कसैको सुन्दीनन। उनको द‌‌िन भावव्हिल भएर बित्न थाल्छ।

२०७३ श्रावण १ (संक्रान्ती)

जिन्दगीको के भरोषा यो त सानो
खेलौना हो।
दुई आँखामा एकमा हाँसो अर्कोमा
रुवाई छ।

कर्णदासको कर्णप्रिय आवाजमा बजीरहेको गाना बन्द हुन्छ। प्रहरी टोली मास्क र हातमा ग्लप्स लगाएर घरको ढोका फोडी भित्र प्रवेश गर्छन। भान्छा कोठा स्थित ग्याँस चुल्होमा खिर पकाएको कराई कटकटीएको छ। ग्याँस र्याक माथी पोईजनको सिसी पल्टीएकाले भित्र बाँकी रहेको पोईजन पोखीएर तप तप भुँईमा चुहिरहेको छ। भान्छाको कुनामा तनक्क तन्किएको टाँटे पाङग्रे बिरालो सिनो झैँ गनाएको छ। बिरालोको शरीरमा स्याउ स्याउती विभीन्न प्रजातीका कमिला झुम्मीएका छन। अर्को पट्टी कोठामा वृन्दा र सुमन मस्त निदाईरहेका छन। दुबै जनाको शरीर माथी झिंगा रमाई रमाई उडीरहेका छन। दुबै जानाको अनुवार पोईजनले सडेर निलो भएको छ। तल पट्टी खसेको कागजको पेपरलाई ईन्सपेक्टरले टिपेर नजर लगाउछन।

 "बाबा! म र छोरो दुबै जाना आउदैछौ।"

ती तमाम नाख छोपेर उभिरहेका मानीसहरुको भिडमा म स्वयम् पनि रुमालले नाख छोपेर उभिरहेको छु। मेरै आँखा अगाडि मेरो साथीको परिवार तहश नहश भएको देख्दा फुङसामा सँगै भुकम्पले मलाई किन लगेन भनी आँफैलाई प्रश्न गरीरहेको छु। यस दुखद घडीमा मैँले कुनै साहित्यिक कुरा फुराउन सकिरहेको छैन। चक्र प्रसाद, उसकी अर्धागींनी र सुपुत्र तिनै जनको आत्माले शान्ती पाओस भन्दै देवकोटाका केहि हरफ सापटी लिई श्रद्धाञ्जली अर्पण गर्दछु।

ईश्वर तैँले रचेर फेरि कसरी बिगारिस् ?
सृष्टिको फूल रचेर त्यस्तो कसरी लतारिस् ?










Tuesday, 20 June 2017


हुस्सु भित्र हराएको शहर:
सधैँ झैँ आज पनि उसैगरी कोईलीको सुरीलो आवाजले म ब्युँझिए। हरेक बिहान ठिक छ बजेर पाँच मिनेट जाँदा कोईली कराउने गर्छ। कोईलीको आवाज मेरा लागी आर्लम तुल्य भएको छ। दश वर्ष अगाडिको त्यो रात, म आफ्नो खाटमा पल्टिएर झ्याल बाट देखीएको चन्द्रमा तिर हेर्दै एउटा सपना बुनेको थिए। सपना थियो, पेरिस गएर केही जब गर्ने र उतै सेटल हुने। सपना बुनेको भोली पल्ट बिहान, छ बजेर पाँच मिनेट जाँदा पहिलो पटक क‍ोईलीको सुरीलो आवाज आएको थियो। अनी म चिर निन्द्रा बाट ब्युँझीएको थिए। मैँले धेरै पटक उक्त कोईलीलाई नजिक बाट नियाल्न खोजे। दश वर्ष बित्यो तर आज सम्म उक्त कोईलीलाई प्रत्यक्ष रुपमा देख्न पाएको छैन। कोईलीको आवाज त आउँछ तर कहाँ बाट? थाहा छैन।
ऋषीकेश बेड बाट उठेर अगाडि पट्टि भित्तामा झुण्डयाएको क्यालेण्डर भए तिर जान्छ। क्यालेण्डरमा सन टु थाउजण्ड नाईन, जनवरीको को पाना देखीरहेको छ। ऋषीकेशले क्यालेण्डरको पाना पल्टाएर अप्रिल महिनामा पुर्याउछ। अप्रिल फाईभमा ऋषीकेशले कालो मार्करले सर्कल लगाएको छ। उ अप्रिल फाईभमा पेरिसको लागि उडदैछ। उसले दश वर्ष अगाडि बुनेको सपनाको स्वेटर लगाउन अब तीन महिना मात्र बाँकि भएकाले ऋषीकेश अत्यन्तै खुशी छ। ऋषीकेशले झ्यालको पर्दा हटाएर बाहिर नियाल्छ। शहर हुस्सु भित्र हराएको छ। उसको मुख बाट निक्लिएको बाफ झ्यालको शिसामा गएर अडीन्छ। उसले झ्यालको शिसामा अडीएको बाफमा, आफ्नो चोरी अउला चलाएर एफील टावरको चित्र बनाउछ।र, एकहोरो चित्रमा हेरीरहन्छ। केही छिन पश्चात् उक्त चित्र हराएर जान्छ।

टु थाउजण्ड नाईन, अप्रिल, फाईभ:
ट्याक्शी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अगाडि पुगेर रोकियो। पैसा दिएर ट्याक्शी बाट बाहिर निक्लिदै गर्दा फ्रान्श एयर आकाशमा देखे। फ्रान्श एयर ल्यान्डीङग गर्ने तरखरमा थियो। फ्रान्श एयर मेरो लागि पुष्पक विमान सरह थियो। जसको साहाराले म आज मेरो सपनाको शहर प्रस्थान गर्दै थिए। चेकिङ्ग, बोर्डीङ्ग सबै सक्काएर डिपार्चर लाउन्जमा गएर बसे। त्यहाँ धेरै जसो पश्चिमा मुलका मानीसहरु मात्र थिए। लगभग आधा घण्टा पश्चात् एयरलाइन्स अनाउन्समेन्ट गुन्जियो। अनाउन्समेन्ट गुन्जिन साथ म लगायत बाँकि यात्रुहरु डिपार्चर गेट बाट बाहिर निक्लियौँ। बाहिर दुई वटा एयरपोर्ट बस स्टयाण्ड बाई थिए। सबैजाना बसमा चढन थाले। म दोस्रो बसमा चढे। दुई वटै बस भरीयो। केहिछीन पछी बसले फ्रान्स एयर नजिकै लगेर रोकायो। म बस बाट ओर्लीएर ईकोनोमी क्लाशका यात्रुहरु सँगै प्लेनमा चढे। पन्ध्र मिनेट पछी प्लेनले टेकअफ लिने तरखर गर्यो। मोवाईल र अन्य ईलेक्ट्रीक डिवाइसहरु बन्द गर्ने र सिटबेल्ट बाँध्ने अनाउन्समेन्ट गुन्जिरहदा मैँले प्लेनको झ्याल बाट बाहिर नियाले। घाम डुब्न लागेकाले पश्चिम दिशा तर्फको आकाश ओरेन्ज कलरको देखिएको थियो। ठ्याक्कै कुनै प्रतीभाशाली पेन्टरले आफ्नो क्यानाभासमा उतारेको चित्र जस्तै! सिट बेल्ट बाँध्न खोज्दै गर्दा प्लेन टेकअफ भयो। हतार हतार सिट बेल्ट बाँधे। झ्यालको छेउमा बसेकाले काठमान्डौँलाई उचाई बाट नियाल्ने मौका पाउदा साह्रै अनौँठो र रोचक लागीरहेको थियो। हेर्दा हेर्दै काठमान्डौँका घरहरु स साना देखिन थाले। धरहरा, घण्टाघर, रानीपोखरी स साना हुँदै, हराउदै गए। देखा पर्न थाले बादलहरु। मेरो सिटको छेउमा वृद्ध पश्चिमा मुलका मानीस बसेका छन। उनले जापनिज नोवलीष्ट हारुकी मुराकामीको 'काफ्का अन दी सोर' नामक नोवल पढीरहेका छन।

पेरिस, सपनाको स्वेटर:
भित्तामा भएको रोमन अक्षर अंकीत घडीको पेण्डुलम हल्लीरहेको छ। घडीले बिहानको साँढे सात बजाएको छ। सायद कोईलीको आवाजको पर्खाईमा छ ऋषीकेश। सायद उसलाई लागीरहेको होला उ नेपाल स्थित आफ्नै बेडमा निदाएको छ। अचानक ऋषीकेश ब्युँझिन्छ।र, जुरुक्क उठछ। उसको श्वास बढेको छ। धडकन तेज भएको छ। पक्कै उसले भयानक सपना देखेको हुनुपर्छ। ऋषीकेशले दायाँ-बायाँ कोठा नियाल्छ। अगाडि भित्तामा एक पुरुष मनुवाको तस्विर छ। तस्विरमा पुरुष मनुवाले अकेडेमिक कालो ह्याट, कालै गाउन लगाएर हातमा डिग्रीको सर्टीफिकेट बोकेका छन। यी पुरुष मनुवा ऋषीकेशको ठुलोममीको जेठा सुपुत्र अजीत सापकोटा हुन। जसले पोल्टीकल साईन्समा ड्रिगी हाशील गरेका छन। अजीत सापकोटा पेरीशकै कुनै विश्वविधालयमा प‍ोल्टीकल साईन्सका लेक्चर हुन। ऋषीकेश अहिले अजीत सापकोटाकै फ्लाटमा छ। ऋषीकेश फ्लाश ब्याकमा जान्छ। रातको एघार पैँतालीशमा चार्ल्श डि गौल्ले  विमानस्थलमा अवतरण भएको, अजीत दाइले उसलाई रिसीभ गर्न आएको, अजीत दाइको कारमा चढेको, यात्रा अवधीको बारेमा अजित दाइ सँग कुरा भएको, अजीत दाइले कारमा यात्रा गरुन्जेल सम्म जोन डेनभरको गाना बजाएको, फ्लाटमा आएर लाईट डिनर गरेर सुतेको। ऋषीकेश फ्लास ब्याक बाट फर्कीदै गर्दा अचानक बेडको छेउमा भएको ल्याण्डलाईनमा रिंग बज्छ। रिंगको आवाजले उ झस्किन्छ। रिसीभर कानमा लान्छ। उताबाट आवाज आउँछ, "उठीस त भाइ?" ऋषीकेश, "हजुर दा जस्ट।" अजीत दाइ बोल्छन, "हेर्न भाइ म त अहिले बर्लीन जानका लागि एयरपोर्टमा छु। तँ सुतीरहेको थिईस। उठाउन चाहिन। पन्ध्र दिन जस्तो बर्लीन मैँ हुन्छु। हिटलरको बारेमा बाहिर नआएको कुराहरु के छन त्यो अनुसन्धान गर्दैछु। किचनमा ब्रेकफास्ट रेडी छ। सुन सिरानी मुनि क्रेडीट कार्ड र एटीएम कार्ड छोडदेको छु। जरुरत पर्दा प्रयोग गर्नु। तेरो जबको लागी एउटा साथी सँग कुरा गरेको छु। म आएपछी काम बन्छ। ल अहिले अनाउन्समेन्ट गुन्जियो राखे। टेक केयर। " रिसीभर टेलीफोनमा राखेर ऋषीकेश झ्याल तिर जान्छ। झ्यालमा भएको क्रीम कलरको पर्दाले बाहिरको दृश्य ढाकेको छ। उसले पर्दा उघार्छ। केहि परको दुरीमा उसले एफिल टावर देख्छ। उसलाई सपना देखीरहेको जस्तो महसुस हुन्छ।
दिउँसोको साँढे दुई बजे, ऋषीकेश पेरिस नियाल्नका लागि निक्लिन्छ। हिडदै गर्दा उसले सिनेमाघर देख्छ। जहाँ म्यासरीन: पब्लिक ईनीमी नामक फ्रेन्च ग्याङ्गस्टर मुभीको पोष्टर टाँसिएको हुन्छ। उसले उक्त मुभीको पहिलो भाग हेरीसकेकाले उत्साहित भएर द‍ोस्रो भाग हेर्ने सोच बनाउछ। टिकट लिएर थियटर भित्र छिर्छ। सिनेमा सुरु हुन्छ। थियटर पुरै भरीएको छ। मानीसहरु फ्रेन्च भाषामा खाशखुश गरीरहेका छन। यत्तीकैमा सिनेमाको दृश्य हेरेर कसैले उत्साहित हुदै हिन्दीमा माँ बेहेनको गाली देको ऋषीकेशले सुन्छ। पछाडी फर्केर हेर्छ। उसको ठिक पछाडीको सिटमा, हिन्दी सिनेमाको निर्देशक अनुराग कश्यप बसेका हुन्छन। ऋषीकेश अनुरागको फ्यान भएकाले उ निकै उत्साहित हुन्छ। मुभी सकिएपछी ऋषीकेशले अनुरागलाई खोज्न थाल्छ। अनुराग सिनेमाघरको बाहिर चुरोट तानी रहेका हुन्छन। ऋषीकेश गएर अनुराग सँग कुराकानी सुरु गर्छ। पेरिसमा नेपाली फ्यान भेट्टाएकोमा अनुराग पनि प्रफुल्लित हुन्छन। अनुरागले सिरीयल किलर, बम्बे भेल्भेट र वासेपुरको कोईला माफीयाहरु सहित तीन वटा कथा रेडी भएको तर कुन स्ट‍ोरीमा पहिला फ्लोरमा जाने भनेर टुंगो नलागेको बताउछन। दुबै जाना बिच वर्ल्ड सिनेमाको बारेमा चर्चा हुन्छ। ऋषीकेशले आँफु सँग भएको दुई तीन वटा स्टोरी आईडीयाहरु सुनाउँछ। अनुराग स्टोरी आईडीया सुनेर अच्चमित हुँदै, "लग्ता था मे बहुत हि ज्यादा डार्क सोच्ता हुँ लेकिन तु तो मेरे से हि ज्यादा डार्क सोच्ता हे। मेरा नम्बर ले ले। तु जब चाहे तब बम्बे चले आना। मिलकर कुच करेंगे।" अनुरागले आफ्नो नम्बर ऋषीकेशलाई दिन्छन। यसपछी अनुराग आफ्नो बाटो लाग्छन। ऋषीकेश हिडदै गर्दा मनमनै सोच्छ, "म बम्बे सम्बे जादिन। अहिले त नेपाली फिल्महरु पुरानै ट्रेन्डमा बनीरहेका छन। एकदिन नेपाली फिल्मको ट्रेन्ड बदलिनेछ। मेरो आईडीयाहरु नेपाली सिनेमा मैँ युज गर्नेछु।" डबल डेकर बसको हर्नले ऋषीकेश झस्किन्छ। उ हिडदा हिडदै एउटा यस्तो ठाउँमा पुग्छ। जहाँ बाट उसको र एफिल टावरको दुरी एकदमै नजिक हुन्छ। उ एफील टावरको मुनि पुग्छ। उत्साहित भएर एफील टावर हेर्न खोज्दा उसले लगाएको क्याप भुँईमा खस्छ। क्याप टिपेर लगाउछ।र, पुन आफ्न‍ो पाईला अगाडि बढाउछ।
ऋषीकेश एन्थोनी डि क्याफे छेउ आईपुग्छ। क्याफेमा चिया कफी पिउने मानीसहरुको भिड लाग्या छ। क्याफे एउटा सानो कोठामा खोलीएको छ। क्याफेको अगाडि पट्टि मान्छेहरु बस्नलाई टेबल कुर्षीहरु राखीएको छ। ऋषीकेश गएर खाली कुर्षीमा विराजमान हुन साथ एक वृद्ध मानिस आएर मुसकुराउदै उभिन्छन। मोटो शरीर, होचो कद, सेतै फुलेको दाह्री,  खैँरो बिरेट क्याप, क्याप बाट निक्लिएको सेतो लामो कपाल, चाहुँरीएको अनुवार, दुलो परेको सेतो गन्जि, गन्जि माथी कोठे सर्ट, नेभी ग्रीन कलरको हाल्फपाईन्ट, एन्टाको जुत्ता। ऋषीकेशले तल देखि माथी सम्म वृद्धलाई नियाल्छ। वृद्ध बोल्छन, 'माईसेल्फ एन्थोनी मार्टीन। सर ह्वाट यु उड लाईक टु ह्याभ?' ऋषीकेशले मिल्क टी मगाउछ। केही छीन पछी एन्थोनीले मिल्क टी ल्याएर टेबलमा राख्दिन्छन। एन्थोनी, 'सर यु आर फर्म नेपाल, आर नट यु?' ऋषीकेश अचम्मित हुँदै, "यश आएम बट हाउ डिड यु नो?" एन्थोनी राजा महेन्द्रको पालामा नेपाल गएका रहेछन। उनी लगभग त्यस ताका छ महिना नेपाल बसेका रहेछन। नेपाली सँस्कृती र भाषा सँग उनी काफी भिजेक‍ा रहेछन। उनले ऋषीकेशको लवज बाट नेपाली भन्ने ठम्याएका रहेछन। एन्थोनीले सबै कुरा बताउदै गर्दा कसैले एन्थोनीलाई बोलाउछ। एन्थोनी हतारीएर फ्रेन्च भाषामा बोल्दै जान्छन। ऋषीकेशले चिया पिउन थाल्छ। अचानक उसले कतै बाट मधुरो ध्वनीमा बजीरहेको गाना श्रवण गर्छ।
'वसन्त नैँ बस्न खोज्छ यहाँ लो लाएर
यो हो मेरो प्राण भन्दा प्यारो
माईतीघर माईतीघर माईतीघर।'
पेरिसमा नेपाली क्लासीक गीत गुन्जिएको सुनेर ऋषीकेश अच्चमित हुन्छ। कता बाट गीतको गुन्जिरहेको छ भनेर उसले ठम्याउन खोज्छ। बिस्तारै गितको शब्द र धुनलाई पछ्याउन थाल्छ। एन्थोनीको क्याफे देखी पैँतिस सेकेण्डको दुरीमा उसले le rina fluer shop देख्छ। सप भित्र बाट गितको आवाज आईरहेको हुन्छ। उसले गितको आवाज अघि भन्दा केही लाउड सुन्छ।
"एउटा फूल फुले यहाँ धर्ती मगमगाउछ।
एउटा बत्ती बले यहाँ जगत जगमगाउछ।"
ऋषीकेश बिस्तारै उक्त फ्लावर सप भित्र छिर्ने ढोकामा गएर उभिन्छ। आकर्षक देखीने आर्टीफिसयल फ्लावरहरु सप भरी सज्जीएर बसेका छन। पाँच फिट नौँ ईन्च जति हाईट, खैँरो, लामो कपाल भएकी, टिम्बरल्याण्डको पातलो ग्रे कलरको सम्मर ट्राउजर र षाट्रेंज ग्रिन कलरको हाल्फ भेष्ट लगाएकी एक युवती, आधा शरीर झुकाएर फूलहरु मिलाईरहेकीन हुन्छीन। युवतीको शरीरको पछील्लो भाग ढोका पट्टि फर्कीएकाले ऋषीकेशले युवतीको अनुवार देख्दैन। देख्छ त केवल युवतीको नितम्ब सम्म पुगेको खैरो, बाटेको कपाल। अनि युवतीको अण्डरवियरको सेप। ऋषीकेश चुपचाप त्यहाँ बाट फर्कीन्छ, एन्थोनी क्याफे र तिर्छ चियाको पैसा। घाम लुकेकाले झमक्क साँझ परेको छ। ऋषीकेश चराहरु झै फर्कीन्छ गुँड तर्फ।
ऋषीकेश सुत्न सकिरहेको छैन। बारबार उसको दिमागमा फ्लावर सपमा देखीएकी युवती, माईतीघरको गित मात्र चलीरहेको छ। युवतीको अनुवार कस्तो होला भनेर कल्पना गर्न थाल्छ। दिमागको क्यानाभासमा थुप्रै अनुवारहरु पेन्टीङ्ग गर्न थाल्छ। उ निदाउछ।
भोलीपल्ट पुन उहीँ समयमा ऋषीकेश फ्लावर सप अगाडी पुग्छ। हिजो झैँ आज पनि उसैगरी माईतीघरको गित गुन्जीरहेको छ। घाम डुब्न लागेको छ। बिस्तारै पेरिसमा कृतीम लाईटको उज्याले छाउदै गईरहेको छ। फ्लावर सपको माथी पट्टी (le rina fluer shop) लेखिएको ईलेक्ट्रोनीक डिसप्ले बोर्डमा पिंक कलरको लाईट बलीरहेको छ। ऋषीकेश फ्लावर सप भित्र छिर्न खोज्छ। भित्र काला जातीकी एक वृद्धा महिला, एक वर्ष अघी आतंककारी हमलामा मारीएको आफ्नो छोरोको चिहानमा फूल अर्पण गर्नका लागि फूल छानीरहेकी हुन्छीन। ईलेक्ट्रोनीक डिसप्ले बोर्ड बाट निक्लिएको गुलाबी प्रकाशले ऋषीकेशको अनुवारमा गुलाबता छाएको छ। उसको नजर फ्लावर सपकी युवतीमा पर्छ। निलो आँखा, गोरो अनुवार, पातलो शरीर। युवती कता कता हलीउड अभिनेत्री नेटली प‍ोर्टम्यान जस्तै लाग्दछ उसलाई। काला जातीकी वृद्ध महिला सेतो रङगको कृत्रीम फ्लावर किनेर बाहिर निक्लिनछीन। ढोकामा उभिरहेको ऋषीकेशलाई अनौँठो मानेर हेर्दै बाटो लाग्छिन। ऋषीकेश भित्र छिर्छ। युवतीले ऋषीकेशलाई देख्न साथ हाइ भन्छे। ऋषीकेशले हेल्लो भनेर मुसकुराउछ। युवती बोल्छे, "यु मस्ट बी फर्म नेपाल।" ऋषीकेश अच्चमित हुँदै, "हाउ डिड यु नो?" युवती, "तिम्रो टि सर्टमा आई लभ नेपाल लेख्या रैछ त्यसैले..." ऋषीकेशले पुलुक्क आफ्नो टि सर्ट तिर हेर्छ। बज्दै गरेको माईतीघर बन्द भएर रोमान्टिक फ्रेन्च गाना बज्न थाल्छ। युवतीले फ्रेन्च लवजमा प्रस्ट नेपाली बोलेको सुनेर ऋषीकेशको कौतहुलताले आशमान छुन्छ। "यति प्रस्ट नेपाली कसरी?"
सन नाईन्टिन एट्टी टुमा युवतीको ड्याड भौँगोलीक विविधताको बारेमा अध्ययन गर्न नेपाल गएका रहेछन। त्यस ताका युवतीको ड्याडले झण्डै एक वर्ष नेपालमा बिताएका रहेछन। त्यहि क्रममा उसको ड्याडको भेट पशुपती नाथको मन्दिर बाहिर फूलहरु बेचेर बस्ने रिना पराजुली नाम गरेकी एक सुन्दर युवती सँग भएको रहेछ। रिना पराजुली सँग पहिलो नजरमै उसको ड्याडको मोहब्बत भएको रहेछ। ड्याडले रिना पराजुलीलाई विवाह गरि फ्रान्स लिएर आएका रहेछन। प्याट्रीक रिचर्डशन र रिना पराजुलीको को कोखबाट युवतीले सन नाईन्टीन एट्टी फो मा जन्मलिएकी रैछ। ड्याडको नामको अगाडीका दुई वटा अल्फबेट र ममको फस्ट नेम मिक्स गरेर उसको नामकरण गरिएको रहेछ। युवतीले सबै कहानी बताईसकेर उत्साहित हुँदै हात अगाडि बढाउछीन, 'मि पेरिना।' युवक मुसकुराएर हात मिलाउद‌ै, 'माईसेल्फ ऋषीकेश।' पेरिना जोड जोडले हाँस्न थाल्छीन। ऋषीकेश, 'लौ के भो एनीथीङ्ग ईज रङ्ग?' पेरीना हाँसो रोक्ने प्रयास गर्दै, 'नथीङ्ग, जस्ट तिम्रो नाम ईज लिटील वियर्ड।' ऋषीकेश, 'उमम अलीक अजीब छ मेरो नाम। मान्छेहरु भन्ने गर्छन मेरो नाम मेरो पर्सानालिटी सँग म्याच हुदैन रे! बट आई डन्ट केयर।' उसले युवतीको राईट आर्ममा शिवजीको र नाडीमा जिशस क्राईश्टको ट्याटु देख्छ। 'तिमी हिन्दु र क्रिश्चयानीटी दुबै फलो गर्छौ हो?' पेरिनाले सप बाट बाहिर तिर नियाल्छे। सपको अगाडी पँहेल‍ो रङ्गको स्कुटर रोकिएको छ। 'म ह्युमानीटी फलो गर्छु। आई लभ्ड जिशस, आई लभ्ड लर्ड शिव टु। ड्याड ईज क्रिश्चियन मम वाज हिन्दु।' ऋषीकेश, 'मम वाज मतलब...' पेरिना, 'वहाँ चार वर्ष अगाडि प्लेन क्रेशमा...' ऋषीकेश, 'ओ सरी।' पेरिना केही भावुक हुँदै, 'ईटस ओके! यु नो? माईतीघरको सङ्ग ममको फेवरिट सङ्ग थियो। त्यसैले वहाँको याद आउदा माईतीघर सुन्ने गर्छु।' पेरिनाले भित्ते घडी तिर हेर्दै, 'सि ईटस अलमस्ट पौँने सात। सुनन ऋषीकेश आर यु फ्रि?' ऋषीकेश नाख कन्याउदै, 'या आएम।' पेरिना, 'उसो भए म तिमीलाई मेरो फेवरिट प्लेस लान्छु।'  पेरिनाले दोकान क्लोज गर्छे। अगाडि रोकेर राखेको पँहेलो सक्टुर स्टार्ट गर्छे। ऋषीकेश ट‍ोलाएर फ्लावर सप अगाडीको प्यासेजमा उभिरहेको छ। पेरिनाले हर्न बजाउदै, 'कम अन ऋषीकेश। वी गोट्टा गो नाउ। जम्प एण्ड सिट।'
पेरिनाले पेरिसका साँघुरा गल्लिहरु हुदै एक एकान्त ठाउँमा लगेर स्कुटर रोक्छे। जहाँ बाट ऋषीकेशले पेरिस शहर धेरै पर धपक्क भएर बलीरहेको देख्छ। स्कुटर बाट दुबै जाना ओर्लीन्छन। ब्याग बाट पेरिनाले रिजला पेपरमा रोल गरेको गाँजा झिक्छे। पेरिना, 'तिमलाई विड चल्छ?' ऋषीकेश नर्भस हुँदै, 'नाई, थ्याङकस!' पेरिना हाँस्दै, 'तान्दा मर्दैनौँ। विलीभ मी, एज अ मेडीशीन यार!' पेरिनाले लाईटर पारेर गाँजा फायर गर्छे। दुबै जानाले पालैपालो गाँजा तान्न थाल्छन। दुबै जाना हाई हुन्छन। पेरिना हाँस्न थाल्छे। ऋषीकेश पनि हाँस्न थाल्छ। पेरिना, 'मैँले एउटा कवीता लेख्या छु। तर कसैलाई सुनाको छैन। तिमीलाई सुनाउन गईरहेको छु। कान खोलेर सुन।'  पेरिनाले सुरु गर्छे कवीता वाचन।
'Death in paradise.
parrot on my shoulder,
why it cries?
finally I realized.
I was standing on a
sweet lies.
see there lonely bird flies.
flowers blossom in the garden,
There is lots of beautiful butterflies.
just chill  guys.
I'm confused, should I cry or,
should I fly?
if I cry, tears come out.
if I fly, Blow my brains out.'
पेरिना, 'ध्याटस ईट।' ऋषीकेशले सिठ्ठी बजाउदै, 'आई लभ्ड ईट। तिमीलाई त साहित्यमा पनि ईन्ट्रेस्ट छ जस्तो छ नि?' पेरिना, 'उमम ...समटाईम्स लेख्ने गर्छु। एउटा साईफाई नोवल पनि लेख्ने प्लानमा छु।' ऋषीकेश, 'नाईस! किप गोईन अन।' उक्त ठाउँमा केही समय व्यथीत गरे पश्चात् पेरिनाले ऋषीकेशलाई लभ ब्रिज लिएर जान्छे। पेरिना, 'यो लभ ब्रिज हो। यहाँ प्रेमील जोडीहरुले आफ्नो नाम चाबीमा लेखेर ब्रिजमा लक गर्ने गर्छन। यसो गर्दा उनीहरुको प्रेम सफल हुन्छ भन्ने विश्वास रहिआएको छ।' ऋषीकेश, 'तिमीलाई यो कुरामा विश्वास छ?' पेरिना हाँस्दै, 'म स्टिल सिंगल छु। अनुभव गर्न पा छैन। एउटा केटा सँग ग्रेड टेनमा हुदा अफेयर चल्या थियो। बट हाम्रो प्रेम लभ ब्रिज सम्म आउनै नपाई अन्त्य भयो।' दुबै जाना हाँस्छन।

बबल्स:
पेरिना सँग चिनजान भएको दश दिन भएछ। पेरिना सँगको मुलाकात पछी पेरिसमा कोहि नजिकको मान्छे भेट भएको महशुस भएको थियो। उसलाई भेटन हरेक दिन म फ्लावर सपमा पुग्ने गर्थे। उसले ठिक सात पैँतालीशमा सप क्ल‍ोज गर्थी। उसको पँहेलो स्कुटरमा बसाएर उसको फेवरिट त्यो एकान्त ठाउँमा लिएर जाने गर्थी। भेट भएको दोस्रो दिन त्यहि सुनसान ठाउँमा एक स्टिक रिजला तानी सकेपछी उसले भनेकि थिई, "मलाई यो मुनलाईट, यो खुल्ला आकाश मुनि तिमी सँग सेक्स गर्न मन छ।" उक्त सुनसानमा ठाउँमा हामीले धेरै पटक सेक्स गरेका थियौँ। ठ्याक्कै खुल्ला आकाशमुनी प्रेमील मृगका जोडीले सेक्स गरे झैँ! पेरिना सँग भेट भएको पाँचौ दिन हामीले सेक्स गर्दै गर्दा अचानक हाम्रो माथी पट्टि आकाशमा प्लेन उडेको थियो। प्लेनको आवाजले हाम्रो सम्भोग भंग भएको थियो। पेरिनाले अत्तालिएको भावमा मलाई आँखा बन्द गर्न लगाएकी थिई। लगभग तीस सेकेण्ड पछी उसले आँखा उघार्न लगाई। जब मैँले आँखा उघारे तब आकाशको कुनै पनि हिस्सामा प्लेन थिएन। थाहा छैन उसले किन आँखा बन्द गर्न लगाएकी थिई? थाहाछैन तीस सेकेण्डको अन्तरालमा त्यो प्लेन कहाँ गयो? पेरिना सँग भेट भएको सातौँ दिन सेम त्यहि एकान्त ठाउँ, सेम टाईममा उसले उत्तेजीत भएर टङ्ग किश गर्ने क्रममा मेरो ओठ टोकेकी थिई। उसले टोकेको घाउ ताजै छ तर उ छैन। पेरिना तिन दिन देखि पेरिस बाट अचानक बिल्याएकी छे। जसरी बच्चाले रमाउदै साबुनको बबल्स सँग रोमाञ्चित भएर खेल्दै गर्दा बबल्स बिल्लिने गर्छ। पेरिनाको न म सँग नम्बर थियो। न उ बस्ने ठाउँको ठेगाना। हप्ता दिन मैँ उ सँगको सम्बन्ध यति प्रगाढ भएको थियो कि लाग्थ्यो उ सँगको सम्बन्ध वर्षौ पुरानो हो। उसले मलाई पेरिसको डिज्नील्यान्ड, म्युजियम, क्लक टावर देखि घुम्नलायक धेरै ठाउँहरु घुमाएकी थिई। उसले मलाई एउटा बेकरीमा लिएर जाने गर्थी। उसलाई एक्जोटीक फ्रुट टार्ट र चकलेट केक खान अउधी मनपर्थ्यो। एउटा सिनेमाघरमा पुरानो क्लाशीक मुभीहरु चल्दो रहेछ। उक्त सिनेमाघरमा हामीले लास्ट टैंगो ईन पेरिश हेरेका थियौ। हाम्रो भेट भएको तेस्रो दिन, पेरिनाको फेवरिट रेष्टुरेन्टमा क्याण्डल लाईट डिनर गर्दै गर्दा रेष्टुरेन्टको भित्तामा लेखिएको एउटा भनाई देखेको थिए, "Never trust a girl whose name starts with P and ends with A"
एन्थोनीले मिल्क टि ल्याएर टेबलमा राख्दिन्छन। " ह्वाई यु लुकीङ्ग सो स्याड ब्वाई?" म झसंग भएर फ्लासब्याक बाट फर्कीन्छु। मैँले एन्थोनीलाई पेरिनाको बारेमा सोध्छु। एन्थोनीले तीन दिन देखी पेरिनालाई नदेखेको कुरा बताउछन। फ्लावर सप बन्द छ। पँहेलो स्कुटर पनि छैन। म जसरी भए पनि पेरिनालाई खोज्छु। तर कसरी? कहाँ गई होली उ एक्काशी खबरै नगरी।
क्लक टावरले रातको एघार बजेको संकेत गर्छ। ऋषीकेश डायल एम फर मर्डर नामक नाटक हेरेर फर्कीदै छ। उसले अलफ्रेड हिचकक द्वारा निर्देशीत डायल एम फर मर्डर नामक मुभी जवाना मैँ हेरी सकेको हुन्छ। उसलाई मुभी भन्दा पनि दमदार नाटकको भर्सन लाग्छ। डायलोग सबै फ्रेन्चमा भए पनि उसले कलाकारहरुले स्टेजमा देखाएको जिवन्त अभिनयको जादुले उसलाई मोहित तुल्याएको छ। ऋषीकेश सुनसान गल्लीमा आईपुग्छ। लाईटहरु मधुरो छन। जंकयार्ड बाट फोहोरको दुर्गन्ध आईरहेको छ। ऋषीकेशले नाख बन्द गर्छ। अगाडि बाट चार जाना काला जातीका युवाहरु आईरहेका छन। एक जानाले बाईसाईकीलमा स्टन्ट देखाउदै छ। बाँकी तिन जानाले स्केट बोर्डमा। चारै जानको हातमा तीन सय तीस एम एलको बियरको बोतल छ। उनीहरु हल्ला गर्दै ऋषीकेशको नजिकै आईपुग्छन। बाईसाईकीलमा भएको युवकले ऋषीकेशको क्याप शिर बाट निकाल्छ। चारै जाना बियर पिउदै हाँस्न थाल्छन। ऋषीकेश, गिभ माई क्याप ब्याक। बाईसाईकीलमा भएको युवक, 'वेट म्यान। ह्वेर द फ* यु आर फर्म?' ऋषीकेश,' नेपाल।' बाईसिकलवाला युवक, "ओ कुल म्यान!" ऋषीकेश र ती चार युवक बिच डिशकस पर्न थाल्छ। तिनीहरुले पेश्तोल देखाएर ऋषीकेश सँग भएको घडी, एन सेभन्टीन टु र युरो लुटन लागेका छन। पर बाट साईरन बजाउदै प्रहरीको गाडी आउदैछ। ती चारै जाना हतार हतार त्यहाँ बाट अँध्यारो गल्लि तिर भाग्छन। भुँईमा फ्यालदिएको क्याप टिपेर ऋषीकेशले लगाउदै गर्दा पुलीसको गाडी आएर रोकिन्छ। पुलीसले ऋषीकेशलाई सोधपुछ गर्न थाल्छन। उसले आँफु नेपाल बाट आएको र यहाँ दाइ सँग बसीरहेको कुरा बताउछ। जब प्रहरीले ऋषीकेशको दाइ अजीत सापकोटा भन्ने थाहा पाउछन। उसलाई गाडीमा हालेर अजीत दाइ बस्ने बिल्डीङ्ग अगाडि पुर्याईदिन्छन।
बेडरुममा जिरो भोल्टको बत्ती बलेको छ। ऋषीकेश बेडमा पल्टिएर सोचीरहेको छ 'अजीत दाइको नाममा के त्यस्तो पावर छ? जसले गर्दा प्रहरीहरुले सम्मानका साथ मलाई तल सम्म ल्याएर छोडिदिए।' सोच्दा सोच्दै उ निदाउछ। निदाएको डेढ घण्टा पश्चात् क‍ोठामा मामाईतीघरको गाना गुन्जिएको महसुस गर्छ। ऋषीकेश जुरुक्क उठछ। उ पुन पेरिनाको सोचमा डुब्न थाल्छ। उसलाई पेरिना सँग भेट भएको चौँथो दिन याद आउँछ। त्यो दिन पेरिनाले सप क्लोज गरे पश्चात् उनीहरुले एन्थोनी क्याफेमा बसेर मिल्क टी पिएका थिए। पेरिनाले उसको ड्याड सँग भेट नभएको चार वर्ष भएको, ड्याड सँग भेटन मन भएको र ड्याड बस्ने भिलेजको नाम ऋषीकेश लाई बताएको कुरा सम्झिन्छ। ऋषीकेशलाई लाग्छ पेरिना पक्कै पनि उसको ड्याडलाई भेटन गएकी होली। ऋषीकेशले पेरिनाको ड्याड बस्ने भिलेज कसरी पुग्ने भनेर पत्ता लगाउछ।

अजिब पु्स्तक:
रेल अन्तिम स्टेशनमा आएर रोकीए पश्चात् म फटाफट रेल बाट निक्लिएर रेलवे स्टेशन बाहिर आईपुगे। मलाई फ्रेन्च नामहरु पढन साह्रै अप्ठेरो र झन्झट लाग्छ। त्यसै माथी यो अन्तीम रेलवे स्टेशनको नाम साह्रै अप्ठ्यारो रहेछ। रेलवे स्टेशनको बाहिर पट्टि एउटा म्यागजिन र बुकहरुको स्टल रहेछ। म फटाफट उक्त स्टलमा तिर लम्किन्छु। उक्त स्टलमा विश्व प्रसिद्ध बुक र म्यागजिनहरु उपलब्ध रहेछन। मेरो आँखा फ्रेन्च भाषामा अनुवादित मुना मदनमा गएर अडीयो। स्टल भित्र एक युवक बसेको रहेछ। उसलाइ पेरिनाको ड्याड बस्ने गाउँ जान सवारी कहाँ पाउला भनेर सोधे। उसले भन्यो 'मलाई पनि मज्जाले थाहछैन। बरु सिधा गएर त्य‍ो ठूलो रुख बाट लेफ्ट लिनुस। त्यहाँ हर्ष कैरिज स्टेशन छ। त्यहाँ सोध्दा पत्ता लाग्ला।' युवकले बताएको डाईरेक्शन अनुसार म हर्ष कैरिज स्टेशनमा पुगे। त्यहाँ जम्मा एउटा मात्र हर्ष कैरिज रहेछ। एक मध्य पचाशको थोत्रो बिल्यु जिन्स, कोठे सर्ट, काउ ब्वाई ह्याट, कालो बुट लगाएको कैरिज ड्राईभर नेर पुगे। उसले झम्म दाह्री र कपाल पालेको थियो। उसको दाह्री र कपाल केही केही ठाउँमा सेतै भएर फुलेका थिए। उसलाई पेरिनाक‍ो ड्याड बस्ने गाउँकोको बारेमा बताए।  ड्राईभरले  त्यहाँ पुग्न दुई घण्टा र पचाश युरो लाग्ने बतायो। अरु कुनै उपाय थिएन। मलाई पेरिनाको ड्याडको गाउँ सम्म पुग्नै पर्ने थियो। हर्ष कैरिजमा चढे। ड्राईभरले हर्ष कैरिज अगाडि बढायो। दुई काला घोडाहरुले कराउदै कैरिज तान्न थाले। ड्राईभरले घरी फ्रेन्च गाना गुनगुनाउथ्यो त घरी फिलिप्सको पुरानो रेडीयो बजाउथ्यो। हर्ष कैरिज पक्की सडक छोडेर ग्राबेल बाटो तिर लाग्य‍ो। घोडाको खुरको आवाज प्रस्ट सुनीरहेको थियो। कैरिजको क्याबिनको देब्रे पट्टीको झ्याल बाट बाहिर नियाले। सुर्यमुखी फूलको खेती हुदै हर्श कैरीज अगाडि बढीरहेका रहेछ। तर कस्त‍ो अचम्म! घाम अस्ताउन लाग्दा सुर्यमुखी फूलहरु पश्चिम तर्फ नभई सबै पुर्व तिर फर्कीरहेका छन। लाग्छ उनीहरु सुर्य सँग रिसाएका छन। ड्राईभर घरी म सँग बोल्छ, त घरी उसका ती घोडाहरु सँग कुरा गर्छ। अंग्रेजी र फ्रान्सेली मिसाएर बोल्नाले उसले बोल्न खोजेको कुरा बुझ्न हम्मे हम्मे परीरहेको छ। उसको जन्म स्पेनमा भएको रहेछ। नाम फरनान्ड‍ो गोन्जाल‍ो‍ज। उ छ महिनाकै हुदा उसको परिवार स्पेन बाट बसाई सरेर फ्रान्स आएका रहेछन। उसले आफ्ना कुराहरु बताउदै छ। तर म उ सँग भरीसक्दो नबोलुम भन्ने मनशायमा छु। किनकी उसले बोलेको बुझ्नै मुस्किल बिस्तारै रात पर्दै गईरहेको छ। चन्द्रमाको उज्यालो प्रकाश क्याबिन भित्र छाईरहेको छ। अचानक मेरो नजर अगाडि पट्टि सिटमा भएको पुस्तकमा पर्छ। पुस्तक उठाएर नियाल्न थाल्छु। पुस्तकको कभर पुरै कालो छ। न राईटरको नाम उल्लेख छ, न पब्लिकेशनको नाम। फ्रन्ट कभरमा गाढा रातो अक्षरमा पुस्तकको नाम लेखिएको छ, सरीअलिजम एण्ड जक्स्टपजिशन। पुस्तकको नाम पढेर खुशी लाग्यो। किनकी म स्वयम् पनि सरिअलिजम र जक्सटपजिशनमा आधारीत रहेर कथा लेख्न र पढन रुचाउने मान्छे। पुस्तकको कभर पल्टाए। पुस्तक बाट आएको गन्ध र पँहेलो भएको पाना हेर्दा लाग्थ्यो पुस्तक निकै पुरानो हो। पुस्तक जम्मा एक सय चौवन्न पेजको रहेछ। पुस्तकमा पाँच वटा कथाहरु समावेश रहेछन। कथाको टाईटल हरु सररर हेरे।
1.Moon or earth ?(चाईनीज कथा अंग्रेजीमा अनुवादित)
2.RAT, CAT and BAT.( स्पेनीस कथा अंग्रेजीमा अनुवादीत)
3.Sea village (जापनीज कथा अंग्रेजीमा अनुवादित)
4.My mom is witch. (फ्रान्सेली कथा अंग्रेजीमा अनुवादीत)
5.I visited Heaven on last May. (कोरीयन कथा अंग्रेजीमा अनुवादित)
टाईटलहरु हेर्दा सबै कथा पढुँ पढुँ लाग्ने खालका थिए। कुन पहिला पढुँ कन्फ्युज भए। तेस्रो नम्बरमा भएको "सि भिलेज" पढने निर्णय गरे। सि भिलेज टाईटल बाउन्नौँ पेजमा समावेश रहेछ। "सि भिलेज" उन्नाईसौँ अस्सीमा लेखिएको रहेछ।

सि भिलेज
दुब्लो शरीर, सान‍ो नाख, चिम्शो आँखा, गहुँ गोरो छाला, करीबन पाँच फिट छ ईन्च उचाई भएको कोजो नाकामुरा एक एभरेज लुकीङग, शाहासी र फुर्तीलो युवक हो। उसमा डर भन्ने चिज न्यून छ। कोजोको जम्मा एक्काईस वटा अउला छन। हातको कान्छी अउला बाट अर्को अउला पलाएको छ। कोजोको बच्चै देखि लागेको एउटा बानी छ। चाहे जाडो होस या गर्मी, उ राती सुत्दा सर्वनाङ्गै भएर सुत्ने गर्छ। उ हरेक रात बाह्र बजेर नौँ मिनेट जादा जोड जोड ले खोक्ने गर्छ। कोजोको खोकाइको चापले गर्दा उसको अण्डकोश ठ्याक्कै भुँईचालो जादा हल्लीने जापानका घरहरु जस्तै गरि हल्लिने गर्छन। उसको सुत्ने तरीका अजिब छ। कोजो यता उता नचल्माई, गर्भाशयमा भएको शिशु झैँ गरी सुत्ने गर्छ।
कोजो नाकामुराको जन्म सन् नाईन्टीन फोट्टी वान, मार्च ट्वान्टी सेभेन, रातको एघार अन्ठाउनमा नागासाकीमा भएको थियो। उ डेढ वर्षको हुदाँ बाउले अर्की श्रीमती भित्र्याएका थिए। बाउले सौँता हालेको छ महिना पश्चात कोजोकी आमाको मृत्यु भएको थियो। बाउ र सौँतेनी आमाले कोजोलाई देखी सहदैन थिए। कोजोको साहारा बनेका थिए, उसको सोफु (हजुरबुवा)। कोजो स्कुल जान पाएन। उसलाई जापनिज अक्षर पढने र लेख्न सक्ने उसकै हजुरबुवाले बनाए। उसको परिवार बुद्ध धर्ममा विश्वास राख्थ्य‍ो। उसको हजुरबुवाले बौद्ध उपदेश र ज्ञान गुनको कुराहरु कोजोलाई हरेक दिन सुनाउने गर्थे। क‍ोजोलाई हजुरबुवाले हस्तकला, मार्सल आर्टस तथा प्राचिन जापनिज जादुकला सिकाएर निपुण बनाएका थिए। कोजोको लागि हजुरबुवा अभिभावक मात्र नभएर गुरु पनि थिए। क‍ोज‍ो हजुरबुवाको प्यारो थियो। जब कोजो चार वर्षको भयो त्यस बखत दोस्रो विश्व युद्ध चरम उत्कर्षमा थियो। जापन अमेरीकाको तारो बनेको थियो। विश्वयुद्धको प्रभाव बाट नागासाकी अछुतो रहने त कुरै थिएन। कोजोले दैनिक जस्त‍ो गोली लागेर, रगत लतपतिएर ढलेका लाशहरु देख्ने गर्थ्यो। नागासाकीमा तत्कालिन अमेरीकी प्रेसिडेन्ट ह्यारी एस. ट्रुम्यानको आदेशमा फ्याट म्यान नामक आणविक बम खसालेको ठिक एक हप्ता अगाडि मात्र उनीहरुले नागासाकी छोडेर सीन टोट्सुकावा भन्ने ठाउँमा बसाई सरेका थिए। हजारौँ नागासाकी बासी मारीदा, कोजोको परिवार भने बचेको थिय‍ो। उनीहरु बच्नु संयोग भने थिएन।
ठिक आणविक बम खसालीएको एक महिना अगाडि कोजोको हजुरबुवालाई राती सपनीमा एक अपरिचीत बौद्ध भिक्षु आएर भनेका थिए, "अगष्ट नाईन भन्दा अगावै परिवार लिएर कतै टाढा गएस। नागासाकीमा चाँढै ठूलो अनिष्ट हुदैछ।" हजुरबुवाले आफ्नो सपनाको बारेमा छोरा बुहारी दुबैलाई बताएका थिए तर उनीहरुले उनको कुरा पत्याएका थिएनन। बौद्ध भिक्षु लगातार सपनीमा आएर कोजोको हजुरबुवालाई नागासाकी छोडन दवाब दिईरह्यो। हजुरबुवा देखि कोजोको बाउ र सौँतेनी आमा निकै नै डराउथे। उनले नागासाकी छोडने ढिप्पी गरे पछी छोरा बुहारी सहमत हुन बाध्य भएका थिए। तर उनीहरुले कोजोलाई नागासाकी मैँ छ‍ोडने, सँगै नलाने सर्त अगाडि तेर्साएका थिए। उनीहरुको कुरा सुनेर दुबै लोग्ने स्वनस्नीलाई हजुरबुवाले मार गाली गरेका थिए। हजुरबुवाको अगाडि कोजोको बाउ र सौँतेनी आमाको केही सीप चल्न सकेन। अन्तत कोजोलाई सँगै लिएर जान बाध्य भएका थिए। हजुरबुवाले उनीहरुको सर्त मानेका थिए भने, चार वर्षको कलिलो उमेरमैँ कोजो नागासाकी बम आक्रमणमा खरानी हुने थिय‍ो।
कोजोले दिनहुँ स-साना कुरामा बाउ र सौँतेनी आमाको कुटाई खानु उसको दैनिकी जस्तै भएको थियो। कोजोलाई उसकी आमाको मृत्यु नभएर हत्या भएको थियो।र, उक्त हत्या बाउ र सौँतेनी आमाले मिलेर गरेको थिए भन्ने लाग्थ्यो। उसले धेरै पटक आमाको हत्या हो कि मृत्यु भनेर हजुरबुवा सँग सोध्ने गर्थ्यो। हजुरबुवाको जवाफ हुन्थ्य‍ो, "जा गएर तेरै बाउलाई सोध।" कोजोको बाउ सामु उभिएर बोल्ने हिम्मत पलाईसकेको थिएन। कोजो जब पन्ध्र वर्ष पुग्य‍ो। उसमा हिम्मत बढदै गय‍ो। बाउ र सौँतेनी आमाको डर घटदै गयो। एक रात स-परिवार बसेर खाना खाईरहदा कोजोले बाउ तिर हेर्दै सोधेको थियो, "मेरी आमाको के गल्ति थिय‍ो र तिमीहरु बुढा बुढी मिलेर उनलाई मार्यौँ?" यति सुन्ना साथ कोजोको बाउ क्रोधीत भएर चपस्टीकले कोजोलाई नराम्रो सँग पिटेका थिए। त्यहि रात कोजोले घर छाडेर भाग्ने फैशला गरेको थियो।
कोजोले घर छाडेर घुमन्ते जिन्दगी जिउन थालेको पनि सत्र वर्ष भै सकेछ। अस्ति मार्च सत्ताईसमा मात्र कोजो बत्तीशको पुगेको छ। उसले सत्र वर्षको अवधीमा जापनको अधिकांश ठाउँहरु घुमीसकेको छ। उ एउटा ठाउँमा हप्ता दिन भन्दा ज्यादा बस्दैन। उ जसको घरमा बाँस बस्छ त्यो घरका मानीसहरु उसको व्यवहार र उसको काम गर्ने कौशलता देखेर प्रफुल्लित हुने गर्छन। उ मसरुम र असपारगस मिक्स्ड सुप बनाउन माहिर छ। पोर्क पनि उत्तिकै मीठो बनाउछ। मानीसहरुले उसले बनाएको सुप र पोर्कको स्वाद लिएर मख्ख पर्ने गर्छन। उ बास बसेको घर बाट बिदा हुदा ती घरका सदस्यहरुको आँखा रसाउने गर्छ। अझ स-साना केटा केटी त कोजो भनेपछी हुरुक्कै हुन्छन। कहिले काहीँ उसलाई आमाको यादले साह्रै सताउछ। उ सँग हरदम कपडाको झोला साथमा हुने गर्छ। उसले त्यो झोला भित्र उसको आमाको तस्विर सुरक्षीत राखेको छ। तस्विर ब्लाक एण्ड ह्वाईट, एकदमै पुरानो छ। तस्विरमा उसकी आमा एकदमै भर्खरकी र सुन्दर देखिन्छीन। आमाको याद आउदा उक्त तस्विर हेरेर याद मेटने गर्छ। उसलाई आफ्नी आमा जापनिज फिल्मकी अभिनेत्री रुमीको सासा झैँ लाग्छ। क‍ोज‍ोले झोलामा आमाको तस्विरको अलावा बौद्ध उपदेशको किताब, बुद्धको सानो मुर्ती र जादु देखाउने सामाग्रीहरु राख्ने गर्छ। जब उसलाई नयाँ ठाउँ घुम्न पैसा आवश्यक पर्छ, तब उ व्यस्त बजारमा जादु कला देखाएर पैसा बटुल्छ।र, निक्लिन्छ बिल्कुलै नयाँ र अन्जान ठाउँ, घुम्नका निमीत्त। उसले सुने अनुसार पाँच वर्ष अगाडि आएको टाईफन बाढीमा परी उसको बाउ र सौँतेनी आमाले संसार छोडी सकेका रहेछन। उसले यो पनि सुनेको छ, उसको हजुरबुवा सिन टोटसुकावा स्थित ओल्ड एज होममा बस्ने गर्छन भनेर। कोज‍ोलाई हजुरबुवा सँग भेटने ठुल‍ो चाह छ।
हजुरबुवा एक सय दुई वर्ष पुगीसकेका छन। कोजोले घर छोडेर हिडदा हजुरबुवा जम्मा पचाशी वर्षका थिए। हजुरबुवा बिस्तारै भए पनि बोल्न सक्छन। लठ्ठी कै साहारा अलीअली हिडडुल गर्न सक्छन। अचम्मको कुरा त हजुरबुवाको आँखा रत्तीभर पनि कमजोर भएको छैन। हजुरबुवा ओल्ड एज होममा भएको ठूलो पिपलको बोटको छाहारीमा बसेर उपन्याश पढदै गर्दा, उनको सामु कोहि आएर उभिएको महशुस गर्छन। हजुरबुवाले बिस्तारै टाउको उठाउछन। कोजो मुसकुराउदै उभिरहेको हुन्छ। कोजोको आँखा खुशीले रसाउछ। कोजो, "म कोजो नाकामुरा, तपाईको नाति।" हजुरबुवाले आँखा अगाडि आफ्न‍ो नातीलाई देखेर प्रफुल्लित हुन्छन।र, आँखा बाट खुशीको आँसु खसाल्छन। कोजोले घर छोडेर हिडे देखि सत्र वर्ष सम्म कसरी जिन्दगी गुजार्यो सबै हजुरबुवालाई बताउछ। आँफुले सिकाएको कलाले नातीले जिन्दगी चलाएको सुनेर हजुरबुवाको छाती गर्वले ढक्क फुल्छ। करीबन एक घण्टा सम्म रुखकै छाहारीमा बसेर नाती र हजुरबुवा मस्त गफीन्छन। अचानक गम्भीर मुद्रामा प्रस्तुत हुँदै कोजो बोल्छ, 'के मेरो आमालाई साँच्चै नै मेरो बाउ र सौँतेनी आमा मिलेर मारेका थिए?" हजुरबुवा एक मिनेट सत्र सेकेण्ड सम्म मौन रहे पश्चात, "होईन, तेरी आमालाई त मैँले मारेको थिए।" कोजो सक्ड हुन्छ। हजुरबुवाले कुरा अगाडि बढाउन थाल्छन, "तँ डेढ वर्षको हुँदा तेरो बाउले दोस्री श्रीमती भित्र्याएको थियो। तेरो बाउले तेरी आमालाई देखी सहदैन थियो। तेरी आमा साहारा बिहिन भएकी थिई। उसलाई म‌ैँले साहारा दिए। शितल छाहारा दिए। उसको र मेरो ठूलो एज ग्याप रहदा रहदै पनि उसले मलाई मनपराउन थाली। उ सँग हरेक दिन यौन सम्पर्क हुन थाल्यो। उसले म सँग विवाह गर्न अड्डी कसी तर म मानीन। एकदिन नागासाकीको हाम्रो घर पछाडी भएको ठूलो कपुरको रुखमा झुण्डीएर उसले देह त्यागी। कोजो हतारीदै, "तपाईले त हत्या गर्या थिए भन्नु भा हैन?" हजुरबुवा लामो सास फेर्दै," प्राक्टीकल्ली त्यो आत्महत्या थियो होला तर म त्यसलाई आत्महत्या मान्दिन। यदि उ सँग मैँले शारिरीक सम्पर्क नराख्या भए। या यदि उसलाई म‌ैँले बिहे गरेको भए। उसले आत्महत्या गर्ने थिईन। त्यो हत्या थियो। अप्रत्यक्ष तर प्रत्यक्ष। म बाटै तेरी आमाको हत्या भएको थियो।' हजुरबुवाको गहँ भरी आँसु हुन्छ। कोजो चुपचाप ओल्ड एज होम बाट बाहिरीन्छ। केहिछिन पछी कोजो सिन टोटसुकावा रेलवे स्टेशनमा पुग्छ। एउटा रेल दक्षीणी दिशामा जानका लागि तयारी अवस्थामा छ। रेलवे काउन्टरमा गएर पाँच सय यान दिएर टिकट माग्छ। काउन्टरको मानीस, "कहाँ सम्मको लागि टिकट?" काउन्टरको मानीसको अनुवार कोजोले प्रस्ट सँग देख्दैन। कोजो, "तपाईको मर्जी जहाँ सम्मको भए पनि दिनुस। तर अली चाडो गर्नुस।" काउन्टरको मानीसले रेलको टीकट दिनको लागि काउन्टरको प्वाल बाट बाहिर हात निकाल्छ। क‍ोजो झसंग हुन्छ। उक्त मानीसको पाँच मध्ये तीन वटा अउला काटीएको हुन्छ। उक्त मानीसको हातमा डल्फिनको शरीरमा युवतीको अनुवार भएको ट्याटु हुन्छ। रेल कराएको आवाज आउँछ। विस्तारै...विस्तारै रेल अगाडि बढन थाल्छ। टिकट उक्त मानीसको हात बाट थुतेर बाँकी यान समेत फिर्ता नलिई कोजो रेल चढनलाई दौडीन्छ। उक्त काउन्टरको मान्छे बडा अजिब तरीकाले हाँसेको दौडीरहेको कोजोले सुन्छ। हतार हतार कोजो रेल भित्र पस्छ। उसले एउटा खाली सिट भेटछ। उसको अगाडि पट्टि सिटमा बसेका जापनिज श्रीमान श्रीमती झगडा गरीरहेका हुन्छन। उनीहरुको सानो बच्चा भने एउटा पारदर्शी बट्टा भित्र हेरीरहेको हुन्छ। बट्टा भित्र पानी र त्यसमा यता उति पौडीरहेको सानो पँहेलो रङगको माछा हुन्छ। माछाले बट्टा भित्र बाट कोजोलाई हेरीरेको भान हुन्छ। बट्टा बाट नजर हटाएर उसले आफ्नो टिकट हेर्छ। टिकट युमी मुरा स्टेशन सम्मको हुदो रहेछ। थाकेको हुनाले कोजो निदाउछ। पौँने तीन घण्टा पश्चात उसको आँखा खुल्छ। अगाडि पट्टी ती श्रीमान,श्रीमती र बच्चा हुदैनन। सिटमा अरु नै मानीसहरु बसेका हुन्छन। कोजोले झ्याल बाहिरको दृश्य हेर्छ।र, पुलुक्क उसले घडीमा हेर्छ। घडीले अपरान्हको साँढे चार बजाएको छ। उसले हातमा बाँधेको रोलेक्शको घडी, एक धनाढय जापनीज दम्पतीले उसको काम बाट प्रफुल्लित भएर उपहार स्वरुप दिएका थिए। उ युमी मुरा स्टेशन कती खेर आउछ भनी झ्याल बाट एकोहोरो बाहिर हेरीरहेको छ। रेल एक दमै घना जंगलको बिच बाट कुदीरहेको छ। पर पर जंगलमा हरीण हरु उफ्रीरहेको कोजोले देखिरहेको छ। अचानक रेल सुरुङ्ग भित्र छिर्छ। लगभग पाँच मिनेट सम्म रेल भित्र अन्धकार छाउछ। रेल जसै सुरुङ्ग बाट निस्किन्छ, रेल भित्र पुन उज्यालो छाउछ। कोजोलाई पाँच मिनेट सम्म रात परेर अचानक बिहान भए जस्तो महशुस हुन्छ। उसले कल्पना गर्न थाल्छ, "वास्तव मैँ पाँच मिनेट अँध्यारो र पाँच मिनेट उज्यालो हुने हो भने कस्तो हुन्थ्यो होला?" अचानक एउटा रेलवे स्टेशनमा पुगेर रेल रोकिन्छ। जहाँ कोजोले युमी मुरा टेटसुडु नु ईकी (सि भिलेज रेलवे स्टेशन) लेखीएको बोर्ड देख्छ। कोजो हतार हतार रेल बाट बाहिर निस्किन्छ। स्टेशन सुनसान छ। टाढा टाढा सम्म चरो मुसो केही देखीएको छैन। कोजोले रेलबाट ब्याग लिनै विर्षीन्छ। रेल धेरै टाढा पुगीसकेको हुन्छ। कोजो चिन्तित मुद्रामा, 'ब्यागमा बहुमुल्य कुराहरु त केहि थिएनन तर अमुल्य कुराहरु थिए। सबै भन्दा चिन्ता त आमाको एक मात्र अस्तित्व बाँकी रहेको तस्विरको हो। तस्विर मैँ भए पनि आमा जिवीत थिईन। तर, विडम्बना आमाक‍ो तस्विर पनि ब्याग सँगै सँगै गन्तव्य बिहिन यात्रामा निक्लिएको छ।" मनमा कुरा खेलाउदै अगाडि बढदै गर्दा, बाटोको छेउमा जापनिज भाषामा "युमी मुरामा स्वागत छ।" भनेर लेखिएको बोर्डमा उसको नजर गएर अडीन्छन। अचानक पछाडी पट्टि कोहि आएर उभिएको कोजोले महसुस गर्छ। पछाडी फर्केर हेर्छ। सेतै फुलेको दाह्री र कपाल, चिम्सा आँखा, थेप्चो नाख, करीबन चार फिट पाँच ईन्च हाईट, थोत्र‍ो कपडा लगाएको, कपडाको मैँलो झोला बोकेको वृद्ध मानीस उभिएका छन। वृद्ध मानीसले एक टक्कले कोजोले लगाएको रोलेक्शको घडी हेरीरहेका छन। अचानक वृद्ध फरररर सासै नफेरी बोल्न थाल्छन। "भेरी रियर,  एट्टीन क्यारेट, पिङ्क गोल्ड, ओयस्टर बबलब्याक विथ थण्डरवर्ड विजील, मिक्सड न्युमरल्स एण्ड अटोमेटीक मुभमेन्ट।" कोजो मुसकुराउदै, "उपहारमा पाएको।" वृद्ध, " मलाई रोलेक्शको नाईन्टिन फिप्टीका मोडलहरु अत्यधिक मन पर्छन। स्पेशल्ली ब्लाक प्योर लेदरको फिता भएको। मैँले जस्तो डिजाईनको रोलेक्शको घडी लगाउन चाहेको थिए। त्यो तिम्रो हातमा देखे। त्यसैले एकचोटी तिमी सँग कुरा गर्न र घडीलाई नजिक बाट नियाल्न स्टेशन बाटै तिम्रो पछी पछी आएको हुँ। अन्यथा नमान्नु।" हत्तपत्त कोजो बोल्छ, "ए! ए! केहि छैन ईटस ओके!" कोजोको नजर वृ्दधको हातमा पर्छ। वृदध मानीसले दुबै हातमा दुई दुई वटा घडी बाँधेका हुन्छन। कोजो अच्चमित हुन्छ। कोजो बोल्न‌ै लाग्दा ठिक्क वृद्ध बोल्छन, "कहाँ सम्मको यात्रा हो?" कोजोले टाउको कन्याउदै, "सि भिलेज" वृद्धले आकाश तिर हेर्छन। सुर्य अस्ताउन...अस्ताउन लागेको छ। "मूर्ख नबन। सुर्य डुब्न लागेको छ। अँध्यारो भएपछी सि भिलेजमा ज्यानलाई खतरा हुन्छ।" कोजो मुसकुराउदै, "यो ज्यानले धेरै खतराको सामना गरेको छ सोफु(हजुरबुवा)। जिन्दगीमा खतरा सँग खेल्न नसक्नु भनेको आँफै सँगको एक लज्जास्पद हार हो।" यति भनेर कोजो सरासर सि भिलेज तर्फ प्रस्थान गर्छ। वृद्ध मानीस चिच्याउदै, "भनेको मान नजा, घाम डुब्नै लाग्यो। नजा। फर्की।" कोजोले सुनेको नसुनै गरी फटाफट आफ्नो पाईला अगाडि बढाउछ।
सि भिलेज उसलाई एकदमै अनौँठो लाग्छ। हिडद‌ै गर्दा उसले वरपर गाई वस्तु तथा मानीसहरुको कंकाल देख्छ। सि भिलेजको जमिन उसलाई समुन्द्रको सतह जस्त‍ो लागीरहेको छ। उसलाई यस्तो लागीरहेछ कि, पहिला सि भिलेजमा विशाल समुन्द्र थिय‍ो या त सि भिलेजमा भयानक सुनामी आएको थियो। वरपर घरहरु फाट्ट फुट्ट छन। तर मान्छेहरुको चाल चुल छैन। अधिंकाश घरहरु सामुन्द्रीक वनस्पतीहरुले ढाकेकाले घरहरु हरीया देखिएका छन। चार‌ै तिर लेउ लागेको छ। त्यस्तो लेउ जुन समुन्द्रको सतहमा भेटीने गर्छ। अचम्मको कुरा त ती वनस्पती र लेउ अलीकत्ता पनि ओईल्याएका छैनन। कोजोले केहि पर पट्टी युवतीहरुको चलपहल देख्छ। चार सुन्दर जापनिज युवतीहरु जो टिपिकल जापनिज ड्रेस लगाएर एक होटल अगाडी उभिएका छन। होटल अगाडि पुगेर कोजो उभिन्छ। होटल काठै काठले बनेको छ। होटलको छानो हरीयो लेउ र सामुन्द्रीक वनस्पतीले ढपक्कै ढाकेको छ। युवतीहरुले कोजोलाई होटल भित्र आउन आग्रह गर्छन। कोजोले आजको रात त्यहि होटलमा बिताउने सोच बनाउछ। लामो यात्राले कोजो थकीत भएको छ। त्यसै माथी ती सुन्दर युवतीहरुले कोजोलाई होटलमा छिर्न झन लालयित गर्छन। ती चार सुन्दर युवतीहरुले कोजोलाई लिएर होटल भित्र जान्छन। हिडदा खेरी भुँईमा बिछ्याएको काठको तख्तामा कोजोको जुत्ताको आवाज ट्वाक ट्वाक गरेर गुन्जिन्छ। युवतीहरु एक आपसमा गफ गर्दै हाँसिरहेका छन। होटल भित्र भित्ताको चार पट्टि, चार वटा लालटीन झुण्डीएको छ। ती चारवटा लालटीन भित्र बलीरहेका आगोहरु एकदमै परेशान देखिएका छन। युवतीहरुले कोजोलाई होटलको कुनामा रहेको टेबल तिर लगेर कुर्षीमा बसाउछन। भित्री वस्त्र नलगाएकी अरु युवती भन्दा मोटी र ठूलो स्तन भएकी युवती बोल्छे, "के खान चाहानु हुन्छ?" कोजो, "मलाई सि फुड एलर्जी छ। सि फुड बाहेक अरु जे पनि चल्छ।"  केहि समय पश्चात मोटी युवतीले काठको बोटुका ल्याएर टेबलमा राखी दिन्छे। कोजोले बोटुका बाट निक्लिदै गरेको बाफ तिर हेर्दै," के हो यो?" युवती मुसकुराउदै, "यहाँको स्पेशल सुप हो।" यति भनेर युवती त्यहाँ बाट जान्छे। सुप बाट निक्लिरहेको बाफ बाट अजीव किसीमको आकृती बनीरहेको छ। बोटुकाको बाहिर पट्टी कुँधीएको बुट्टा कोजोले नियालेर हेर्छ। समुन्द्रमा अगाडीको भाग डुबेर पछाडिको भाग मात्र देखीएको प्लेनको बुट्टा कुँधीएको छ। कोजोले अनौँठो मान्दै सुप पिउन थाल्छ। सुप उसले सोचे भन्दा धेरै गुणा स्वादिष्ट पाउँछ। कोजोले सुप पिउदै, उसको लेफ्ट साईडमा भएको सानो झ्याल बाट बाहिर तिर नियाल्छ। झ्याल बाहिर बाट पुर‌ै हरीयो लहराले ढाकेकाले अली अली मात्र बाहिरको दृश्य देखीरहेको हुन्छ। जहाँ बाट कोजोले घाम डुबेर अँध्यारो हुदै गईरहेको देख्छ। अचानक ति चारजाना युवतीहरुले हतारीदै झ्याल, ढोका बन्द गर्न थाल्छन। बोटुकामा आधी जति बाँकी रहेक‍ो सुप पिउने क्रममा, कोजोले केहि अजिव वस्तुको स्वाद महशुस गर्छ। विस्तारै मुख बाट उक्त वस्तु निकाल्छ। कोजो अत्तालिन्छ। कोजोले मुख बाट निकालको वस्तु, कुनै वृदध मानीसको बुढी अउला हुन्छ। उसको नजर बाँकी सुपमा पर्छ। जहाँ चार वटा मानव आँखा हरु हुन्छन। कोजो रिसाउदै कराउन थाल्छ, " मलाई मान्छेको सुप किन खुवाएको? यो के तरिका हो?" चारै जाना युवतीहरु ज‍ोड जोडले हाँस्न थाल्छन। कोजो रिसले चुर भएर बोटुका युवतीहरु उभिए तिर फ्याल्छ। बोटुकामा भएको चार वटा आँखाहरु उछीट्टीएर चार जानै युवतीको अनुवारमा पर्छ। युवतीहरु स्तब्ध हुन्छन। यत्तीकैमा काठको तख्तामा कोहि हिडेको आवाज सँगै बोलेको आवाज आउछ "तलाई सि फुडको एलर्जी छ भनेर नैँ हामीले मानव अंगहरु मिसाएर स्पेशल सुप तयार पारेर सर्भ गरेका हौँ।" अँध्यारो ठाउँ बाट एक वृद्ध महिला देखा पर्छीन। वृद्ध महिलाको कपाल फुलेर सेतै भएको हुन्छ। अनुवार चाहुरी परी गाको छ। वृद्ध क्रोधीत मुद्रामा,"तर तैँले मेरो छोरी हरु माथी बोटुका प्रहार गरेर ठूलो गल्ती गरीस। यसको सजाय तैँले भोग्नै पर्छ।" युवतीहरु तिर हेर्दै, "यसलाई समातेर तल लिएर आओ। नयाँ आउने गेष्टका लागि यस मूर्ख मानवको सुप बनाएर सर्भ गर्नु पर्छ।" यति भनेर वृद्ध महिला काठको भर्याङ्ग बाट तल ओर्लीन्छीन। युवतीहरु क‍ोजो भए तिर आईरहेका छन। कोजोले मन्त्र जप्न थाल्छ, "नमो सिनीय‍ो ईचिनीय‍ो दाइ हान्कु निहानकयो।" य‍ो मन्त्र कोजोलाई उसको हजुरबुवाले सानो छदै सिकाएका हुन्छन। यो मन्त्रमा भएको तागतले धेरै विषम परिस्थिति बाट कोजोलाई बचाएको छ। तर आज मन्त्रले काम गरीरहेको छ‌ैन। कोजोले हात खुट्टा कमजोर भएको महसुस गर्छ। युवतीहरुको सामु उ ओईल्याएको साग जस्तै लत्रक पर्छ। युवतीहरुले क‍ोजोलाई होटलको अण्डरग्राउण्ड परिसरमा लिएर जान्छन। उसलाई कुनै गुफा भित्र पसे झैँ महसुस हुन्छ। वरपरी भित्तामा राँको बलीरहेको छ। राँको बाट निक्लिएक‍ो आगोको प्रकाशले उज्यालो छाएको छ। यत्र तत्र मानव माँशपिण्डहरु टुक्रा टुक्रा भएर छरीएको छ। भुँई भरी रगतको आहाल छ। कोजोले यो सबै दृश्य देखेर बमिट गर्न थाल्छ। अगाडी पट्टि ती वृद्ध महिला ठूलो काठको अचानोमा मानव मुटु मसीनो टुक्रा पारेर काटदै छीन। कोजोले ती युवतीहरु बाट उम्किन जोड तोड बल गर्छ। कसो कसो कोजो उनीहरुको पन्जा बाट उम्किन सफल हुन्छ। कोजो दौडीएर भर्याङ्ग चढेर माथी होटलमा पुग्छ। हतार हतार अत्तालिदै होटलको मुख्य ढोका खोल्छ। ढोका खोल्ना साथ उ पानीमा तैरिन थाल्छ। पानी पुरै होटल भित्र छिर्छ। उ आउदा जमिन भएको ठाउ पुरै समुन्द्रमा परिणत भएको हुन्छ। कोजो समुन्द्रको सतह बाट माथी पट्टि निक्लिने प्रयास गर्दै पौडीरहेको छ। उ पौडीदै गर्दा अगाडि पट्टि पुरानो जहाजको अवशेष देख्छ। कोजोको वरपर बाट पँहेला मसिना माछाहरु ओहोर दोहोर गरीरहेका छन। ति पँहेला माछाहरु मध्य एउटा माछा ठ्याक्कै हुबहु उसले ट्रेनमा बच्चा सँग भएको पारदर्शी बट्टामा देखे जस्तै हुन्छ। जती पौडीए पनि कोजो सतहको सतहमै छ। उ माथी जान सकिरहेको छैन।  उसलाई सास फेर्न गाह्रो भएको छ। पछाडी बाट ती चार जाना युवती सहित वृद्ध महिला पौडीदै कोजोको नजिक आईपुग्न लाग्या छन। उनीहरुको अनुवार भन्दा तल पट्टीको भाग पुरै डल्फिनको भएको छ। ठ्याक्कै रेलवे काउन्टरको मान्छेको हातमा कोजोले देखेको ट्याटु जस्तै।
भोली पल्ट अपरान्ह पाँच बजे हातमा चारवटा घडी बाँध्ने ती वृद्ध मानिस रेलवे स्टेशन तिर बाट फटाफट आएर "युमी मुरामा स्वागत छ" लेखेको बोर्ड अगाडि उभिन्छन। वृद्धले सि भिलेज तिर नियाल्छन। केही पर एउटा कंकाल देख्छन। वृद्ध मानिस दौडिदै उक्त कंकाल भए तिर जान्छन। उनले उक्त कंकालको नाडीको हड्डीमा रोलेक्शको घडी देख्छन। वृद्धले कंकालको नाडीको हड्डी बाट रोलेक्शको घडी निकाल्छन।र, वरपर नियाल्दै "मैँले धेरै मान्छेहरुलाई सम्झाए यो ठाउँमा सुर्यास्त पश्चात् खतरा हुन्छ। तर मेरो कुरा कसैले मानेनन। जब सुर्य अस्ताउछ तब यो पुरै गाउँ आपसे आप समुन्द्रमा तबदिल हुन्छ। ज-जसले मेरो कुरा मानेनन ती सबै कंकालमा परिणत भए। जे होस मेरो रोलेक्शको घडी लाउने सपना पूरा भएको छ।' वृद्धले मैँलो कपडाको झोला खोल्छन। झोलामा घडीहरु हुन्छन। "यो रोलेक्श समेत उन्नासय वटा वाच जम्मा भयो। जसमा पचाश वटा जेन्श वाच, चालीश वटा लेडीज वाच र नौँ वटा किडस वाच।"
                                  द ईण्ड

ऋषीकेशले पुस्तक बन्द गरेर ब्यागमा हाल्छ। उ केही डराए जस्त‍ो, केही अत्तालिए जस्तो देखिएको छ। सि भिलेजले उसको मथींगलमा भयानक तरंग पैदा गर्दीएको छ। चन्द्रमाको उज्यालोको साहारामा फरनान्डोले सिँगार तान्दै कैरिज दौडाईरहेको। दुबै काला घोडाहरु मौन छन तर उनीहरुको दौडाईको गति तेज छ। पुरानो फिलिप्सको रेडियो बाट फ्रेन्च गाना घन्किरहेको छ। ऋषीकेशको अनुवारमा चिट चिट पशिना निक्लिएको छ। बाहिर बाट फरनान्ड‍ोको आवाज आउँछ, "माई फ्रेण्ड, तिमी भित्र जिउँदै त छौँ? ऋषीकेशले खोक्छ। फरनान्ड‍ो बोल्छ, "साला जिउदै रैछ।" केहि छिन पछी हर्स कैरीज रोकिन्छ। दुबै घोडाहरु भोकाएकाले कराउछन। फरनान्डो कैरीज बाट ओर्लीन्छ। ऋषीकेशले क्याबीन बाट टाउको निकाल्दै, 'मन्जिल आईपुग्या हो?' फरनान्ड‍ो, "तिम्रो मन्जिल पुग्न त उ त्य‍ो पहाणको थुम्को कटेर जानुपर्छ।" यति सुन्ना साथ ऋषीकेश तात्तिदै बाहिर निक्लिन्छ। ऋषीकेश र फरनान्डो बिच डिसकश पर्छ। फरनान्डो, 'मलाई घर सम्म आईपुग्नु पर्ने थियो। खाली कैरिज, रातको बाटो एक्लै हिडन मन थिएन। तिमी आयौ। सोचे साथी भेटे। यदि मैँले तिमीलाई यहाँ सम्म नल्याएको भए तिमी अझै उतै कतै हुनेन्थ्य‍ौ। खुशी हौँ, यहाँ बाटो तिम्रो मन्जिल सम्म पुग्न तीन घण्टा मात्र लाग्छ। बरु मलाई पचाश युरो चाहिएन माई फ्रेण्ड। टेन्सन नलेउ। आज मेरै कटेजमा बस। भोलि बिहानै जानू।' ऋषीकेश सँग अरु केही उपाय थिएन। उसले मौन सहमती जनाउछ। तबेलामा लगेर फरनान्डोले घोडा बाँध्छ।र, आहाराको व्यवस्था गर्दीन्छ। थकित दुबै घोडा प्रफुल्लित देखिन्छन।
फरनान्डोको कटेज बाहिर बसेर दुबै जानाले स्कच पिएर झ्याप हुन्छन। फरनान्डोले आफ्नो विगत सुनाउँछ। उसको श्रीमतीले डिभोर्स गरेर अमेरीकन नागरीक सँग बिहे गरेर अमेरीका गएकी रैछ। उसकी छोरी फ्रेन्च प्रेसीडेन्टको सल्लाहकार समीतीको सदस्य रैछ। केहि छीन पछी ऋषीकेशले निन्द्रा लागेको कुरा बताउछ। फरनान्डोले ऋषीकेशलाई कोठा देखाईदिन्छ।
बाहिर किराहरु कराईरहेको रहेका छन। टाढा बाट स्याल कराएको आवाज आईरहेको छ। भित्र खाटमा पल्टिएको ऋषीकेशको आँखा खुल्लै छ। निदाउन सकेको छैन। उसको दिमागमा सि भिलेज घुमिरहेको छ। उसले दिमागमा कोजो नाकामुराको आकृती बनाउदै छ। उसको कानमा सि भिलेज कथाको रेलवे काउन्टरको मान्छे हाँसे जस्तो आवाज गुन्जिन्छ। अचानक छानामा केहि गह्रुङ्गो वस्तु खसेको आवाजले ऋषीकेश तर्सीन्छ। बिरालो कराउछ। ऋषीकेश बाहिर निस्किन्छ। फरनान्डो बाहिर प्यासेजको खाटमा घुरेर सुतीरहेको छ। उनीहरुले स्कच पिएको ठाउँमा छरीएका असरल्ल चिकनको हड्डीहरु कालो बिरालोले चपाउदै हुन्छ। धेरै पर एयर टर्बाईनहरु घुमीरहेका छन। उसले सेतो वस्त्र लगाएको कुनै युवती जस्तो देख्छ। उ दौडीएर कटेज भित्र पस्छ। भोलीपल्ट बिहानै ऋषीकेश उठछ। केही पर उसले सेतो टावर देख्छ। त्यहि सेतो टावरलाई उसले राती सेतो वस्त्र लगाएकी युवती जस्तै देखेको हुदो रहेछ। फरनान्डो अझै सम्म घुरेर सुतीरहेको छ। फरनान्डोको सर्टको गोजीमा ऋषीकेशले फिफ्टी युर‍ो हाल्दिन्छ। कैरिजको क्याबीन बाट उसको ब्याग झिक्छ। तबेला बाट दुई काला घोडाहरुले ऋषीकेशलाई नियाली रहेका छन।

हाल्फ सिगरेट:
ऋषीकेश मेपलको रुखहरुले भरीएको जंगल छिचोल्दै अगाडि बढीरहेको छ। मेपलका पातहरु पुरै सुनौँला भएका छन। मेपलका पातहरु झरेर भुँई पुरै पुरीएको छ। हिडदा हिडदै उ पहाणको टुप्पोमा पुग्छ। उ थाकेर लखतरान भएको छ। शरीर पशिनाले भिजेको छ। ऋषीकेशले पहाणको टुप्पो बाट पेरिनाको ड्याडको गाउँ नियाल्छ। गाउँ एकदमै सुन्दर हुन्छ। स साना प्राचीन किसीमका घरहरु देखीरहेका छन। खेतहरुमा क्यानोलाको फूल फुलेकाले गाउँ नै सुनौलो देखिएको छ। उ ओरालो झर्छ। लगभग एक घण्टा पश्चात् उ गाउँ पुग्छ। पुरानो चर्च अगाडि भएको फलौँचामा केहि छीन थकाई मार्छ।र, पुन पाईला चाल्छ। प्राचीन घरहरुका बार्दली र झ्यालहरुमा लहरे रातो फूल ढकमक्क भएर फुलेका छन। यत्तिकैमा उसले एउटा घरमा सानो दोकान देख्छ। उसलाई चुरोट तान्न मन लाग्छ। "सिगरेटको लत जति गरे पनि नछुटने भो। अझ फेरि अर्को लत पनि थपिएको छ। पेरिनाको लत। जुन लतले मलाई पेरिस देखि यहाँ सम्म खिचेर ल्याएको छ।"  दोकानमा एक अँधबैँसे महिला बसेकी छिन। ऋषीकेशले सिगरेट माग्छ। महिलाले दोकानमा हाल्फ सिगरेट मात्र पाउने कुरा बताउछीन। ऋषीकेश अच्चमित हुन्छ। दोकाने महीलाको एउटा ग्राहक रहेछ, जसले एक बट्टा चुरोट मध्ये एक दिन फिल्टर भन्दा माथीको आधा भाग र दोस्रो दिन बाँकी रहेको आधा भाग किन्दो रहेछ। ऋषीकेशले हाल्फ सिगरेट माग्छ।र, पैसा तिर्छ। हाल्फ सिगरेट सल्काउदै उसले सोध्छ, 'यहाँ पेट्रीक रिचर्डसनको घर कहाँ होला?" महिला,  'यो बाटो नछोडी सिधा जानुस एउटा म्युजीयम आउछ। म्युजीयम बाट राईट लिएर दुई मिनेट अगाडि जानुस Richardson's house  लेखेक‍ो बोर्ड देख्नु हुनेछ। ऋषीकेश चुरोटको धुँवा फ्याल्दै, थ्याङक यु!" उसले आफ्नो पाईला अगाडि बढाएको मात्र हुन्छ, दोकानदार महिलाको आवाज आउछ, "मेरो हाल्फ सिगरेट किन्ने ग्राहक पेट्रीक रिचर्डसन नै हुन।"
पेरिनाको ड्याड सर्वनाङ्गै भएर कोठाको कुनामा उभिएर क्यानाभासमा अजीब किसीमको पेन्टिङ्ग गरीरहेका छन। तालु पुरै खुईलीएको छ। फ्रेन्चकट दाह्री पुरै सेतो भएकोछ। शरीरका छाला हरु चाहुरी परेका छन। पेरिनाको ड्याडले आफ्न‍ो देब्रे हातले ब्रस चलालाईरहेका छन। दाहिने हातमा हाल्फ सिगरेट सल्किरहेको छ। अचानक ढोकाको पर्दा हटाएर ऋषीकेश कोठामा छिर्छ। पर्दामा झुण्डीएको विन्ड बेलको स्टीकहरु एक आपसमा ठोक्किएर सुमधुर ध्वनी प्रवाह हुन्छ। पेरिनाको ड्याडले पुलुक्क ऋषीकेश तिर हेर्छन। ऋषीकेशले अगाडि बाट हेर्दा क्यानाभासले पेरिनाको ड्याडको छाती भन्दा तल र तिघ्रा भन्दा माथीको भाग ढाकीएको देख्छ। ऋषीकेशले पेरिस बाट यहाँ सम्म पेरिनालाई भेटन आएको कुरा बताउछ। पेरिनाको ड्याडले बनाउदै गरेको पेन्टीङ्ग त्यतीकै छोडछन। हाल्फ सिगरेट भुँईमा फ्यालेर कुल्चिनछन। ऋषीकेशलाई प्रस्ट नेपालीमा बाहिर बस्दै गर्न भन्छन। केहिछीन पछी हवाईको सर्ट, रातो कलरको हाल्फ पाईन्ट, घ्यु कलरको कटराईजको ह्याट र नाईकको जुत्ता लगाएर बाहिर निक्लिन्छन। पेरिनाको ड्याड, 'तिमी पेरिनालाई भेटने हैन त, ल आउ म भेटाईदीन्छु उ सँग।' केहिछीन पछी दुबै जाना समाधीस्थलमा पुग्छन। जहाँ चारै तिर चिहानै चिहान मात्रै हुन्छ। ऋषीकेश अच्चमित हुन्छ। पेरिनाको डयाड, 'यता आउ डराउनु पर्दैन।' पेरिनाको ड्याड एउटा चिहानको अगाडि उभिएका छन। "य‍ो चिहान पेरिनाको ममको हो।" ऋषीकेशले चिहानमा नियाल्छ। जहाँ पेरिनाको ममको तस्विर टाँसीएको हुन्छ। चिहानको ढुंगामा रिप रिना रिचर्डसन, पराजुली (1958 – 2005) कुँदिएको हुन्छ। पेरिनको ड्याड, 'अब यता आउ।' पेरिनाको ड्याडको आवाजले ऋषीकेश झसंग हुन्छ। पेरिनाको ड्याड अर्को चिहानको अघील्लतिर उभिएका छन। चिहान पुरै सुकेका पातले ढाकेको छ। ऋषीकेशले चिहान नियाल्छ। जहाँ पेरिनाको तस्विर हुन्छ।र, ढुंगामा रिप पेरिना रिचर्डसन(1984-2005) कुँदिएको हुन्छ। पेरिनाको ड्याड, 'यो चिहान देखावटी मात्र हो। चिहान मुनी उनीहरुको अस्थिपन्जर छैन।" ऋषीकेश छाँगा बाट खसे जस्तै हुन्छ। उसको शरीर काम्न थाल्छ। शरीर पुरै चिसो हुन्छ। पृथ्वी द्रुत गतिमा फनफनी घुमे झैँ महशुस गर्छ।  सन टुथाउजण्ड फाईभ अप्रील टेनमा, पेरिना र उसको मम सिंगापुर जानका लागि हिडेका रहेछन। हप्तादिन सिंगापुर बसेर नेपाल जाने उनीहरुको य‍ोजना रहेछ। एक सय चौराशी जाना प्यासेन्जर, आठ जाना क्रु मेम्बर लिएर सिंगापुरको लागी उडेको प्लेन हराएको रहेछ। पेरिनाको ड्याड लामो सास फेर्दै,'आज सम्म त्यो प्लेन कहाँ गयो भन्ने कसैलाई अत्त‍ो पत्तो छैन। खोजी कार्य अझै रोकिएको छैन। तर अहिले सम्म प्लेनको सानो टुक्रा पनि भेट्टीएको छैन।'

वान डे लेेटर:
अजीत दाइको फ्लाट स्थित सिटीङ्गरुममा टिभी चलीरहेको छ। डिस्कवरी च्यानल बाट मेन भर्सेज वाईल्ड दिईरहेको छ। ऋषीकेश भने टोलाएर सोफामा बसी गहिरो सोचमा डुबेको छ। उसले पेरिना सँग बिताएको ठाउँहरु मध्ये, पेरिनाको फेवरिट एकान्त ठाउँमा चिल्ड्रेन पार्क हुदो रहेछ। पेरिनाले उसलाई लिएर गएको बेकरी, रेष्टुरा, सिनेमाघर सबै डेढ वर्ष अघि आतंककारीहरुले बम विस्फोट गराई ध्वस्त बनाएका हुदा रहेछन। उसले बेकरी, सिनेमाघर, रेष्टुरामा देखेका सबै मानीसहरु मृत आत्माहरु हुदा रहेछन। उसले के पनि पत्ता लगाउछ भने उक्त हराएको प्लेनमा एन्थोनी मार्टीन पनि सवार हुदा रहेछन। एन्थोनीको क्याफे भएको ठाउँमा स्प‍ोर्टस सप हुदो रहेछ। ऋषीकेशले जति पनि मानीसहरु एन्थोनीको क्याफेमा देखेको हुन्छ ती सबै त्यहि हराएको प्लेनमा सवार यात्रुहरु हुदारहेछन। पेरिनाको फ्लावर सप भएको ठाउँमा बेंटले कारको शो रुम हुदो रहेछ। पेरिनाको पँहेलो स्कुटर ऋषीकेशले पेरिसको एक गल्लीमा टायर पंचर भएर पुरै धुलाम्मे भएको अवस्थामा भेटेको हुन्छ। पेरिना एउटा भ्रम थिई। वास्तवमैँ एक सत्षुय भ्रम। अचानक लाईन कट हुन्छ। कोठा अँध्यारो हुन्छ। दस सकेण्ड नबित्दै पुन लाईन आउँछ। ऋषीकेशले रिमोट उठाएर च्यानल चेन्ज गर्न थाल्छ। सिएनएनमा गएर रोकिन्छ। जहाँ समाचार दिईरहेको हुन्छ। "नेपाली मुलका फ्रेन्च जाशुसको जर्मनीमा गोली हानी हत्या।" उसले मज्जाले नियालेर टि.भी. को स्क्रीनमा हेर्छ। जहाँ अजीत सापकोटाको तस्विर हुन्छ। ऋषीकेश सक्ड हुन्छ। उ अब बौँलाउन मात्र बाँकी छ। उसले चौँधवर्ष अगाडि बुनेको सपनाको स्वेटर थियो पेरिस। तर उसलाई त्यहि स्वेटरले अत्याधिक गर्मी बनाएको छ। उसलाई नेपालको याद आउँछ। उसलाई हरेक बिहान छ पाँचमा सुनीने कोईलीको मधुर आवाजको याद आउँछ। ऋषीकेशले अन्तत पेरिस छोडने निर्णय गर्छ।

टेक अफ:
ऋषीकेश प्लेनको मध्य भागको देब्रे पट्टि झ्यालको छेउमा बसेको छ। उसले झ्याल बाहिर नियाली रहेको छ। एयर होस्टेजहरु प्लेनको प्यासेजमा यता उता गरीरहेका छन। प्लेन टेक अफ हुन लागेको जानकारी आउँछ। मोवाईल, ईलेक्ट्रीक डिवाइसहरु बन्द गर्न र सिट बेल्ट बाँध्न अंग्रेजी र फ्रेन्च भाषामा अनाउन्समेन्ट गुन्जिन्छ। ऋषीकेशले गोजी बाट एन सेभेन्टि टु झिक्छ। म‍ोवाईल स्विच अफ गर्न लाग्दा अन्नोन नम्बर बाट आएको म्यासेज देख्छ। म्यासेज खोलेर हेर्छ। जहाँ लेखिएको हुन्छ, "Mr. Rishikesh your are on the wrong plane." ऋषीकेश हतार हतार उठछ। प्लेन धावनमार्गमा गुडीरहेको छ। यात्रुहरु सबैको हातमा 'सरिअलीजम एण्ड जक्शटपजिशन' को पुस्तक हुन्छ। कसैले र्याट, ब्याट एण्ड क्याट। कसैले मुन ओर अर्थ? कसैले माई मम ईज विच। कसैले सि भिलेज। त कसैले आई भिजीटेड हेभेन अन लास्ट मे। पढीरहेका छन। ऋषीकेशले प्लेनमा भएका अधीकांश यात्रुहरुलाई एन्थोनी क्याफेमा देखेको हुन्छ। केही अगाडि पट्टिको सिटमा उसले एन्थोनी लाई देख्छ। एन्थोनीको सिट छेउमा काला जातीकी वृद्ध महिला बसेकी हुन्छीन। जसले पेरिनाको पसल बाट सेतो रङ्गको फ्लावर किनेकी थिईन। ऋषीकेश पछाडी फर्कीन्छ। पछाडी पट्टि सिटमा पेरिना र उसकी मम दुबै जाना सरिअलजीम र जक्शटपजिशनको किताब पढीरहेका हुन्छन।

Tuesday, 2 May 2017

।।तद अनुसार 2017 फेब्रुअरी 5, फ्राईडे।।

खैँ कता तिरको यात्रा गरेर पो हो? अथवा खैँ कसलाई पो भेटेर हो? म अल घुबैबा मेट्रो स्टेशन बाट फुत्त बाहिर निक्लिए। जसरी एक नवजात शिशु आमाको पाठेघर बाट आफ्नो रास्ता पहिल्याउदै, यो सो कल्ड पृथ्वीको पावन धर्तीमा फुत्त निस्किन्छ। पारीला घाम लागे पनि वर दुबईको मौसम शितल थियो। फेब्रुअरीको महिना, सामुन्द्रीक शितल हावाका झोक्काहरुले मन लोभ्याई रहेको थिय‍ो। शुक्रबारको दिन भएकाले वर दुबई स्थित अल घुबैबा पार्कमा असंख्य मात्रामा नेपाली मुहारहरु छर पस्ट देखिन्थे। जसरी असंख्य मात्रामा पार्क भरी मसीना बुटाहरुमा गुलाबी, भेल्भेट कलरका फूलहरु छर पस्ट भएर फुलेका देखीन्थे। चारै तिर पार्कै भरी नेपाली महिला पुरुष मात्र देखिं जादा, यस्तो लागि रहेथ्यो कि म कतै नेपालकै कुनै वृहत् मेलामा छु। अनगिन्ती दुखहरु दबाएर सकी नसकी भए पनि प्रत्येक नेपालीहरु मुहारमा हाँसो ल्याउने प्रयत्न गरीरहेका थिए। त्य‍ो पनि सात समुन्दर पार, अरु कसैको शहरमा। जुन शहर सँग न भाषा मिल्छ, न भेष, न धर्म-सँस्कृती। हुन पनि हामी नेपालीहरु संसारको जुन सुकै कोप्चामा गए पनि क्षण भर मैँ उक्त ठाउँ सँग भिजी जान्छौ। आई थिङ्क ईटस आवर गुड ह्याबिट, ईजन्ट ईट? हामी नेपालीका ब्याड ह्याबिटहरु पनि उत्तीकै छन। यी पार्कमा देखिएका नेपाली महिला पुरुष सबै असल छन होला त? छैनन। सबै खराब पनि त न होलान? आ जे सुकै हुन। मलाई के को टन्ट‍ो? मनमनै कुरा गर्दा गर्दै कानमा ठुसेको ईयरफोनमा के के जाती गानाहरु पालै पालो चल्दै, चेन्ज हुँदै गएको पत्तै पाईनछु।

लाग्छ मलाई तिम्रो हृदयमा मेरो
लागि प्रेम पलाउनै सकेन।
छोडेर जान्छु भन्छौ तिमी तर
मैँले चाहेको त्यस्तो हैन।
तर तिम्रो मन, छोडेर जाउ या
मलाई अँगाली राख।
जहा गए पनि  तिमी
आँफुलाई समाली राख।

गाना यसप्रकारले गुन्जिरहेको भेउ पाए। सायद सुगम पोखरेलको हुनुपर्छ। गायकको नाम भन्दा स्वर सँग आत्मियता भएकाले होला, नेम हु कियरस? डनहिल चुरोटको प्याकेट खल्ति बाट झिके। प्याकेट बाट चुरोट निकालेर मुखमा च्यापे। प्याकेट पुन गोजीमा राखेर लाईटर खोजे। यसरी खोजे कि मैँले लाईटर नभएर कुनै बहुमुल्य धातु खोजीरहेको हुँ। आफ्नै फोक्शो जलाउने यान्त्रीक उपकरण शरीरमा लगाईएको हर वस्त्रका लकर (गोजी) हरुमा खोजे, भेटीन। मेरो ठिक सामु अजङ्ग ज्यान भएको, कन्दुरा लगाएको, दाह्रीबाल एक अरबीले सुल्फा तान्दै कसैको ईन्तजार गरीरहेको हुदो हो। म उसको नजिकै गए।

म: वसलाम वालेखुम!
अरबी: वालेखुम वसलाम।
म: फि लाईटर?

अरबीले लाईटर झिकेर दिय‍ो। मैँले चुरोट सल्काएर उसको लाईटर फिर्ता गर्न खोज्दा उ जहाँ उभिएको थियो, त्यहाँ थिएन। वरपर हेरे देखिन। के खोज्छस खैँ के जाती लाईटर भने जस्तै भो! लाईटर ग‍ोजीमा हाले। डनहिल चुरोटलाई स्विच गरे। मेन्थोलको फ्लेवर सँगै धुँवा उडाउन थाले। साँच्ची मैँले चुरोट तान्न छ‍ोडी पो सकेको थिए। के कारणले तान्न थाले? म घोत्तलिए। म सोच्दा सोच्दै सोचमा डुबिगए। मेरा पिता जी! पनि त चुरोटको अम्मली हुनुहुन्थ्यो। तथा कथीत एक बट्टा याक चुरोट एक दिनलाई पुग्थेन रे! वहाँ लाई। पिता जी! लाई पनि यहि चुरोटले नैँ त लग्या थियो। फोक्शोको क्यान्सर, कति भयावह अवस्था बाट पिता जी! मेरै आँखा अगाडि बाट छोरा गए पनि नभनी यो सो कल्ड पावन धर्ती छोडेर दुर धेरै दुर जानू भएको थिय‍ो। के मैँले सुरक्क्षा पराजुलीले मलाई प्रेममा धोका नामक तोफा दिएसी नै यो चुरोट पुन प्रयोग गर्न थालेको हुँ? आ भगवान जानुन।

।।सुरक्क्षा पराजुली, तत्कालीन उमेर बाईष।।

सुरक्क्षा पराजुली नाम गरेकी एक युवतीले तदनुसार दुई हजार पन्ध्र एकको महिना सात गते मेरो अतीतय मित्रले अनुवार पुस्तिका नामक एप्लिकेशनमा अपलोड गरेको तस्विरमा कमेन्ट टक्राएकी रैछ। मेरो नजर उसको नाममा पर्यो। उसको प्रोफाईलमा राखेको तस्विरमा पर्यो। अचम्म लाग्यो, उसको अनुवार पुस्तिकाको प्रोफाईल तस्विर देखेर। तस्विरको ब्याकग्राउण्डमा बेजोड र विशाल मश्जिद थियो। मश्जिददको सामुन्ने अनुवार नदेखिने गरि बुर्का लगाएकी एक युवती उभिएकी थिई। सायद त्यो युवती सुरक्क्षा नै थिई या अरु कोही, आजसम्म त्यो कुरा रहस्य कैँ गर्भमा छ। मित्र सँग सुरक्क्षाको बारेमा जान्न चाहे। मित्र र सुरक्क्षा एट, नाईन र टेन सँगै पढया क्लाशमेट रहेछन। खुल्दुली बढेर गयो। उसको अनुवार पुस्तिकाको प्रोफाईल खोतल्न मन लाग्यो तर उसले आफ्नो टाईमलाईन ईन्फर्मेशन प्राईभेट गरेकी रैछ। एकदिन अचानक उसैले अनुवार पुस्तिकामा फ्रेण्ड रिक्वेस्ट पठाई। मैँले एसेप्ट गरे। अब ढुक्क साथ उसको प्रोफाईल खोतल्ने स्वतन्त्रता उसैले प्रदान गरी। सुरक्क्षा दुबईको मिरडीफ भन्ने ठाउँमा रहेको मर्नीङ्ग ग्लोरी हेल्थ क्लब एण्ड स्पामा एज अ जुम्बा ईन्सटक्टर कार्यरत रैछ। उसको तस्विरहरु हेरे। सुरक्क्षा कता कता मन पर्न थाली। बिस्तारै मोवाईलमा टल्क हुन थाल्यो। ह्वाटस एपमा च्याट गर्न थालीयो। उसको एभ्री फ्राईडे बिदा पर्दो रहेछ। परिचय भएको एक महिना पश्चात हाम्रो भेटने प्लान भयो। उसले मलाई वर दुबई बोलाई। दुई घण्टाको यात्रा छिचोलेर म उसलाई भेटन वर दुबई पुगे। फेब्रुअरीको मौसम भएकाले गर्मी खासै थिएन। हावा चली रहेको थियो। शुक्रवारको दिन भएकाले हरेक हप्ता झैँ अल घुबैबा पार्कमा नेपालीहरुको घुँईचो थियो। म शितलमा उभिएर उसको ई्न्तजार, ईन्तजार हैन होला सायद म उसको प्रतीक्षा गरीरहेको थिए। ग्रिन कलरको स्वेटर, ब्लाक कलरको टाईट जिन्श लगाएकी एक युवती पर बाट मन्द मुस्कान छोडदै आईरहेको सनग्लाशको कालो सिसा बाट मेरा नयनहरुले अवलोकन गरीरहेका थिए। उक्त युवती मेरै छेउ बाट मलाई छिचोलेर अगाडि बढी।र,  केही पर पुगेर एक युवक सँग अँकमाल गरि। सनग्लाश खोलेर उक्त युवती तिर हेरे। उफफफ थ्याङ्क गड! उक्त युवती सुरक्क्षा थिईन। अचानक सुकोमल प्रेमिल अउलाहरुले मेरो दुबै नेत्र बन्द गरीदिए। अउलाका कापहरु बाट सुगन्धित सुन्तलाको खुश्बु आईरहेको थियो। म बोल्न बाध्य भए, "सुरक्क्षा!" उसले बिस्तारै अउलाहरु मेरो नेत्र बाट हटाई। उसको पहिलो वाक्यांश थियो, "रोहन, तिमी त क्या टल अनि क्या हेण्डसम! फेसबुकको पिकमा भन्दा त रियल मैँ राम्रो देखीने यार तिमी त।" म मुसकुराई रहे। उ पनि सोचे भन्दा सुन्दर निक्लि। उसले सेतो रङ्गमा पहेँलो फूलहरु अंकित कुर्था, पहेँलो रङगको सल र सुरुवाल लगाएकी थिई। कपाल खुल्ला छ‍ोडेकाले हावाको झोक्काहरुले उसको कपाल उडाएर अनुवार तिर ल्याउथ्यो। उ हत्तपत्त हातले कपाल मिलाउथी। उसले मेरो हातमा भएको सनग्लाश लिई र लगाउदै भनी, "कस्त‍ो देखीयो?" मेरो मुख बाट आवाज फुत्कियो, "परफेक्ट!" उसले मेरो अउलाहरुमा आफ्ना प्रेमील अउलाहरु बिस्तारै पसाई।र, कसेर समाउदै ब‍ोली, "सुनन, नाउ चढने ल! क्या मज्जा आउँछ।" मैँले मौन सहमती जनाए। हामी नाउ स्टेशन तिर गई रहदा चार पाँच जानाको ग्रुपमा रहेको एक नेपाली युवक हामी तिर हेर्दै बोल्यो, "म्याचीश, हेर्न केटाहरु त्यसले क्या सहि छम्मा घुमाईरा। हाम्रो लाईफ त सिंगलै कटने भो।" हामी ओल्ड सुकको उडन कभरेड गल्ली भित्र छिर्यौ। जहाँ अधीकाँश पाकीस्तानी मुलका मानीसहरुको लुगा कपडा, फुटवेयरहरुको पसल छ। एउटा फुटवेयर पसल भित्र बाट गाना यसप्रकारले गुन्जिरहेको थियो।

रङ्गी सारी गुलाबी चुनरीया रे!
मोहे मारे नजरीया, सावरीया रे!
जाओ जी जाओ करो ना बातेया
जाओ जी करो नही बातेया
ए जी बाली, ए जी बाली
हे मोरी उमरीया रे!

वोल्ड सुकको गल्लीमा प्रशस्त मात्रामा चाईनिज, जापनीज, कोरीयन र पश्चिमा मुलका मानीसहरुको घुँईचो थियो। यत्तीकैमा सुरक्क्षा बोली, "तिमी लाई ठमेल पुगे जस्तो लागेन यहाँ आउदा?" म बोले, "म पनि त्यहि भन्न लागीरहेको थिए। ठिक्क तिमीले भनी हाल्यौ।" केही मिनेट पछी हामी बोट स्टेशन पुग्यौ। समुन्द्रको वरपर आगन्तुक चराहरु बे प्रवाह उडीरहेका थिए। मैँले चराहरु तिर हेर्दै भने, "यी आगन्तुक चराहरु हुन। कयौँ माईल पार गरी यहाँ रमाउन आएका छन। रमाईलो गरी सकेपछी यीनीहरु आफ्नै बासस्थानमा फर्कन्छन। सुरक्क्षा तिमी पनि यी आगन्तुक चरा झैँ मेरो लाईफमा त आएकी हैनौँ नि?" सुरक्क्षा मेरो कुराले रत्ती भर गम्भीर देखीईन। उल्टै हाँस्दै भनी, "अच्छा! राईटर हुनु पर्ने तिमी त, बबाल साहित्यिक गफ दिदो रैछौ। चाँडो आउ नाउ चढन मन लागी सक्यो आँफुलाई।" उसले डोर्याउदै नाउ भए तिर लागि। मान्छे भरेर एउटा नाउ त्यहाँ बाट हिडयो। अर्को खाली नाउमा मान्छेहरु चढन थाले। हामी पनि नाउमा चढ्यौँ। "कति सस्तो! वान दिराम तिरेपछी दस पन्ध्र मिनेट समुन्द्र माथी यात्रा गर्न पाईने।" मैँले वालेट झिक्दा नझिक्दै दुईटा वान दिरामको कोईन झिकेर सुरक्क्षाले नाउवाला लाई दिई। मैँले उ तिर हेरे। उसले चश्मा अलीकती तल तिर झुकाएर मलाई हेरी। उसको हेजलनट कलरको आँखाको नानीले अझ उ प्रती आकर्षीत तुल्यायो। उ मुसकुराई। नाउ समुन्द्र माथी तैँरीदै अगाडि बढयो। सुरक्क्षा एक्साईटेड हुँदै उसको र मेरो सेल्फी लिन थाली। नाउ देयरा ओल्ड सुक बोट स्टेशनमा गएर रोकियो। नाउ बाट ओर्लेर हामी देयरा गोल्ड मार्केट घुम्यौ। वर दुबई फर्किनका लागी मेट्रो चढने हाम्रो सल्लाह भयो। त्यसै अनुरुप देयरा स्थित बनयास स्कवायर मेट्रो स्टेशन भित्र पस्यौ। मेट्रो कार्ड स्वाईप गरेर अण्डरग्राउण्ड परिसरमा उभिएर मेट्रो वेट गर्न थाल्यौ। क्रीक जाने मेट्रो आएर रोकियो। सुरक्क्षा र म हतार हतार मेट्रो भित्र पस्यौ। शुक्रबार भएकाले मेट्रो साबीकको भन्दा भिड थियो। मेट्रोको डोर बन्द भयो। मेट्रो अगाडि बढयो। सुरक्क्षाले लगाएको ईयरफोन मध्ये एउटा मेरो कानमा लगाईदी। अरजीतको तत्कालिन चर्चीत गीतहरु एक पछी अर्को गर्दै बजीरहेको थियो। भिडभाड भएकाले उसको लेफ्ट पट्टीको स्तनले घरीघरी मेरो राईट पट्टीको आर्ममा छुई रहेको थियो। एक अधबैँशे पाकिस्तान मुलको पठ्ठानले सुरक्क्षा तिर एक टक्कले हेरी रहेको थियो। पाल्म देयरा र अल रस दुई वटा मेट्रो स्टेशन पार गरेपछी, मेट्रो अनाउन्समेन्ट भ्वाईस पहिला अरबीमा गुन्जियो, "अल माहाता अल कदिमा हिया अल घुबैबा।" यसपश्चात अनाउन्समेन्ट अंग्रेजीमा गुन्जियो, "द नेक्स्ट स्टेसन ईज अल घुबैबा।" मेट्रोको ढोका खुल्यो। हामी कार्ड स्वाईप गरेर अल घुबैबा मेट्रो स्टेशन बाट बाहिर निस्कियौँ। घाम अरबको खाडी बाट आफ्नो ड्युटी सकाएर पश्चिमा मुलक तिर झुल्कन गएकाले होला, झमक्क साँझ पर्न लागेको थियो। शहरमा लाईटहरु बल्न सुरु भैँ सकेका थिए। हामी सामुन्द्रीक किनार छेउमा भएको हुक्का पाउने ठाउँमा गयौँ। चिकेन सोरमा, ग्रिन टी र हुक्का मगायौँ। सामुन्द्रीक शितल हावाको साथ हुक्का तान्दै गफीन साँच्चै नै आनन्द आईरहेको थियो। एकघण्टा पश्चात् उसलाई पुन अल घुबैबा मेट्रो स्टेशनको अन्डरग्राउण्ड परीसर सम्म छोडन लाई गए। अल क्वसिस जाने मेट्रो आयो। उसले टाईट हक गरि, घाँटीमा किस गरि।र, हात हल्लाउदै मेट्रोमा प्रवेश गरी। म मेट्रो स्टेशन बाट बाहर निक्लिएर आबुधाबी जाने बसमा चढे। यात्रा भरी मथीँगलमा कुराहरु खेली रहे। आखिर पहिलो भेटमै सुरक्क्षा म सँग खुलेर किन प्रस्तुत भई? मेरो हात किन त्यति कसेर समाती? किस गर्न जरुरत थियो र? म रुममा पुग्न साथ ह्वाटस एपमा म्यासेजको नोटिफिकेशन देखायो। सुरक्क्षाको म्यासेज रहेछ। म्यासेजमा उसले बोटमा खिचे जति उसको र मेरो सबै सेल्फी पठाएकी रैछ। उसले टेक्सटमा लेखीकी थिई, "राजकुमार अउर राजकुमारीका सामुन्द्रीक सफर" मैँले हाँसेको ईमोजी पठाए। यसै गरि च्याट र मोवाईलमा हाम्रो कुरा भईरहेता पनि प्रत्यक्ष भेट नभएको लगभग चार महिना बितीसकेको थियो। उसले आबुधाबी आउने ईच्छा गरी। मैँले ओके गरे। उ मलाई भेटन लाई आई। रमजानको समय, अत्याधीक गर्मी थियो। शहरमा प्राय जसो होटलहरु बन्द थिए। एउटा भेजीटेरीयन राजस्थानी होटल खुल्ला रहेछ। त्यहि होटलमा छिरेर सँगै खाना खायौँ। उसले भनी, "रोहन मेरो ब्याक पेन भई राछ।" म झस्किदै, " ब्याक पेन भा बेला त्यत्रो टाढा बाट ट्राभल गरेर आउनुको साटो मै आउथे नि।" उ मुसकुराउदै, "ईटस ओके!" खाना खाए पश्चात सिनेमा थिएटर गयौँ। विधा बालन र ईमारन हस्मी स्टारर हमारी अधुरी कहानी हेर्यौ। साँढे पाँच बजे बस चढेर उ दुबई फर्की। यसै गरि बेला बेलामा हाम्रो भेट हुने गर्थ्यो। टु थाउजण्ड सिक्सटिन जनवरीमा उसलाई भेटन म वर दुबई पुगे। उ सँगको त्यो अन्तिम भेट थियो। त्यस भेटमा उसले लगाएको परफ्युमको सुगन्ध सँगै मिसीएर उ केही बदलिएको गन्ध आईरहेको थियो। मैँले मुभी हेर्ने चाह गरे। उसले फ्रेण्डहरु सँग भेटन जानुछ भनेर बाहाना बनाई। म कमबक्तलाई के थाहा, उ फ्रेण्डको बाहाना बनाएर ब्वाईफ्रेण्ड सँग भेटन जादैछे भनेर। छुट्टीने बेलामा उसले भ्यालेन्टाईनमा आबुधाबी भेटने आउने वाचा गरि। तर मलाई उ भेटन आउली भनेर रत्ती भर आश थिएन। बिस्तारै उसले मेरो कलहरु रिसीभ गर्न छाडी। म्यासेज सिन गरेर रिप्लाई गर्न छाडी। लाग्यो उसले मेरो ईमोशन सँग खेलीरहेकी छे। सोचे, ईमोशन नामक गेमको इनवेन्ट गरेर, गेमको रिक्वेस्ट उसलाई पठाउ। किनकी ईमोसन सँग खेल्न उ जत्तीको इक्सपर्ट सायदै अरु कोही होलान? उसले प्रोफाईल पिक्चरमा एक ईण्डियन मुलको युवक सँग खिचेको तस्विर राख्दै क्यापसन लेखीकी रैछ, " यु आर माई ह्यापिनेस डियर आकाश।" मनमा अनेकौँ ज्वारभाटाहरु चल्न थाल्यो। दिल त्यसै जल्न थाल्यो। सोचे, सेल्फ रेसपेक्टको नि कुरा हुन्छ यार! जिउन दे साला उसलाइ आफ्नो जिन्दगी। टाईट, फिट नहुने जुत्तामा खुट्टा पसाउदा खुट्टा दुख्छ भन्ने त थाहा थियो तर फिट नहुने युवतीमा प्रेम पसाउदा, दिल दुख्ला भनेर कहिल्यै सोचीन। हिन्दु रिवाज अनुसार विवाह एक परम्परा हो। एक प्राकृतीक प्रक्रीया हो। म कुनै पनि हालतमा धर्म र प्रकृतीको खिलाफ जाने छैन। एकदिन अवश्य म पनि विवाह गर्नेछु, त्यसमा दुई मत छैन। जसरी ट्रिगर दबाए पछी पेश्तोल बाट गोली निस्किन्छ, त्यसैगरी विवाह पश्चात् सन्तान हुनु नौँलो कुरै भएन। केही अपवादहरुले डेरा जमाएनन भने मेरो पनि सन्तान अवश्य हुनेछ। यदि सन्तानको रुपमा छ‍ोरीको आगमन भएछ भने त्यो अहोभाग्य हुनेछ। जब छोरी बुझ्ने हुनेछीन तब उनलाई उपदेश दिदै भन्नेछु, छोरी, यदि तिमीलाई कुनै युवकले सहि ईन्टेन्शन राखेर तिमी सँग प्रेम गर्छ भने उसको प्रेमलाई नटुक्राउनु किनकी असल मान्छेहरु बार बार ढोका नक गर्दै आउने छैनन। दिल अजीब चिज हुन्छ छोरी, यो टुक्रा टुक्रा भएर टुक्रिदा पनि आवाज भने पटक्कै आउदैन। साँचो माया गर्ने प्रेमीको दिल टुक्रिदा कस्तो हुन्छ त्यो तिम्रो ड्याडीलाई बाहेक अरु कसलाई थाहा होला र? छोरीले मेरो उपदेशलाई ईन्कार गर्ने छैन किनकि उसमा धोकेबाजको रगत हुने छैन। उसमा मेरो रगत हुनेछ। एक सच्चा प्रेमीको रगत।

।।यादहरुको टुर पश्चात् ।।

डनहिलको चुरोट फिल्टर पुग्न लागेकाले अउलामा नमाज्जाले पोल्यो। म झसंग भएर  फ्लास ब्याक बाट फर्कीए। रिसको झोकमा चुरोटको ठुटा मिल्काईदिए। ईयरफोनमा यसप्रकारले गाना गुन्जीरहेको रहेछ।

सुहागरात हे घुंघट उठाराहा हु मे।
सुहागरात हे घुंघट उठाराहा हु मे।
सिमट रहि हे तु सरमा के अपने बाहो मे।

गाना सुनेर भाउन्न रिस उठयो। बेला न को बेला कसको घुंघट उठाउनु? घण्टाको सुहागरात? गोजी बाट मोवाईल झिकेर म्युजिक प्लेयर अफ गरीदिए। कान बाट ईयरफोन थुतेर निकाले। ईयरफोन गुजुल्टियाएर मोवाईल सहित गोजीमा हाले। चुरोटको पोलाई अझै कम भएको थिएन। हैन साला म वर दुबई किन आए? के को लागि आए? आजकाल फेरि मलाई विर्षीने बानी लाग्या छ। हिडदा हिडदै कहाँ जानको लागि हिडेको भनेर गन्तव्य विर्षन थाल्या छु। अस्ती त आफ्नै प्रतिविम्ब ऐनामा देखेर को होस भनेर सोधे। सायद यो कुनै मानसिक विचलनको लक्षण होला। सायद म पागल भएको हुँला। तर पनि ठमठम हिडेकै छु। टन्न खाना रुचेकै छ। सिक्स प्याक छ। जागीरमा कसैको शिकायत छैन। सास फेरेकै छु। आँ पागलै भए पनि घण्टै सित्ती! विर्षीने बानी लागे पनि वर दुबईले आज मलाई मेरो विगत सम्झाईदियो। लाग्यो कुनै पैसठ्ठी ईन्चको यु एच डि टेलिभिजन अगाडि मेरो र सुरक्क्षाको लभ स्ट‍ोरी ड्रामा हेरीरहेको छु। सुरक्क्षा सँग सम्पर्क बिहिन भएको पनि एक वर्ष भएछ। यतिन्जेल सम्म उसले थुप्रै केटाहरु फेरीसकी होली? सुरक्क्षा जस्ता साथीर र चलाख युवतीहरुको ब्वाईफ्रेण्ड हुद‌ैनन। त्यस्ता युवतीहरुको त कस्टोमर हुन्छन, कस्टोमर। घडी हेरे, पाँच पैँतिस भएको रहेछ। यत्तीकैमा केही अश्लिल र भद्धा वाक्यहरु कानमा पर्यो। केही अगाडि पट्टि पार्कको चौरमा चार जाना नेपाली लेडिजहरु बसीरहेका थिए। उनीहरुले सायद मलाई नेपाली भनी ठानेन होला, त्यसैले त अश्लिल भाषाहरु बे प्रवाह बोलीरहेका थिए। चार जाना मध्ये तीन जाना आर्यन फेशका विवाहित महिला जस्ता देखिन्थे। एक जाना युवती मंगोलियन फेशकी उमेर करीब एक्काईस बाईस वर्षको हुदो हो। मेरो विचारमा उक्त युवती अविवाहित थिईन। उनीहरुको छेउमा कोकको जम्बो बोतल र लेजका प्याकेटहरु थिए। उनिहरु घरी लेज चपाउथे त घरी कोक पिउथे। यत्तीकैमा चार जाना मध्य मोटी महिलाले घडी हेर्दै बोलीन, "आज मोहिमले कारमा घुमाउन लान्छु भन्या छ। थाहा छ, मोहिम पाकिस्तानी भए पनि मलाई कत्ती माया गर्छ। त्यति माया त मेरो पहिलाको बुढोले पनि गर्या थिएन।" ती मोटी महिलाको छेउमा बसेकी अर्की महिला बोल्छीन," नेपाली लोग्ने मान्छेहरुको त व्योहोरै हुदैन। साला त्य‍ो लोग्ने भनौदो राजु, काठमान्डौमा ब्युटी पार्लर चलाएर बसेकी थिए। राम्रै व्यापार हुन्थ्यो। जहिल्यै आएर ड्रग्स खानका लागि पैसा झिक्दै, कुटदै जान्थ्य‍ो। सहन नसके पछी छोरी चाहिँ लाई माईतमा छाडेर विदेश आउनु पर्यो। मेरो ब्वाईफ्रेण्ड केरेलाको भए पनि खुब माया गर्छ। यो मोवाईल पनि उसैले गिफ्ट देको। आज फिलीम हेर्न जाने भनेको छ।" यत्तीकैमा तेस्री महिला बोल्छिन, "तिमरले ठिक भन्यौ। मैँले पनि बेलैमा लोग्ने छोडेर यता नआको भए त्यो हरामीले मलाई मारीसक्थ्य‍ो। अहिले त ढुक्क छ। माया गर्ने केटो पाएको छु। बंगलादेश कैँ भए पनि मज्जाको छ। सेक्स गर्नमा पनि माहिर छ। पुर्ण यौन सन्तुष्टि दिन्छ बई!" मंगोलीयन फेशकी युवती बोल्छे, "जितेन नेपाली नैँ भए पनि खुब माया गर्छ मलाई। यसपाली सँगै छुट्टी गएर बिहे गर्ने कुरा भाछ।" मोटी महिला बोल्छिन, " गर गर बहिनी बिहे गर। पछी नेपाली केटा कस्ता हुन्छन थाहा पाउछौ।" यत्तीकैमा अचानक म वर दुबई किन आए, म‌ैँले सम्झिए। म मेरो आत्मिय दाइ, योगेन पौडेलाई भेटन आएको हुँ नि! योगेन दाइले वर दुबईमा वेट गर्दै गर्नु म ड्युटी सकाएर तिमीलाई लिन आउछु भनेको सम्झिए। योगेन दाइ लाई कल गरे तर लागेन। यत्तीकैमा मोटी महिला बसेको ठाउँ बाट उठेर एउटा कार भित्र छिरीन। कार अगाडि बढ्यो। सायद उक्त कार मोहिमको थियो। अर्को कार आएर रोकिय‍ो। कालो वर्णको, फ्रेन्च कट दाह्री राखेको केरेलियन पुरुष उक्त कारमा थियो। दोस्री महिला उठेर कार भए तिर गइन।र, कारमा चढीन। कार अगाडि बढयो। अब चार जाना मध्य दुई जाना बाँकी रहे। पुन अर्को कार आएर रोकियो। तेस्री महिला खुशी हुँदै उक्त कारमा गएर बसिन। बंगलादेशी पुरुष र उक्त महिला बिच केही वार्तालाप भो। दुबै जाना हाँसे। कार अगाडि बढयो। अब बाँकी रहिन ती मंगोलियन फेश कि युवती। युवती घरी मोवाईल कानमा लगेर राख्थिन त घरी घडी तिर पुलुक्क हेर्थीन। सायद उनी जितेनको पर्खाइमा थिईन। उनमा एक प्रकारको छटपटाहट देखिन्थ्य‍ो। उनको अगाडि बाट तीन जाना नेपाली युवक बोल्दै गए। उनीहरु भन्दै थिए, "साला खैँ कति बोतल पिएको थियो कुन्नी, मातेको तालमा जितेनले सुपर भाईजरलाई नाईफ हानी ओरी मार्देछ। झुण्डयाउने भए सालालाई फाँशीको फन्दामा" यति सुन्ना साथ युवती अत्तालीदै उठछे, "एक्सक्युजमी! दाइहरु।" केही पर पुगेका तिन जाना युवकहरु पछाडी फर्कन्छन। तीन जाना मध्य एउटा बोल्छ, "ओई यहि केटी ह‌ैन दिउसो हामीलाई भैँया भनेर बोलाउने?" युवतीले नजिकै गएर उनीहरु सँग सोध्छे, "तपाईहरुले कुन जितेनको कुरा गर्नु भएको?" दोस्रो युवक बोल्छ, "जितेन तामाङ्ग, पथरी को हातमा बब मार्लीको ट्याटु पनि हान्या छ त्यसले।" युवतीको अनुवारमा कालो बादल मडारिन्छ। ती युवकहरु त्यहाँ बाट जान्छन। उसका सपनाका घरहरु एकैचोटी ढल्छन। उसका आँखा बाट आँशु निक्लिन थाल्छन। मलाई लागीरहेको छ कि गएर उसलाई सम्झाउ। तर मेरा पाईलाहरु अगाडि बढीरहेका छैनन। यस्तो लागीरहेको छ कि मेरा पाईलाहरु जमिन मुनि भाँसिएका छन। उक्त युवती मौन भएर आँशु खसाल्दै रोड तिर गईरहेकी छीन। अगाडि सिग्नलमा स्टपको साईन देखीरहेको छ। युवती सरासर रोड क्रस गर्न थाल्छीन। जसै बिच रोडमा पुग्छीन। पर बाट बत्तासीएर आएको कारले उसलाई ठक्कर दिएर अगाडि बढछ। युवतीको शरीर लगभग छ फिट माथी उडछ। युवती विस्तारै रोड तिर झरीरहेकी छीन। पछाडीका सवारी साधनहरु सबै रोकिएका छन। वरपरका मानीसहरु दगुरेर युवती भए तिर गईरहेका छन। सडकमा सवारी साधनहरु रोकिएकाले जाम भएको छ। सवारी साधनहरु बाट लगातार निक्लिएको हर्नको ध्वनीले वातावरणमा कर्कशता छाएको छ। युवतीको शरीर रोडमा खस्छ। टाउको जोडले रोडमा बजारीन्छ। एकपट्टीको मस्तिष्क बाहिर निक्लीन्छ। टाउको बाट विस्तारै रगत बग्छ। मेरा हात खुट्टाहरु कामी रहेका छन। लागीरहेछ म कुनै अंग्रेजी थ्रिलर सिनेमा हेरीरहेको छु। यत्तीकैमा साईरन बजाउदै प्रहरी आईपुग्छन। जाम भएका गाडीहरुलाई अर्को रोड तिर बाट जाने संकेत गर्छन। पछाडी बाट आवाज आउँछ, " भाइ।" म फनक्क पछाडी फर्कन्छु। पछाडी योगेन दाइ उभिएका छन। म अत्तालीएको अनुवार देखेर योगेन दाइ उत्सुक मुद्रामा, " के भो भाइ, आर यु ओके?" म जवाफ दिने प्रयाश गर्छु।  आवाज बल्ल तल्ल निस्किन्छ, "दाइ, मेरै आँखा अगाडि एक नेपाली युवती...." मैँले आफ्नो कुरा पुरा गर्नै नपाई योगेन दाइ बोल्छन, "ह्या भाइ वर दुबईमा प्राय जस्तो नेपालीहरु सडक दुर्घटनामा परीरहेका हुन्छन। कम से कम स्टप को साईन देखाईरा बेला बाटो काटनु हुदैन भन्ने ज्ञान त हुनुपर्छ नि यार!" दाइको कुरा पनि एक तरीकाले सहि थियो। तर पनि त्यो युवतीको वेदना मलाई थाहा थियो। दाइलाई थाहा थिएन। सायद दाइलाई थाहा भएको भए दाइले यति सजिलो गरि भन्ने थिएनन। म एकोहोरीन पुगेछु। योगेन दाइको आवाजले म झस्किए। "भाइ कहाँ डिप सोचीरा? ल हिड जाउँ ढिला हुन लागीसक्यो?" म मसिनो आवाजमा, " कहाँ?" योगेन दाइ मुसकुराउदै, " सप्राईज छ भाइ राजा सप्राईज!" यसपछी योगेन दाइ र म केही पर रहेको क्यारीफोर अगाडी पुग्यौ। मैँले पुन प्रश्न गरे, "दाइ हामी जान चाहिँ कहाँ लाग्या?" योगेन दाइले दुई वटा टिकट देखाउदै, " भाइ हार्ड रक क्याफेमा आतीफ अस्लमको कन्सर्ट छ। त्यहि जान लागेको।" मनमा भएको पिढा केही हल्का भयो। म मुसकुराउदै बोले, " ह्वाट अ सप्राईज्ड यार दाइ! बट पाँ  पाँच सय दिराम, यति महंगो टिकट काटन जरुरी थियो र?" योगेन दाइ हाँस्दै, "हातको मैँला सुनको थैँला के गर्नु धनले, आतिफको कन्सर्ट हेरीन्छ हेर भाइ आनन्दी मनले।" ट्याक्शी आएर रोकियो हामी दुबै ट्याक्शीमा चढयौ। योगेन दाइ, "हार्ड रक क्याफे प्लिज!" ड्राईभरले ट्याक्शी हार्ड रक क्याफेको दिशा तर्फ अगाडि बढायो। झमक्क साँझ पर्न लागी सक्या थियो। ट्याक्शी अगाडि बढे सँगै वर दुबई धमीलिदै गयो। शहरमा बत्तीको उज्यालो छाईसकेको थियो तर अनुवारमा उज्यालो छाउन सकेको थिएन। ट्याक्शी बाहिरको दृश्य रोमाञ्चित थियो तर मन रोमाञ्चित हुन सकिरहेको थिएन। मेरो अनुवारको प्रतिविम्ब ड्राईभर मिररमा देखीरहेको थियो। यत्तीकैमा ड्राईभरको छेउमा भएको मोनीटरमा मेरो नजर पर्यो। ड्राईभरको नाम रहेछ, सबीन कार्की। ट्याक्शीमा रेडियो मिर्ची गुन्जिरहेको थियो। हामी नेपालीमा कुरा गरेको सुनेर ड्राईभर बोले, "तपाईहरु त नेपाली पो हुनुहुदो रैछ। म त कन्फ्युज भई रा।" रेडियो मिर्ची बजी रहेकै थियो। ड्राईभरले भल्युम कम गर्दै बोले, "युवतीको बलात्कार पछी हत्या भएको थाहा पाउनु भयो? योगेन दाइ, "थाहा पाईएन त दाइ।" ड्राईभर बोले," मैँले नि आज गल्फ न्युज हेरेर थाहा पाएको। युवतीको ब्वाईफ्रेण्डले मंगलबार राती आफ्नो फ्लाटमा बोलाएर रक्शी पिलाएछ। युवती मातेपछी युवकको अरु तीन जाना साथीहरु सहित पालै पालो बलात्कार गरेछन। युवती भाग्न खोज्दा मातेको सुरमा चार जाना मिलेर युवतीको हत्या गरेछन। युवती मंगलबार र बुधबार सम्पर्क बिहिन भएपछी युवतीका साथीहरुले प्रहरीमा खबर गरेछन। बिहिबार जुमेरा बिचमा मर्नीङ्ग वाकका लागी आउने मानीसहरुले एकदमै दुर्गन्ध आएको महसुस गरे पश्चात् प्रहरीमा खबर गरेछन। दुबई प्रहरीले कुकुर सहित सर्च गर्दा उक्त हराईरहेकी युवतीको लाश जुमेरा बिचको त्यो ढुंगै ढुंगा भएको ठाउँमा नग्न र विभत्स हालमा फेला पारेछन। युवतीको देब्रे स्तन गिद्धहरुले खाईसकेका कारणले खोपिल्टो पर्या थियो रे, प्रहरी घटनास्थलमा पुग्दा युवतीको दुबै आँखा गिद्धहरुले निकालेर खादै थिए रे।" योगेन दाइको उत्सुकता चुलीय‍ो, "हैट कस्तो डरलाग्दो घटना। केटी कुन देशकी रैछ?" ड्राईभर, "नेपाल।" योगेन दाइ केही दुखीत हुदैँ, नेपाल पो! अनि बलात्कारीहरु?" ड्राईभर, " बलात्कारी चारैजाना ईण्डियन मुलका रहेछन।" योगेन दाइ, "केटीको नाम चाहिँ के रैछ दाइ? ड्राईभर, "नाम के पो थियो? सु अँ सुरक्क्षा पराजुली।" सुरक्क्षाको नाम सुन्ना साथ योगेन दाइले म तिर हेरे। मलाई सुरक्क्षाको हत्याको खबरले कति पनि विचलीत बनाएन। मैँले उसको खातीर जती आँशु झार्नु थियो झारीसकेको थिए। मेरो मन उसले नै ढुंगा बनाएकी थिई। ढुंगा बाट आँशु निक्लिन सम्भव थिएन। मलाई पिढा त्यो अन्जान युवतीको दुर्घटनाको थियो। जसको वेदना र मृत्युको साक्षी म थिए। यत्तीकैमा ड्राईभरले भल्युम बढाए।
  
"आप लोग सुनरहे हे रेडियो मिर्ची एट्टी एट पईन्ट एट मेघाहर्ज। मे गरिमा, एक घण्टे तक मेरे साथ आप लोग सुन सकते हे सदाबहार हिन्दी सङग। काउन्ट डाउनके सुरुवात मे पेश कर्ने जारहि हुँ किशोर दा के ए सङ्ग!"

यसप्रकारले गाना गुन्जीयो।

ए जीवन हे, यिस जिवनका
यहि हे, यहि हे रंग रुप।
थोडी गम हे, थोडी खुशीया
यहि हे, यहि हे, यहि हे  छाओ धुप।

मगरिब नमाजको समय भएको थियो। मस्जिद बाट प्राथनाको लागि यसप्रकारले आवाज आईरहेको थियो।

अल्लाहु अकबर, अल्लाहु अकबर
आसादु अल्ला ईलाह ईलाल-लाह
असादु आना मुहम्दर रसुल-लाह

मानीसहरु नमाज अदा गर्न मस्जिद तर्फ गईरहेको ट्याक्शी भित्र बाट मैँले अवलोकन गरीरहेको थिए। यत्तीकैमा ट्याक्शी हार्ड रक क्याफे अगाडि पुगेर रोकियो।